Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

चीनमा एमबीबीएस पढेका २५५ विद्यार्थी अन्योलमा

१५ चैत, काठमाडौं । कोभिड-१९ का कारण चीनबाट नेपाल फर्किएका चिकित्सा शास्त्र अध्ययन गरेकाका विद्यार्थी ‘इन्टर्न’ गर्न नपाएर एक वर्षदेखि अन्यौलमा छन् । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले पाँच वर्ष एमबीबीएस र बीडीएस अध्ययन गरेर ६ देखि ९ महिना उतै ‘इन्टर्न’ गरेकालाई यता ‘इन्टर्न’ गर्न नदिएको उनीहरू बताउँछन् । विद्यार्थीका अनुसार उनीहरूको भिसाको समयावधिसमेत सकिएको छ […]

एमाले अर्घाखाँचीमा माधव पक्षको समानान्तर कमिटी

१५ चैत, बुटवल । नेकपा एमालेको माधव नेपाल पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव रामबहादुर चौहानको अध्यक्षतामा ७० सदस्यीय समानान्तर जिल्ला कमिटी गठन भएको हो । शनिबार बसेको सो समूहको बैठकले यही चैत मसान्तभित्र पालिका, वार्ड र टोल तहका कमिटीहरु पुनर्गठन गर्ने, जनसंगठनका जिल्ला, पालिका, वार्ड र […]

सावधानी अपनाएर होली मनाउन राष्ट्रपतिको आह्वान

१५ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गरेकी छन् । अहिले पनि कोरोना भइरस (कोभिड-१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गरेकी हुन् । होली पर्वको शुभकामना दिदै उनले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸आत्मीयता […]

आज होली पर्व, स्वास्थ्य सुरक्षा अपनाउन सरकारको आग्रह

१५ चैत, काठमाडौं । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार […]

कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१४ चैत, काठमाडौं । दिवंगत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको शनिबार अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएका नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । स्वर्गीय जोशीको पार्थिव शरीरमा उनका दाजु राजुराज जोशी र भतिजा सौरभ जोशीले दागवत्ती दिएका थिए । अन्त्येष्टिपूर्व नेता जोशीको शवलाई श्रद्धाञ्जलीका लागि उनको […]

म्यानमारमा दर्जनौं आन्दोलनकारीको मृत्यु

१४ चैत, काठमाडौं । म्यानमारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा ठूलो मानवीय क्षति भएको छ । बीबीसीकाअनुसार शनिबार ‘आर्मड फोर्सज डे’को दिन भएको झडपमा सुरक्षा बलले चलाएको गोली लागि ९० जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर मृतकको संख्या यकिन हुन सकेको छैन । त्यसअघि सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत […]

दशरथ रंगशालामा गोलबिहीन फुटबल [ फोटो फिचर ]

१४ चैत, काठमाडौं । घरेलु टोली नेपाल, थ्री नेशन्स कप फुटबलको फाइनलमा पुगेको छ, तर गोलबिहीन भएर । पहिलो खेलमा किर्तिस्तानको ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको नेपालले बांगलादेशसँग पनि त्यही नियति भोग्यो । शनिबार दशरंग रंगाशालामा उपस्थित भएका दर्शकहरुले नेपालको सुधारिएको खेल त हेर्न पाए । गोलको खुसी मनाउन पाएनन् । प्रशिक्षक बालगोपाल महर्जनले भने […]

केही दिनमै सरकारको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो […]

‘देखेको सपनामा बाँच्न पाएको छु’

काठमाडौं । पुष्प खड्का नृत्यमा अब्बल मानिन्छन् । म्युजिक भिडियोमा निकै देखिएका यी अभिनेताको चलचित्रतिरको छलाङ पनि लोभलाग्दो छ । ‘नृत्य राम्रो गर्ने अभिनेता’ का रूपमा चिनिएका पुष्प अभिनयका कारण पनि दर्शकमाझ प्रिय बन्दै छन् । चलचित्र ‘अझै पनि’ मा सहायक भूमिका निर्वाह गर्दै चलचित्रमा डेब्यू गरेका पुष्पले ‘दर्पण छायाँ-२’ मा मुख्य भूमिका पाए । […]

आमाको मुहारमा मुस्कुराएको शान्तिश्रीको सफलता

कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरेकी गायिका आज लाखौं दर्शक–श्रोताको ढुकढुकीमा बस्न सफल भएकी छिन् । बोलमाया एक बचन बोल तिम्रै बोली छ मलाई अनमोल ! तीन वर्षअघि सार्वजनिक भएको गीत ‘बोल माया’ ले सांगीतिक बजारमा छुट्टै तरंग ल्याइदियो । वैदेशिक रोजगारीमा गएकाहरूको दुःखान्त कथालाई उठान गरेको गीतले धेरैलाई भावुक बनायो । धेरैले गीतलाई […]

कथा : बिसौनी

‘नमस्कार हजुरआमा !’ कुनै पनि हालतमा अब वृद्ध नजरबाट लुक्न सकिँदैन भन्ने निश्चित भएपछि युद्धमा आत्मसमर्पण गरेजत्तिको मनस्थितिमा युवक भरतले हात जोडेर विनम्रतापूर्वक भन्यो । अभिवादनको प्रतिउत्तरमा उठेका वृद्ध हात युवकतर्फ फर्किएका भए पनि नजर भने युवकसँगैकी युवतीमा थिए । लुम्बिनी मायादेवी मन्दिर घुमेर पोखरीको सामुन्नेको पीपलबोटनिर पुग्दाको अप्रत्यासित भेट थियो त्यो । भरत कलेजको […]

महन्थ ठाकुरलाई खगेन्द्र संग्रौलाको प्रश्न : ओलीलाई समर्थन गर्नुपर्ने बाध्यता के छ ?

१४ चैत, काठमाडौं । बृहत नागरिक आन्दोलनले प्रज्ञा डबलीमा प्रमुख दलका नेताहरुलाई बोलाएर सरकार गठनको अवरोध किन जारी छ ? कहाँ अड्किएको छ हलो ? भनेर छलफल गरेको छ । छलफलमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल छोटो समय सहभागी भएर फर्किए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर […]

शुक्लाफाँटामा आँखै अगाडि मयूर नाचेपछि…!

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै बाह्रसिंगेको बथानको दृश्य मानसपटलमा आएर बस्छ । मलाई दश वर्षअघि पहिलोपटक शुक्लाफाँटा पुग्ने मौका मिलेको थियो । त्यसपटक जेठको अन्तिमतिर पुगेको थिएँ । यसपटक शक्लाफाँटा पुग्दा चैत महिना थियो । शुक्लाफाँटा यो मेरो छैटौंपटकको यात्रा थियो । यसपटक शुक्लाफाँटा जाँदा वाइल्डवेष्ट नेपालका परिकल्पनाकार अमरबहादुर शाहीसँग जाने मौका मिलेको थियो । […]

गोल नै नगरी नेपाल फाइनलमा

१४ चैत, काठमाडौं । बंगलादेशसँग बराबरी खेल्दै नेपालले थ्री नेसन्स कप फुटबलको फाइनलमा पुगेको छ । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको अन्तिम लिग खेलमा नेपालले शनिबार बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । नेपाल र बंगलादेशको फाइनल खेल सोमबार हुनेछ । पहिलो खेलमा पनि नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेशले भने किर्गिस्तानलाई १–० […]

मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

१४ चैत, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था अझै राम्रो हुन नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र त्यसमा पनि प्रदेश नम्बर २ को शैक्षिक अवस्था झनै खस्किएको बताए । पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि […]

आगोमा जलेर एकजनाको मृत्यु

१४ चैत, काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो । आफ्नै बारीमा आगो लगाउने क्रममा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । घटना शुक्रबार भएको […]

संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन

१४ चैत, काठमाडौं । संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा सन्जीव बगाले निर्वाचित भएका छन् । न्युज एजेन्सी नेपालकी कृष्णा पौडेललाई पराजित गर्दै सेतोपाटी डटकमका बगाले अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको निर्वाचनमा कुल १३६ सदस्यमा १३४ जनाले मत दिएका थिए । जसमा बगालेले ७९ र पौडेलले ५५ मत पाए । […]

आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एकजनाको मृत्यु

१४ चैत, गोरखा । आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एकजनाको मृत्यु भएको छ । बाह्रकिलोबाट छेवेटार जाँदै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरले किचेर गोरखा नगरपालिका–१० अमलपानीका डिलबहादुर नेपालीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको पछाडि चढेर जाँदै गरेको बेला खसेर पछाडिको टायरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश […]

रेडपाण्डा र चितुवाको छालासहित दैलेखमा ८ जना पक्राउ

१४ चैत, सुर्खेत । प्रहरीले रेडपाण्डा र चितुवाको छालासहित दैलेखबाट आठ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई नारायण नगरपालिका–३, खुर्सानीबारीबाट शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत व्यूरो र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त टोलीले शनिबार नौमुलेबाट दैलेख बजारतर्फ वन्यजन्तु ओसारपसार […]

महन्थलाई प्रचण्डको प्रश्न : एक हप्ताभित्र हाम्रो सरकार बन्छ, किन ओली कहाँ धाउनुहुन्छ ?’

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् । मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको […]

जोशीलाई शीर्ष नेताहरुको श्रद्धाञ्जली

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका दिवगंत नेता नवीन्द्रराज जोशीलाई शीर्ष नेताहरुले श्रद्धाञ्जली दिएका छन् । शुक्रबार राति निधन भएका जोशीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कांग्रेस कार्यालय, सानेपामा राखिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे । सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, […]



from समाचार – Online Khabar https://ift.tt/2QGDXCt
via IFTTT
Powered by Blogger.