समाचार
१४ चैत, काठमाडौं ।त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ। नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि बंगलादेश […]
१४ चैत, नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ । शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई २-१ ले पराजित गरेपछि स्टार सिटी च्याम्पियन बनेको हो । यस्तै अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक […]
। ००० काठमाडौं । पुष्प खड्का न ‘चकलेटी’ अभिनेता हुन् न त ‘खस्रा’ । यी दुवै स्वरुपमा नदेखिने उनी नृत्यमा अब्बल मानिन्छन् । म्युजिक भिडियोमा निकै देखिएका यी अभिनेताको चलचित्रतिरको छलाङ लोभलाग्दो छ । ‘नृत्य राम्रो गर्ने अभिनेता’ का रूपमा चिनिएका पुष्प अभिनयका कारण पनि दर्शकमाझ प्रिय बन्दै छन् । चलचित्र ‘अझै पनि’ मा सहायक […]
जीवनका ४० वर्ष प्रमोद प्रधानले दौडधूपमै विताए । राष्ट्रिय समाचार समितिको पत्रकारको हैसियतमा सधैं व्यस्त ‘सेड्युल’मा रहे । त्यही रफ्तारबीच आफ्नो सिर्जनशील लेखनलाई जारी राखे । सुन्दा अचम्म लाग्छ, त्यही सक्रिय पत्रकारिताका बीच प्रमोदको नाममा ३२ थान पुस्तक प्रकाशित भए । एक वर्षदेखि सक्रिय पत्रकारिता छाडेका उनी कोरोनाकालदेखि ‘नेपाली यात्रा साहित्यको इतिहास’ लेख्न जोडतोडले लागेका […]
१४ चैत, वीरगञ्ज । ४ चैत २०७७ मा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ मा स्थानीय र प्रहरीबीच झडप भयो । तत्कालीन घटना जुनसुकै परिस्थितिले उत्पन्न भए पनि मूल जरो उद्योगबाट हुने ध्वनी प्रदूषण रहेको स्थानीयको भनाइ छ । उद्योगले उत्तर तर्फको जग्गामा गोदाम घर र आवास बनाउने भनेर काम गरेको तर ध्वनी प्रदूषण गर्ने मेसिन राखेको आरोप […]
१४ चैत, काठमाडौं । पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन भइरहने मौसमले आगन्तुकसँग लुकामारी खेलेझैँ आभास गराइदिन्छ । इलाममा पनि कन्याम चिया बगानका कारण […]
१४ चैत, काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी […]
१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २३* फागुनयता भएका निर्णयबाट पछि नहट्ने प्रष्ट सन्देश माधवकुमार नेपाल पक्षलाई दिएका छन् । २८ फागुनमा अध्यक्ष ओली पक्षले एकलौटी गरेको निर्णयको विरोध गर्दै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा उपस्थित भएको थियो । बैठकमा […]
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको […]
१३ चैत, काठमाडौं । समानान्तर गतिविधि गर्दै आएको नेकपा एमालेको संस्थापन र नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा एकैठाउँमा उभिए । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु पनि सहभागी भए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाल समूहमा रहेका वरिष्ठ नेता झलनाथ […]
१३ चैत, काठमाडौं । नेकपा एमाले पुनर्स्थापना भएपछि पहिलो पटक संसदीय दलको बैठकमा (अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल) पक्षका सांसदहरु सहभागी भए । तर एमालेभित्र देखिएको कलह उस्तै छ । असन्तुष्टि राखिरहेको समूहका नेताहरू बैठकमा आएर आफ्नो कुरा राख्नु नै उपलब्धि भएको सांसद कृष्ण राई बताउँछन् । ‘दुवै तर्फबाट आ-आफ्नो कुरा […]
१३ चैत, काठमाडौं । १५ फागुन २०७७, जिल्ला अस्पताल प्यूठानमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २४ वर्षीया अनिशा एमसीको मृत्यु भयो । मृतकका आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भनेर आन्दोलन गरे । उपचारमा संलग्न चिकित्सकले माफी माग्ने र मृतक महिलाको बच्चाको नाममा कम्तीमा ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने सहमति भएपछि आन्दोलन टुंगियो । प्यूठान अस्पताल व्यवस्थापन […]
१३ चैत, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय पात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठन भएलगत्तै अधिकार, स्रोत, साधन, कर्मचारीको व्यवस्थापन नगरिदिएको भन्दै पटक पटक संघीय सरकारको आलोचना गरे । प्रदेश सरकारको अधिकार कुण्ठित गरेको भन्दै संघीय सरकारविरुद्ध सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पनि गरे । २०७५ भदौ २१ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलाले […]
१३ चैत, काठमाडौं । शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ । जल तथा मौसमविद् ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको […]
१३ चैत, कैलाली । जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै उनकै सयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ माइतीघर मण्डला पुगेपछि कैलालीको हसुलियामा थारुवान-थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा बसेको राजबन्दी परिवारको बैठकले उक्त वार्ता टोली गठन गरेको हो । थारुवान-थारुहट राष्ट्रिय […]
१३ चैत, सुर्खेत । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कानून संकायतर्फको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो । शुक्रबार बेलुका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रहरीले स्कर्टिङ गरेर विश्वविद्यालय गेटभित्र प्रवेश गराउने क्रममा विद्यार्थीहरुले नाराबाजी गरेपछि प्रहरीले विद्यार्थीमाथि […]
१३ चैत, काठमाडौं । रंग पत्रकार दयाराम पाण्डेलाई बुधबार दिउँसो फेसबुकमा गीतकार दीपकराज पाठकको नामबाट एउटा म्यासेज आयो, ‘हेल्लो, हेल्लो… ।’ दयारामले आफू व्यस्त रहेको जनाउँदै ‘केही काम भए फोन गर्न’ भन्दै मोबाइल नम्बर पठाइदिए । फेरि उनलाई अर्को म्यासेज आयो, जसमा भनिएको थियो, ‘सर, तपाईंको मोबाइलमा एउटा कोड आएको छ, त्यो मलाई पठाइदिनुहोस् न […]
१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गुट तथा दल परिर्वतन गरेर आफूलाई साथ प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । दुईमन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले दुई राज्यमन्त्रीलाई मन्त्रीको जिम्मेवारी दिएका छन् । तर नेकपा एमालेको माधवकुमार नेपाल पक्ष भने सरकारबाट बाहिर भयो । कोको भए मन्त्री ? शुक्रबार […]
१३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बाैद्धिक चोरी गर्ने प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकलाई कारबाहीको निर्णय गरेको छ । परिषदले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले बताए । उनीहरुले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो […]
१३ चैत, पोखरा । नगर विकास कोषले गण्डकी प्रदेशका पालिका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम राखेको थियो । युरोपियन युनियनको सहयोगमा भएको कार्यक्रममा मुख्य वक्ता थिए, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । सहभागीहरुको अनुमान थियो, मुख्यमन्त्रीले पालिका र प्रदेशको सम्बन्धका राम्रा–नराम्रा पक्ष केलाउनेछन् । तर उनी दातृ निकायमाथि खनिएका छन् । दातृ […]
१३ चैत, काठमाडौं । २०७३ पुसमा टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेलगत्तै सरकारले भन्यो, ‘निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु गैरकानुनी हो, चल्न दिइँदैन ।’ यो बीचमा यस्तो सेवा रोक्न सरकारी अधिकारी र यातायात व्यवसायीले प्रयास पनि गरे । सेवाग्राहीमाझ ‘राइड सेयरिङ’ एपहरू लोकप्रिय हुँदै गए । तर सरकारले न त यो […]
from समाचार – Online Khabar https://ift.tt/3lZohGe
via IFTTT






















