समाचार
१८ चैत, विराटनगर । सप्तकोसी नदीमा स्टिमर सञ्चालनमा अवरोध पुर्याउँदै आएको खुवालुङ (पानी ढुङगा) फुटाउने योजनाको विरोध भएपछि सरकार पछि हटेको छ । ढुङ्गा फुटाउने योजनामा रहेको सरकार किराँत समुदायको विरोधका कारण पछि हटेको हो । स्टिमर सञ्चालनका लागि ढुङ्गा फुटाउने योजनार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ७ गते विराटनगरमा आयोजित आमसभामा बताएका […]
१६ चैत, काठमाडौं । मानिसहरूले घरायसी रूपमा प्रयोग गर्ने ऊर्जा ग्याँसको विकल्पका रूपमा विद्युतलाई लिन थालेको तथ्यांकहरूले देखाएको छ । नियमित विद्युत आपूर्तिसँगै खाना पकाउने वैकल्पिक ऊर्जाको स्रोतका रूपमा विद्युतीय चुल्हो (इन्डक्सन तथा इन्फारेड) बन्न थालेको हो । वैकल्पिक ऊर्जाका रूपमा विद्युतीय चुल्होको प्रयोग बढेपछि यसको आयात हजारबाट लाखको संख्यामा हुन थालेको छ । जसले […]
१७ चैत, पोखरा । चैत २५ गतेबाट गण्डकी प्रदेश सभाको बैठक बस्ने भएको छ । ६ महिनाभित्र संसद बैठक बोलाउनै पर्ने बाध्यता सरकारलाई छ । कानुन व्यवस्थाअनुसार २५ गतेदेखि विधेयक अधिवेशन चलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । चैत २६ गते संसदको बैठक स्थगित भएको ६ महिना पूरा हुन्छ । असोज २६ गतेदेखि प्रदेशसभाको बजेट […]
१७ चैत, पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले खारेज गरिदिएपछि आधिकारिक नेकपा, सूर्य चिह्न कसले पाउने भन्ने लडाईं चलिरहेको थियो । फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा सर्वोच्च अदालतले पार्टी एकता नै खारेज गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँताइदियो । नेकपा विभाजन भएपछि केन्द्रीय सदस्य […]
१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आफ्नो निहित स्वार्थका लागि देशको राजनीति धमिल्याउन खोजेको आरोप लगाएका छन् । तर अहिले माओवादीसँग हतियार र लडाकु दुवै नभएकाले कोही पनि नडराउने उनको टिप्पणी छ । मंगलबार रिपोर्टस् क्लबको वार्षिकाेत्सव कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डको चर्को आलोचना […]
१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनबारे प्रष्ट निर्णय दिन आग्रह गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् […]
१६ चैत, काठमाडौं । नेकपा एमालेको नेपाल समूहले दुई नेतामाथि भएको कारबाही अस्वीकार्य भएको बताएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल–बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने यो समूहको निष्कर्ष छ । अध्यक्ष ओलीले सोमबार मात्र […]
१७ चैत्र, पर्सा । व्यापारीलाई फोन गरी पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका २२का १७ वर्षीय एक किशोर र २२ वर्षीय प्रज्जवल तिवारी रहेका छन् । किशोरलाई र। तिवारीलाई तिवाले खोला किनारबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथिप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
१७ चैत, काठमाडौं । नेपालले सोमबार घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि जित्यो । ८ खेलको गोलविहीन यात्रा टुङ्ग्याएको नेपालले १९८४ को पहिलो सागपछि घरेलु मैदानमा पहिलो पटक उपाधि जित्यो । नेपालका सफल कप्तान विराज महर्जनले यही खेल खेलेपछि सन्यासको घोषणा गरे । यो सबै खेलको एक […]
१७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको बताएका छन् । नेकपा नाम विवादमा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनको माग गर्दै प्रचण्डले अदालतले कसैको राजनीतिक अभीष्ट पूरा गर्ने गरी फैसला गरेको […]
१७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले दल त्याग गर्दै प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रदेशसभा सदस्य टङ्क आङबुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णय बिना प्रदेश सरकारमा किन सहभागी भएको भनी स्पष्टीकरण मागेको हो । ‘पार्टीको अनुमतिमा अर्काे दलको मन्त्रिपरिषदमा सहभागी हुनुभएको हो ?,’ पत्रमा भनिएको […]
१७ चैत, विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका १६ जना सांसदले नाम फिर्ता लिएका छन् । उनीहरुले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् । यसअघि गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए […]
१७ चैत, काठमाडौं । सरकार र थरुहट संघर्ष समितिबीच सोमबार पहिलो चरणको वार्ता भएको छ । गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् । वार्तामा थरुहट संघर्ष समितिले टीकापुर घटनालाई आपराधिक घटना नभई राजनीतिक घटनाको रुपमा हेर्न आग्रह गरेको थियो । सरकारले भने यसबारेमा थप अध्ययन गर्नुपर्ने भन्दै समय मागेको संघर्ष […]
१७ चैत, काठमाडौं । सरकार गठनमा दुई धारमा देखिएका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मंगलबार एउटै मञ्चमा देखिए, जहाँ प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए । तीन नेतालाई एकैठाउँमा उभ्याउने काम रिपोटर्स क्लब नेपालको बार्षिकोत्सवले गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए […]
१७ चैत, सुर्खेत । रोजगारीका लागि भारत जाने आउने गरिरहने जाजरकोट नलगाडका नरेन्द्र केसी कोरोना महामारीको त्रासका कारण गत वर्ष जेठमा घर फर्किएका थिए । त्रास कम भएपछि फेरि भारत गएका उनी सोमबार घरमै आइपुगे । ‘गतवर्ष कोरोनाले काम खोसियो, ऋण गरेर घर फर्किएको थिएँ । यो पटक पनि कोरोनाले काम नभएपछि फर्किएँ’, नरेन्द्रले भने, […]
१७ चैत्र, गोरखा । कौडाको खालबाट ६ जना जुवाडे पक्राउ परेका छन् । अजिरकोट गाउँपालिका–३ भच्चेकस्थित भीमराज गुरुङको घरबाट सोमवार राति साढे बाह्र बजे उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अजिरकोट गाउँपालिका–३ बतासेका सुगम गुरुङ, अमिर गुरुङ, भच्चेकका सोम बहादुर गुरुङ, विकास गुरुङ, सिराचनोक गाउँपालिका–५ का ठाकुर वयलकोटी र प्रकाश पोखरेल रहेको प्रहरीले […]
१७ चैत, हेटौंडा । प्रतिकूल मौसम भएको भन्दै सरकारले देशभरका विद्यालय चारदिन बन्द गर्न भनेपनि हेटौंडाका निजी विद्यालय बुधबारदेखि नै सञ्चालन हुने भएका छन् । केही दिनयता बढेको प्रदूषणका कारण रोगको संक्रमण देखिनसक्ने भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्न सरकारले आग्रह गरेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का उपमहानगर अध्यक्ष राजकुमार नहर्की र […]
१७ चैत, वीरगञ्ज । सरकारले शुक्रबारसम्म विद्यालय बन्दको आव्हान गरेपनि बाराको कलैया उपमहानगरपालिकाले विद्यालय बन्द नगर्ने भएको छ । अन्य स्थानमा जस्तो कलैयामा प्रदूषणको प्रतिकूल असर नपरेको दाबी गर्दै कलैया उपमहानगरपालिका विद्यालय बन्द नगर्ने बताएको छ । वायु मण्डलमा अस्वाभाविक वातावरणीय परिस्थिति देखिएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्न आव्हान […]
१७ चैत, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीमा घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान स्थानीय दीपेन्द्र घोरासैनीको घरको जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा दोलखाको जिरी नगरपालिका–२ घर भई काठमाडौंको मूलपानी बस्ने २० वर्षीय इन्द्रबहादुर गुभाजुको मृत्यु भएको हो । ढिस्कोले पुरिएर गम्भीर घाइते भएका उनको […]
१७ चैत, काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा सरकारले ‘सत्यमोहन जोशी माध्यमिक विद्यालय’ स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाअनुसार जोशीको नाममा विद्यालय खोल्न शिक्षा मन्त्रालयले तयारी शुरु गरेको हो । मंगलबार जोशी निवासमा पुगेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको तयारीबारे जानकारी गराएका हुन् । आगामी आर्थिक […]
१७ चैत, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमास्तम्भ नजीक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए । ‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखिपछि निकुञ्ज प्रशासनमा खबर गरे,’ सहायक संरक्षण अधिकृत चौधरीले भने, […]
from समाचार – Online Khabar https://ift.tt/3cAihQY
via IFTTT