Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

नागरिक आन्दोलनले नेताहरूसँग सार्वजनिक बहस गर्दै

१३ चैत, काठमाडौं । बृहत् नागरिक आन्दोलनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा र एमाले–नेपाल समूहका शीर्ष नेताहरूसँग सार्वजनिक अन्तर्क्रिया गर्ने भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा हुने उक्त अन्तर्क्रियामा सहभागी हुन नागरिक आन्दोलनले अपिलसमेत गरेको छ । नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, महन्थ ठाकुर, मीनेन्द्र रिजालसँग प्राध्यापक कृष्ण खनाल र दोभान […]

अप्टिकल फाइबर काटिदा दुई जिल्लाको इन्टरनेट बन्द

१३ चैत, बैतडी । अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो । सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको टेलिकम बैतडीले जनाएको छ । तीन दिनदेखि जिएसएम मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा […]

एकता जोगाउन अध्यक्षले पहल गर्नुपर्छ, फुट्यौं भने बर्बाद हुन्छ : गोकर्ण विष्ट

१३ चैत, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता जोगाउने पहल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुपर्ने बताएका छन् । बालुवाटारमा बसेको संसदीय दलको बैठकमा बिष्टले एमाले विभाजन भए कम्युनिष्ट आन्दोलन नै बर्बाद हुने बताए । पार्टी विघटन गर्न देशभित्र र बाहिरका शक्तिहरु लागिपरेकाले यसबाट जोगिनुपर्ने उनको सुझाव थियो । पार्टी […]

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

१३ चैत, काठमाडौँ । निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना भएको र उनको उपचारका क्रममा […]

४४१६ परीक्षण गर्दा १५६ जनामा कोरोना संक्रमण पुष्टि

१३ चैत, काठमाडौँ ।  पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४१६ जनामा भएको आरटी पीसीआर परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। यस्तै काठमाडौँका ५५, ललितपुरका ९ तथा भक्तपुरका […]

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति

१३ चैत, काठमाडौँ । वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले जनाएको छ । सर्वोच्च शिखर […]

भारततर्फ लैजाँदै गरेको १८ किलो गाँजा प्रहरीद्वारा बरामद

१३ चैत, सप्तरी । नेपालबाट भारततर्फ लैजादै गरेका अवस्थमा सप्तरीबाट १८ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर २ स्थित बलान खोलाबाट गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका प्रहरी निरीक्षक लालबहादुर खड्का नेतृत्वको गस्ती टोलीलाई […]

नारायणघाट-बुटवल सडक तोकिएको समयमै सम्पन्‍न गर्न सरकारलाई निर्देशन

१३ चैत, काठमाडौँ । संसदीय समितिले निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्य तोकिएकै समयभित्र सम्पन्न हुनेगरी काम अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले नारायणघाट-बुटवल सडक खण्ड आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न हुने गरी शुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन […]

दल र गुट फेर्नेलाई मन्त्री पद, नेपाल समूह आउट

१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गुट तथा दल परिर्वतन गरेर आफूलाई साथ प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । दुईमन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले दुई राज्यमन्त्रीलाई मन्त्रीको जिम्मेवारी दिएका छन् । तर नेकपा एमालेको माधवकुमार नेपाल पक्ष भने सरकारबाट बाहिर भयो । कोको भए मन्त्री ? शुक्रबार […]

४ अन्तर्राष्ट्रिय विमान आकाशमै होल्ड, आन्तरिकका जहाज डाइभर्ट

१३ चैत, काठमाडौं । काठमाडौंको आकाशमा वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार वटा जहाज आकाशमा होल्ड भएका छन् । हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बस्नु परेको छ । प्रदुषणले जहाज […]

राइड सेयरिङ सेवा : सरकार न बन्द गर्छ, न वैधानिकता दिन्छ

१३ चैत, काठमाडौं । २०७३ पुसमा टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेलगत्तै सरकारले भन्यो, ‘निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु गैरकानुनी हो, चल्न दिइँदैन ।’ यो बीचमा यस्तो सेवा रोक्न सरकारी अधिकारी र यातायात व्यवसायीले प्रयास पनि गरे । सेवाग्राहीमाझ ‘राइड सेयरिङ’ एपहरू लोकप्रिय हुँदै गए । तर सरकारले न त यो […]

सिद्धबाबालाई झिकाउन उच्च अदालतको आदेश

१३ चैत, विराटनगर । बलात्कार आरोप मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाई पाएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ । शुक्रबार न्यायाधीस प्रेमराज ढकाल र रेणुका शाहको इजलासले सिद्धबाबालाई झिकाउने आदेश दिएको हो ।‘ दुई जना श्रीमानको इजलासबाट प्रतिवादीलाई १५ दिन भित्र झिकाउने आदेश भएको छ,’उच्च […]

संसदीय दलमा झलनाथले भने-एक्लौटी निर्णय फिर्ता नलिए एमाले एक ढिक्का रहन सक्दैन

१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । दलका नेता एवम् प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नेता खनालले २ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताए । ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु […]

एमाले संसदीय दलको बैठकमा झलनाथ खनाल सहभागी

१३ चैत, काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । यसअघिको संसदीय दलको बैठकमा सहभागी नभएका उनी २३ फागुनमा सर्वोच्चको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् । […]

सुदुरपश्चिम प्रदेश सरकार फेर्नुपर्छ-मन्त्री भट्ट

चैत्र १३, डोटी । सुदूरपश्चिम प्रदेश सरकार अब फेर्नु पर्ने बेला भएको संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन् । शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरसँग कुराकानी गर्दै मन्त्री भट्टले सरकार फेरबदलको विषयमा पार्टीभित्र छलफल हुने र छिट्टै निकास निस्कने बताए । ‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही हामीले भनिरहनुपर्छ जस्तो लाग्दैन। ’ मन्त्री […]

काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित

१३ चैत, काठमाडौं । काठमाडौंको आकाशमा प्रदूषण फैलँदा हवाई उडान प्रभावित भएको छ । शुक्रबार बिहानैदेखी काठमाडौंको आकाशमा तुवाँलो फैलिएको छ । काठमाडौं विमानस्थल कार्यालय स्रोतका अनुसार शुक्रबार सबैभन्दा धेरै भरतपुर जाने उडानहरु डिले भएका छन् । भिजिविलिटी कम हुँदा काठमाडौं विमानस्थलकै सेवा प्रभावित हुन पुगेको कार्यालयको भनाइ छ । काठमाडौं-भरतपुर रुटमा बिहीबार समेत जहाज […]

डेडिकेटेड लाइनको बक्यौता विवाद निरुपण गर्ने प्रक्रिया सुरु

१३ चैत, काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन बिजुलीको बक्यौताबारेको विवाद समाधान गर्न प्रक्रिया अघि बढाएको छ । आयोगले नेपाल विद्युत् प्राधिकरणसँग अहिलेसम्म प्राधिकरणले गरेका निर्णय र काम कारबाही प्रक्रियाबारे जानकारी मागेको छ । आयोगले विवाद निरुपणको प्रक्रिया अघि बढाउन प्राधिकरणसँग जानकारी मागेको आयोगका सदस्य तथा प्रवक्ता रामप्रसाद धितालले जानकारी दिए । […]

ताप्लेजुङमा विप्लव समूहका नेता पक्राउ

१३ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु (सक्कल) पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले उनलाई बिहीबार राति पक्राउ गरेको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले अनलाइनखबरलाई बताए । सरकारले २१ फागुनमा चन्द नेतृत्वको पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै सबै मुद्दा खारेज गर्ने सहमति गरेको थियो । […]

ग्यास सिलिन्डर पड्किँदा घाइते भएका बस्नेतको मृत्यु

१३ चैत, भक्तपुर । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका छ मध्ये टीकाराम बस्नेतको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक […]

एमालेमै बसेर संघर्ष गर्ने नेपाल समूहको निर्णय

१३ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीमै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र त्यसको जवाफलाई लिएर कतिपयले एमाले फुटतर्फ उन्मुख भएको आशंका गरेका बेला नेवाल समूहले पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । त्यसअनुसार शुक्रबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरु जाने […]

काठमाडौँको सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य

१३ चैत, काठमाडौं । कोभिड-१९ संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच भएको छलफलमा कोरोना महामारीको जोखिम न्युनीकरणका लागि मास्क प्रयोग अनिवार्य गर्ने निर्णय भएको हो । काठमाडौंका प्रमुख […]



from समाचार – Online Khabar https://ift.tt/3fdfJdn
via IFTTT
Powered by Blogger.