समाचार
१८ चैत, काठमाडौं । केही दिनयता बढेको वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर नपरोस् भन्ने उद्देश्यले संघीय सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गर्यो । उक्त निर्देशन रुपन्देहीका स्थानीय तहका अधिकांश शैक्षिक संस्थाले भने उल्लंघन गरेका छन् । संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १६ गते नै देशभरका शिक्षण संस्था चार दिन […]
१८ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । यसका लागि भवनको खोजी भइरहेको नेता नेपालले बताए । युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले भने, ‘हामी पनि भवनको खोजीमा छौं । राम्रो र कार्यालय सुहाउँदो घर पाउनुभयो भने खबर गर्नुहोला ।’ सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पुनर्जीवित […]
१८ चैत, काठमाडौं । सिसा आयात गर्दा कर छल्ने प्रयास गरेको भन्दै बालाजी ग्लास प्रालिलाई भन्सारले पाँच सय प्रतिशत गरेको छ । कम्पनीले आयात गरेको सिसाको आकार र परिणाम भन्सार घोषणा गरिए भन्दा फरक परेपछि आयातकर्तालाई दुई करोड ३९ लाख २० हजार रुपैयाँ भन्दा धेरै जरिबाना गरिएको वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ । […]
१८ चैत, काठमाडौं । म्यानमारमा लोकतन्त्रको माग गर्दै जारी प्रदर्शनमा भएको सैन्य दमनविरुद्ध नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विरोध जनाउँदै म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेको छ । बुधबार ललितपुरको भैंसेपाटीस्थित म्यानमार दूतावास कार्यालय अगाडि धर्ना र नाराकाजी गर्दै अध्यक्ष रञ्जित तामाङसहितको टोलीले विरोध पत्र बुझाएको हो । दूतावासमा बुझाएको विरोध पत्रमा भनिएको छ, ‘आजको […]
१८ चैत, काठमाडौं । नेकपा एमालेको नेपाल समूहसम्वद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ । बुद्धनगरमा स्थापित कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका छन् । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।
१८ चैत, काठमाडौं । विपक्षी दलहरुले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथि त्यहाँको सेनाले गरिरहेको दमनको विरोध गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी र जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले म्यानमारमा लोकतन्त्रका लागि आन्दोलन गरिरहेका नागरिकमाथिको दमनको विरोधमा सरकारले बोल्नुपर्ने धारणा राखे । कांग्रेस सांसद केसीले […]
१८ चैत, काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । खिजीदेम्बा गाउँपालिका–६ भित्तेका ५८ वर्षीय पासाङ शेर्पाको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर मंगलबार साँझ घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
१८ चैत, काठमाडौं । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराएका छन् । प्रदेश प्रमुखको कार्यालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो । प्रदेश प्रमुख कलौनीको आदेशानुसार मंगलबार प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री शाहीलाई नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण गरिएको सम्बन्धको पत्र […]
१८ चैत, काठमाडौं । बालयौन दुराचारको अभियोगमा पोखराबाट एकजना अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१८ सेदीस्थित विष्णु होमस्टेबाट माइकल नोरम्यान टेलोरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन दुराचार गरेको पीडित बालक तथा अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो […]
१८ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको आगामी नीति तथा कार्यक्रममा प्रदेश २ को शैक्षिक सुधारलाई प्राथमिकता दिइने बताएका छन् । प्रदेश २ को धनुषाका चारवटा स्थानीय तहमा पाँच वर्षदेखि सञ्चालित ‘राम्रो शिक्षा देऊ’ कार्यक्रमको केन्द्रस्तरीय अनुभव आदानप्रदानका लागि नर्वेली दूतावासको सहकार्यमा आसमान नेपाल र शिक्षा पत्रकार समाजले बुधबार आयोजना गरेको […]
१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद राजेन्द्रकुमार केसीले मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारले मात्र लिन नमिल्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताए । ३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको […]
१८ चैत, काठमाडौं। एटिएम मेसिन ह्याक गरी पैसा निकाल्न खाेजेकाे आराेपमा चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्ग र काठमाडौं परिसरको टोलीले विशेष सूचनाको आधारमा २९ वर्षीय वाङ जियोलोङलाई ठमेलको ज्याठाबाट पक्राउ गरेको हो। उनले ज्याठास्थित मेगा बैकको एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजेको अवस्थामा पक्राउ परेको […]
१८ चैत, पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका–१ च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नम्बरको जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको हो । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा […]
१८ चैत, काठमाडौँ । काठमाडौंको बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करीब एक करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो । बुधबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा सूचना केन्द्रको शिलान्यास गरेका छन् । […]
१८ चैत्र, हेटौंडा । नेकपा एमालेको वाग्मती प्रदेश संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठकमा माधव नेपाल पक्षका सांसदहरु पनि सहभागी हुँदैछन् । नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले अहिले दल पनि एक भइसकेको र आफूहरुले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पनि फिर्ता लिइसकेकाले बैठकमा जाने बताइन् । उनले भनिन्, ‘हामी नतमस्तक भएर डोरमणि पौडेलेको कुरा सुन्न दलको […]
१८ चैत, काठमाडौं । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको थियो […]
१८ चैत, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यता विवादमा बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । उक्त विवाद बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि तोकिएको छ । २८ फागुनमा बसेको न्यायपरिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडालसँगै सुवेदीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो […]
१८ चैत, डोल्पा । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि डोल्पाको सुपानी–दुनै सडकखण्डमा यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले ३५० रुपैयाँबाट भाडा घटाएर ३ सयमा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज पौडेल क्षेत्रीले बताए । ‘हामीले दुई स्थानीय तहले ३ सय कर उठाउँदा मारमा परेर पनि […]
१८ चैत, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् । यसअघि नेकपा […]
१८ चैत, काठमाडौं । दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले गत बिहीबार कोरोना जोखिमको हिसाबले नेपाललाई ‘अति जोखिमयुक्त’ क्षेत्रको सूचीबाट ‘सर्भिलेन्स’ तहमा झार्यो । तर, यो कदमले पनि रोजगारीका लागि दक्षिण कोरिया जानबाट रोकिएका युवालाई राहत मिलेन । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार कोरियाले ‘रेड जोन’बाट हटाएर विद्यार्थी र पारीवारिक भिसा खुलाए पनि ‘श्रमिक […]
काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आइतबारदेखि मेलम्चीको पानी वितरण शुरु भयो । पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले घोषणा गरे, ‘भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्छौं ।’ काठमाडौंमा पानी आएपछि केयूकेएलले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि योजना अघि बढाउने भएको हो । गएका तीन आर्थिक […]
from समाचार – Online Khabar https://ift.tt/3whJcZU
via IFTTT