Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लागूऔषध नाइट्राभेटसहित प्रहरी कर्मचारी पक्राउ

९ असोज, सप्तरी । सप्तरीबाट लागूऔषधसहित एक प्रहरी कर्मचारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत कार्यालय सहयोगी अरुण राउत लागूऔषध नाइट्राभेटसहित जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिकाबाट पक्राउ परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उनकाे साथबाट  नाइट्राभेट ७५ थान फेला परेको प्रहरीले जनाएको छ । उनी राजविराज नगरपालिका-६ […]

दुसित मल्टिनेसनल कम्पनीले लाजिम्पाटमा खोल्ने भयो होटल

९ असोज, काठमाडौं । थाइल्यान्डको मल्टिनेसनल हस्पिटालिटी कम्पनी दुसित इन्टरनेशनल कम्पनीले काठमाडौंको लाजिम्पाटमा सुविधासम्पन्न होटल निर्माण गर्ने भएको छ । विश्वका विभिन्न देशमा सुविधासम्पन्न होटल सञ्चालन गर्दै आएको दुसितले होटल ल्हासा इन्टरनेसनल प्रालिसँगको सहकार्यमा ‘दुसित प्रिन्सेस होटल’ सञ्चालन गर्न लागेको हो । दुईबीच थाइ विशेषताको सुविधासम्पन्न ब्रान्डेड होटल सञ्चालनका लागि सहमति भएको दुसित इन्टरनेशलले जनाएको […]

सरकारलाई अनेरास्ववियूको आग्रह- निजी मेडिकल कलेजको स्वामित्व लिएर चलाऊ

९ असोज, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आहृवान गरेको हो । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यको नीति नियममा बसेर […]

भ्रूणमै मर्जरतिर लघुवित्त, केहीले लाइसेन्स पनि कुरेनन्

९ असोज, काठमाडौं । ०६८ सालपछि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको मर्जरको बहस अझै सकिएको छैन । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय क्षेत्रहरुको संख्या घटाउने उद्देश्य अनुरुप ३ वर्षअघि ल्याएको पुँजी वृद्धिको योजनापछि धेरै संस्था मर्जरमा गएका छन् । राष्ट्र बैंकले पूँजी वृद्धिको जुन अस्त्र प्रहार गर्‍याे, त्यसले ‘क’ […]

कांग्रेस आत्तियो, अब नेकपा सच्चिएला ?

९ असोज, काठमाडौं । नेकपा केन्द्रीय कार्यालयको रेकर्ड हेर्ने हो भने वर्षमा कम्तिमा एक दर्जन साना–ठूला प्रतिनिधिमण्डल चीन गएको भेटिन्छ । चीनमा ७० वर्षदेखि शासन गरिरहेको कम्युनिस्ट पार्टी र ७० वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीबीच त्यहीबेलादेखि नै भाइचारा सम्बन्ध रहँदै आएको छ । नेकपा स्थापनाको चार वर्षपछि नै तत्कालीन महासचिव मनमोहन अधिकारीले चिनियाँ कम्युनिस्ट […]

६ महिनामा बन्दाबन्दै भत्किए आधा दर्जन पुल

९ असोज, काठमाडौं । – २०७६ वैशाख १ गते गुल्मीको मुसीकोट नगरपालिकास्थित बडीगाढ खोलामा बनिरहेको पक्की पुल भाँचियो र ५ जना घाइते भए । ५ करोड १७ लाखको ठेक्कामा बनाउन सुरु गरिएको ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममै भाँचिएको थियो । ठेकेदार वाइपी जनबुद्ध निर्माण सेवा, काठमाडौंले ठेक्का पाएको पुल समयमै निर्माण गर्न […]

मौसमविद् भन्छन्– दशैं घमाइलो नहुने भाे

९ असोज, काठमाडौं । यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने भएको छ । मनसुन दशैंसम्म रहने भएपछि मौसमविदहरूले दशैं घमाइलो नहुने अनुमान गरेका छन् । यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ […]

भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री

९ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री ज्ञवालीले बुधबार ट्रम्पसँग भेटवार्ता गरेका हुन् । अमेरिकाले उच्चस्तरीय सम्बोधन गरेपछि विभिन्न देशको नेतृत्व गरेर आएकाहरूलाई रात्रिभोज दिने प्रचलन छ । यही परम्पराअनुसार, बुधबार आयोजना गरिएको रात्रिभोजमा ज्ञवालीले सहभागी […]

४ लुटेरालाई प्रहरीले गोली हानेर समात्यो, एकजना घाइते

९ असोज, जनकपुरधाम । जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा […]

आइकाओ सम्मेलनमा पर्यटनमन्त्रीले भने- नेपालमा हवाई दुर्घटना घटेको छ

९ असोज, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि केही वर्षदेखि हवाई दुर्घटना हुने दर कम हुँदै गएको बताएका छन् । क्यानडाको शहर मड्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभालाई बुधबार सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालमा हवाई दुर्घटना हुने दर घट्दै […]

‘हाम्रो पुस्ताले नेपाल क्रिकेटलाई दिने दिइसक्यौं, अब युवाको पालो’

हामीले वर्ल्ड क्रिकेट लिगमा जति पनि प्रतियोगिता खेल्यौं, त्यसमा नयाँ प्रयोग गर्ने अवसर नै पाएनौं । किनकी हरेक खेल जित्नैपर्ने दबाब हुन्थ्यो । त्यसैले हामीसँग भएको उत्कृष्ट टिमलाई खेलाउँथ्यौं । एकदिवसीय टिम भएपछि नयाँ क्रिकेटिङ साइकलमा प्रवेश गरेका छौं । त्यसको पूर्वसन्ध्यामा ओमान र सिंगापुर टूर पाएका छौं । ओमानको भ्रमण पहिल्यै तय भएको थियो […]

उप भनेको चुप लाग्ने पद होइन : उपसभामुख

८ असोज, काठमाडौं । सातवटै प्रदेश संसदले डेढ बर्ष बिताएका छन् । यो अवधिमा प्रदेश संसदहरुले के–कस्ता काम गरे ? यसबारे समीक्षा हुन बाँकी नै छ । तर, प्रदेश र संघीय संसदका उपसभामुख एवं राष्ट्रिसभाका उपाध्यक्षले काठमाडौंमा जम्मा भएर आफ्नो कार्यकालको आफैं समीक्षा गरेका छन् । मंगलबार काठमाडौंमा तीनवटा प्रदेशका उपसभामुख, संघीय संसदका उपसभामुख र […]

सांसद चौधरीलाई कारबाही गर्ने कांग्रेस सप्तरीको चेतावनी

८ असोज, सप्तरी । नेपाली कांग्रेस सप्तरीले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन राजविराजमा भएको घटनाबारे बोलेको छ । र, पार्टी सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारबाही गर्ने बताएको छ । मंगलबार राजविराजमा आयोजित कार्यक्रममा मर्यादाक्रमलाई लिएर जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरी पक्षबीच विवाद भएको थियो । त्यसक्रममा यादव पक्षका कार्यकर्ताले चौधरीलाई […]

अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग

८ असोज, विराटनगर । बुधबार दिउँसो विराटनगरको गुद्री बजारमा माछा–मासु पसल सञ्चालकहरुको भागाभाग भएको छ । स्थानीय प्रशासनले गर्ने गोप्य अनुगमनको सूचना चुहावट भएपछि गुद्री बजारका मासु पसल सञ्चालकहरुको भागाभाग भएको हो । गुद्री बजारमा अधिकांश मासु पसल मापदण्ड विपरीत छन् । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । […]

बैंक कर्मचारीको पासवर्ड प्रयोग गरेर ५ करोड लुट

८ असोज, काठमाडौं । चिनियाँ ह्याकरहरुले एटीएम प्रणाली ह्याक गरेर झण्डै २ करोड चोरी भएको महिना नपुग्दै नेपाली बैंकिङ प्रणालीमा अर्को आक्रमण भएको छ । र, सरकारी बैंक कृषि विकासबाटै झण्डै ५ करोड रुपैयाँ चोरी भएको छ । यो घटनामा भने भारतको मुम्बई बस्ने अफ्रिकी मुलका नागरिकलाई योजनाकार मानिएको छ । उनका सहयोगीका रुपमा नेपालमा […]

सरकारलाई निजी मेडिकल कलेज राष्ट्रियकरण गर्ने अवसर

टिप्पणी ८ असोज, काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूको संस्था एसोसिएशन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले सम्पूर्ण निजी कलेजहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको निश्कर्ष निकालेको छ । र, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर साँचो बुझाएको बताएका छन् । एसोसियसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले मंगलबार प्रधानमन्त्री, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, स्वास्थ्य […]

नेताको बारीमा ठूलो गोलभेंडा फल्नुपर्छ : प्रधानमन्त्री

८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् । आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे राम्रैसँग जानकार रहेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘यहाँहरुलाई थाहा छ, म आफैं हलो जोतेर, कोदालो खनेर, खेती गरेर आएको मान्छे भएको हुनाले कृषिसम्बन्धी मलाई […]

गण्डकी प्रदेशले अब आफ्नै विश्वविद्यालय खोल्न बाटो खुल्यो

८ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार सम्हालेदेखि निरन्तर भन्दै आएको विषय हो, ‘गण्डकी प्रदेशको आफ्नै विश्वविद्यालय हुन्छ ।’ गण्डकी प्रदेशले आफूलाई चाहिने दक्ष जनशक्ति आफ्नै विश्वविद्यालयबाट उत्पादन गर्ने मुख्यमन्त्रीको उद्घोष छ । प्रदेशलाई आफ्नै विश्वविद्यालय खोल्न पाउने अधिकार संविधानमै व्यवस्था छ । अब गण्डकी प्रदेशलाई विश्वविद्यालय खोल्न बाटो खुलेको छ । […]

जब भारतीय कलाकार फेवा किनारमा उभिए…

८ असोज, पोखरा । अघिल्तिर सुन्दर फेवातालको विशाल आँगनजस्तो फैलावट । वर्षायाम सकिइसकेको भएपनि बादल बर्सिन छाडेको छैन । बुधबार बिहानसम्मै पानी पर्‍यो । त्यसको शीतल हावाको झोंक्का चलिरहेकै थियो । आकाश खुल्ला छ तर मौसम न जाडो न गर्मी । भारतको आगरा कलेज, आगराका असिस्टेन्ट प्रोफेसर डा दिनेशकुमार मौर्य यही मौसममा पहिलोपटक नेपाल आएका […]

तिलोत्तमा लगानी सम्मेलन : २२ परियोजना प्रस्ताव, १० वटामा सम्झौता हुँदै

८ असोज, बुटवल । प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । करिब ५० अर्ब लगानी भित्र्याउने उद्देश्यसहित यो काठमाडौं बाहिर हुन लागेको पहिलो लगानी सम्मेलन हो । कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा बिहीबार विहान सम्मेलन उद्घाटन हुंदैछ । सम्मेलनको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । सम्मेलनमा […]

केएमसी अस्पतालमा खगित्राले जन्माइन् एकैपटक ३ छोरा र एक छोरी !

८ असोज, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा एक महिलाले एकैपटक चार शिशु  जन्म दिएकी छन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको अस्पतालले पुष्टि गरेको छ । चार मध्ये तीनजना छोरा र एकजना छोरी रहेका छन् ।  चम्ल्याहा बच्चाहरु मध्ये तीन जना स्वस्थ्व रहेको अस्पतालले बताएको छ। यसरी चम्ल्यहा बच्चा हुनु […]



from समाचार – Online Khabar https://ift.tt/2njT1Y0
via IFTTT
Powered by Blogger.