Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

दमकमा वेश्यावृत्ति गराउने दुई जना पक्राउ, ८ युवतीको उद्धार

१८ चैत, दमक । झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । दमक नगरपालिका वडा नं. […]

कोरोना भाइरसको उत्पत्तिको सम्बन्धमा थप अनुसन्धान आवश्यक : डब्ल्यूएचओ

१८ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक भएको बताएको छ । संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियस भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिएको छ । अमेरिका र युरोपियन मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको आरोप लगाएका छन् । […]

ओलीले गरे भारतीय राष्ट्रपतिको स्वास्थ्य लाभको कामना

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् कोविन्दको शीर्ष स्वास्थ्य लाभको कामना गरेका हुन् । राष्ट्रपति कोविन्द अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति कोविन्दको दिल्लीस्थित एम्स अस्पतालमा मुटुको बाइपास सर्जरी गरिएको छ ।

पत्रकार महासंघ रुपन्देहीमा ५ संगठनको गठबन्धन

१८ चैत, बुटवल । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि रुपन्देहीमा पत्रकार सम्वद्ध पाँच संगठनहरुले चुनावी गठबन्धन गरेका छन् । नेपाल प्रेस यूनियनको नेतृत्वमा प्रेस संगठन, प्रेस चौतारी (माधव नेपाल पक्ष), प्रगतिशील पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघबीच गठबन्धन भएको हो । पूर्ण प्रेस स्वतन्त्रताको रक्षा, पेशागत सुरक्षा र श्रमजिवी पत्रकारको अधिकार स्थापित गर्दै लोकतन्त्र […]

कारागार संघले खोल्ने, प्रदेशले व्यवस्थापन गर्ने

१८ चैत, काठमाडौं । कारागार संघीय सरकारले स्थापना गर्ने र त्यसको व्यवस्थापन प्रदेशले गर्ने गरी कानुन बन्ने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको कारागारसम्बन्धी विधेयकको दफा ५ र ६ मा कारागारको स्थापना, व्यवस्थापन र सञ्चालनसम्बन्धी व्यवस्था छ । जहाँ कारागार संघीय सरकारले खोल्ने, प्रदेश सरकारले चलाउने उल्लेख छ । ‘नेपाल […]

पत्रकार महासंघको चुनाव : ३८ पदका लागि १६५ जना प्रतिस्पर्धामा

१८ चैत, काठमाडौं । यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । निवार्चन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार ३८ पदका लागि १६५ जनाले प्रतिस्पर्धा गर्न लागेका हुन् । पहिलो पटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रणालीको फाइदा उठाउँदै एकै पदमा धेरै पत्रकारले उम्मेदवारी दिएका छन् […]

घाँस काट्न गएका ७ जना बेपत्ता

१८ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु बेपत्ता भएका छन् । १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ । यी सातै […]

ब्राजिलका स्थल, नौसैनिक र हवाई फौजका प्रमुखले दिए एकसाथ राजीनामा

१८ चैत, काठमाडौं । ब्राजिलका स्थल सेना, नौसैनिक र हवाई फौजका प्रमुखले एकसाथ राजीनामा दिएका छन् । राजनीतिक संकटमा परेका राष्ट्रपति जायर बोल्सोनारोले सेनामाथि अनावश्यक दबाव दिने प्रयास गरेको विरोधमा उनीहरूले एकसाथ राजीनामा दिएका हुन् । ब्राजिलमा राष्ट्रपतिसँग मतभेद भएर सेना, नौसैनिक र हवाई फौजका प्रमुखहरूले एकसाथ राजीनामा दिएको इतिहासकै पहिलो घटना भएको बीबीसीले जनाएको […]

जनतालाई सेयर दिने योजनामा केयूकेएल

काठमाडौं । काठमाडौं उपत्यकाका केही ठाउँमा आइतबारदेखि मेलम्चीको पानी वितरण शुरु भयो । पानीवितरण शुरु भएकै दिन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सीईओ मिलन शाक्यले घोषणा गरे, ‘भविष्यमा जनताका लागि पनि केयूकेएलको सेयर जारी गर्छौं ।’ काठमाडौंमा पानी आएपछि केयूकेएलले साधारण सेयर (आईपीओ) जारी गर्नका लागि योजना अघि बढाउने भएको हो । गएका तीन आर्थिक […]

प्रतिनिधि सभाको बैठक बस्दै, शोक प्रस्ताव पारित गरेर स्थगित हुने

१८ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित हुने छ । बुधबारको बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । कांग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ […]

किन बलियो छ म्यानमारको सेना ?

म्यानमारमा चलिरहेको नरसंहारको विश्वभर निन्दा भइरहेको छ । फेब्रुअरी १ मा सेनाले शासनसत्ता आफ्नो हातमा लिएयता त्यहाँ ५०० भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । त्यहाँ भइरहेको मानवता विरोधी अपराध रोक्न सेनामाथि अन्तर्राष्ट्रिय दबाब बढाउनुपर्ने आवाज उठिरहेको छ । तर, भारत र चीनलाई आफ्नो छिमेकमा भइरहेको नरसंहारले खासै छोए जस्तो देखिंदैन । प्रजातान्त्रिक मुलुक भारतले […]

खुवालुङ पुगेर मुख्यमन्त्री राईले भने- फुटाउने होइन, पर्यटकीय क्षेत्र बनाउने हो

१८ चैत, विराटनगर । सप्तकोसी नदीमा स्टिमर सञ्चालनमा अवरोध पुर्‍याउँदै आएको खुवालुङ (पानी ढुङगा) फुटाउने योजनाको विरोध भएपछि सरकार पछि हटेको छ । ढुङ्गा फुटाउने योजनामा रहेको सरकार किराँत समुदायको विरोधका कारण पछि हटेको हो । स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका […]

बढ्दैछ विद्युतीय चुल्होकाे प्रयाेग

१६ चैत, काठमाडौं । मानिसहरूले घरायसी रूपमा प्रयोग गर्ने ऊर्जा ग्याँसको विकल्पका रूपमा विद्युतलाई लिन थालेको तथ्यांकहरूले देखाएको छ । नियमित विद्युत आपूर्तिसँगै खाना पकाउने वैकल्पिक ऊर्जाको स्रोतका रूपमा विद्युतीय चुल्हो (इन्डक्सन तथा इन्फारेड) बन्न थालेको हो । वैकल्पिक ऊर्जाका रूपमा विद्युतीय चुल्होको प्रयोग बढेपछि यसको आयात हजारबाट लाखको संख्यामा हुन थालेको छ । जसले […]

गण्डकी प्रदेशको अधिवेशन चैत २५ गतेदेखि

१७ चैत, पोखरा । चैत २५ गतेबाट गण्डकी प्रदेश सभाको बैठक बस्ने भएको छ । ६ महिनाभित्र संसद बैठक बोलाउनै पर्ने बाध्यता सरकारलाई छ । कानुन व्यवस्थाअनुसार २५ गतेदेखि विधेयक अधिवेशन चलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । चैत २६ गते संसदको बैठक स्थगित भएको ६ महिना पूरा हुन्छ । असोज २६ गतेदेखि प्रदेशसभाको बजेट […]

कसको बलमा र कसका लागि एमाले विभाजन गर्दै हुनुहुन्छ ?

१७ चैत, काठमाडौं । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’ ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित […]

‘हामी ओलीसँगै छौं, प्रचण्ड कता पुग्छन् भन्ने चिन्ता छ’

१७ चैत, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले खारेज गरिदिएपछि आधिकारिक नेकपा, सूर्य चिह्न कसले पाउने भन्ने लडाईं चलिरहेको थियो । फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो । नेकपा विभाजन भएपछि केन्द्रीय सदस्य […]

‘प्रचण्डजी ! अहिले तपाईंसँग सेना र हतियार छैन’

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् । तर अहिले माओवादीसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने उनको टिप्पणी छ । मंगलबार रिपोर्टस् क्लबको वार्षिकाेत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना […]

प्रचण्डले देउवालाई भने : सरकारबारे फाइनल निर्णय दिनुस्

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनबारे प्रष्ट निर्णय दिन आग्रह गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् […]

नेपाल समूहको रणनीति : कारबाही नमान्ने, अलग पार्टी पनि नबनाउने

१६ चैत, काठमाडौं । नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने यो समूहको निष्कर्ष छ । अध्यक्ष ओलीले सोमबार मात्र […]

पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजना पक्राउ

१७ चैत्र, पर्सा । व्‍यापारीलाई फोन गरी पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्‍ज महानगरपालिका २२का १७ वर्षीय ‍एक किशोर र २२ वर्षीय प्रज्जवल तिवारी रहेका छन् । किशोरलाई र। तिवारीलाई तिवाले खोला किनारबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथिप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

रंगशालामा किन लाग्यो ‘केपी बा, वि लभ यू’ को नारा ?

१७ चैत, काठमाडौं । नेपालले सोमबार घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि जित्यो । ८ खेलको गोलविहीन यात्रा टुङ्ग्याएको नेपालले १९८४ को पहिलो सागपछि घरेलु मैदानमा पहिलो पटक उपाधि जित्यो । नेपालका सफल कप्तान विराज महर्जनले यही खेल खेलेपछि सन्यासको घोषणा गरे । यो सबै खेलको एक […]



from समाचार – Online Khabar https://ift.tt/3ryarLT
via IFTTT
Powered by Blogger.