समाचार
१५ चैत, वीरगञ्ज । होली पर्वको चहलपहल शुरू भइसक्दा आइतबार पर्सामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६ जनामा संक्रमण देखिएको हो । १९ जनाको थ्रोट स्वाब नमूना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । वीरगञ्ज […]
१५ चैत, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार आज भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको हो । होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेको उनले बताए । उनलाई जिल्ला प्रहरी कार्यालय […]
१५ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टिमबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा एएफसी कप प्लेअफ खेल्ने तयारीमा रहेको आर्मीले किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको हो । थ्री नेसन्स कप खेल्न नेपाल आएको किर्गिस्तान ओलम्पिक टिम फाइनल पुग्न असफल भएपछि आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको हो […]
१५ चैत, काठमाडौं । सशस्त्र प्रहरीले झापाको मेचीनगरबाट अवैध औषधि बरामद गरेको छ । मेचीनगर नगरपालिका–७ सतिघट्टा सीमा क्षेत्रबाट भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ४ लाख १२ हजार रुपैयाँ बराबरको औषधि सशस्त्र प्रहरीको टोलीले आइतबार बरामद गरेको हो । बरामद औषधि ओरियन्स कम्पनीको रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद औषधि स्थानीय भन्सार कार्यालयमा बुझाइएको […]
१५ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार १०१ जनाको नमुना परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ८३९ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार ५३० […]
१५ चैत, काठमाडौँ । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म फोहोर बिसर्जन गर्न नदिने स्थानीयहरुले बताएका छन् । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समिति र स्थानीय […]
१५ चैत, विराटनगर । लागूऔषध ओसारपसारमा प्रयोग भएका दुई बालकसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार विराटनगर महानगरपालिका–१८ भेडियारीबाट ११ र १३ वर्षीय बालकसहित भारतीय नागरिक भारत बिहारको अररिया वैजनाथपुरका २३ वर्षीय दिलीपकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । दिलीपकुमारले दुई बालकलाई भारतबाट नेपाल लागूऔषध पार गर्न लगाएको प्रहरीले जनाएको छ । […]
१५ चैत, कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला […]
१५ चैत, काठमाडौं । होली खेलेर सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटना रोक्न भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार अपरान्ह ४ बजेसम्ममा एक हजार १ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईका अनुसार ४ सय ५८ वटा सवारीसाधनलाई अझै होल्डमै राखिएको छ । ‘उनीहरुलाई पनि भरेसम्ममा […]
१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा दमन भएकामा आपत्ति जनाएको छ । आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै यसलाई अमानवीय र निन्दनीय भनेको छ । म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तीमा ११४ जना मारिएका थिए । […]
१५ चैत, विराटनगर । नेकपा एमालेको माधव नेपाल समूह मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन सहमत भएपछि प्रदेश १ प्रदेशसभाको बैठक चैत २३ गते बोलाइएको छ । गत चैत १ गते सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित भएको बैठक चैत २३ गतेका लागि आह्वान भएको हो । एमाले सांसद राजेन्द्र राईले चैत २३ […]
१५ चैत, काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । स्थिर रहेको वायुमण्डल आगामी […]
१५ चैत, पर्वत । निर्माण भएको १२ वर्षसम्म पनि मर्मत नहुँदा पर्वतको एक मोटरेबल पुल जीर्ण बन्दै गएको छ । समय–समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुल जीर्ण बन्दै गएको हो । सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र सडक दोबिल्ला फलेबास–सडकको मोदीखोलामा निर्मित मोटरेबल पुल जीर्ण बनेको […]
१५ चैत, काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा आइतबार नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् । काठमाडौं उपत्यकामा धेरै मानिसहरु बसन्तपुर क्षेत्रमा होली खेल्न पुगेका छन् । हरेक वर्ष बसन्तपुरमा ठूलो समूहमा भेला भएर मानिसहरुले होली मनाउँछन् । […]
१५ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस-माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमाले निकट प्रेस चौतारीको तर्फबाट निर्मला शर्माले महासंघको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । […]
१५ चैत, काठमाडौं । काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । उक्त […]
१५ चैत । सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि धेरैलाई लागेको थियो, अब कि प्रधानमन्त्री केपी शर्माले ओलीले ‘नैतिकताको आधार’मा राजीनामा दिन्छन्, कि उनलाई अविश्वासको प्रस्तावमार्फत हटाइन्छ । तर एक महिना नाघिसक्दा पनि न ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिए, न उनीविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । अहिलेको राजनीतिक अवस्थाबारे नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र […]
१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । केही दिनअघि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले […]
१५ चैत, काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा (होली) को दिन काठमाडौंमा विगतका वर्षमा जस्तो चहलपहल छैन । कोरोना महामारीका कारण गत वर्ष र यसवर्ष सडकमा ठूलो समूहमा भेला भएर होली मनाउनेहरु कम छन् । सरकारले कोरोना महामारी फैलिने जोखिम रहेकाले समूहमा भेला भएर होली नमनाउन आग्रह गरेको छ । सरकारको आग्रहका बाबजुद सानो समूह […]
१५ चैत, काठमाडौं । नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले पहिलोपटक फाइभजी परीक्षणको अनुमति पाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षणको थाल्ने निर्णय गरेको हो । समितिले नेपालमा कुन–कुन फ्रिक्वेन्सीमा फाइभजी चलाउन अनुमति दिने भनेर निर्णय भने गरेको छैन । सञ्चार सचिव हरिप्रसाद बस्यालका […]
१५ चैत, वीरगञ्ज । आइतबार पहिलोपटक पोखरा–सिमरा उडान गर्ने तयारी गरिएकोमा स्थगित भएको छ । पोखरा विमानस्थलमा भिजिबिलिटी कम भएका कारण उडान स्थगित गरिएको हो । पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार आइतबार पोखरामा २ किलोमिटर मात्रै भिजिबिलिटी थियो । ठूला जहाज उडाउनका लागि कम्तिमा ५ किलोमिटर भिजिबिलिटी चाहिन्छ । वायुमण्डलमा धूलो र खरानी मिसिएर […]
from समाचार – Online Khabar https://ift.tt/31rz0ja
via IFTTT