समाचार
१० असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतका फैसला वा आदेशहरु असम्वद्ध व्यक्ति, निकाय वा प्रकृयाबाट परीक्षण गर्नु स्वतन्त्र न्यायपालिका खिलाफ हुने बताएका छन् । एनसेलबारे सर्वोच्च अदालतले गरेको फैसलाबाट संसदमा प्रश्न उठेको थियो भने सर्वोच्चको फैसला अध्ययन गर्न नेपाल बार एशोसिएसनले समिति बनाएको छ । कतिपयले प्रधानन्यायाधीश जबराको शुक्रबारको सम्बोधन त्यसतर्फ लक्षित हुनसक्ने अनुमान […]
१० असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टी एकतामा आएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन टुंगो लगाएको छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको प्रस्तावलाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको छ । निर्णयअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाउनेछ । साथै केन्द्रीय कार्यसम्पादन समितिको गठन […]
१० असोज, वीरगञ्ज । वीरगञ्जमा सडक पेटीमा खुुल्ला भइरहेको पशुपंक्षी वध र मासु बिक्रीमा रोक लगाउन उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणको स्वास्थ्यमा असर पार्ने तथा वातावरण प्रदुषण हुने गरी पशुपंक्षीको बध गर्न र मासु बिक्री गर्ने कार्य रोक्न भनेको हो । उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जको तर्फबाट […]
१० असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफ्ना कार्यकर्तालाई आन्तरिक लोकतन्त्रको भरपुर उपयोग गर्न आग्रह गरे । शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीले काठमाडौंका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई पार्टीको नीति र नेतृत्वको आलोचना गर्ने छुट भएको बताए । ‘कस्तो नीति अवलम्बन गरेर पार्टीलाई अगाडि बढाउन सकिन्छ ? […]
१० असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले इण्डो-प्यासिफिक स्ट्राटेजी (भारत प्रशान्त रणनीति) चीन वा अन्य कुनै देशको विरोधी नभएको बताएका छन् । आलोचकहरूले इण्डो-प्यासिफिकलाई सैन्य गठबन्धनको रुपमा अथ्र्याइरहेका बेला अमेरिकी राजदुतको यस्तो धारणा आएको हो । राजधानीमा शुक्रबार आयोजित ‘नेपालमा अमेरिकी विदेश नीति’ शीर्षकको कार्यक्रममा बोल्दै बेरीले भने, ‘इण्डो-प्यासिफिक स्ट्राटेजी चीन, भारत […]
१० असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्याय निरुपणका सन्दर्भमा पहिलो पटक प्रमुख राजनीतिक दलका शीर्ष नेता र द्वन्द्वपीडितलाई एकै ठाउँमा राखेर कुरा सुन्ने र सुनाउने अवसर जुटाएको थियो । सोही अवसरमा बिगतमा फरक पक्षबाट पीडित भएकाहरुले व्यक्त गरेका विचार प्रस्तुत गरिएको छ । बेस्सरी बोलेर पनि कसलाई सुनाउँ ? रिता कार्की, द्वन्द्वपीडित […]
१० असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई प्रतापपुरबाट घुस रकमसहित पक्राउ गरेको छ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत सशस्त्र प्रहरी बेश क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार मौर्यलाई सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । मौर्यले सामान […]
१० असोज, काठमाडौं । चाडपर्वमा उपभोक्तामाथि ठगी गर्ने १७४ व्यावसायीलाई वाणिज्य विभागले जरिवाना गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै जरीवाना वापत विभागले २४ लाख ४७ हजार रुपैयाँ संकलन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी थिए । विभागले साउनदेखि बिहीबारसम्म ४०१ वटा व्यवसायमा अनुगमन गरेको थियो । जसमध्ये १ सय ७४ पसललाई जरिवाना, […]
१० असोज, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-१० सोमबारे बस्ने ४६ वर्षीय बिमल न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । को.२ त २८३२ नम्बरको ट्याक्टररले न्यौपाने सवार को.२६ प ४४६४ नम्बरको मोटरसाइकललाई […]
१० असोज, काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा न्यून आय भएका नागरिकलाई थप छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार आयोजित पत्रकार भेटघाटमा यसको जानकारी दिए । भर्खरै घटाइएको ग्यासको मूल्य धनी र गरीबलाई बराबर भएको बताउँदै उनले यस्तो परिपाटी बदल्न लागिएको बताए । ‘इन्धनको मूल्य एकमुष्ट समायोजना गर्दा न्यून […]
१० असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार स्वदेशी कपडा उद्योगलाई बैंकबाट लिने कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवाडले दशैं अगाडी नै अनुदानको कार्यविधि मन्त्रीपरिषदबाट स्वीकृत हुने जानकारी दिएका छन् । ‘निश्चित रकमसम्म कपडा उद्योगीले बैंकबाट लिएको ऋणको निश्चित अवधिको ब्याजमा ५ […]
१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आगामी असोज २९ गते काठमाडौंमा चियापान गर्ने भएको छ । पार्टीका महासचिव विष्णु पौडेलको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज २९ गते चावपर्ड लक्षित चियापन कार्यक्रम हुने भन्दै नेता/कार्यक्रतालाई निम्तो गरेका छन् । नेकपाले चियापानको लागि स्थान भने छनोट गरिसकेको […]
१० असोज, पोखरा । गण्डकी प्रदेश सरकारले सारङकोटमा आईटी पार्क बनाउने भएको छ । त्यसका लागि जग्गाको पहिचान भइसकेको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटमा आईटी पार्क बनाउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आइटी पार्क बनाउन अर्को विद्यालयमा गाभिएको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमिन उपलब्ध गराउन […]
१० असोज, पोखरा । गण्डकी प्रदेश सरकारले दशैंको घटस्थापनामा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । यस वर्षको घटस्थापना पर्सि १२ गते परेको छ । गण्डकी प्रदेश सरकारले दिएको यो चौथो बिदा हो । यसअघि ल्होछार, माघे […]
१० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणमा ठूलो फड्को मार्ने बेला आएको बताएका छन् । झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उनको दाबी छ । शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय […]
१० असोज, जनकपुरधाम । सशस्त्र प्रहरीको टोलीले १८ किलो चाँदीसहित जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा जनकपुरधाम उप–महानगरपालिका २२ स्थित बासबिट्टीबाट शुक्रबार महोत्तरीको पिपरा गाउँपालिका ५ सहरबा निवासी भरतकुमार साहलाई १८ किलो चाँदीसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प मुजेलियाले जनाएको छ । ज.७प ५७७१ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका ३० बर्षीय […]
१० असोज, विराटनगर । समानन्द यादव हत्या प्रकरणको बहसका लागि अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिएका छन् । हत्या प्रकरणको थुनछेक बहसका लागि विराटनगर- १४ स्थित घरबाट जिल्ला अदालत आउँदै गरेका गरेका पीडित परिवारका सदस्य बाटोमै कुटिएका हुन् । समानन्द हत्या प्रकरणमा फरार रहेका विराटनगर-१४ का वडाध्यक्ष बलदेव यादवका आफन्तहरुले सामानन्दकी श्रीमती किन्दुलादेवी यादवमाथि […]
१० असोज, काठमाडौं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न […]
१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई एक वर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एकमात्र पार्टी हुने गरी छिट्टै अभियान सुरु गर्ने बताए । ‘अब केन्द्रीय समिति बैठक बसेर एउटै मन एउटै संकल्प बनाएर जनतामा जान्छौं । जनतामा […]
१० असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगी र ब्यापारी नसच्चिए सरकार आफैंले खसीबोका र चामल बेच्ने चेतावनी दिएका छन् । दशैंका बेला ब्यापारीले जथाभावी मूल्य बढाएको भन्दै उनले भने उद्योगी ब्यापारी सच्चिएनन् र मूल्य बढाउन रोकेनन् भने मन्त्रालय आफैं बसेर खसीबोकादेखि चामल बेच्ने अवस्था आउला ।’ दशै बजार व्यवस्थित बनाउन […]
१० असोज, सप्तरी । समाजवादी पार्टी सप्तरीका नेताहरुबीच कुटाकुट भएको छ । पार्टीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुबीच कुटाकुट भएको बताइएको छ । दशैंको अवसरमा स्थानीय साह धर्मशालामा आयोजना गरिएको कार्यक्रमपछि मदिरा पिएका नेताहरुबीच झगडा भएको बताइएको छ । बोल्ने जति सबैलाई जिल्ला इन्चार्ज सत्यनारायण यादवले चुप लगाउने गरेको र त्यही […]
from समाचार – Online Khabar https://ift.tt/2nez4SB
via IFTTT