समाचार
१३ असोज, काठमाडौं । पार्किङ गरिराखेको गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरी राखेको बा४ख २०५६ नम्बरको माइक्रोबस (हाइस) तोडफोडमा संलग्न गोरखा मैलुङ गाउँपालिका-८ घर भइ काठमाडौं बालाजु बस्ने २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारीका २२ वर्षीय हिमाल खड्का पक्राउ परेका हुन् […]
१३ असोज, काठमाडौं । जहाजमा यात्रुको चाप बढेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले क्षमता अभिवृद्धिको काम भइरहेको छ । धावनमार्गसँगै जोडिएको समानान्तर ट्याक्सी वे, स्ट्रीट लाइटसहित अन्य बाटो र संरचना पुनर्निर्माणका काम गर्न विमानस्थल दैनिक ७ घण्टा बन्द हुन्छ । खुलेको दैनिक १७ घण्टाको अवधिमा विमानस्थलले पूर्ण क्षमतामा काम गर्नुपर्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका […]
१३ असोज, काठमाडौं । तनहुँका कृष्ण गुरुङ (४६) सानैदेखि पशुपन्छीलाई माया गर्ने स्वभावका थिए । गाउँ–घरमा पशु मार हानेको देख्दा दुःखी हुन्थे । माछा-मासुमा उनलाई त्यति रुची थिएन । अन्तत २५ वर्षको भएपछि उनले घोषितरुपमै माछा-मासु खान छोडे । २७ वर्षको हुँदा पुरै ‘भेगान’ बने । कृष्ण अहिले मासुजन्य पदार्थ नखाने मात्र होइन, पशुबाट बन्ने […]
१३ असोज, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने पिठौली गाउँमा एउटा चौर बनाइएको छ । चौरलाई घेरेका अग्ला-अग्ला रुखमा विभिन्न प्रजातिका करिब १५० लोपोन्मुख गिद्धहरू आगन्तुकहरूको निगरानी गर्दै बसिरहेका छन् । उनीहरू कहिले एउटा हाँगो समाउछन् त काहिले अर्को रूखतिर हानिन्छन् । एकै छिनमा सबैको ध्यान भुँइतिर केन्द्रित हुन्छ । नहोस् पनि किन ? रेस्टुरेन्टमा […]
१३ असोज, जनकपुरधाम। दुई वटा सरकारी कार्यालयको १ करोड ७८ लाख रुपैयाँ रकम किर्ते गरी कुम्ल्याउने करार सेवाका कम्प्युटर अपरेटरलाई प्रहरीले पक्राउ गरेको छ । कम्प्युटर ल्याबका निम्ति तीन वर्षअघि नियुक्त भएका महोत्तरीका प्रवीण ठाकुरले धनुषास्थित दुई वटा सरकारी कार्यालयको बैंक खाताबाट उक्त रकम निकालेर आफ्नो खातामा जम्मा गराएका थिए । यो समाचार अनलाइनखबरले २० […]
१३ असोज, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति नेकपा (क्रान्तिकारी माओवादी)ले बिरोध जनाएको छ । पार्टीका महासचिव मोहन बैद्य किरणले सोमबार विज्ञप्ति प्रकाशित गरी मोदीले गौतम बुद्ध भारतमा जन्मिएको सन्देश दिने अभिव्यक्ति दिएको भन्दै बिरोध जनाएका हुन् । यही सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले भारतले विश्वलाई बुद्ध दिएको बताएका […]
१३ असोज, सर्लाही । विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, […]
१३ साउन, झापा । प्रहरीले झापाको अर्जुनधारा-१ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोरामा लुकाएर राखिएको ‘हाई एक्सप्लोसिभ’ २ सय ५ लोला बरामद भउको हो । अनारमनीका डीएसपी मोहनकुमार थापाका अनुसार विप्लव समूहका झापा सेक्रेटरी मनिष […]
१३ असोज, काठमाडौं । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको ज्यान गएको छ । बाढीले बिहारमा […]
१३ असोज, काठमाडौं । द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समिति भंग गर्न माग गरेका छन् । जवाफदेहिता निगरानी समितिले सोमबार जारी गरेको विज्ञप्तिमा विधेयक बनाउनुपूर्व सरोकारबालाहरूसँगको परामर्शलाई प्रभावकारी बनाउन सिफारिस समिति भंग गर्न माग गरेका हुन् । दुवै आयोगका पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश […]
१३ असोज, काठमाडौं । दशैंका धेरै विशेषताहरुमध्ये एउटा हो– नयाँ लुगा लगाउने । गाउँ होस् वा सहर, सम्पन्न होस् वा विपन्न, हरेक परिवारले दशैंका लागि नयाँ लुगाको जोहो गरेकै हुन्छन् । खासगरी गाउँघरका बालबालिकाका निम्ति दशैंको प्रमुख आकर्षण नै नयाँ लुगा हो । पाका उमेरकाहरु पनि दशैंमा नयाँ लुगामै सजिन चाहन्छन् । कतिले रेडिमेड लुगा […]
१३ असोज,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् । सरकारी काममा क्यानाडामा रहेका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको नाम नलिई लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् । भट्टराईले भनेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न […]
१३ असोज, काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलसहित वीर अस्पतालका पदाधिकारीको समेत भागबण्डामा नियमविपरीत २७ जना स्टाफ नर्स नियुक्त गरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । वीर अस्पतालका कर्मचारीहरुले असोज १० गते शुक्रबार निर्देशक डा.केदार सेञ्चुरी र केही पदाधिकारीको मिलेमतोमा स्वास्थ्य मन्त्रालयको निर्देशन तथा लोकसेवा आयोगको परिपत्र विपरीत विनासूचना निवेदन जम्मा पारेर स्टाफ […]
१३ असोज, काठमाडौं । ‘इतिहास संशोधन मण्डल’ र यसले प्रकाशन गर्ने जर्नल ‘पूर्णिमा’ बारे चर्चा गर्दा छुटाउनै नहुने नाम हो– डा. महेशराज पन्त । विसं. २००१ सालमा काठमाडौंको ओटुमा जन्मेका पन्त निरन्तर इतिहासका त्रुटि सच्याउन क्रियाशील छन् । नयराज पन्तले विसं. २००९ सालमा स्थापना गरेको संशोधन मण्डलमा अहिले जम्मा दुई सदस्य छन्– डा. महेशराज र […]
१३ असोज, काठमाडौं । नौबीसे-नागढुंगा सडकको सवारी आवागमन सहज बन्न थालेको छ । लगातारको जामबाट यात्रुले सास्ती खेपेपछि प्रहरीले अप्रेसन टोली नै परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, शनिबारदेखि सुध्रँदै गएको नागढुंगा-नौबीसे सडक खण्डमा अहिले जाम छैन । सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सवारी साधनहरु सहज ढंगले गन्तव्यतर्फ अघि बढेको कार्यालयको […]
१३ असोज, काठमाडौं । सन्तान जन्मिने तर नबाँच्ने पीडाबाट पीडित बाबुआमाका ११ औं सन्तान हुन् उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ । उनी लमजुङको गाउँ शहरमा सामान्य राजनीतिक चेत भएको मध्यम वर्गीय परिवारमा ०२५ मंसिर १५ गते जन्मिएका हुन् । एघारौंपटक सुत्केरी हुन ज्योतिकी आमालाई माइत पठाएको थियो । उनलाई मृत्युबाट जोगाउन जन्मने बितिक्कै जोगीको झोलीमा हालेर […]
१३ असोज, काठमाडौं । नेपाललाई सोमबार खुला दिसामुक्त देश घोषणा गरिँदैछ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत […]
१३ असोज, काठमाडौं । प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि सरकारले बनाइदिने आवासको शिलान्यास आज हुँदै छ । ललितपुरको सैंबु भैंसेपाटीमा सोमबार बिहान १०ः४५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आवास शिलान्यास गर्न लागेका हुन् । सरकारले ललितपुरको सैंबुमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गा छुट्टाएर सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका […]
१३ असोज, गोरखा । ट्रकबाट मार्वल ‘अनलोड’ गर्ने क्रममा जिल्लामा आइतवार राति एक मजदुरको ज्यान गएको छ । जिल्ला अदालत गोरखाको निर्माणाधीन भवनका लागि ल्याइएको मार्वल ‘अनलोड’ गर्ने क्रममा चेपिएर सिराहा जिल्लाको लहान मोतिपुरका ३० वर्षीय नागेश्वर सदायको मृत्यु भएको प्रहरीले जनाएको छ । मार्वल झार्ने क्रममा एक्कासि अरू बन्डलहरु खसेर घाइते भएका नागेश्वरलाई मजदुर […]
नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा यथावत् […]
१३ असोज, काठमाडौं । बर्खा सिजनमा उर्लिएका देशका अधिकांश नदीहरूको बहाव विस्तारै घट्न थालेका छन् । वर्षामा कमी आएसँगै देशका अधिकांश नदीको बहाव विस्तारै कम हुन थालेको हो । यद्यपि, केही नदीको बहाव भने अझै सतर्कता तह आसपासमै रहने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, सोमबार […]
from समाचार – Online Khabar https://ift.tt/2ouYfAW
via IFTTT