समाचार
१६ चैत, काठमाडौं । मोजाम्बिकको उत्तरी क्षेत्रमा अवस्थित पल्मा सहरमा भएको आतंकवादी आक्रमणमा दर्जनौं व्यक्तिको ज्यान गएको छ । केही वेपत्ता छन् । मोजाम्बिकको रक्षा मन्त्रालयका प्रवक्ता ओमर सारंगाले समुद्री किनारमा पर्ने पल्मा शहरमा इस्लामी चरमपन्थीहरुले गरेको आक्रमणबाट दर्जनौं व्यक्तिको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ । करिब ७५ हजार जनसंख्या रहेको पल्मामा कति […]
१६ चैत,काठमाडौं । त्रिदेशीय कप फुटबलको उपाधिका लागि घरेलु टोली नेपालले आज बंगलादेशसँग खेल्दैछ । फाइनल खेल साँझ ५:३० बजे सुरु हुने छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य गोल गर्दै उपाधि जित्नेछ । अझ घरेलु टोली नेपाल गोल र उपाधि दुवैका लागि भोको छ । यसका दुई कारण छन् । नेपालको सिनियर […]
१६ चैत, काठमाडौं । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना […]
१६ चैत, काठमाडौं । कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो । सो जहाज सोमबार राति साढे आठ बजे त्रिभुवन […]
१६ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ देखि स्थानीय सरकारको कारोबारको भुक्तानी विद्युतीय भुक्तानी प्रणालीबाट हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले यसको तयारी गरेको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार यसै साता काठमाडौंमा सम्पन्न सार्वजनिक वित्त व्यवस्थापन राष्ट्रिय गोष्ठी २०७७ ले यस्तो निर्णय गरेको हो । अहिले नेपाल सरकार र प्रदेश सरकार […]
१६ चैत, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ स्थित ठेहेगाउँको दुई घरको बीचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । ठेहेको विजगाउँका दुईवटा घरको साँधमा बेवारिसे अवस्थामा बम भेटिएलगत्तै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खबर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब […]
१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरु आइतबारकै भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् । तीन सातायतादेखि प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ […]
१५ चैत, काठमाडौं । कोभिड-१९ का कारण चीनबाट नेपाल फर्किएका चिकित्सा शास्त्र अध्ययन गरेकाका विद्यार्थी ‘इन्टर्न’ गर्न नपाएर एक वर्षदेखि अन्यौलमा छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले पाँच वर्ष एमबीबीएस र बीडीएस अध्ययन गरेर ६ देखि ९ महिना उतै ‘इन्टर्न’ गरेकालाई यता ‘इन्टर्न’ गर्न नदिएको उनीहरू बताउँछन् । विद्यार्थीका अनुसार उनीहरूको भिसाको समयावधिसमेत सकिएको छ […]
१५ चैत । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि धेरैलाई लागेको थियो, अब कि प्रधानमन्त्री केपी शर्माले ओलीले ‘नैतिकताको आधार’मा राजीनामा दिन्छन्, कि उनलाई अविश्वासको प्रस्तावमार्फत हटाइन्छ । तर एक महिना नाघिसक्दा पनि न ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए, न उनीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । अहिलेको राजनीतिक अवस्थाबारे नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र […]
१५ चैत, काठमाडौं । आइतबार दिउँसोदेखि मेलम्चीको पानी काठमाडौंबासीको घर-घरमा पुग्न सुरु भएको छ । उपत्यका खानेपानी बोर्डका अध्यक्ष सञ्जीव राणा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड -केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलन शाक्य लगायतले संयुक्त रुपमा महांकालचौर क्षेत्रमा भल्भ खोलेर पानी वितरणको शुभारम्भ गरेका हुन् । सुरुङमार्फत सुन्दरीजलमा झारिएको मेलम्चीको पानी प्रशोधन गरेर ४ स्थानमा रहेका […]
१५ चैत, काठमाडौं । नागरिक अगुवाहरुले म्यानमारका जनताको पक्षमा उभिन सरकारलाई आग्रह गरेका छन् । कुलचन्द्र गौतम, सुशील प्याकुरेल, कनकमणि दीक्षित, विपिन अधिकारी, डा. रेणू राजभण्डारी, डा. अर्जुन कार्की लगायतका नागरिक अगुवाहरुले आइतबार विज्ञप्ति जारी गर्दै म्यानमारमा भइरहेको प्रजातान्त्रिक आन्दोलनको पक्षमा उभिन सरकारलाई आग्रह गरेका हुन् । शान्तिपूर्ण आन्दोलनकारीको नरसंहार गरेको भन्दै नागरिक अगुवाहरुले म्यानमारको […]
१५ चैत, जनकपुरधाम । मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) लाई महामुर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्य परिषद् (मिनाप) ले होली पर्वको अवसर पारेर प्रत्येक बर्ष प्रदान गर्ने यो उपाधि हास्य कलाकार मह जोडीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । जानकी मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा उपाधि ग्रहण गर्दै मह जोडीले मधेश, पहाड […]
१५ चैत, काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको विधेयक अधिवेशन एउटा पनि विधेयक पास नगर्दै अन्त्य गर्ने तयारी भएको छ । प्रतिनिधिसभामा लामो समयदेखि अड्एिका नागरिकतालगायतका ३६ विधेयक विचाराधीन छन् । तर सरकारले चालु अधिवेशन अन्त्यको तयारी थालेको छ । संसदको विधेयक अधिवेशन १७ पुसभित्र सुरु हुनुपर्थ्यो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा संसद […]
१५ चैत, मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको रानी नाका हुँदै भारत आवतजावतमा कडाइ गरेको छ । भारतमा कोरोना संक्रमण बढेका कारण आउजाउमा कडा गरिएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन् । तर खुला सीमा भएका कारण मुख्य नाकाबाहेक चोरबाटो हुँदै भारत प्रवेश गर्ने र नेपाल फर्कनेको संख्या धेरै छ । सुरक्षाकर्मीले यसलाई रोक्न […]
१५ चैत, जनकपुरधाम । वेपत्ता भएको एक महिनापछि गाडिएको अवस्थामा शव फेला परेका महोत्तरीका झा दम्पतीको हत्यामा संलग्नताको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झा दम्पतीका छिमेकी र आफन्त नै हुन् । पिपरा गाउँपालिका– ५ सहोडबाका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीता देवी झा गत फागुन […]
१५ चैत, काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले पार्टीभित्र समानान्तर संगठन निर्माणलाई निरन्तरता दिने भएको छ । राजधानीमा उपलब्ध केन्द्रीय सदस्य एवम् सांसदहरुको अनौपचारिक छलफलले मातहतको संगठनमा समानान्तर कमिटी बनाउन अभियान चलाउने निष्कर्ष निकालेको हो । गएको ४–५ चैतमा सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाकै म्याण्डेटअनुसार, पार्टीभित्रै अन्तरसंघर्ष गर्न समानान्तर कमिटी निर्माणको अभियान तीव्र पारिने […]
१५ चैत, जनकपुरधाम । गत बिहीबार सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित खेतमा स्थानीय ३० वर्षीय सुशील रायको टाउको काटिएको अवस्थामा शव फेला पर्यो । ११ चैतको राति उनीसँगै लागूऔषध प्रयोग गर्न बसेका उनका साथीहरूले नै धारिलो हतियारले टाउको काटेर सुशीलको हत्या गरेको प्रहरीले बतायो । स्थानीय ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र उनका ४० […]
१५ चैत, सुदूरपश्चिम । कैलालीको बर्दगोरिया गाउँपालिका–४ मा आइतबार से १ त ८२५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ६ जना भारतीय मजदुर घाइते भएका छन् । सडक कालोपत्रे गर्ने क्रममा बिछ्याइएको अलकत्रामा चिप्लिएर ट्रलीसहितको ट्याक्टर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । घाइते हुनेमा भारत उत्तर प्रदेश, नानपाराका राजकुमार, […]
१५ चैत, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा आइतबार सात वर्षीय बालकको डुबेर मृत्यु भएको छ । सोही स्थान निवासी देउबहादुर गागा मगरका छोरा डिक्सनको इनारमा डुबेर मृत्यु भएको हो । स्थानीयले पानी प्रयोग गर्न खनेको इनारमा बालक डिक्सनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इनारमा डुबेर सख्त घाइते भएका बालकको उपचारका […]
१५ चैत, काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई थप एक लाख डोज कोरोना खोप दिएको छ । सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप आइतबार काठमाडौंमा आइपुगेको हो । सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार यो खोप सेनाका लागि प्रयोग गरिनेछ । प्राथमिकता क्रम निर्धारण गरेर लगाइने र आश्रित परिवारलाई पनि दिइने उनले बताएका छन् । […]
१५ चैत, सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । २०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका धनीलालविरुद्ध सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको […]
from समाचार – Online Khabar https://ift.tt/3fmr4I1
via IFTTT