Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

कीर्तिमानी गोलकर्ता रोनाल्डो गोल्डेन बुटको होडमा पनि अघि

१० असार, काठमाडौं । युरोकप २०२० मा समूह चरणका खेलहरु सकिएका छन् । नकआउट चरणमा पुग्ने सबै १६ टिमको टुङ्गो लाग्नेछ । अब शनिबारदेखि अन्तिम १६ का खेलहरु हुनेछ । समूह चरणमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ गोल गरे । उनले यस युरोकपमा मात्र सर्वाधिक गोल गरेका होइनन् अन्य तीन कीर्तिमानसमेत बनाएका छन् […]

क्युवामा अमेरिकी नाकाबन्दी हटाउने प्रस्तावलाई नेपालसहित १८४ देशको समर्थन

१० असार, काठमाडौं । क्युबामाथि अमेरिकाले लामो समयदेखि लगाएको आर्थिक नाकाबन्दी हटाउनु पर्ने प्रस्तावको नेपालसहित १८४ मुलुकले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभा बैठकमा बुधबार यो प्रस्तावमा मतदान भएको थियो । नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिका र इजरायल उभिएका छन् भने कोलम्बिया, युक्रेन र ब्राजिल अनुपस्थित थिए । अमेरिकाले लामो समयदेखि क्युबामाथि आर्थिक नाकाबन्दी […]

‘मेड इन नेपाल र मेक इन नेपाल’मा अब युवाशक्ति

कुनै पनि देशमा युवावर्ग केवल जनसंख्या वर्गीकरणको सीमित समुदाय होइन । युवा शक्ति हो, विकासको एजेन्ट हो र उदयमान अर्थतन्त्रको पूर्व शर्त हो । राष्ट्रको सर्वाङ्गीण विकासको नक्सा, रेखांकन गर्दा, युवाशक्ति त्यस नक्साको केन्द्रविन्दुमा रहेका हुन्छन । एकातिर युवा रोजगारी प्रत्येक देशको नारा छ भने अर्कोतिर युवा बेरोजगारी विकराल चुनौती । वर्तमान समयमा चाहे विकसित […]

अदालती फैसलाको समीक्षा : के ‘स्टिङ अपरेशन’ पूर्णतः गलत हो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेला-बेलामा ‘स्टिङ अपरेशन’ गर्थ्यो । सम्मानित सर्वोच्च अदालतको हालैको फैसलाका कारण अब के होला त्यो ? संवैधानिक इजलासबाट भएको सो फैसला उपर मुद्दा पुनरावलोकनमा जाने वा दोहोर्‍याउने केही पनि हुँदैन । कानूनको विद्यार्थी, व्यवसायी र यसैको प्राध्यापन गर्ने पंक्तिकारलाई यो फैसला सर्वोपरि नहुने कुरै भएन । तथापि कानून कार्यान्वयन अधिकृतको तीन […]

चीनद्वारा नेपालसहित एसिया प्रशान्त क्षेत्रका ३० देशसँग बीआरआईबारे छलफल

१० असार, काठमाडौं । चीनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका मुलुकका परराष्ट्र र अर्थमन्त्रीहरुसँग बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा केन्द्रित रहेर एक उच्चस्तरीय सम्मेलन आयोजना गरेको छ । विश्वका धनी मुलुकहरुको क्लब जी–७ ले बीआरआईलाई काउन्टर गर्न बी–३ डब्ल्यू परियोजना अगाडि सारेलगत्तै चीनले ३० देशका प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला पारेर बीआरआई र कोरोना महामारीबारे छलफल […]

धेद्रे–लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न पोली च्याङ्दाको टोली काठमाडौँमा   

९ असार, काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको हो […]

५ जनाको मन्त्रिपरिषदलाई सरकार चलाउन कति सहज ?

१० असार, काठमाडौं । मंगलबार सर्वोच्च अदालतले २० जना मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरेपछि अधिकांश मन्त्रालय मन्त्रीविहीन छन् । प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद विस्तारको अधिकार नभएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको फैसलापछि धेरैजसो मन्त्रालय राजनीतिक नेतृत्वविहीन अवस्थामा पुगेका हुन् । अहिले अर्थमन्त्री विष्णुप्रसाद […]

प्रधानमन्त्री भन्छन्- सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए । […]

निषेधाज्ञा सहज हुँदा तरलताको त्रास, असारे विकासले थुप्रिएला त बैंकमा पैसा ?

१० असार, काठमाडौं । गत वर्ष कडा लकडाउन हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो रकम थुपि्रयो । व्यापार व्यवसाय ठप्प हुँदा निजी क्षेत्रले बैंकबाट धेरै कर्जा लिन सकेनन् । तर लकडाउन खुलिसकेपछि भने कर्जाको माग बढ्दै गयो । गत वर्ष बैंकहरुमा लगानी योग्य रकम -तरलता) नबढे पनि यसपालि भने तरलता बढ्छ कि भन्ने आशंका छ […]

खोप अभावमा छट्पटाइरहेको मेरो मातृभूमि

हरेक बिहान म आमासँगै ब्रेकफास्ट टेबलमा बस्छु । उहाँ पाँच वर्ष अघि न्युयोर्क आउनुभएको हो र आमासँगै हुँदा मलाई न्युयोर्क अझै बढी आफ्नै घरजस्तो लाग्छ । हाम्रो बिहानी नास्तामा आमाकै जोडबलमा दूध हालेको परम्परागत नेपाली चिया पनि समावेश हुन्छ जुन ल्वाङ, सुकुमेल तथा दालचिनी समेत हालेर पकाइएको हुन्छ । हातले बनाइएका तामाका कपमा चियाको सुर्को […]

युरोकपको नकआउट समीकरण पूरा, बेल्जियम र पोर्चुगल तथा जर्मनी र इंग्ल्याण्ड अन्तिम १६ मै भिड्ने

१० असार, काठमाडौं । समूह चरणका खेलहरु समाप्त भएपछि युरोकप २०२० को नकआउट समीकरण पूरा भएको छ । बुधबार राति  भएको समूह ‘इ; र ;एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो । समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगे । समूह ‘एफ’बाट फ्रान्स समूह विजेता […]

पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

१० असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् । सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले […]

स्थानीय सरकारको बजेट आज

१० असार, काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज पेस गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० […]

रोनाल्डोले गरे कीर्तिमान बराबरी, फ्रान्स र पोर्चुगलले खेले बराबरी

१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली […]

संसद विघटनविरुद्ध जनपरिचालन गर्ने विपक्षी गठबन्धनको निर्णय

९ असार, काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । संवैधानिक इजलासमा बहस शुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेको हो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै […]

बजार खुल्यो, दंग छन् व्यापारी !

९ असार, काठमाडौं । झण्डै दुई महिनापछि पसल खोल्न पाउँदा न्यूरोडको एनजे फुटवेयरका सञ्चालक नारायण अधिकारी दंग छन् । स्थानीय प्रशासनले १६ वैशाखदेखि निषेधाज्ञा लगाएपछि अरुको जस्तै उनको पसलको सटर लागेको थियो । ५४ दिनपछि निषेधाज्ञा खुकुलो गरेको स्थानीय प्रशासनले बार तोकेर पसल चलाउन दियो । कपडा तथा जुत्ता पसलका लागि सोमबार, बुधबार र शुक्रबार […]

काली नदी दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

९ असार, पोखरा । कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको आरोप छ । अभियान्ताहरुले सामाजिक सञ्जालमा ‘सेभ कालीगण्डकी रिभर’ ह्यासट्याग प्रयोग गरेर पछिल्लो समय नदी दोहनको विरोध गर्दै आएका छन् । […]

संवैधानिक इजलासमा राष्ट्रपतिको भूमिकामाथि प्रश्न

९ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबारदेखि रिट निवेदक पक्षले बहस शुरु गरेका छन् । पहिलो दिन बहस गर्ने वरिष्ठ अधिवक्ता र अधिवक्ताले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन् । संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री चयनका लागि प्रतिनिधिसभा सदस्यले व्यक्तिगत रुपमा कुनै सांसदलाई समर्थन गर्न सक्ने भन्दै उनीहरुले १४९ सांसदले शेरबहादुर देउवालाई […]

जातीय विभेदको आरोपित घरबेटीलाई शिक्षामन्त्रीको ‘लिफ्ट’

९ असार, काठमाडौं । जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान रिहा हुँदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसरमा पुगे । उनले घरबेटी प्रधानलाई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् । काठमाडौं महानगरपालिका-११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेकी थिइन् […]

सार्वजनिक यातायातको पीडा : अर्बौंको लगानीमा महासंकट

९ असार, काठमाडौं । चक्रपथमा सेवा दिइरहेको महानगर यातायात प्रालिका ३९ बसमा २१ जना सेयर सदस्यको लगानी थियो । गत वर्ष कोरोना महामारीले संकट परेपछि ५ वटा बसमा अरुको लगानी ल्याउन बाध्यता पर्‍यो । तिहारपछि यात्रु संख्या बढ्दै जाँदा क्षतिपूर्ति हुने आश पलाउँदै पनि थियो लगानीकर्ताहरुमा । लकडाउनले गर्दा तिर्न नसकेर सावाँका रुपमा पुनर्तालिकीकरण भएको […]

चट्याङ लागेर बुबाको मृत्यु, छोरी र नातिनी घाइते

९ असार, खोटाङ । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी बास्तलाका ६९ वर्षीय अगमबहादुर राईको मृत्यु भएको छ । आफ्नै घरमा चिया पिइरहेका समयमा आज परेको चट्याङले उनको घटनास्थलमै मृत्यु भएको हो । चट्याङले राईकी छोरी ४५ वर्षीया तारा र नातिनी १४ वर्षीया रचना बेहोश भएको स्थानीय बासिन्दा नारायण राईले जानकारी दिए । घाइते दुवैको […]



from समाचार – Online Khabar https://ift.tt/2TYGQjI
via IFTTT
Powered by Blogger.