समाचार
१८ चैत, काठमाडौं । निर्वाचन आयोगले सिराहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बनाउने निर्वाचन आयोगले निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘आज बसेको बैठकले निर्णय गरेको छ । यो निर्णय संसद् सचिवालयलाई पठाउँछौं’, प्रवक्ता श्रेष्ठले भने । गएको २८ असोजमा सानु […]
१८ चैत, काठमाडौं । उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ । कोरोना संक्रमणको दर बढिरहेका बेला ज्वरो देखिएका व्यक्तिले पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार नाकामा ज्वरो नाप्ने कार्यलाई कडाइका साथ लागू गरिएको छ । ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट […]
१८ चैत, काठमाडौं । सरकारले चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ । उनीहरुका लागि मन्त्रालयले फरक कार्डको व्यवस्था गर्नेछ । चीन सरकारले नेपाललाई ८ […]
१८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई वैशाख १५ गतेभित्र शुल्क विवरण बुझाउन सूचित गरेको छ । महानगरपालिकाले जारी गरेको सूचनामा हरेक विद्यालयले निर्देशिकाले तोकेको शर्त र बन्देज पालना गर्ने गरी समयसीमाभित्र रहेर प्रस्ताव पेश गर्न निर्देशन दिएको छ । विद्यालयले ‘संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२’ ले निर्धारण गरेको मापदण्ड अनुरुप शुल्क […]
१८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९१९ जनाको नमुना परीक्षण गर्दा कुल १६२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ३०९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ७८६ […]
१८ चैत, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको छ । बुधबार प्रदेश निर्वाचन कार्यालयहरुको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चुअल माध्यमबाट उद्घाटन गरे । आयोगले हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको हो […]
१८ चैत, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइटी ल्याब) बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ। प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ । तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयलाई प्राधिकरणले तालिममा सहभागिता जनाउन आग्रह गरेको छ। प्राधिकरणले बुधबार एक सूचना जारी […]
१८ चैत, काठमाडौं । राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्यांक विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ । समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्यांक संकलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि […]
१८ चैत, काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सुरक्षा खतरा, सांसद रेशम चौधरीको रिहाइ, म्यानमारमा भएको आन्दोलनलगायतका विषमया आवाज उठेको छ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा खतरा भएर संसदमा नआएको हो भनी प्रश्न गरेका छन् । केही दिनअघि प्रधानमन्त्रीले आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र कुनै पनि बेला भौतिक […]
१८ चैत, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा १४ कुष्ठरोगी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पहाडी क्षेत्रमा पर्ने तीन गाउँपालिकाबाहेक सबै स्थानीय तहमा कुष्ठरोगका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति वीरबहादुर श्रेष्ठका अनुसार साउनदेखि फागुनसम्ममा कुष्ठरोगी भेटिएका हुन् । मध्यविन्दु नगरपालिकामा दुई महिलासहित पाँच, गैँडाकोट नगरपालिकामा दुई महिलासहित चार र देवचुली […]
१८ चैत, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक पुनः २६ सय माथि पुगेको छ । फागुन महिनामा २६ सय माथि पुगेको नेप्से परिसूचक त्यसपछि भने ओरालो लाग्ने क्रम शुरु भएको थियो । बुधबार समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका […]
१८ चैत, विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए । माओवादी केन्द्रले गत पुस १२ गते दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिने […]
१८ चैत, सुर्खेत । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् । एमालेले चैत २२ गते र माओवादी केन्द्रले २१ गते बैठक बोलाएको हो । माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीका अनुसार दलको विधान पारित, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वास प्रस्ताव र दलभित्रको नयाँ जिम्मेवारीबारे छलफल […]
१८ चैत, काठमाडौं । आगामी चैत २० गते अर्थात् शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको शुभारम्भ गर्ने भएकी छिन् । काठमाडौंमा एक समारोह नै आयोजना गरेर पानी वितरणको औपचारिक सुरुआत गर्न लागिएको हो । खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता रमेश न्यौपानेकाअनुसार भृकुटीमण्डपमा २४ घण्टा नै पानी खस्ने गरी ढुङ्गेधारा बनाएर मेलम्चीको खानेपानी […]
१८ चैत, काठमाडौं । केही दिनयता देशभरका अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने गरी डढेलो फैलिएको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न त समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो […]
१८ चैत, काठमाडौं । केही दिनयता बढेको वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले संघीय सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गर्यो । उक्त निर्देशन रुपन्देहीका स्थानीय तहका अधिकांश शैक्षिक संस्थाले भने उल्लंघन गरेका छन् । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १६ गते नै देशभरका शिक्षण संस्था चार दिन […]
१८ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताए । युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’ सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनर्जीवित […]
१८ चैत, काठमाडौं । सिसा आयात गर्दा कर छल्ने प्रयास गरेको भन्दै बालाजी ग्लास प्रालिलाई भन्सारले पाँच सय प्रतिशत गरेको छ । कम्पनीले आयात गरेको सिसाको आकार र परिणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि आयातकर्तालाई दुई करोड ३९ लाख २० हजार रुपैयाँ भन्दा धेरै जरिबाना गरिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । […]
१८ चैत, काठमाडौं । म्यानमारमा लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा भएको सैन्य दमनविरुद्ध नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विरोध जनाउँदै म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेको छ । बुधबार ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास कार्यालय अगाडि धर्ना र नाराकाजी गर्दै अध्यक्ष रञ्जित तामाङसहितको टोलीले विरोध पत्र बुझाएको हो । दूतावासमा बुझाएको विरोध पत्रमा भनिएको छ, ‘आजको […]
१८ चैत, काठमाडौं । नेकपा एमालेको नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ । बुद्धनगरमा स्थापित कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका छन् । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।
१८ चैत, काठमाडौं । विपक्षी दलहरुले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथि त्यहाँको सेनाले गरिरहेको दमनको विरोध गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथिको दमनको विरोधमा सरकारले बोल्नुपर्ने धारणा राखे । कांग्रेस सांसद केसीले […]
from समाचार – Online Khabar https://ift.tt/39xiH8Z
via IFTTT