समाचार
१७ चैत, काठमाडौं । कमसल गुणस्तर तथा दूषित खाद्य पदार्थ बिक्री वितरण गरेको आरोपमा ७६ उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको छ । बजार अनुगमनका क्रममा संकलित नमुना तथा उपभोक्ताको उजुरीका आधारमा चालु आर्थिक वर्षको आठ महिनामा ती उद्योगहरुविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । दायर […]
१७ चैत, काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुद्धोधन गाउँपालिका–३ मेहतीनियास्थित बाबा इँटाभट्टामा काम गर्ने भारतको नौबादा जिल्ला घर भएका ६० वर्षीय गंगा मल्लाहको कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय रन्जित मल्लाहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुबीच एकापसमा […]
१७ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् । स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर […]
१७ चैत, सुर्खेत । नेकपा एमालेले कर्णाल प्रदेशको कमिटी हेरफेर गरेको छ । प्रदेश कमिटी अध्यक्ष र सह-इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो । यसअघि प्रदेश अध्यक्षको जिम्मेवारीमा रहेका सल्यानका गुलावजंग शाहलाई सह-इन्चार्ज बनाएको छ भने सहइन्चार्ज रहेका गोरखबहादुर बोगटीलाई अध्यक्षको जिम्मेवारी दिएको छ । बोगटीले कार्यकारी पद माग गरेपछि पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई प्रदेश […]
१७ चैत, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौं महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको छ । विभागलाई पटक–पटक मौखिक र लिखित रुपमा उक्त स्थान खाली गराउन आग्रह गर्दा […]
१७ चैत, विराटनगर । सप्तकोसी नदीको बीच भागमा रहेको खुवालुङ ढुङ्गाको अध्ययनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई खुवालुङ जाने भएका छन् । मंगलबार किराँत समुदायका अगुवा र प्राविधिक टोलीसहित मुख्यमन्त्री राई खुवालुङ जान लागेका हुन् । अध्ययन र छलफलका लागि मुख्यमन्त्री खुवालुङ जाने राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । तमर, सुनकोसी […]
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो । प्रचण्डले उक्त फैसला […]
१७ चैत, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका-५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दीपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार राप्ती नदीमा पौडी खेल्नेक्रममा सोमवारदेखि बेपत्ता […]
१७ चैत, बैतडी । पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ ।जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी […]
१७ चैत, विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ मा एक पुरुष मृत भेटिएका छन् । सोमबार दिउँसो लोहोन्द्रा खोलानजिक अन्दाजी ५५ वर्षीय पुरुष मृत भेटिएका हुन् । मंगोलियन अनुहार जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । पिपलको रुखमुनि म्याट ओछ्याएर र झोलाको सिरानी लगाएर सुतिरहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए […]
१७ चैत, विराटनगर । जङ्गली हात्तीको आक्रमणबाट मोरङको मिक्लाजुङ गाउँपालिका- ६ मा एकजनाको मृत्यु भएको छ । ४९ वर्षीय यामबहादुर बोहोराको मृत्यु भएको हो । उनलाई सोमबार राति हात्तीले आक्रमण गरेको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक कुन्दन देवका अनुसार मृतक अपाङ्गता भएका व्यक्ति हुन् । उनी बोल्न र सुन्न सक्दैन्थे । राति […]
१७ चैत, वीरगञ्ज । सरकारले शनिबारसम्म विद्यालय बन्दको आह्वान गरे पनि वीरगञ्जका शैक्षिक संस्था बन्द नहुने भएका छन् । देशका अन्य क्षेत्रमा जस्तो वीरगञ्जमा वायु प्रदूषणको असर नदेखिएकोले विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था नरहेको वीरगञ्ज महानगरपालिकाका दाबी छ । प्रदेश २ मा मंगलबार (आज) सम्म प्रदेश सरकारले होली पर्वको बिदा दिएको छ । बुधबारदेखि नियमित विद्यालय […]
१७ चैत, काठमाडौँ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले दुई देशको विचमा व्यापार र पर्यटन प्रवर्द्धनको लागि सिधा हवाइ उडानको आवश्यकतामा जोड दिएका छन् । पाकिस्तानको चेम्बर अफ कमर्स एण्ड इन्ड्रस्ट्रीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राजदूत अधिकारीले दुई देशको विचमा अहिले एकदमै सौहार्दपूर्ण सम्बन्ध रहेको र दुई देशको विचमा सिधा उडान सुरु गर्न […]
१७ चैत, काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै ५० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ । समग्रमा बजार घट्दा समेत अजोडको सोमबार पोजिटिभ सर्किट लेभलमा सेयर कारोबार भएको थियो । सेयर मूल्य आकासिएको भोलिपल्टै ५० प्रतिशत हकप्रद घोषणा गरिएपछि अजोडको सोमबार भएको कारोबारलाई शंकास्पद रुपमा हेरिएको छ । इन्साइडर ट्रेडिङ […]
१७ चैत, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका हुन् । नेकपाका अध्यक्ष ऋषि कट्टेलले हालेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी […]
१७ चैत, डोटी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका अध्यक्ष रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाइ थप उपचारका लागि सोमबार दिउँसो काठमाडौं लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रशाद शर्माले जानकारी दिए । […]
१७ चैत, काठमाडौं ।ललितपुर महानगरपालिका १४ नख्खुमा पनि बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी […]
१७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दैछन् । उनीहरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन । नेपाल पक्षका एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न […]
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनले नेपालको सिंगो किसान आन्दोलन र कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन् । मंगलबार शोक वक्तव्य जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । मानन्धरले नेपालको वामपन्थी आन्दोलनमा पुर्याएको योगदान सधैं स्मरणीय रहिरहने विश्वास पनि प्रचण्डले व्यक्त गरेका छन् […]
१७ चैत, दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै आएर पनि अन्नबाली नष्ट गर्ने क्रम बढ्दै गएको श्रेष्ठको गुनासो छ । ‘खेतमा काम गर्न गएको बेलामा बाँदरले आक्रमण […]
१७ चैत, काठमाडौं । सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । […]
from समाचार – Online Khabar https://ift.tt/3u5l6PR
via IFTTT