समाचार
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् कोविन्दको शीर्ष स्वास्थ्य लाभको कामना गरेका हुन् । राष्ट्रपति कोविन्द अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति कोविन्दको दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गरिएको छ ।
१८ चैत, बुटवल । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि रुपन्देहीमा पत्रकार सम्वद्ध पाँच संगठनहरुले चुनावी गठबन्धन गरेका छन् । नेपाल प्रेस यूनियनको नेतृत्वमा प्रेस संगठन, प्रेस चौतारी (माधव नेपाल पक्ष), प्रगतिशील पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच गठबन्धन भएको हो । पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पेशागत सुरक्षा र श्रमजिवी पत्रकारको अधिकार स्थापित गर्दै लोकतन्त्र […]
१८ चैत, काठमाडौं । कारागार संघीय सरकारले स्थापना गर्ने र त्यसको व्यवस्थापन प्रदेशले गर्ने गरी कानुन बन्ने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको कारागारसम्बन्धी विधेयकको दफा ५ र ६ मा कारागारको स्थापना, व्यवस्थापन र सञ्चालनसम्बन्धी व्यवस्था छ । जहाँ कारागार संघीय सरकारले खोल्ने, प्रदेश सरकारले चलाउने उल्लेख छ । ‘नेपाल […]
१८ चैत, काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । यसपटक महासंघको नेतृत्वका लागि मुख्यगरी सरकार पक्ष र सरकारको विपक्षमा रहेका पत्रकारको छुट्टा-छुट्टै समूह निर्माण भएका […]
१८ चैत, काठमाडौं । ब्राजिलका स्थल सेना, नौसैनिक र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन् । राजनीतिक संकटमा परेका राष्ट्रपति जायर बोल्सोनारोले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले एकसाथ राजीनामा दिएका हुन् । ब्राजिलमा राष्ट्रपतिसँग मतभेद भएर सेना, नौसैनिक र हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएको इतिहासकै पहिलो घटना भएको बीबीसीले जनाएको […]
काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आइतबारदेखि मेलम्चीको पानी वितरण शुरु भयो । पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले घोषणा गरे, ‘भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्छौं ।’ काठमाडौंमा पानी आएपछि केयूकेएलले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि योजना अघि बढाउने भएको हो । गएका तीन आर्थिक […]
१८ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित हुने छ । बुधबारको बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । कांग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ […]
१८ चैत, विराटनगर । सप्तकोसी नदीमा स्टिमर सञ्चालनमा अवरोध पुर्याउँदै आएको खुवालुङ (पानी ढुङगा) फुटाउने योजनाको विरोध भएपछि सरकार पछि हटेको छ । ढुङ्गा फुटाउने योजनामा रहेको सरकार किराँत समुदायको विरोधका कारण पछि हटेको हो । स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका […]
१६ चैत, काठमाडौं । मानिसहरूले घरायसी रूपमा प्रयोग गर्ने ऊर्जा ग्याँसको विकल्पका रूपमा विद्युतलाई लिन थालेको तथ्यांकहरूले देखाएको छ । नियमित विद्युत आपूर्तिसँगै खाना पकाउने वैकल्पिक ऊर्जाको स्रोतका रूपमा विद्युतीय चुल्हो (इन्डक्सन तथा इन्फारेड) बन्न थालेको हो । वैकल्पिक ऊर्जाका रूपमा विद्युतीय चुल्होको प्रयोग बढेपछि यसको आयात हजारबाट लाखको संख्यामा हुन थालेको छ । जसले […]
१७ चैत, पोखरा । चैत २५ गतेबाट गण्डकी प्रदेश सभाको बैठक बस्ने भएको छ । ६ महिनाभित्र संसद बैठक बोलाउनै पर्ने बाध्यता सरकारलाई छ । कानुन व्यवस्थाअनुसार २५ गतेदेखि विधेयक अधिवेशन चलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । चैत २६ गते संसदको बैठक स्थगित भएको ६ महिना पूरा हुन्छ । असोज २६ गतेदेखि प्रदेशसभाको बजेट […]
१७ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’ ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित […]
१७ चैत, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले खारेज गरिदिएपछि आधिकारिक नेकपा, सूर्य चिह्न कसले पाउने भन्ने लडाईं चलिरहेको थियो । फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो । नेकपा विभाजन भएपछि केन्द्रीय सदस्य […]
१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् । तर अहिले माओवादीसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने उनको टिप्पणी छ । मंगलबार रिपोर्टस् क्लबको वार्षिकाेत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना […]
१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनबारे प्रष्ट निर्णय दिन आग्रह गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् […]
१६ चैत, काठमाडौं । नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने यो समूहको निष्कर्ष छ । अध्यक्ष ओलीले सोमबार मात्र […]
१७ चैत्र, पर्सा । व्यापारीलाई फोन गरी पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका २२का १७ वर्षीय एक किशोर र २२ वर्षीय प्रज्जवल तिवारी रहेका छन् । किशोरलाई र। तिवारीलाई तिवाले खोला किनारबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथिप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
१७ चैत, काठमाडौं । नेपालले सोमबार घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि जित्यो । ८ खेलको गोलविहीन यात्रा टुङ्ग्याएको नेपालले १९८४ को पहिलो सागपछि घरेलु मैदानमा पहिलो पटक उपाधि जित्यो । नेपालका सफल कप्तान विराज महर्जनले यही खेल खेलेपछि सन्यासको घोषणा गरे । यो सबै खेलको एक […]
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको बताएका छन् । नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्डले अदालतले कसैको राजनीतिक अभीष्ट पूरा गर्ने गरी फैसला गरेको […]
१७ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आए पनि धेरै स्थानका धारामा पानी झरेको छैन । अनामनगर क्षेत्रका घरमा भने आइतबार दिउँसो २ बजेदेखि निरन्तर पानी आइरहेको छ । ‘काकाकुल’ काठमाडौंमा जतिबेला खोल्दा पनि धाराबाट पानी झर्ला भन्ने विश्वास यहाँका बासिन्दालाई थिएन । त्यसैले निरन्तर पानी आउँदा अनामनगर क्षेत्रका बासिन्दा खुसी छन् । […]
१७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले दल त्याग गर्दै प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रदेशसभा सदस्य टङ्क आङबुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णय बिना प्रदेश सरकारमा किन सहभागी भएको भनी स्पष्टीकरण मागेको हो । ‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ पत्रमा भनिएको […]
१७ चैत, विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका १६ जना सांसदले नाम फिर्ता लिएका छन् । उनीहरुले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् । यसअघि गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए […]
from समाचार – Online Khabar https://ift.tt/2PJKWKk
via IFTTT