Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कोरोना संक्रमित बढेपछि गाउँपालिकाको सेवा ६ दिन बन्द

१३ चैत, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा […]

६ महिनापछि लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

१३ चैत, बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभाको बैठक ६ महिनापछि बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले चैत्र १८ गते प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेसन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । गत असोज २० गते प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लागेसँगै बर्खे अधिवेशन सकिएको थियो । […]

अटो रिक्सामा अवैध काठ ओसार्ने दुईजना पक्राउ

१३ चैत, कञ्चनपुर । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज […]

सुशील रायको हत्यामा संलग्न भएको आरोपमा मामा-भान्जा पक्राउ

१३ चैत, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० का ३० वर्षीय युवक सुशील रायको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । स्थानीय ४५ वर्षीय कमल पण्डित भनिने विमलकान्त पाठक र उनका भान्जा ४० वर्षीय अशोक झा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । पक्राउ परेका अशोक भारतीय […]

थप शिक्षक दरबन्दी माग्दै सिसडोलमा फोहोर फाल्न अवरोध

१३ चैत, काठमाडौं । नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध गरेका छन् । शुक्रबार बिहान फोहोर लिएर औखरपौवा गएका गाडीलाई उनीहरुले ठूलोखोलाको सडकमै रोकेका हुन् । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नुवाकोटका स्थानीय १६ वटा विद्यालयमा थप ५१ जना शिक्षक दरबन्दी माग्दै फोहोर फाल्न अवरोध गरिएको हो । ‘उहाँकहरुका […]

बिग मर्जरमा राष्ट्र बैंक नै मौन !

१३ चैत, काठमाडौं । तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले जोखिम मोलेर नेपाली बैंकहरूको पुँजी वृद्धिको योजना ल्याए । उनले आफ्नो कार्यकालको शुरुवातमै (५ वर्ष अघि) बैंक तथा वित्तीय संस्थाहरूका लागि चार गुणासम्म पुँजी वृद्धि गर्नैपर्ने बाध्यकारी व्यवस्था गरे । उनको त्यो नीति सफल पनि भयो । तर कार्यकालको उत्तरार्धमा उनले बनाएको बिग मर्जरको योजना भने […]

अध्ययन भन्छ : राजनीतिक हिसाबले देश ‘गलत दिशातिर’

१३ चैत, काठमाडौं । राजनीतिक हिसाबले देश अहिले ‘गलत दिशातिर’ गइरहेको एक अध्ययनले देखाएको छ । गैरसरकारी संस्था ‘शेयरकास्ट इनिसिएटिभ’ ले गरेको ‘नेसनल ओपिनियन पोल २०२१’ मा ४४.३ प्रतिशत उत्तरदाताले देश गलत दिशातर्फ गएको बताएका छन् । २१.९ प्रतिशतले भने देश ‘सही दिशातिर’ गइरहेको उल्लेख गरेका छन् । २२.५ प्रतिशत न सही न गलत दिशातिर […]

नौ सय खाद्य वस्तुको नमूना परीक्षण, ७६ विरुद्ध मुद्दा दर्ता

१३ चैत, काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महिनाको अवधिमा ८८१ वटा वस्तुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो […]

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

१३ चैत, भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ […]

रुपाका किसानलाई दैलोमै सहुलियत कर्जा

१३ चैत, पोखरा । रुपा गाउँपालिकामा ३ वर्षअघिसम्म करिब २० वटा कृषि तथा पशुपन्क्षी फार्म थिए । १५ वटा जति कृषक समूह थिए । अहिले रुपामा २५५ कृषि तथा पशुपन्क्षी फार्म दर्ता भएर उत्पादन र बजारीकरण गरिरहेका छन् । ७३ कृषक समूहले व्यावसायिक कृषि कर्म गरिरहेका छन् । २० वटा कृषि सहकारी सञ्चालनमा आइसकेका छन् […]

म्यानमारमा सेनाविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

१३ चैत, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्धको आन्दोलनमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)को तथ्यांक अनुसार अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा कम्तीमा ३२० जनाको मृत्यु भएको छ । बिहीबार मात्र म्यानमारमा सेनाविरुद्ध प्रदर्शन गर्ने ३४ जनाको मृत्यु भएको हो । बिहीबार म्यानमारको सबैभन्दा ठूलो सहर यान्गोनमा सबैभन्दा धेरै […]

नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु

१३ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित मोगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए । अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको मात्र उपस्थिति रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार […]

गोरु काटेको अभियोगमा दुईजना पक्राउ

१३ चैत, कास्की ।गोरु काटेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका-६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संकटमा मुख्यमन्त्रीलाई साथ दिएकाहरुलाई मन्त्री

१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन् । साबिकको नेकपाको विवादमा प्रचण्ड-माधव समूह छाडेर ओलीतिर लागेका तथा एमाले ब्युँतिएपछि माओवादी केन्द्र छाडेर आएका नेताहरुलाई समेटेर मुख्यमन्त्री राईले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथ शुक्रबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । सपथग्रहण दिउँसो १ बजे […]

ग्याँस सिलिण्डर पड्किँदा घाइते भएका बस्नेतको मृत्यु, २ जना गम्भीर

१३ चैत, काठमाडौं । यही चैत ८ गते साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ स्थित भीमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका टीकाराम बस्नेतको मृत्यु भएको छ । दोलखाको सैलुङ गाउँपालिका-६ घर भई हाल सूर्यविनायक-४ बस्दै आएका बस्नेतको कीर्तीपुर बर्न सेन्टर अस्पताल उपचारका क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको […]

चिकित्सकीय लापरबाही : पीडितले क्षतिपूर्ति पाउँदैन, भीडले निर्णय गर्छ

१३ चैत, काठमाडौं । १५ फागुन २०७७, जिल्ला अस्पताल प्यूठानमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २४ वर्षीया अनिशा एमसीको मृत्यु भयो । मृतकका आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भनेर आन्दोलन गरे । उपचारमा संलग्न चिकित्सकले माफी माग्ने र मृतक महिलाको बच्चाको नाममा कम्तीमा ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने सहमति भएपछि आन्दोलन टुंगियो । प्यूठान अस्पताल व्यवस्थापन […]

४० वटा बिजुली बस किन्न साझाले गर्‍यो टेन्डर

१३ चैत, काठमाडौं  । साझा यातायातले विद्युतीय बस किन्ने गरी टेन्डर आह्वान गरेको छ । शुक्रबार बोलपत्र आह्वान गर्दै साझा यातायातले ४० वटा बस किन्न प्रक्रिया अघि बढाएको छ । साझाले यही टेन्डरबाट थप २० प्रतिशत रकम खर्चेर ४८ वटासम्म बस ल्याउन सक्नेछ । साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दिक्षितका अनुसार सरकारले दिएको न्युनतम् मापदण्डको […]

बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सर्वसाधारणबाट सुझाव

१३ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि आम सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ । अर्थ मन्त्रालयका अनुसार आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएको छ । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, […]

धनुषामा ट्रकको ठक्करबाट असइको मृत्यु

१३ चैत, जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असइ)को मृत्यु भएको छ । शुक्रबार बिहानै ट्रकले ठक्कर दिँदा असइ मदनजङ्ग कापरको मृत्यु भएको प्रहरीले जनाएको छ । लु.५३प ८५७५ नम्बरको मोटरसाइकलमा सवार भई जनकपुरतर्फ आउँदै गरेका कापरलाई मिथिला नगरपालिका-१० स्थित लालगढमा ट्रकले ठक्कर दिएको हो । ठक्कर लगत्तै उनको मृत्यु […]

कानून प्रभावकारी छैन, पीडितहरू बिचौलियाको आडमा तोडफोडमा उत्रिन्छन्

‘चिकित्सकीय लापरबाही’ भनिएका सबै केस लापरबाहीका हुँदैनन् अनि त्यस्तो हुँदै नहुने पनि होइन । यो विषयमा बहस गर्दा हामीले यी दुई कुरामा प्रष्ट हुनुपर्छ । चिकित्सक या उपचारसँग जोडिने अनेक पक्षको गम्भीर त्रुटिले बिरामीको मृत्यु या बिरामी अंगभंग समेत हुनसक्छ । अथवा त्यस्तो त्रुटिका कारण उपचार खर्च बढ्ने पनि हुनसक्छ । हाम्रोमा उपचारको क्रममा नहुने […]

‘नेपालको स्वास्थ्य प्रणाली चिकित्सक र बिरामीबीचको तनावपूर्ण सम्बन्धको कारक’

राज्यको स्वास्थ्य प्रणाली र समाजको असमान आर्थिक अवस्थाले अस्पताल सबैको लागि उपलब्ध भए पनि त्यहाँ सबैको पहुँच नभएको चिकित्सा समाजशास्त्री आमोद प्याकुरेल बताउँछन् । महँगो स्वास्थ्य सेवा र असमान आर्थिक हैसियतका कारण समाजको ठूलो हिस्सा रोग पालेर बस्न बाध्य भएको उनको भनाइ छ । प्याकुरेलका अनुसार, महँगो स्वास्थ्य सेवाका कारण उपचार गर्नुभन्दा काल कुर्नु ठीक […]



from समाचार – Online Khabar https://ift.tt/3srFSJ7
via IFTTT
Powered by Blogger.