Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

जोशीलाई शीर्ष नेताहरुको श्रद्धाञ्जली

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, […]

केपी ओलीलाई कांग्रेसले विश्वासको मत दिन सक्दैन : रिजाल

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी ओली नेतृत्वको सरकारलाई आफूहरुले विश्वासको मत दिन नसक्ने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डबलीमा आयोजना गरेको छलफलमा नेता रिजालले वर्तमान प्रधानमन्त्री ओलीमाथि आफूहरुको सुरुदेखि नै विश्वास नगरेको बताए । त्यसैले भोलिका दिन प्रधानमन्त्री विश्वासको मत लिन आए कांग्रेसले विश्वासको मत दिन नसक्ने […]

आमाको मुहारमा मुस्कुराएको शान्तिश्रीको सफलता

कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरेकी गायिका आज लाखौं दर्शक–श्रोताको ढुकढुकीमा बस्न सफल भएकी छिन् । बोलमाया एक बचन बोल तिम्रै बोली छ मलाई अनमोल ! तीन वर्षअघि सार्वजनिक भएको गीत ‘बोल माया’ ले सांगीतिक बजारमा छुट्टै तरंग ल्याइदियो । वैदेशिक रोजगारीमा गएकाहरूको दुःखान्त कथालाई उठान गरेको गीतले धेरैलाई भावुक बनायो । धेरैले गीतलाई […]

जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक […]

कर्णाली प्रदेशका सबै जिल्लामा कोभिड अस्पताल र पालिकामा उपचार केन्द्र राखिने

१४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारले १० वटै जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा शैयासहितको सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरेको छ । भारतलगायतका देशमा पुनः कोरोना सङ्क्रमण बढ्दै […]

संसदले अब जनअपेक्षा अनुसार काम गर्छ : सभामुख सापकोटा

१४ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताए । उनले ठूलाठूला बहसपछि संसदले गति लिन थालेको भन्दै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए । […]

माधव नेपाल समूहको बैठक जारी

१४ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बसिरहेको छ । कालीमाटीस्थित एक ब्यांक्वैटमा बैठक चलिरहेको छ । यो समूहको बैठक हिजो पनि बसेको थियो । केही घण्टा चलेर हिजो सकिएको बैठक आज पनि बसिरहेको हो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो […]

रौतहटका पत्रकार आन्दोलित

१४ चैत, रौतहट । क्रियाशील पत्रकारलाई सदस्यताबाट वञ्चित गरिएको भन्दै रौतहटका पत्रकारहरु आन्दोलित बनेका छन् । जिल्ला शाखाबाट सिफारिस गरिएका पत्रकारलाई सदस्यता नदिइएको भन्दै कार्यालयमा ताला लगाइएको छ । महासंघले गरेको यो त्रुटि सच्याउन माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् । जिल्ला शाखाका अध्यक्ष रविन्द्रप्रसाद साहले नयाँ सदस्यताका लागि ४२ पत्रकारको नाम सिफारिस गरेका थिए […]

सैनिक कल्याणकारी कोषको रकम ५८ अर्बभन्दा बढी

१४ चैत, काठमाडौं । सैनिक कल्याणकारी कोषको कुल सम्पत्ति ५८ अब रुपैयाँभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिए । २०३२ सालमा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको एक करोड २४ लाख […]

कञ्चनपुरमा वडाध्यक्षको निधन

१४ चैत, काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ । वडाध्यक्ष चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा एक्कासी समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । ‘घाटीमा मासु अड्केर बेहोस भएपछि […]

सेयर बजार : सोझा लगानीकर्ता डुब्ने खतरा

१४ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य गत मंगलबार एकै दिन १०५० रुपैयाँले बढेर ११ हजार ५५० रुपैयाँ पुग्यो । यस कम्पनीको कारोबार रकम १२ करोड ५९ लाख रुपैयाँ नाघ्यो । बुधबार पनि प्रि–ओपनिङ सेसनमै साल्ट ट्रेडिङको सेयर मूल्य आकाशियो । जम्मा १५ मिनेट खुल्ने प्रि–ओपनिङ सेसनमै ५ प्रतिशतले बढेको एसटीसीको सेयर मूल्य बुधबार […]

डढेलोले वन सखाप हुँदै, बस्ती पनि उच्च जोखिममा

१४ चैत, काठमाडौं । सुख्खायाम शुरु भएसँगै महोत्तरीका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण)का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जंगलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले […]

पत्रकार महासंघ युरोपको अध्यक्षमा प्रेमबहादुर परियार

१४ चैत, पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ जना साधारण सदस्य छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, […]

द्रूतमार्ग क्षेत्रमा डढेलो (फोटो फिचर)

१४ चैत, काठमाडौं । चैत लागेसँगै देशभरका विभिन्न वनजंगलहरुमा डढेलो लाग्ने क्रम सुरु भएको छ । खडेरी सुरु भएसँगै मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासीलगायत जिल्लाका वनहरुमा डढेलो सल्किएका छन् । शुक्रबार र शनिबार पनि बाराको निजगढ आसपासमा रहेको वनमा ठूलो आगलागी भएको छ । मकवानपुरको भीमफेदीलगायतको ठाउँको वनहरुमा समेत आगलागी भइरहेको छ । वन विभागको […]

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति

१४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै इमान्दार एवं स्वच्छ छवि भएका जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् […]

भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना संक्रमण पुष्टि

१४ चैत,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै […]

यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ

१४ चैत, सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार […]

‘मेरो लेखनको उद्देश्य शिक्षा दिनु होइन’

नेपाली साहित्य लेखन र गतिविधिमा २०५० को दशकदेखि सक्रिय गोपी सापकोटा बेलायत बस्न थालेपछि केही सुस्ताए । तर, अहिले उनी उपन्यास ‘काँचो कागज’ लिएर पाठकसामु आएका छन् । चितवनका सापकोटाले मानिसका काँचा रहर र साँचा सपनालाई कच्चा पदार्थ बनाएर आख्यान लेखेका हुन् । सरल भाषा, खुल्दुली जगाउने कथावस्तुले उपन्यास पठनीय बनेको छ । यसअघि उनका […]

त्रिदेशीय कप : बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल

१४ चैत, काठमाडौं ।त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ। नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि बंगलादेश […]

एन्फा प्रेसिडेन्ट कप : स्टार सिटी एक खेल लगावै च्याम्पियन

१४ चैत, नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ । शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई  २-१ ले पराजित गरेपछि स्टार सिटी च्याम्पियन बनेको हो । यस्तै अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक […]

‘इलामे सहर, चियाबारी राम्रो’

१४ चैत, काठमाडौं । पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन भइरहने मौसमले आगन्तुकसँग लुकामारी खेलेझैँ आभास गराइदिन्छ । इलाममा पनि कन्याम चिया बगानका कारण […]



from समाचार – Online Khabar https://ift.tt/3lX7GCJ
via IFTTT
Powered by Blogger.