समाचार
१४ चैत, सुर्खेत । प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित दैलेखबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत व्यूरो र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त टोलीले शनिबार नौमुलेबाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार […]
१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् । मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको […]
१४ चैत, काठमाडौं । बृहत नागरिक आन्दोलनले प्रज्ञा डबलीमा प्रमुख दलका नेताहरुलाई बोलाएर सरकार गठनको अवरोध किन जारी छ ? कहाँ अड्किएको छ हलो ? भनेर छलफल गरेको छ । छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल छोटो समय सहभागी भएर फर्किए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर […]
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, […]
१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी ओली नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिन नसक्ने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा आयोजना गरेको छलफलमा नेता रिजालले वर्तमान प्रधानमन्त्री ओलीमाथि आफूहरुको सुरुदेखि नै विश्वास नगरेको बताए । त्यसैले भोलिका दिन प्रधानमन्त्री विश्वासको मत लिन आए कांग्रेसले विश्वासको मत दिन नसक्ने […]
१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘अब म नैतिक र राजनीतिक ढंगले धेरै दिन […]
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै बाह्रसिंगेको बथानको दृश्य मानसपटलमा आएर बस्छ । मलाई दश वर्षअघि पहिलोपटक शुक्लाफाँटा पुग्ने मौका मिलेको थियो । त्यसपटक जेठको अन्तिमतिर पुगेको थिएँ । यसपटक शक्लाफाँटा पुग्दा चैत महिना थियो । शुक्लाफाँटा यो मेरो छैटौंपटकको यात्रा थियो । यसपटक शुक्लाफाँटा जाँदा वाइल्डवेष्ट नेपालका परिकल्पनाकार अमरबहादुर शाहीसँग जाने मौका मिलेको थियो । […]
कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरेकी गायिका आज लाखौं दर्शक–श्रोताको ढुकढुकीमा बस्न सफल भएकी छिन् । बोलमाया एक बचन बोल तिम्रै बोली छ मलाई अनमोल ! तीन वर्षअघि सार्वजनिक भएको गीत ‘बोल माया’ ले सांगीतिक बजारमा छुट्टै तरंग ल्याइदियो । वैदेशिक रोजगारीमा गएकाहरूको दुःखान्त कथालाई उठान गरेको गीतले धेरैलाई भावुक बनायो । धेरैले गीतलाई […]
१४ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक […]
१४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा शैयासहितको सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरेको छ । भारतलगायतका देशमा पुनः कोरोना सङ्क्रमण बढ्दै […]
१४ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताए । उनले ठूलाठूला बहसपछि संसदले गति लिन थालेको भन्दै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए । […]
१४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ । यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो […]
१४ चैत, रौतहट । क्रियाशील पत्रकारलाई सदस्यताबाट वञ्चित गरिएको भन्दै रौतहटका पत्रकारहरु आन्दोलित बनेका छन् । जिल्ला शाखाबाट सिफारिस गरिएका पत्रकारलाई सदस्यता नदिइएको भन्दै कार्यालयमा ताला लगाइएको छ । महासंघले गरेको यो त्रुटि सच्याउन माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् । जिल्ला शाखाका अध्यक्ष रविन्द्रप्रसाद साहले नयाँ सदस्यताका लागि ४२ पत्रकारको नाम सिफारिस गरेका थिए […]
१४ चैत, काठमाडौं । सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति ५८ अब रुपैयाँभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए । २०३२ सालमा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको एक करोड २४ लाख […]
१४ चैत, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस भएपछि […]
१४ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य गत मंगलबार एकै दिन १०५० रुपैयाँले बढेर ११ हजार ५५० रुपैयाँ पुग्यो । यस कम्पनीको कारोबार रकम १२ करोड ५९ लाख रुपैयाँ नाघ्यो । बुधबार पनि प्रि–ओपनिङ सेसनमै साल्ट ट्रेडिङको सेयर मूल्य आकाशियो । जम्मा १५ मिनेट खुल्ने प्रि–ओपनिङ सेसनमै ५ प्रतिशतले बढेको एसटीसीको सेयर मूल्य बुधबार […]
१४ चैत, काठमाडौं । सुख्खायाम शुरु भएसँगै महोत्तरीका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण)का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जंगलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले […]
१४ चैत, पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ जना साधारण सदस्य छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, […]
१४ चैत, काठमाडौं । चैत लागेसँगै देशभरका विभिन्न वनजंगलहरुमा डढेलो लाग्ने क्रम सुरु भएको छ । खडेरी सुरु भएसँगै मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासीलगायत जिल्लाका वनहरुमा डढेलो सल्किएका छन् । शुक्रबार र शनिबार पनि बाराको निजगढ आसपासमा रहेको वनमा ठूलो आगलागी भएको छ । मकवानपुरको भीमफेदीलगायतको ठाउँको वनहरुमा समेत आगलागी भइरहेको छ । वन विभागको […]
१४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै इमान्दार एवं स्वच्छ छवि भएका जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् […]
१४ चैत,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै […]
from समाचार – Online Khabar https://ift.tt/2NYXrRZ
via IFTTT