Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना जोखिममा किनमेल गर्न जोगबनी पुगे सिडिओ

१५ चैत, विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण सुनसरीको सीमा नाकामा कडाइ गरिएको छ । तर शनिबार सुनसरीका प्रमुख जिल्ला अधिकारी किनमेल गर्न सीमावर्ती भारतीय बजार जोगबनी पुगे । शनिबार परिवारसहित सरकारी गाडीमा आएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल जोगबनी पुगेका हुन् । शनिबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै जोगबनी पुगेपछि स्थानीय युवाले गाडी रोकेका […]

उपत्यकामा सवारी चेकजाँचमा कडाइ

१५ चैत, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ । होलीमा अवाञ्‍छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्‍याम अधिकारीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘ होलीमा अवाञ्छित गतिविधि नहोस र कोरोनाको सतर्कताका लागि पनि सवारी […]

काठमाडौँको तुवाँलो अझै केही दिन स्थिर रहने

१५ चैत, काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । स्थिर रहेको वायुमण्डल आगामी […]

किर्गिस्तान र त्रिभुवन आर्मी फुटबल क्लबले आज खेल्दै

१५ चैत, काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ । त्रिदेशीय कपमा किर्गिस्तान फाइनल […]

आजदेखि मेलम्चीको पानीको वितरण

१५ चैत, काठमाडौं । आइतबार (आज)देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । […]

सालझण्डीमा ३८ करोडमा बसपार्क र व्यवसायिक भवन बन्दै

१५ चैत, बुटवल । रुपन्देहीको सालझण्डीमा ३८ करोड रुपैयाँ लागतमा बसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु भएको छ । सालझण्डी-ढोरपाटन सडकलाई लक्षित गरी प्रस्थान विन्दु सैनामैना-१० सालझण्डीमा बसपार्क र व्यवसायिक भवन बन्न थालेको हो । बसपार्कसहितको व्यवसायिक भवनमा ४६ वटा सुविधासम्पन सटर, दुई शौचालय, प्रतिक्षालय, टिकट काउन्टर, कार तथा बस पार्किड, हरियाली खुल्ला क्षेत्रसमेत […]

घरमा भेटिंदैनन् परेवा र गौंथली, वनमा छैनन् ढुकुर र मालचरी

१५ चैत, गलेश्वर । कुनै समय थियो, गौंथलीको चिरबिर र परेवाको माकुर…कुर.. जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुर्ख्यौली मान्यता र श्रुति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिंदै गए । धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ […]

जनगणना : कालापानी, लिपुलेक र लिम्पियाधुरामा होला कि नहोला ?

१५ चैत, काठमाडौं । २५ जेठदेखि ८ असार २०७८ सम्म नेपालमा राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमाहुने जनगणनालाई राष्ट्रिय पर्व जस्तै मानिन्छ । यतिबेला राष्ट्रिय जनगणनाको तयारीमा जुटेको छ, राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभाग । काठमाडौंमा पाँच स्थानमा र देशका आधा दर्जन जिल्लामा दुई-दुई स्थान र अन्य जिल्लामा एक-एक वटा गरी जम्मा […]

पहाड र तराईमा किन फरक दिन मनाइन्छ फागुपूर्णिमा र होली

आज (आइतबार) देशको पहाडी भेगमा धुमधामका साथ होली मनाइँदै छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ । वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको […]

चीनमा एमबीबीएस पढेका २५५ विद्यार्थी अन्योलमा

१५ चैत, काठमाडौं । कोभिड-१९ का कारण चीनबाट नेपाल फर्किएका चिकित्सा शास्त्र अध्ययन गरेकाका विद्यार्थी ‘इन्टर्न’ गर्न नपाएर एक वर्षदेखि अन्यौलमा छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले पाँच वर्ष एमबीबीएस र बीडीएस अध्ययन गरेर ६ देखि ९ महिना उतै ‘इन्टर्न’ गरेकालाई यता ‘इन्टर्न’ गर्न नदिएको उनीहरू बताउँछन् । विद्यार्थीका अनुसार उनीहरूको भिसाको समयावधिसमेत सकिएको छ […]

अर्घाखाँचीमा एमालेको समानान्तर कमिटी

१५ चैत, बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको हो । सर्वोच्चको फैसलाले पार्टीलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काएको हुनाले तत्कालीन जिल्ला कमिटीको वैठक बसेर पुनर्गठन गरिएको अध्यक्ष चौहानले बताए […]

सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आह्वान

१५ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् । अहिले पनि कोरोना भइरस (कोभिड-१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् । होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता […]

आज होली पर्व, स्वास्थ्य सुरक्षा अपनाउन सरकारको आग्रह

१५ चैत, काठमाडौं । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार […]

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१४ चैत, काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए । अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उनको […]

म्यानमारमा दर्जनौं आन्दोलनकारीको मृत्यु

१४ चैत, काठमाडौं । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो मानवीय क्षति भएको छ । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन । त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत […]

दशरथ रंगशालामा गोलबिहीन फुटबल [ फोटो फिचर ]

१४ चैत, काठमाडौं । घरेलु टोली नेपाल, थ्री नेशन्स कप फुटबलको फाइनलमा पुगेको छ, तर गोलबिहीन भएर । पहिलो खेलमा किर्तिस्तानको ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले बांगलादेशसँग पनि त्यही नियति भोग्यो । शनिबार दशरंग रंगाशालामा उपस्थित भएका दर्शकहरुले नेपालको सुधारिएको खेल त हेर्न पाए । गोलको खुसी मनाउन पाएनन् । प्रशिक्षक बालगोपाल महर्जनले भने […]

केही दिनमै सरकारको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो […]

‘देखेको सपनामा बाँच्न पाएको छु’

काठमाडौं । पुष्प खड्का नृत्यमा अब्बल मानिन्छन् । म्युजिक भिडियोमा निकै देखिएका यी अभिनेताको चलचित्रतिरको छलाङ पनि लोभलाग्दो छ । ‘नृत्य राम्रो गर्ने अभिनेता’ का रूपमा चिनिएका पुष्प अभिनयका कारण पनि दर्शकमाझ प्रिय बन्दै छन् । चलचित्र ‘अझै पनि’ मा सहायक भूमिका निर्वाह गर्दै चलचित्रमा डेब्यू गरेका पुष्पले ‘दर्पण छायाँ-२’ मा मुख्य भूमिका पाए । […]

आमाको मुहारमा मुस्कुराएको शान्तिश्रीको सफलता

कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरेकी गायिका आज लाखौं दर्शक–श्रोताको ढुकढुकीमा बस्न सफल भएकी छिन् । बोलमाया एक बचन बोल तिम्रै बोली छ मलाई अनमोल ! तीन वर्षअघि सार्वजनिक भएको गीत ‘बोल माया’ ले सांगीतिक बजारमा छुट्टै तरंग ल्याइदियो । वैदेशिक रोजगारीमा गएकाहरूको दुःखान्त कथालाई उठान गरेको गीतले धेरैलाई भावुक बनायो । धेरैले गीतलाई […]

कथा : बिसौनी

‘नमस्कार हजुरआमा !’ कुनै पनि हालतमा अब वृद्ध नजरबाट लुक्न सकिँदैन भन्ने निश्चित भएपछि युद्धमा आत्मसमर्पण गरेजत्तिको मनस्थितिमा युवक भरतले हात जोडेर विनम्रतापूर्वक भन्यो । अभिवादनको प्रतिउत्तरमा उठेका वृद्ध हात युवकतर्फ फर्किएका भए पनि नजर भने युवकसँगैकी युवतीमा थिए । लुम्बिनी मायादेवी मन्दिर घुमेर पोखरीको सामुन्नेको पीपलबोटनिर पुग्दाको अप्रत्यासित भेट थियो त्यो । भरत कलेजको […]

महन्थ ठाकुरलाई खगेन्द्र संग्रौलाको प्रश्न : ओलीलाई समर्थन गर्नुपर्ने बाध्यता के छ ?

१४ चैत, काठमाडौं । बृहत नागरिक आन्दोलनले प्रज्ञा डबलीमा प्रमुख दलका नेताहरुलाई बोलाएर सरकार गठनको अवरोध किन जारी छ ? कहाँ अड्किएको छ हलो ? भनेर छलफल गरेको छ । छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल छोटो समय सहभागी भएर फर्किए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर […]



from समाचार – Online Khabar https://ift.tt/31tdBGa
via IFTTT
Powered by Blogger.