समाचार
१० असार, काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले विहीबार सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै छन् । सरकारविरुद्ध रहेका पाँच दलका शीर्ष नेताले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बरिष्ठ पत्रकार र सम्पादकसँग अन्तर्क्रिया गर्न लागेका हुन् । विहीबार दिउँसो दुई बजे संसद भवन नयाँ बानेश्वरको हलमा अन्तर्क्रिया हुने नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले जानकारी दिए । कांग्रेस सभापति देउवा […]
१० असार, जनकपुरधाम । इँटा उद्योगका लागि माटो निकाल्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको घटना सेलाउन नपाउँदै सर्लाहीमा पुनः एक बालकको खाल्डोमै जमेको पानीमा डुबेर मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा काभ्रे जिल्ला निवासी देवराज योञ्जनका ६ वर्षीय छोरा एलेक्स रहेका छन् । सर्लाहीको बागमती नगरपालिका–६ पर्ता टोलस्थित मामा चन्द्रबहादुर […]
१० असार, काठमाडौं । युरोकप २०२० मा समूह चरणका खेलहरु सकिएका छन् । नकआउट चरणमा पुग्ने सबै १६ टिमको टुङ्गो लाग्नेछ । अब शनिबारदेखि अन्तिम १६ का खेलहरु हुनेछ । समूह चरणमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ गोल गरे । उनले यस युरोकपमा मात्र सर्वाधिक गोल गरेका होइनन् अन्य तीन कीर्तिमानसमेत बनाएका छन् […]
१० असार, काठमाडौं । सिनियर सहसचिवहरुलाई गृह मन्त्रालयमै थन्काएर उपसचिव रामबहादुर कुरुम्वाङलाई दाङ जिल्लाको सीडीओ बनाइएको छ । सर्वोच्च अदालतको आदेशबाट खगराज अधिकारी गृहमन्त्रीबाट पदमुक्त हुनुअघि दुई जिल्लाको सीडीओ हेरफेर गर्दा कुरुम्वाङले दाङ जिल्ला हाँक्ने जिम्मेवारी पाएका हुन् । उनी आइतबार दाङमा हाजिर हुँदैछन् । यही असार १८ गते अवकाश हुन लागेका दाङका प्रजिअ दीर्घनारायण […]
१० असार, काठमाडौं । क्युबामाथि अमेरिकाले लामो समयदेखि लगाएको आर्थिक नाकाबन्दी हटाउनु पर्ने प्रस्तावको नेपालसहित १८४ मुलुकले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभा बैठकमा बुधबार यो प्रस्तावमा मतदान भएको थियो । नाकाबन्दी हटाउने प्रस्तावको विपक्षमा अमेरिका र इजरायल उभिएका छन् भने कोलम्बिया, युक्रेन र ब्राजिल अनुपस्थित थिए । अमेरिकाले लामो समयदेखि क्युबामाथि आर्थिक नाकाबन्दी […]
कुनै पनि देशमा युवावर्ग केवल जनसंख्या वर्गीकरणको सीमित समुदाय होइन । युवा शक्ति हो, विकासको एजेन्ट हो र उदयमान अर्थतन्त्रको पूर्व शर्त हो । राष्ट्रको सर्वाङ्गीण विकासको नक्सा, रेखांकन गर्दा, युवाशक्ति त्यस नक्साको केन्द्रविन्दुमा रहेका हुन्छन । एकातिर युवा रोजगारी प्रत्येक देशको नारा छ भने अर्कोतिर युवा बेरोजगारी विकराल चुनौती । वर्तमान समयमा चाहे विकसित […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेला-बेलामा ‘स्टिङ अपरेशन’ गर्थ्यो । सम्मानित सर्वोच्च अदालतको हालैको फैसलाका कारण अब के होला त्यो ? संवैधानिक इजलासबाट भएको सो फैसला उपर मुद्दा पुनरावलोकनमा जाने वा दोहोर्याउने केही पनि हुँदैन । कानूनको विद्यार्थी, व्यवसायी र यसैको प्राध्यापन गर्ने पंक्तिकारलाई यो फैसला सर्वोपरि नहुने कुरै भएन । तथापि कानून कार्यान्वयन अधिकृतको तीन […]
१० असार, काठमाडौं । गत वर्ष कडा लकडाउन हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा ठूलो रकम थुपि्रयो । व्यापार व्यवसाय ठप्प हुँदा निजी क्षेत्रले बैंकबाट धेरै कर्जा लिन सकेनन् । तर लकडाउन खुलिसकेपछि भने कर्जाको माग बढ्दै गयो । गत वर्ष बैंकहरुमा लगानी योग्य रकम -तरलता) नबढे पनि यसपालि भने तरलता बढ्छ कि भन्ने आशंका छ […]
१० असार, काठमाडौं । चीनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका मुलुकका परराष्ट्र र अर्थमन्त्रीहरुसँग बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा केन्द्रित रहेर एक उच्चस्तरीय सम्मेलन आयोजना गरेको छ । विश्वका धनी मुलुकहरुको क्लब जी–७ ले बीआरआईलाई काउन्टर गर्न बी–३ डब्ल्यू परियोजना अगाडि सारेलगत्तै चीनले ३० देशका प्रतिनिधिहरुलाई एकै ठाउँमा भेला पारेर बीआरआई र कोरोना महामारीबारे छलफल […]
९ असार, काठमाडौं । बाढी प्रभावित क्षेत्र सन्धुपाल्चोकको हेलम्वुबासीलाई सोलार प्यानल सहयोग हस्तान्तरण गरिएको छ । वेष्ट फाईनान्स कम्पनीले हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको हो । असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीका कारण त्यस क्षेत्रमा विजुली बन्द भएको छ । उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत […]
९ असार, काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको छ । कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ पैदा भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको हो […]
१० असार, काठमाडौं । मंगलबार सर्वोच्च अदालतले २० जना मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरेपछि अधिकांश मन्त्रालय मन्त्रीविहीन छन् । प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिपरिषद विस्तारको अधिकार नभएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको फैसलापछि धेरैजसो मन्त्रालय राजनीतिक नेतृत्वविहीन अवस्थामा पुगेका हुन् । अहिले अर्थमन्त्री विष्णुप्रसाद […]
१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए । […]
हरेक बिहान म आमासँगै ब्रेकफास्ट टेबलमा बस्छु । उहाँ पाँच वर्ष अघि न्युयोर्क आउनुभएको हो र आमासँगै हुँदा मलाई न्युयोर्क अझै बढी आफ्नै घरजस्तो लाग्छ । हाम्रो बिहानी नास्तामा आमाकै जोडबलमा दूध हालेको परम्परागत नेपाली चिया पनि समावेश हुन्छ जुन ल्वाङ, सुकुमेल तथा दालचिनी समेत हालेर पकाइएको हुन्छ । हातले बनाइएका तामाका कपमा चियाको सुर्को […]
१० असार, काठमाडौं । समूह चरणका खेलहरु समाप्त भएपछि युरोकप २०२० को नकआउट समीकरण पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ; र ;एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो । समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगे । समूह ‘एफ’बाट फ्रान्स समूह विजेता […]
१० असार, काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् । सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले […]
१० असार, काठमाडौं । स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् भने केहीले आज पेस गर्न लागेका हुन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० […]
१० असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बराबरी गरेका छन् । रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् । अली […]
९ असार, काठमाडौं । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । संवैधानिक इजलासमा बहस शुरु भएकै दिन बुधबार बसेको गठबन्धनमा आवद्ध दलका नेताहरुको बैठकले जनपरिचालनको निर्णय गरेको हो । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै […]
९ असार, काठमाडौं । झण्डै दुई महिनापछि पसल खोल्न पाउँदा न्यूरोडको एनजे फुटवेयरका सञ्चालक नारायण अधिकारी दंग छन् । स्थानीय प्रशासनले १६ वैशाखदेखि निषेधाज्ञा लगाएपछि अरुको जस्तै उनको पसलको सटर लागेको थियो । ५४ दिनपछि निषेधाज्ञा खुकुलो गरेको स्थानीय प्रशासनले बार तोकेर पसल चलाउन दियो । कपडा तथा जुत्ता पसलका लागि सोमबार, बुधबार र शुक्रबार […]
९ असार, पोखरा । कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको आरोप छ । अभियान्ताहरुले सामाजिक सञ्जालमा ‘सेभ कालीगण्डकी रिभर’ ह्यासट्याग प्रयोग गरेर पछिल्लो समय नदी दोहनको विरोध गर्दै आएका छन् । […]
from समाचार – Online Khabar https://ift.tt/3wSNvKW
via IFTTT





















