Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

पत्रकार महासंघ युरोपको अध्यक्षमा प्रेमबहादुर परियार

१४ चैत, पोर्चुगल । नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो । शाखामा ५९ जना साधारण सदस्य छन् । कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, […]

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छ : राष्ट्रपति

१४ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार बिहान ट्वीट गर्दै इमान्दार एवं स्वच्छ छवि भएका जोशीको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी छन् । स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् […]

भारतमा एकैदिन ६२ हजार बढीलाई कोरोना संक्रमण पुष्टि

१४ चैत,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र, पञ्जाब र गुजरातमा सबैभन्दा धेरै […]

यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ

१४ चैत, सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार […]

सेयर बजार : सोझा लगानीकर्ता डुब्ने खतरा

१४ चैत, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य गत मंगलबार एकै दिन १०५० रुपैयाँले बढेर ११ हजार ५५० रुपैयाँ पुग्यो । यस कम्पनीको कारोबार रकम १२ करोड ५९ लाख रुपैयाँ नाघ्यो । बुधबार पनि प्रि–ओपनिङ सेसनमै साल्ट ट्रेडिङको सेयर मूल्य आकाशियो । जम्मा १५ मिनेट खुल्ने प्रि–ओपनिङ सेसनमै ५ प्रतिशतले बढेको एसटीसीको सेयर मूल्य बुधबार […]

‘मेरो लेखनको उद्देश्य शिक्षा दिनु होइन’

नेपाली साहित्य लेखन र गतिविधिमा २०५० को दशकदेखि सक्रिय गोपी सापकोटा बेलायत बस्न थालेपछि केही सुस्ताए । तर, अहिले उनी उपन्यास ‘काँचो कागज’ लिएर पाठकसामु आएका छन् । चितवनका सापकोटाले मानिसका काँचा रहर र साँचा सपनालाई कच्चा पदार्थ बनाएर आख्यान लेखेका हुन् । सरल भाषा, खुल्दुली जगाउने कथावस्तुले उपन्यास पठनीय बनेको छ । यसअघि उनका […]

त्रिदेशीय कप : बंगलादेशविरुद्ध अंक जोड्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल

१४ चैत, काठमाडौं ।त्रिदेशीय कप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबीच लिगको अन्तिम खेल आज हुँदैछ । नेपाल बंगलादेश र किर्गिस्तान यू-२३ टिम सम्मिलित प्रतियोगितामा बंगलादेश यसअघि नै फाइनल पुगिसकेको छ। नेपालले फाइनल पुग्न बंगलादेशसंग बराबरी खेले पर्याप्त हुनेछ । बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो । नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेपछि बंगलादेश […]

एन्फा प्रेसिडेन्ट कप : स्टार सिटी एक खेल लगावै च्याम्पियन

१४ चैत, नेपालगन्ज । सुदूरपश्चिमको स्टार सिटी युवा क्लब एक खेल अगावै एन्फा प्रेसिडेन्ट लिग २०७७ को च्याम्पियन बनेको छ । शुक्रबार भएको खेलमा प्रदेश २ को मनकामना युवा क्लब रौतहटले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई  २-१ ले पराजित गरेपछि स्टार सिटी च्याम्पियन बनेको हो । यस्तै अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक […]

‘इलामे सहर, चियाबारी राम्रो’

१४ चैत, काठमाडौं । पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन भइरहने मौसमले आगन्तुकसँग लुकामारी खेलेझैँ आभास गराइदिन्छ । इलाममा पनि कन्याम चिया बगानका कारण […]

‘देखेको सपनामा बाँच्न पाएको छु’

काठमाडौं । पुष्प खड्का नृत्यमा अब्बल मानिन्छन् । म्युजिक भिडियोमा निकै देखिएका यी अभिनेताको चलचित्रतिरको छलाङ पनि लोभलाग्दो छ । ‘नृत्य राम्रो गर्ने अभिनेता’ का रूपमा चिनिएका पुष्प अभिनयका कारण पनि दर्शकमाझ प्रिय बन्दै छन् । चलचित्र ‘अझै पनि’ मा सहायक भूमिका निर्वाह गर्दै चलचित्रमा डेब्यू गरेका पुष्पले ‘दर्पण छायाँ-२’ मा मुख्य भूमिका पाए । […]

प्रमोद प्रधान : दुब्लो कायाका बलशाली कवि

जीवनका ४० वर्ष प्रमोद प्रधानले दौडधूपमै विताए । राष्ट्रिय समाचार समितिको पत्रकारको हैसियतमा सधैं व्यस्त ‘सेड्युल’मा रहे । त्यही रफ्तारबीच आफ्नो सिर्जनशील लेखनलाई जारी राखे । सुन्दा अचम्म लाग्छ, त्यही सक्रिय पत्रकारिताका बीच प्रमोदको नाममा ३२ थान पुस्तक प्रकाशित भए । एक वर्षदेखि सक्रिय पत्रकारिता छाडेका उनी कोरोनाकालदेखि ‘नेपाली यात्रा साहित्यको इतिहास’ लेख्न जोडतोडले लागेका […]

बारा-पर्सामा उद्योगले द्वन्द्व निम्त्याउँदै

१४ चैत, वीरगञ्ज । ४ चैत २०७७ मा बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ मा स्थानीय र प्रहरीबीच झडप भयो । तत्कालीन घटना जुनसुकै परिस्थितिले उत्पन्न भए पनि मूल जरो उद्योगबाट हुने ध्वनी प्रदूषण रहेको स्थानीयको भनाइ छ । उद्योगले उत्तर तर्फको जग्गामा गोदाम घर र आवास बनाउने भनेर काम गरेको तर ध्वनी प्रदूषण गर्ने मेसिन राखेको आरोप […]

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

१४ चैत, काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी […]

बिग मर्जरमा राष्ट्र बैंक नै मौन !

१३ चैत, काठमाडौं । तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले जोखिम मोलेर नेपाली बैंकहरूको पुँजी वृद्धिको योजना ल्याए । उनले आफ्नो कार्यकालको शुरुवातमै (५ वर्ष अघि) बैंक तथा वित्तीय संस्थाहरूका लागि चार गुणासम्म पुँजी वृद्धि गर्नैपर्ने बाध्यकारी व्यवस्था गरे । उनको त्यो नीति सफल पनि भयो । तर कार्यकालको उत्तरार्धमा उनले बनाएको बिग मर्जरको योजना भने […]

माधव नेपाल पक्षलाई केपी ओलीका तीन सन्देश

१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २३* फागुनयता भएका निर्णयबाट पछि नहट्ने प्रष्ट सन्देश माधवकुमार नेपाल पक्षलाई दिएका छन् । २८ फागुनमा अध्यक्ष ओली पक्षले एकलौटी गरेको निर्णयको विरोध गर्दै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा उपस्थित भएको थियो । बैठकमा […]

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको […]

ओली-नेपाल समूह : भौतिक रुपमा एकठाउँ, अडानमा दुरी

१३ चैत, काठमाडौं । समानान्तर गतिविधि गर्दै आएको नेकपा एमालेको संस्थापन र नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा एकैठाउँमा उभिए । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु पनि सहभागी भए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाल समूहमा रहेका वरिष्ठ नेता झलनाथ […]

संसदीय दलमा ओली र भुसालको सवाल-जवाफ

१३ चैत, काठमाडौं । नेकपा एमाले पुनर्स्थापना भएपछि पहिलो पटक संसदीय दलको बैठकमा (अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल) पक्षका सांसदहरु सहभागी भए । तर एमालेभित्र देखिएको कलह उस्तै छ । असन्तुष्टि राखिरहेको समूहका नेताहरू बैठकमा आएर आफ्नो कुरा राख्नु नै उपलब्धि भएको सांसद कृष्ण राई बताउँछन् । ‘दुवै तर्फबाट आ-आफ्नो कुरा […]

चिकित्सकीय लापरबाही : पीडितले क्षतिपूर्ति पाउँदैन, भीडले निर्णय गर्छ

१३ चैत, काठमाडौं । १५ फागुन २०७७, जिल्ला अस्पताल प्यूठानमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २४ वर्षीया अनिशा एमसीको मृत्यु भयो । मृतकका आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भनेर आन्दोलन गरे । उपचारमा संलग्न चिकित्सकले माफी माग्ने र मृतक महिलाको बच्चाको नाममा कम्तीमा ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने सहमति भएपछि आन्दोलन टुंगियो । प्यूठान अस्पताल व्यवस्थापन […]

केन्द्रलाई ४८ हजार कर्मचारी किन चाहियो ? २० हजार भए पुग्छ : मुख्यमन्त्री गुरुङ

१३ चैत, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय पात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठन भएलगत्तै अधिकार, स्रोत, साधन, कर्मचारीको व्यवस्थापन नगरिदिएको भन्दै पटक पटक संघीय सरकारको आलोचना गरे । प्रदेश सरकारको अधिकार कुण्ठित गरेको भन्दै संघीय सरकारविरुद्ध सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पनि गरे । २०७५ भदौ २१ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलाले […]

काठमाडौंमा आँखा पोल्ने वायु प्रदूषण

१३ चैत, काठमाडौं । शुक्रबार एक्कासी काठमाडौंं उपत्यकाको आकाश तुवाँलाले ढाकेको छ । घाम लागेको छैन भने हावा पनि चलेको छैन । तुवाँलो लागेजस्तो देखिने मौसममा घरबाहिर निस्कँदा आँखा पिरो हुने समस्या देखिएको छ । जल तथा मौसमविद् ङमिन्द्र दाहालका अनुसार लामो समयको खडेरीले हावा सुक्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको […]



from समाचार – Online Khabar https://ift.tt/39g8TQs
via IFTTT
Powered by Blogger.