Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

वाणिज्य विभागद्वारा ठगी गर्ने १७४ व्यापारीलाई जरिवाना

१० असोज, काठमाडौं । चाडपर्वमा उपभोक्तामाथि ठगी गर्ने १७४ व्यावसायीलाई वाणिज्य विभागले जरिवाना गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै जरीवाना वापत विभागले २४ लाख ४७ हजार रुपैयाँ संकलन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी थिए । विभागले साउनदेखि बिहीबारसम्म ४०१ वटा व्यवसायमा अनुगमन गरेको थियो । जसमध्ये १ सय ७४ पसललाई जरिवाना, […]

ट्याक्टरको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

१० असोज, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-१० सोमबारे बस्ने ४६ वर्षीय बिमल न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । को.२ त २८३२ नम्बरको ट्याक्टररले न्यौपाने सवार को.२६ प ४४६४ नम्बरको मोटरसाइकललाई […]

धनी र गरीबलाई ग्यासको मूल्य फरक गरिन्छ : मन्त्री यादव

१० असोज, काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा न्यून आय भएका नागरिकलाई थप छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार आयोजित पत्रकार भेटघाटमा यसको जानकारी दिए । भर्खरै घटाइएको ग्यासको मूल्य धनी र गरीबलाई बराबर भएको बताउँदै उनले यस्तो परिपाटी बदल्न लागिएको बताए । ‘इन्धनको मूल्य एकमुष्ट समायोजना गर्दा न्यून […]

कपडा उद्योगलाई ब्याज अनुदान दशैं अगाडिबाटैः अर्थमन्त्री

१० असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार स्वदेशी कपडा उद्योगलाई बैंकबाट लिने कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवाडले दशैं अगाडी नै अनुदानको कार्यविधि मन्त्रीपरिषदबाट स्वीकृत हुने जानकारी दिएका छन् । ‘निश्चित रकमसम्म कपडा उद्योगीले बैंकबाट लिएको ऋणको निश्चित अवधिको ब्याजमा ५ […]

नेकपाको चियापान कार्यक्रम असोज २९ गते

१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आगामी असोज २९ गते काठमाडौंमा चियापान गर्ने भएको छ । पार्टीका महासचिव विष्णु पौडेलको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज २९ गते चावपर्ड लक्षित चियापन कार्यक्रम हुने भन्दै नेता/कार्यक्रतालाई निम्तो गरेका छन् । नेकपाले चियापानको लागि स्थान भने छनोट गरिसकेको […]

इण्डो-प्यासिफिक चीनका लागि पनि हो : अमेरिकी राजदूत

१० असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले इण्डो-प्यासिफिक स्ट्राटेजी (भारत प्रशान्त रणनीति) चीन वा अन्य कुनै देशको विरोधी नभएको बताएका छन् । आलोचकहरूले इण्डो-प्यासिफिकलाई सैन्य गठबन्धनको रुपमा अथ्र्याइरहेका बेला अमेरिकी राजदुतको यस्तो धारणा आएको हो । राजधानीमा शुक्रबार आयोजित ‘नेपालमा अमेरिकी विदेश नीति’ शीर्षकको कार्यक्रममा बोल्दै बेरीले भने, ‘इण्डो-प्यासिफिक स्ट्राटेजी चीन, भारत […]

सराङकोटमा आईटी पार्क बनाउने प्रदेश सरकारको निर्णय

१० असोज, पोखरा । गण्डकी प्रदेश सरकारले सारङकोटमा आईटी पार्क बनाउने भएको छ । त्यसका लागि जग्गाको पहिचान भइसकेको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटमा आईटी पार्क बनाउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आइटी पार्क बनाउन अर्को विद्यालयमा गाभिएको रत्न आधारभूत विद्यालयको ९६ रोपनी जमिन उपलब्ध गराउन […]

गण्डकी प्रदेशमा घटस्थापनाका दिन सार्वजनिक विदा

१० असोज, पोखरा । गण्डकी प्रदेश सरकारले दशैंको घटस्थापनामा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । यस वर्षको घटस्थापना पर्सि १२ गते परेको छ । गण्डकी प्रदेश सरकारले दिएको यो चौथो बिदा हो । यसअघि ल्होछार, माघे […]

एक वर्ष कुखुरासँग लुटपुटियौं, अब चिलको उडान भर्छौं : प्रचण्ड

१० असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निर्माणमा ठूलो फड्को मार्ने बेला आएको बताएका छन् । झण्डै एक वर्ष कुखरासँग लुटपुटिएको तर अब चिलझैं उडान भर्ने उनको दाबी छ । शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय […]

१८ किलो चाँदीसहित एक जना पक्राउ

१० असोज, जनकपुरधाम । सशस्त्र प्रहरीको टोलीले १८ किलो चाँदीसहित जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा जनकपुरधाम उप–महानगरपालिका २२ स्थित बासबिट्टीबाट शुक्रबार महोत्तरीको पिपरा गाउँपालिका ५ सहरबा निवासी भरतकुमार साहलाई १८ किलो चाँदीसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प मुजेलियाले जनाएको छ । ज.७प ५७७१ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका ३० बर्षीय […]

समानन्द हत्या प्रकरण : अदालत जाँदा बाटोमै कुटिए पीडित परिवार

१० असोज, विराटनगर । समानन्द यादव हत्या प्रकरणको बहसका लागि अदालत आउँदै गरेका पीडित परिवार बाटोमै कुटिएका छन् । हत्या प्रकरणको थुनछेक बहसका लागि विराटनगर- १४ स्थित घरबाट जिल्ला अदालत आउँदै गरेका गरेका पीडित परिवारका सदस्य बाटोमै कुटिएका हुन् । समानन्द हत्या प्रकरणमा फरार रहेका विराटनगर-१४ का वडाध्यक्ष बलदेव यादवका आफन्तहरुले सामानन्दकी श्रीमती किन्दुलादेवी यादवमाथि […]

विपन्‍न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट

१० असोज, काठमाडौं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न […]

नेकपालाई जनताको एकमात्र पार्टी बनाएपछि विश्राम लिन्छौं : प्रचण्ड

१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई एक वर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एकमात्र पार्टी  हुने गरी छिट्टै अभियान सुरु गर्ने बताए । ‘अब केन्द्रीय समिति बैठक बसेर एउटै मन एउटै संकल्प बनाएर जनतामा जान्छौं । जनतामा […]

ब्यापारी नसच्चिए सरकार आफैले खसीबोका र चामल बेच्छ : मन्त्री मातृका यादव

१० असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगी र ब्यापारी नसच्चिए सरकार आफैंले खसीबोका र चामल बेच्ने चेतावनी दिएका छन् । दशैंका बेला ब्यापारीले जथाभावी मूल्य बढाएको भन्दै उनले भने उद्योगी ब्यापारी सच्चिएनन् र मूल्य बढाउन रोकेनन् भने मन्त्रालय आफैं बसेर खसीबोकादेखि चामल बेच्ने अवस्था आउला ।’ दशै बजार व्यवस्थित बनाउन […]

सप्तरीमा समाजवादी पार्टीका नेताहरुबीच कुटाकुट

१० असोज, सप्तरी । समाजवादी पार्टी सप्तरीका नेताहरुबीच कुटाकुट भएको छ । पार्टीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुबीच कुटाकुट भएको बताइएको छ । दशैंको अवसरमा स्थानीय साह धर्मशालामा आयोजना गरिएको कार्यक्रमपछि मदिरा पिएका नेताहरुबीच झगडा भएको बताइएको छ । बोल्ने जति सबैलाई जिल्ला इन्चार्ज सत्यनारायण यादवले चुप लगाउने गरेको र त्यही […]

गोठाटारबाट जोखिममा रहेका ११ जना बालबालिकाको उद्धार

१० असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सञ्चालित एक सामाजिक संस्थाबाट ११ जना बालबालिकाको शुक्रबार उद्धार गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वको टोलीले सामाजिक तथा मानवीय सरोकार केन्द्र  नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका ११ जना बालबालिकाको उद्धार गरेको हो । उद्धार गरिएका सबै बालबालिका मुगुका रहेका छन् । ६ देखि १३ […]

काठमाडौंमा दशैंको खसीबोका घटस्थापनाको भोलिपल्टदेखि बिक्री हुने

१० असोज, काठमाडौं । सरकारले दशैंका लागि काठमाडौंमा असोज १३ गतेदेखि खसीबोका बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ३ हजार वटा च्यांग्रा र खसीबोका घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा बिक्री गर्न लागेको उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले दशैंका बेला हरेक वर्ष खसीबोका र च्यांग्रा बिक्री गर्दै आइरहेको छ । […]

राष्ट्र बैंकमा भएन भीड, १५ मिनेटमै साटियाे नयाँ नोट

१० असोज, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । काठमाडौंसँगै देशका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएका छन् । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुने जानकारी दिए । शुक्रबार दिउँसो काउन्टर बन्द गर्ने बेलासम्म ८ सय […]

प्रदेश ३ को लक्ष्य – ५ वर्षमा साढे ११ प्रतिशत आर्थिक वृद्धिदर

१० असोज, हेटौंडा । पाँच वर्षमा आर्थिक वृद्धिदर ११.५ प्रतिशत पुर्‍याउने लक्ष्यसहित प्रदेश ३ सरकारले आवधिक योजना सार्वजनिक गरेको छ । शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको २०७६/०७७ देखि २०८०/०८१ सम्मको आवधिक योजना सार्वजनिक गर्दै आर्थिक वृद्धिको महत्च्वाकांक्षी लक्ष्य प्रस्तुत गरेका हुन् । प्रदेश विकास परिषद्को पहिलो बैठकमा मुख्यमन्त्री पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा कृषि क्षेत्रको […]

भ्रमण वर्ष २०२० सम्बन्धी कार्यक्रमप्रति प्रदेश–२ का मन्त्री असन्तुष्ट

१० असोज, वीरगञ्ज । प्रदेश–२ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी संघीय सरकारको कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय प्रवद्र्धन समितिको अध्यक्ष समेत रहेका मन्त्री रायले कार्यविधि र बजेट उपलब्ध नगरी समिति बनाएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपाल […]

नागढुंगामा रेल ! निस्सासिए यात्रु (फोटो फिचर)

१० असोज, काठमाडौं । ‘माथिबाट गाडीको लस्कर हेर्दा त रेलजस्तै देखिन्छ है ?’ जाममा फसेको बसबाट बाहिर निस्किएका विशाल थापाले पसिना पुछ्दै भने, ‘सरकार रेल ल्याउँछु भन्छ, यहाँ गाडीकै रेल बनिसक्यो ।’ राजधानी काठमाडौं छिर्ने प्रमुख नाका नागढुंगामा एक हप्तादेखि अत्यासलाग्दो जाम छ । दशैंमा घर फर्किने हजारौं यात्रुहरु ९ घन्टासम्म जाममा फसेर निसास्सिएका छन् […]



from समाचार – Online Khabar https://ift.tt/2mkTYPD
via IFTTT
Powered by Blogger.