समाचार
१३ चैत, काठमौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् । एसपी तिम्सिना सिन्धुली सरुवा भएको ३ महिना नबित्दै काजमा प्रधान कार्यालय तानिएका हुन् । तिम्सिनालगायत एसपीको २१ पुसमा मात्रै सरुवा भएको थियो । पटक-पटक विवादमा आएकोले एसपी तिम्सिनालाई प्रधान कार्यालय तानिएको स्रोतले बताएको छ […]
१३ चैत, इनरुवा । श्रीमतीको हत्या गरेको अरोपमा एकजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान-८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको […]
१३ चैत, गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ […]
१३ चैत, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । एक उच्च भारतीय अधिकारीले साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने काम जारी रहने बताएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित गरेको समाचारमा कुनै सत्य नभएको दाबी ती अधिकारीको छ । स्रोतले भन्यो, ‘बेला […]
१३ चैत, विराटनगर । सर्वाेच्च अदालतको फैसलापछि पद जोगिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार विस्तारको तयारी थालेका छन् । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थालेका हुन् । बुधबार नेकपा एमाले संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले आफूविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका […]
१२ चैत, काठमाडौं । सरकारले सुरक्षण मुद्रण केन्द्र स्थापनाका पहिलो चरणमा आउने ‘सेक्युरिटी प्रेस मेसिन’को ठेक्का म्याक्स इन्टरनेसनललाई दिने भएको छ । प्रतिस्पर्धी कम्पनी इलिमिक इन्टरनेसनलभन्दा ६ करोड बढी मूल्य कबोल गरेपनि म्याक्सलाई नै ठेक्का दिन लागिएको हो । प्रतिस्पर्धामा सहभागी ४ कम्पनीमध्ये ठेक्कामा मूल्यका आधारमा दोस्रो भएको कम्पनीलाई छनोट गरेर सबैभन्दा कम मूल्य प्रस्ताव […]
१२ चैत, काठमाडौं । घरेलु मैदान । घरेलु टिम । घरेलु दर्शक । तर खेलमा न गोल भयो न त नतिजा नेपालले अपेक्षा गरे जस्तो आयो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको त्रिदेशीय कप फुटबल अन्तर्गत नेपालले बिहीबार किर्गिस्तानको ओलम्पिक (यू-२३) टिमसँग खेलेको थियो । त्रिदेशीय कपको दोस्रो खेलमा नेपालको सिनियर र किर्गिस्तानको ओलम्पिक […]
१२ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको योजनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन् । बिहीबार आयोजित भव्य कार्यक्रममा प्रधानमन्त्री ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य (कुखुरा) गरी चार उत्पादनमा मुलुक आत्मनिर्भर भएको बताएका हुन् । स्वदेशमै प्रशस्त मात्रामा उत्पादन भएकाका कारण विदेशबाट पशुपन्छीजन्य उत्पादन […]
१२ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै विधान उल्लंघनको आरोप लगाएका छन् । पार्टी नेतृत्वले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको जिकिर गरेका छन् । अध्यक्ष ओलीलाई सम्बोधन गर्दै नेपालले लेखेको जवाफमा भनिएको छ, ‘तपाईंले गर्नुभएका गतिविधिहरु […]
१२ चैत, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका-५, सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी १० फागुनको साँझ कान्छी बुहारी उषा झासँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट बिहान उषा उठ्दा उनको कोठा बाहिरबाट बन्द गरिएको थियो । नजिकैको घरमा बस्ने जेठानी अंशुले ढोका खोलिदिइन् । सासुससुरा घरमा थिएनन्, कोठा पनि खुला […]
१२ चैत, काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरिरहेका छन् । बिहीबार सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा पनि क्युआर कोडमार्फत भुक्तानी सेवा शुरु गरेको छ । दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोबारको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक […]
१२ चैत, विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले होलीका नाममा भिडभाड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । अटेर गरे कारवाही गर्ने प्रशासनको चेतावनी छ । तर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने होलीको सुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त छन् । बुधबार उद्योग संगठन मोरङमा होली खेलेका मुख्यमन्त्री बिहीबार मारवाडी सेवा […]
१२ चैत, वीरगञ्ज । ‘घरमा पुरुष छैनन्, महिला मात्रै छौं, दुई दिनदेखि दौडिएको-दौडिएकै छौं, तर नागरिकता नै बनेको छैन’ जिल्ला प्रशासन कार्यालय पर्सामा भेटिएकी वीरगञ्ज उदयपुर घुर्मीकी सोनुदेवीले गुनासो गरिन् । ‘अब त बन्छ कि भनेर दिनभरि उभिएर बस्नुपर्छ, तर रित्तो हात फर्कनुपर्छ’ उनले भनिन् । ‘नबन्ने हो भने आज बन्दैन भने पनि घर गएर […]
१२ चैत, काठमाडौँ । निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारु अगुवालाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बिहीबार माइतीघर मण्डला पुगेका छन् । थारु कल्याणकारिणी सभाको अगुवाईमा बसेको धर्नास्थलमा पुगेका गृहमन्त्री थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह गरेका छन् । थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने, […]
१२ चैत, सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी […]
१२ चैत, काठमाडौं । नेकपा एमाले संसदीय दलको नयाँ विधानले दलका नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु अनुपस्थित भएको ७ चैतको संसदीय दलको बैठकले विधान पास गरेको थियो भने त्यही दिन केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो । उक्त विधानमा दलका नेतालाई सिधै सांसद निलम्बन गर्ने विशेषाधिकार दिइएको […]
१२ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिनाको आरोप झुटो भएको बताएका छन् । महासचिव ईश्वर पोखरेलले ७ चैतको निर्णयअनुसार सोधेको स्पष्टीकरणमा रावलमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप समेत लगाइएको थियो । रावलले बिहीबार अध्यक्ष ओलीलाई सम्बोधन गर्दै दिएको जवाफमा त्यसको खण्डन गरेका छन् । साविकको नेकपामा […]
१२ चैत, काठमाडौं । नेपाल एयरलाइन्ससँग रहेका ६ वटा चिनियाँ जहाज भाडामा नगए बिक्री गर्ने बाटो खुला भएको छ । अर्थ मन्त्रालयले चिनियाँ जहाजका लागि दुई विकल्पमा काम गर्न राय प्रदान गरेको छ । अर्थले सर्वप्रथम यी जहाज भाडामा लगाउन सुझाव दिएको छ । त्यसरी भाडामा लगाउँदा भाडामा नगएको अवस्थामा भने जहाज बिक्री गर्न सकिने […]
१२ चैत, पर्सा । चोरीको मोटरसाईकलसहित प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पर्सा वीगञ्जका २१ वर्षीय दीपक महतो, पर्सा वीरगञ्जकै १९ वर्षीय रविन्द्र महतो र पर्सा पोखरियाका २० वर्षीय सुरेश प्रसाद रौनियार रहेका छन् ।
१२ चैत, कञ्चनपुर । बेलौरी नगरपालिका-४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले बताए । घरबाट हराएकी भागरतीको खोजतलास […]
१२ चैत, बुटवल । पार्टी छाडेर नेकपा एमालेमा गएका लुम्बिनी प्रदेशसभाका आफ्ना दुई सांसदलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । बिहीबार बसेको संसदीय दलको वैठकले सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनी पत्र पठाएको छ । न्यौपाने र पन्थी हालै मात्र नेकपा एमालेमा लागेका छन् । उनीहरुलाई एमाले अध्यक्ष […]
from समाचार – Online Khabar https://ift.tt/3vYOzgj
via IFTTT






















