Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ३५ जना पक्राउ

१६ चैत, जनकपुरधाम । होली पर्वमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा सर्लाही प्रहरीले सोमबार ३५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार जिल्लाको विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको हो । यस्तै, उच्छृङ्खल तरिकाले गुडाएको भन्दै ९५ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिइएको कुँवरले बताए । उच्छृङ्खल गतिविधि गर्ने मानिस र […]

अवैधानिक अध्यक्षले गरेको कारबाही अस्वीकार्य : भीम रावल

१६ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूमाथि भएको कारबाही अस्वीकार्य भएको बताएका छन् । आफू र माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष केपी ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरेका छन् । पहिलो […]

सामाजिक सुरक्षा कोषद्वारा पाँच करोड दाबी भुक्तानी

१६ चैत, काठमाडौँ। सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ । कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । एक हजार २२६ लाभग्राहीलाई उक्त […]

घुस दिने व्यक्तिविरुद्ध पनि भ्रष्टाचार मुद्दा

१६ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस दिने व्यक्तिलाई पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ । शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय इलामका तत्कालीन प्रमुख सुवास बस्नेतलाई ३७ लाख ५० हजार रुपैयाँ घुस दिएको आरोपमा झापाको विर्तामोड नगरपालिका- ६ बुट्टाबारीका उमानाथ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनले झापाको गौरीगञ्ज […]

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एकजना पक्राउ

१६ चैत, गोरखा । १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ थर्पुका ४० वर्षीय भगवान खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बिहान दूध लिन जाँदै गरेकी बालिकालाई बाटोमा भेटेपछि खोल्सामा लगेर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख भएको डीएसपी प्रकाश दाहालले बताए । पक्राउ परेका खत्रीलाई […]

गोरखामा अवैध सालको काठ बरामद

१६ चैत्र, गोरखा । अवैध रुपमा ओसारपसार भइरहेको सालको काठ प्रहरीले बरामद गरेको छ । पालुङटार नगरपालिका–१० जोगीडिही स्थित पालुङगैरा सामुदायिक वन क्षेत्रबाट १० थान सालको गोलिया र २ थान चिलाउने जातको गोलिया काठ बरामद गरिएको प्रहरीले जनाएको छ । ‘शनिवार राती साढे एक बजेतिर ट्याक्टरमा राखेर अवैध रुपमा काठ ओसार पसार गरिरहेका रहेछन्,’ डिएसपी […]

भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

१६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो […]

सातै प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

१५ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको छ । भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएकाहरु पनि सार्वजनिक बसमा आवतजावत गरिरहेको भन्दै मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन स्थापना गर्न निर्देशन दिएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल कोभिड-१९ […]

प्रदेश १ मा माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो

१६ चैत, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश-१ को संसदीय दलको बैठकले दलको नेतामा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोलाई चयन गरेको छ । संसदीय दलको नेता टङ्क आङ्बुहाङ एमालेमा प्रवेश गरेपछि सोमबार बसेको बैठकले रिक्त रहेको स्थानमा आङ्बोलाई चयन गरेको हो । बैठकले दलको उपनेतामा रामकुमार राईलाई चयन गरेको छ । माओवोदी केन्द्रले प्रमुख सचेतकमा झलकसिंह दर्लामी […]

भिमादमा विद्यालय बन्‍द नहुने

१६ चैत, काठमाडौं । तनहुँको भिमाद नगरपालिका क्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेकोले विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै भनेको छ ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमन्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूलक असरका कारण विद्यालयहरु २० गतेसम्म बन्द हुने सूचना जारी […]

हत्या आरोपमा एकजना पक्राउ

१६ चैत, काठमाडौं । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय केशव कार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय जीवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रेग्मीले पुरानो रिसईबीका कारण कार्कीलाई फलामको खन्ती प्रहार गरेको प्रहरीको भनाइ छ । उनलाई इटहरी उपमहानगरपालिका–२ कृषि फार्मबाट […]

वाग्मतीमा अनुसन्धानस्थलमा खटिने प्रहरीलाई ज्याकेट

१६ चैत, काठमाडौं । वाग्मती प्रदेश प्रहरी कार्यालयले अनुसन्धानस्थलमा खटिने प्रहरी कर्मचारीलाई ज्याकेट र टोपी दिएको छ । अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न सादा पोशाकका प्रहरीलाई पहिचानसहित खटाउन फ्लोरोसेन्ट ज्याकेट र टोपीको व्यवस्था मिलाएको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरी कर्मचारीले सोमबारदेखि फ्लोरोसेन्ट […]

घाइते सहचालक नदीमा फालेको आरोपमा चालक पक्राउ

१६ चैत, काठमाडौं । स्याङ्जामा ट्याक्टरबाट खसेर घाइते भएका सहचालकलाई कालीगण्डकी नदीमा फालेको आरोपमा चालक पक्राउ परेका छन् । बालुवा लिएर फर्किँदा चैत ५ गते सहचालक गणेश गाहालाई गल्याङ नगरपालिकाको साँखरबाट कालीगण्डकीमा जिउँदै फालेको अभियोगमा लु अ अ फ १०१२ नम्बरको ट्याक्टरका चालक अमित परियार पक्राउ परेका हुन् । श्रीमती र छोरीसहित भारततर्फ भाग्न लागेको […]

हेलिकप्टरलाई वायु प्रदूषणको असर, चार दिनदेखि उडान ठप्प

१६ चैत, काठमाडौं । हेलिकप्टर व्यवसायीलाई कोरोना भाइरसको संकटमाथि तुवाँलो संकट थपिएको छ । काठमाडौंको आकाशको भिजिविलिटी (हावाको पारदर्शीपन) कमजोर बनेसँगै सबै हेलिकप्टर ग्राउण्डेड बनेका छन् । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार हेलिकप्टर पाइलटको नांगो आँखाले देखेको भरमा उडाउनु पर्ने एयरक्राफ्ट हो । सोही कारण उपकरणका माध्यमबाट उडान–अवतरण गर्न सक्ने जहाजले मात्र कम भिजिविलिटीमा […]

पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि

१६ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १२२ जनाको नमुना परीक्षण गर्दा कुल १४१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७६ हजार ९८० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार […]

स्वास्थ्य बीमा कार्यक्रम अब ७७ वटै जिल्लामा

१६ चैत, काठमाडौं । सरकारले यसै आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको छ । २०७२ सालमा गठन भएको स्वास्थ्य बीमा बोर्डले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिने छ । […]

अब स्वास्थ्य बीमा ७७ जिल्लामा  

१६ चैत, काठमाडौं । सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो । यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौं तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य […]

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराई क्‍याबिनेटको निर्णय झिकाउने आदेश

१६ चैत, काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा […]

थरुहट आन्दोलनकारीसँग वार्ता गर्न सरकारले बनायो टोली

१६ चैत, काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलनरत आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकारले टोली बनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गठित वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य छन् । थारु कल्याणकारी सभा, थरुहट-थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय संघर्ष समितिले […]

नेप्से परिसूचक ५ अंकले घट्यो, ४४१ करोडको कारोबार

१६ चैत, काठमाडौं । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर २५४३.५२ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३९ अंकले ओरालो लागेर ४४९ दशमलव ९२ अंकमा झरेको छ । कारोबार रकममा पनि सोमबार खासै उल्लास देखिएन । दिनभर भएका ६४ हजार ५ […]

माग बढेसँगै चिराइतोको मूल्यमा वृद्धि 

१६ चैत, फुङ्लिङ । नेपालको पूर्वी पहाड तथा हिमाली भेगमा उत्पादन हुने चिराइतोको बजारमा माग बढ्न थालेको छ । चार/पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्यका कारण चिराइतो किसान निराश मात्र बनेका थिएनन्, प्रायः सबैले खेती नै गर्न छाडिसकेका थिए । अहिले ताप्लेजुङको विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरीद गर्न थालेपछि यसको मूल्यमा […]



from समाचार – Online Khabar https://ift.tt/3wjwp9g
via IFTTT
Powered by Blogger.