समाचार
१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बोर्डुअक्सलाई पराजित गरेको छ । शनिबार राति पीएसजीले बोर्डूअक्सलाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । दुवै टिमले खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा भने पीएसजीले गोल गर्दै […]
१२ असोज, खोटाङ । बाढीले बगाएर खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका […]
१२ असोज, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कुनैले बढ्दो महँगीमामथि नजर लगाएका छन् भने केहीले अपराध, उपसभामुखका गुनासालगायत विषयलाई समेटेका छन् । नागरिकले ‘अपराधमा बदलिँदो शैलीः प्रविधि नै हतियार’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार, पछिल्लो समय प्रविधि नै अपराधको मुख्य […]
१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ । शनिबार राति गेटाफेलाई उसैको भूमिमा बार्सिलोनाले २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज र जुनियर फिर्पोले गोल गरे । खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता […]
१२ असोज, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनलाई सहज रुपमा पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई आफ्नै घरेलु मैदानमा २-० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोर्गिन्हो र विलियनले गोल गरे । पहिलो हाफमा दुई टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको ५०औं मिनेटमा चेल्सीका लागि जोर्गिन्होले […]
१२ असोज, काठमाडौं । साविक विजेता युभेन्टसले इटालियन सिरी ए फुटबलमा एसपीएएललाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई २-० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र मिरालिम पिजानिकले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो […]
१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा एभर्टनलाई उसैको घरेलु मैदानमा सिटीले ३-१ गोलन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले गोल गरे । एभर्टनका लागि डोमिनिक लेविनले गोल गरे । जिससले खेलको २४ औं […]
११ असोज, काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर […]
११ असोज, चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो । मध्यान्ह १२ बजेतिर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला सत्तारुढ नेपाल […]
११ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबरको तोस्रो सातातिर नेपाल भ्रमणमा आउँदैछन् । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालमा सरगर्मी बढेको छ । तर, सरकारीस्तरको तयारी हेर्दा भने भ्रमणबाट नेपालले ठूलै उपलब्धी हात पार्ला भन्ने अहिलेसम्म छाँटकाँट देखिँदैन । भ्रमणमा नेपाल र चीनबीच रेल सम्झौता हुने चर्चा भए पनि नेपालको […]
११ असोज, गोरखा । दशौं लिगलिगे दौड प्रतियोगिता १६ असोजमा हुने भएको छ । पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा हुने दौडमा सहभागीले चेपे र मर्स्याङ्दी नदिको दोभान चेपेघाटदेखि लिगलिगकोट दरबारसम्म १३.८ किलोमिटरको दुरी पार गर्नुपर्नेछ । प्रतियोगीताको उपाधि बिजेतालाई लिगलिगे राजा घोषित गरिने छ । श्रीपेच र पगरीसहित राजा बनाएर […]
११ असोज, बुटवल । रुपन्देही र पाल्पाको सीमा नजिकै रहेकोे दोभान-सिद्धबाबा सडकखण्डमा गुडिरहेको बसमा ढुंगा खस्दा पाँच जना यात्रु घाइते भएका छन् । तानसेनबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नम्बरको बसमाथि ढुङ्गा खसेको हो । ढुंगा खस्दा बस चालक तिलोत्तमा नगरपालिका-४ का वषर्ीय कमल राउतसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा […]
११ असोज, काठमाडौं । चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच बौद्धमा झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको छ । प्रहरी घटनास्थलमा पुगेको छ । तर, पूजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरेका […]
११ असोज, काठमाडौं । नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका छ । नेपाल पर्वतारोहण संघले थापालाई नेपालको पर्यटन क्षेत्रमा शब्द, चित्र तथा भिडियोबाट योगदान पुर्याएको भन्दै नगदसहित सम्मान गरेको हो । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नगद १८ हजार ७ सय ५० रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । […]
११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आर्थिक पारदर्शीता र सुशासनको प्रश्न उठाउने मौका नदिने बताएका छन् । शनिबार भएको विशेष साधारणसभाबाट चन्द भारी मतका साथ अध्यक्षमा चुनिएका हुन् । उनले अध्यक्षमा पूर्व अध्यक्ष विनयराज पाण्डेलाई हराउँदा उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित केन्द्रीय सदस्यहरु पनि उनकै प्यानलका आएका छन् । अध्यक्ष […]
११ असोज, काठमाडौं । सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका […]
११ असोज काठमाडौं । काठमाडौँ उपत्यकाभित्र नै भूकम्पपछिको पुनःनिर्माणको कामले गति लिन नसकेको पाइएको छ । भूकम्प प्रभावित अन्य जिल्लामा पुनःनिर्माणले गति लिएको र ८५ प्रतिशतको हाराहारीमा प्रगति हुन लागेका बेला उपत्यका भने पुनःनिर्माणको अवस्था दुरुहपूर्ण नै रहेको छ । प्राधिकरणका अनुसार उपत्यकाको पुनः निर्माण ३४ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार […]
११ असोज सप्तरी । सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिए । जिल्ला अदालतको आदेशमा आरोपित मण्डल २०७३ फागुन १२ गतेदेखि राजविराज […]
११ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जालमा सबैभन्दा आलोचना खेप्ने नेता मध्येमा एक पर्छन् । गल्ती कमजोरी गर्दा नेतृत्वले आलोचना खेप्नु त स्वभाविक हो तर कहिले काँही विना गल्ती गाली खनुपर्छ । शनिबार एक कार्यक्रममा पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले त्यस्तै गुनासो पोखे । ‘यसो फेसबुक हेरौं भन्यो […]
११ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी -नेकपा)लाई ‘कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी’ भनेर टिप्पणी गरेका छन् । उनले नेकपा सरकारविरुद्ध लड्न तयारी गर्नुपर्ने पनि बताएका छन् । काठमाडौंमा शनिबार आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले भने, ‘मार्कस् भन्यो, माओ भन्यो, लेनिन भन्यो, अहिले चीनको कम्युनिष्ट पार्टीको विचार […]
११ असोज, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम विथोलेका छन् । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो, जसमा अधिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने कार्यक्रम थियो । तर नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथोलेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको […]
from समाचार – Online Khabar https://ift.tt/2ogC0P5
via IFTTT