समाचार
१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गुट तथा दल परिर्वतन गरेर आफूलाई साथ प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । दुईमन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले दुई राज्यमन्त्रीलाई मन्त्रीको जिम्मेवारी दिएका छन् । तर नेकपा एमालेको माधवकुमार नेपाल पक्ष भने सरकारबाट बाहिर भयो । कोको भए मन्त्री ? शुक्रबार […]
१३ चैत, विराटनगर । बलात्कार आरोप मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाई पाएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ । शुक्रबार न्यायाधीस प्रेमराज ढकाल र रेणुका शाहको इजलासले सिद्धबाबालाई झिकाउने आदेश दिएको हो ।‘ दुई जना श्रीमानको इजलासबाट प्रतिवादीलाई १५ दिन भित्र झिकाउने आदेश भएको छ,’उच्च […]
१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताए । ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु […]
१३ चैत, काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । यसअघिको संसदीय दलको बैठकमा सहभागी नभएका उनी २३ फागुनमा सर्वोच्चको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् । […]
चैत्र १३, डोटी । सुदूरपश्चिम प्रदेश सरकार अब फेर्नु पर्ने बेला भएको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरसँग कुराकानी गर्दै मन्त्री भट्टले सरकार फेरबदलको विषयमा पार्टीभित्र छलफल हुने र छिट्टै निकास निस्कने बताए । ‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन। ’ मन्त्री […]
१३ चैत, काठमाडौं । काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएको छ । काठमाडौं विमानस्थल कार्यालय स्रोतका अनुसार शुक्रबार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । भिजिविलिटी कम हुँदा काठमाडौं विमानस्थलकै सेवा प्रभावित हुन पुगेको कार्यालयको भनाइ छ । काठमाडौं-भरतपुर रुटमा बिहीबार समेत जहाज […]
१३ चैत, काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौताबारेको विवाद समाधान गर्न प्रक्रिया अघि बढाएको छ । आयोगले नेपाल विद्युत् प्राधिकरणसँग अहिलेसम्म प्राधिकरणले गरेका निर्णय र काम कारबाही प्रक्रियाबारे जानकारी मागेको छ । आयोगले विवाद निरुपणको प्रक्रिया अघि बढाउन प्राधिकरणसँग जानकारी मागेको आयोगका सदस्य तथा प्रवक्ता रामप्रसाद धितालले जानकारी दिए । […]
१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु (सक्कल) पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले उनलाई बिहीबार राति पक्राउ गरेको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । […]
१३ चैत, भक्तपुर । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक […]
१३ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने […]
१३ चैत, काठमाडौं । कोभिड-१९ संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना महामारीको जोखिम न्युनीकरणका लागि मास्क प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो । काठमाडौंका प्रमुख […]
१३ चैत, काठमाडौं । १५ फागुन २०७७, जिल्ला अस्पताल प्यूठानमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २४ वर्षीया अनिशा एमसीको मृत्यु भयो । मृतकका आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भनेर आन्दोलन गरे । उपचारमा संलग्न चिकित्सकले माफी माग्ने र मृतक महिलाको बच्चाको नाममा कम्तीमा ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने सहमति भएपछि आन्दोलन टुंगियो । प्यूठान अस्पताल व्यवस्थापन […]
१३ चैत, काठमाडौं । विद्युत् नियमन आयोगले अनलाइनबाट महसुल भुक्तानी गर्दा थप सेवा शुल्क लिने निर्णयबारे नेपाल विद्युत् प्राधिकरणलाई स्पष्टीकरण सोधेको छ । आयोगले प्राधिकरणलाई पत्र लेख्दै १५ दिनभित्र अनलाइन भुक्तानीमा उपभोक्ताबाट थप शुल्क लिने गरी भएको निर्णयबारे स्पष्ट गर्न निर्देशन दिएको हो । विद्युत् नियमन ऐनको व्यवस्थाअनुसार प्राधिकरणले नियामक निकायको अनुमतिबिना आफैंले निर्णय गरेर […]
१३ चैत, काठमाडौं । राष्ट्रियसभामा नेकपा एमालेको संसदीय दलको नेता सुमन प्याकुरेल बनेका छन् । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रयसभामा दलको नेता प्याकुरेललाई तोकेका हुन् । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मा थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि शर्मा माओवादी केन्द्रमा […]
१३ चैत, काठमाडौं । कोरोना संक्रमण फेरि फैलन सक्ने जोखिम रहेको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने काम र व्यवसाय नगर्न सार्वजनिक अपिल गरेको छ । भिडभाड हुने स्थानमध्ये विद्यालय पनि एक हो । पुसदेखि अधिकांश विद्यालयले विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा पठनपाठन गराइरहेका छन् । […]
१३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक बोलाएका छन् । त्यसअघि बसेको नेपाल समूहका नेताहरुको बैठकले संसदीय दलको बैठकमा जाने र पार्टी स्थायी,पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक माग गर्ने […]
१३ चैत, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद चौधरीलाई भेटेका हुन् । ज्यान मुद्दामा सजाय भोगिरहेका चौधरीलाई बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको स्रोतको […]
१३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नयाँ सरकारका विषयमा पार्टी लामो समय मौन बस्न नहुने बताएका छन् । संविधान रक्षाका लागि कोसंग हातेमालो गर्ने भन्नेबारेमा पार्टी नेतृत्वले छिटो निर्णय गर्नुपर्ने धारणा राखे । बुटवलमा राज्य टेलिभिजनले गरेको कार्यक्रममा उनले भने ‘लामो समय मौन बसेर हुन्न, संविधान रक्षा गर्न कोसंग हातेमालो गर्ने कोसंग […]
१३ चैत, काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाएका छन् । शुक्रबार भएको बाँडफाँटबाट उक्त संख्यामा आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गरेको बाँडफाँटबाट १२ लाख ३ हजार ८ सय ३५ जना भने खाली हात रहे । यस कम्पनीको […]
१३ चैत, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा […]
१३ चैत, काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले सपथ खाएका हुन् । यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि आजै सपथ लिएका छन् । […]
from समाचार – Online Khabar https://ift.tt/3m4JzCp
via IFTTT





















