समाचार
१५ चैत, पर्वत । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा पर्वतको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय–समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुल जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको […]
१५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस-माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमाले निकट प्रेस चौतारीको तर्फबाट निर्मला शर्माले महासंघको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । […]
१५ चैत, काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा (होली) को दिन काठमाडौंमा विगतका वर्षमा जस्तो चहलपहल छैन । कोरोना महामारीका कारण गत वर्ष र यसवर्ष सडकमा ठूलो समूहमा भेला भएर होली मनाउनेहरु कम छन् । सरकारले कोरोना महामारी फैलिने जोखिम रहेकाले समूहमा भेला भएर होली नमनाउन आग्रह गरेको छ । सरकारको आग्रहका बाबजुद सानो समूह […]
१५ चैत, काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो । समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भनेर निर्णय भने गरेको छैन । सञ्चार सचिव हरिप्रसाद बस्यालका […]
१५ चैत, वीरगञ्ज । आइतबार पहिलोपटक पोखरा–सिमरा उडान गर्ने तयारी गरिएकोमा स्थगित भएको छ । पोखरा विमानस्थलमा भिजिबिलिटी कम भएका कारण उडान स्थगित गरिएको हो । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार आइतबार पोखरामा २ किलोमिटर मात्रै भिजिबिलिटी थियो । ठूला जहाज उडाउनका लागि कम्तिमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ । वायुमण्डलमा धूलो र खरानी मिसिएर […]
१५ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्रको मोदीको बंगलादेश भ्रमणमा नेपाल, भारत र बंगलादेशबीचको बीबीआईएन मोटर सम्झौतालाई सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने सहमति भएको छ । मोदीको भ्रमणपछि जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा तीन देशबीचमा मोटर सेवा सञ्चालनका लागि आवश्यक समझदारी पत्रलाई छिटो टुंगोमा पुर्याउने सहमति भएको हो । भुटानसहित चार मुलुकबीच सन् २०१५ मा दक्षिण […]
१५ चैत, काठमाडौं । म्यानमारमा शासन हातमा लिने सैन्य कदमविरुद्धको आन्दोलनको क्रममा शनिबार कम्तीमा ११४ जना मारिएका छन् । सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु हुनेमा सात जना बालबालिका छन् । यद्यपि यो संख्या अझै बढी हुन सक्ने स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघले यो आन्दोलनमा धेरै मानिस मारिएको र सयौं घाइते भएको जानकारी आएको […]
१५ चैत, झापा । जनगणना २०७८ का लागि मागिएको करार कर्मचारीमा सबैभन्दा बढी महिलाले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालय चन्द्रगढीका अनुसार झापामा अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमा सात हजार ९३७ जनामध्ये पाँच हजार ८१ महिला छन् । कार्यालयका प्रमुख चुडामणि लुइँटेलले दुई हजार ८५० पुरुष, अन्य लिङ्गी छ र महिला पाँच हजार […]
१५ चैत, काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा आइतबार नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् । काठमाडौं उपत्यकामा धेरै मानिसहरु बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन् । हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँछन् । […]
१५ चैत, काठमाडौं । वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शिकारीबासमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ । ठोरी गाउँपालिका-२ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ ७:३० बजे बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए । ‘चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आक्रमण गरेको […]
१५ चैत, काठमाडौँ । काठमाडौँ उपत्काका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ । उपत्यकाका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ । पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार खुमलटारमा नयाँ पोखरी […]
१५ चैत । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि धेरैलाई लागेको थियो, अब कि प्रधानमन्त्री केपी शर्माले ओलीले ‘नैतिकताको आधार’मा राजीनामा दिन्छन्, कि उनलाई अविश्वासको प्रस्तावमार्फत हटाइन्छ । तर एक महिना नाघिसक्दा पनि न ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए, न उनीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । अहिलेको राजनीतिक अवस्थाबारे नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र […]
१५ चैत, विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण मोरङकाे सीमा नाकामा कडाइ गरिएको छ । तर शनिबार सुनसरीका प्रमुख जिल्ला अधिकारी किनमेल गर्न सीमावर्ती भारतीय बजार जोगबनी पुगे । शनिबार परिवारसहित सरकारी गाडीमा आएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल जोगबनी पुगेका हुन् । शनिबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै जोगबनी पुगेपछि स्थानीय युवाले गाडी रोकेका थिए […]
१५ चैत, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ । होलीमा अवाञ्छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्याम अधिकारीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘ होलीमा अवाञ्छित गतिविधि नहोस र कोरोनाको सतर्कताका लागि पनि सवारी […]
१५ चैत, काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । स्थिर रहेको वायुमण्डल आगामी […]
१५ चैत, काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ । त्रिदेशीय कपमा किर्गिस्तान फाइनल […]
१५ चैत, काठमाडौं । आइतबार (आज)देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिँदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन थाल्ने छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार आइतबार ४ करोड लिटर मेलम्चीको पानी वितरण लाइनमा थप हुनेछ । आइतबार नै खुमलटालको नयाँ पानी ट्यांकीको परीक्षण गरिनेछ । […]
१५ चैत, बुटवल । रुपन्देहीको सालझण्डीमा ३८ करोड रुपैयाँ लागतमा बसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु भएको छ । सालझण्डी-ढोरपाटन सडकलाई लक्षित गरी प्रस्थान विन्दु सैनामैना-१० सालझण्डीमा बसपार्क र व्यवसायिक भवन बन्न थालेको हो । बसपार्कसहितको व्यवसायिक भवनमा ४६ वटा सुविधासम्पन सटर, दुई शौचालय, प्रतिक्षालय, टिकट काउन्टर, कार तथा बस पार्किड, हरियाली खुल्ला क्षेत्रसमेत […]
१५ चैत, गलेश्वर । कुनै समय थियो, गौंथलीको चिरबिर र परेवाको माकुर…कुर.. जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुर्ख्यौली मान्यता र श्रुति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिंदै गए । धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ […]
१५ चैत, काठमाडौं । २५ जेठदेखि ८ असार २०७८ सम्म नेपालमा राष्ट्रिय जनगणना हुँदैछ । हरेक १० वर्षमाहुने जनगणनालाई राष्ट्रिय पर्व जस्तै मानिन्छ । यतिबेला राष्ट्रिय जनगणनाको तयारीमा जुटेको छ, राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभाग । काठमाडौंमा पाँच स्थानमा र देशका आधा दर्जन जिल्लामा दुई-दुई स्थान र अन्य जिल्लामा एक-एक वटा गरी जम्मा […]
आज (आइतबार) देशको पहाडी भेगमा धुमधामका साथ होली मनाइँदै छ । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरेपनि भोलिपल्ट(प्रतिपदाको दिन) होली मनाउने चलन छ । वराह पुराणका अनुसार पाटवास–विलासिनी अर्थात् पाउडरहरू मिलेर बनेको खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको […]
from समाचार – Online Khabar https://ift.tt/3cvKVCE
via IFTTT