Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

१४ चैत, काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ । शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी […]

माधव नेपाल पक्षलाई केपी ओलीका तीन सन्देश

१३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २३* फागुनयता भएका निर्णयबाट पछि नहट्ने प्रष्ट सन्देश माधवकुमार नेपाल पक्षलाई दिएका छन् । २८ फागुनमा अध्यक्ष ओली पक्षले एकलौटी गरेको निर्णयको विरोध गर्दै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेको नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा उपस्थित भएको थियो । बैठकमा […]

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए । ‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको […]

ओली-नेपाल समूह : भौतिक रुपमा एकठाउँ, अडानमा दुरी

१३ चैत, काठमाडौं । समानान्तर गतिविधि गर्दै आएको नेकपा एमालेको संस्थापन र नेपाल समूह शुक्रबार संसदीय दलको बैठकमा एकैठाउँमा उभिए । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु पनि सहभागी भए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाल समूहमा रहेका वरिष्ठ नेता झलनाथ […]

संसदीय दलमा ओली र भुसालको सवाल-जवाफ

१३ चैत, काठमाडौं । नेकपा एमाले पुनर्स्थापना भएपछि पहिलो पटक संसदीय दलको बैठकमा (अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल) पक्षका सांसदहरु सहभागी भए । तर एमालेभित्र देखिएको कलह उस्तै छ । असन्तुष्टि राखिरहेको समूहका नेताहरू बैठकमा आएर आफ्नो कुरा राख्नु नै उपलब्धि भएको सांसद कृष्ण राई बताउँछन् । ‘दुवै तर्फबाट आ-आफ्नो कुरा […]

चिकित्सकीय लापरबाही : पीडितले क्षतिपूर्ति पाउँदैन, भीडले निर्णय गर्छ

१३ चैत, काठमाडौं । १५ फागुन २०७७, जिल्ला अस्पताल प्यूठानमा शल्यक्रियामार्फत प्रसूति गराइएकी २४ वर्षीया अनिशा एमसीको मृत्यु भयो । मृतकका आफन्तले ‘चिकित्सकको लापरबाहीले मृत्यु भएको’ भनेर आन्दोलन गरे । उपचारमा संलग्न चिकित्सकले माफी माग्ने र मृतक महिलाको बच्चाको नाममा कम्तीमा ५ लाख रुपैयाँको ‘अक्षयकोष’ स्थापना गर्ने सहमति भएपछि आन्दोलन टुंगियो । प्यूठान अस्पताल व्यवस्थापन […]

केन्द्रलाई ४८ हजार कर्मचारी किन चाहियो ? २० हजार भए पुग्छ : मुख्यमन्त्री गुरुङ

१३ चैत, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रिय पात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठन भएलगत्तै अधिकार, स्रोत, साधन, कर्मचारीको व्यवस्थापन नगरिदिएको भन्दै पटक पटक संघीय सरकारको आलोचना गरे । प्रदेश सरकारको अधिकार कुण्ठित गरेको भन्दै संघीय सरकारविरुद्ध सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला पनि गरे । २०७५ भदौ २१ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलाले […]

रेशम चौधरीलाई जेलबाट छुटाउन थारु मोर्चाको वार्ता टोली गठन

१३ चैत, कैलाली । जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै उनकै सयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ माइतीघर मण्डला पुगेपछि कैलालीको हसुलियामा थारुवान-थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा बसेको राजबन्दी परिवारको बैठकले उक्त वार्ता टोली गठन गरेको हो । थारुवान-थारुहट राष्ट्रिय […]

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रहरी र विद्यार्थीबीच झडप

१३ चैत, सुर्खेत । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । कानून संकायतर्फको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गरेको हो । शुक्रबार बेलुका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई प्रहरीले स्कर्टिङ गरेर विश्वविद्यालय गेटभित्र प्रवेश गराउने क्रममा विद्यार्थीहरुले नाराबाजी गरेपछि प्रहरीले विद्यार्थीमाथि […]

साइबर अपराधीको निशानामा कलाकार 

१३ चैत, काठमाडौं । रंग पत्रकार दयाराम पाण्डेलाई बुधबार दिउँसो फेसबुकमा गीतकार दीपकराज पाठकको नामबाट एउटा म्यासेज आयो, ‘हेल्लो, हेल्लो… ।’ दयारामले आफू व्यस्त रहेको जनाउँदै ‘केही काम भए फोन गर्न’ भन्दै मोबाइल नम्बर पठाइदिए । फेरि उनलाई अर्को म्यासेज आयो, जसमा भनिएको थियो, ‘सर, तपाईंको मोबाइलमा एउटा कोड आएको छ, त्यो मलाई पठाइदिनुहोस् न […]

दल र गुट फेर्नेलाई मन्त्री पद, नेपाल समूह आउट

१३ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गुट तथा दल परिर्वतन गरेर आफूलाई साथ प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । दुईमन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका उनले दुई राज्यमन्त्रीलाई मन्त्रीको जिम्मेवारी दिएका छन् । तर नेकपा एमालेको माधवकुमार नेपाल पक्ष भने सरकारबाट बाहिर भयो । कोको भए मन्त्री ? शुक्रबार […]

त्रिविका ७ प्राध्यापकलाई बाैद्धिक चोरीको आरोपमा कारबाही

१३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्ले बाैद्धिक चोरी गर्ने प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकलाई कारबाहीको निर्णय गरेको छ । परिषदले एक प्राध्यापक, आंशिक प्राध्यापक, सहप्राध्यापकसहित सात जनालाई कारबाही गर्ने निर्णय गरेको त्रिवि उपकुलपति डा. धर्मकान्त बास्कोटाले बताए । उनीहरुले फ्रान्सका प्राध्यापक आरमेली वेलको क्रिस्टल स्ट्रक्चर नामक कृतिबाट चित्रसहितको सामग्री हुबहु नक्कल गरेर आफ्नो […]

विश्व बैंक र एडीबीमाथि खनिए मुख्यमन्त्री गुरुङ

१३ चैत, पोखरा । नगर विकास कोषले गण्डकी प्रदेशका पालिका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम राखेको थियो । युरोपियन युनियनको सहयोगमा भएको कार्यक्रममा मुख्य वक्ता थिए, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । सहभागीहरुको अनुमान थियो, मुख्यमन्त्रीले पालिका र प्रदेशको सम्बन्धका राम्रा–नराम्रा पक्ष केलाउनेछन् । तर उनी दातृ निकायमाथि खनिएका छन् । दातृ […]

राइड सेयरिङ सेवा : सरकार न बन्द गर्छ, न वैधानिकता दिन्छ

१३ चैत, काठमाडौं । २०७३ पुसमा टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेलगत्तै सरकारले भन्यो, ‘निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु गैरकानुनी हो, चल्न दिइँदैन ।’ यो बीचमा यस्तो सेवा रोक्न सरकारी अधिकारी र यातायात व्यवसायीले प्रयास पनि गरे । सेवाग्राहीमाझ ‘राइड सेयरिङ’ एपहरू लोकप्रिय हुँदै गए । तर सरकारले न त यो […]

लुम्बिनी प्रदेशको राजधानीको जग्गा रोक्का आंशिक फुकुवा

१३ चैत, दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थाबमोजिम अधिवेशन बस्ने समयसहित आह्वान […]

सार्वजनिक यातायातमा मास्क अनिवार्य   

१३ चैत, काठमाडौं । कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात […]

मप विश्वविद्यालयमा कानुन संकायको प्रवेश परीक्षामा विवाद, नतिजा रद्द

१३ चैत, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय अगाडि धर्नामा बसेका विद्यर्थीमाथि प्रहरीले हस्तक्षेप गरेको छ । विश्वविद्यालय कानुन संकायतर्फको प्रवेश परीक्षाबाट अध्ययनका लागि छनोट भएका विद्यार्थीहरूले तत्काल भर्ना लिन माग गर्दै दुई दिनदेखि केन्द्रीय कार्यालय अगाडि धर्ना दिएका छन् । शुक्रबार प्रहरीले धर्नामा बसेका विद्यार्थीलाई हटाउन खोज्दा विद्यार्थी र प्रहरीबीच धकेलाधकेल भएको थियो । […]

त्रिपालमुनि रात बिताउँदै नरैनापुरका आगलागी पीडित

१३ चैत, बाँके । बाँकेको नरैनापुरका आगलागी पीडित त्रिपालमुनी रात बिताउन बाध्य भएका छन् । आगलागीले घर गोठ जलेपछि त्रिपालमुनी बास बस्नुपरेको नरैनापुर गाउँपालिका–६ दोन्द्राकी आगलागी पीडित रमादेवी कोरीले बताइन् । त्रिपालमुनी बास बस्दा बालबालिका र वृद्धवृद्धालाई समस्या हुने गरेको उहाँको भनाइ छ । गत फागुन २४ गते वडा नं १ सुईया गाउँमा २४ घर […]

चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने   

१३ चैत, काठमाडौं । सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरुआत गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ (डीईसी) र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने भएको हो । रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि […]

बिरामीका आफन्तमाथि यौन दुर्व्यवहार, चिकित्सक निलम्बित

१३ चैत, सप्तरी । सप्तरीमा एक चिकित्सकमाथि बिरामीका आफन्तलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । बिरामीका आफन्तमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सदरमुकाम राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत चिकित्सक डा. राजन जयसवाल निलम्बनमा परेका छन् । जयसवालले आफूलाई कार्यकक्षमा बोलाई इच्छाविपरीत संवेदनशील अंगमा छोएको पीडित महिलाले बताएकी छन् । त्यस क्रममा उनले हल्ला गरेपछि अस्पतालमा भएका […]

स्वास्थ्य मन्त्रालयले भन्यो : घरबाहिर ननिस्कौं, मर्निङ वाक् नगरौं

१३ चैत, काठमाडौँ । काठमाडौँको आकाशमा वायु प्रदूषण देखिएपछि स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति निकाल्‍दै मन्त्रालयले भनेको छ, ‘घरबाहिर खुला स्थानमा नबसौं, नखेलौं, मर्निङ वाक्मा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने नगरौं।’ मन्त्रालयले बालबालिका, दीर्घ रोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको […]



from समाचार – Online Khabar https://ift.tt/3ssPYcO
via IFTTT
Powered by Blogger.