Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

छापामा आज : कसले के लेखे ?

१० असोज, काठमाडौं । मन्त्री र सचिवलाई प्रधानमन्त्रीले नतिजा निकाल्ने गरी काम गर्न दिएको निर्देशन आजका अधिकांश दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै अमेरिकी राजदूतको पछिल्लो सक्रियता, द्वन्द्वका गल्तीको जिम्मा लिने प्रचण्डको अभिव्यक्तिलाई पनि आजका पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

जम्मु–कास्मिर मामिलामा कसैको टाउको दुख्न आवश्यक छैनः भारतीय राजदूत

९ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले जम्मु–कास्मिरको विषय भारतको आन्तरिक मामिला भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘भारतको आन्तरिक मामिलामा कुनै पनि देशको टाउको दुख्नुपर्ने कारण छैन ।’ नीति अनुसन्धान प्रतिष्ठान र नेसनल ल कलेजद्वारा आयोजित ‘आर्टीकल ३७० अफ दि कन्सिच्युसन अफ इन्डियाः परसेप्सन एण्ड रियालिटी’ […]

सरकार भर्सेस निजी मेडिकल कलेज: के होला विद्यार्थीको भविश्य ?

९ असोज, काठमाडौं । चितवन मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनबाट पुन चर्चामा आएको ‘निजी मेडिकल कलेज भर्सेज सरकारको लडाइँ’ उत्कर्षमा पुगेको छ । निजी मेडिकल कलेजको छाता संगठनले एसोसिएशन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले संस्था चलाउन सक्ने अवस्था नरहेको बताइसकेको छ । त्यसको तीन दिनअघि विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेज […]

पृथ्वी राजमार्गमा अत्यासलाग्दो जामः नागढुंगा कट्नै ८ घण्टा

९ असोज, काठमाडौं । दमौली जान काठमाडौंबाट विहान ६ बजे गाडी चढेका डोरबहादुर थापा बेलुकी चार बजे मात्रै गन्तब्यमा पुगे । कारण हो, पृथ्वीराजमार्गको अत्यासलाग्दो जाम सास्तीपूर्ण जाम । १० बजे कार्यालय भ्याउने गरी हिँडेका उनी कार्यालय समय सकिने समयमा मात्रै दमौली पुगे । ‘यस्तो जाम मैले जिन्दगीमा कहिल्यै भोगेको थिइनँ,’ दमौलीबाट टेलिफोन सम्वादमा उनले […]

तल्ला सरकारसँग योजना आयोगले माग्यो कार्यक्रम, पूर्वतयारी अनिवार्य

९ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगले तल्ला सरकारहरुबाट समपुरक तथा विशेष अनुदानका लागि कार्यक्रमहरु माग गरेको छ । आयोगका अनुसार समपुरक अनुदानका लागि माग गरिने आयोजनाको पूर्वतयारी सम्पन्न भएको हुनुपर्छ । संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारलाई कुनै पूर्वाधार विकास सम्बन्धी आयोजना कार्यान्वयन गर्न दिने रकम समपुरक अनुदान हो । यस्तो अनुदान कूल लागतको […]

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन – रातो चिह्न नआओस् !

९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका सदस्यहरुसँग गत साउनमा गरेको कार्यसम्पादन सम्झौताको समीक्षा सुरु गरेका छन् । तर, विहीबारको बैठकमा प्रधानमन्त्री ओली मन्त्रीहरुको कामबाट सन्तुष्ट देखिएनन् । कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले उल्लेख गरेअनुसारका काम भएको वा नभएको सम्बन्धमा प्रधानमन्त्रीले विहीबार छलफल सुरु गरेका हुन् । मन्त्रालयहरुले गरेको कामको मूल्यांकन गर्न प्रधानमन्त्री तथा […]

पदावधि थपसँगै भावी सेनापतिको दौडमा शर्मा

९ असोज, काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गर्ने निर्णय गरेको छ । यससँगैसेनाको भावी नेतृत्वको दौडमा शर्मा अगाडि आएका छन् । जंगीअड्डाबाट भएको सिफारिसका आधारमा एक वर्ष दुई महिना १५ दिनका लागि पदावधि थप गर्ने निर्णय गरिएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदावधि थप […]

गोरखामा भूकम्पको धक्का

९ असोज, काठमाडौं । बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।

६ महिनामा बन्दाबन्दै भत्किए आधा दर्जन पुल

९ असोज, काठमाडौं । २०७६ वैशाख १ गते गुल्मीको मुसीकोट नगरपालिकास्थित बडीगाढ खोलामा बनिरहेको पक्की पुल भाँचियो र ५ जना घाइते भए । ५ करोड १७ लाखको ठेक्कामा बनाउन सुरु गरिएको ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममै भाँचिएको थियो । ठेकेदार वाइपी जनबुद्ध निर्माण सेवा, काठमाडौंले ठेक्का पाएको पुल समयमै निर्माण गर्न नसकेको […]

नलगाड जलविद्युत् आयोजनामा लगानी गर्न जाइका तयार   

९ असोज, काठमाडौं । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग बिहीबार भएको छलफलमा त्यस्तो समझदारी भएको हो । मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच […]

संविधान संशोधन नभए सरकारमा बस्दैनौं– बाबुराम भट्टराई

९ असोज, नवलपरासी । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संविधान संशोधन नगरे सरकारमा बसिरहनुको औचित्य नहुने बताएका छन् । विहीबार कावासोतीमा समाजवादी पार्टी नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा भट्टराईले तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सामेल हुँदा भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए । ‘गरिँदैन र सहमतिअनुसार संशोधन भएन […]

गण्डकी भ्रमण वर्ष सकिन लाग्दा बल्ल प्रचारप्रसार !

९ असोज, पोखरा । सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरेको गण्डकी प्रदेश सरकारको यसमा तयारी भने निकै सुस्त देखिएको छ । गत फागुन ९ गते नै आन्तरिक भ्रमण वर्षको घोषणा गरेको सरकारले त्यसको ६ महिनापछि असार १५ गते ‘भ्रमण वर्ष मूल समारोह समिति गठन’ गर्‍यो । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री […]

पशुपति मित्र माविका प्रअसहित ३ जनाविरुद्ध भ्रष्टचारको मुद्धा

९ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल काठमाडौंका प्रधानाध्यापकसहित ३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । विद्यालयका प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरत बिक्रम बिसी र लेखापाल बद्रीप्रसाद पराजुलीले विद्यालयमा निर्माण भएको क्यान्टिनको रकम निकासाको क्रममा सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको प्रमाणित भएपछि मुद्धा […]

भ्रमण वर्षको मुखमा पर्यटक आगमनको वृद्धिदर घट्यो

९ असोज, काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउन भ्रमण वर्षको जोडतोडले तयारी गरिरहँदा पर्यटक आगमनको वृद्धिदर भने घटेको छ । पछिल्लो ८ महिनाको तथ्यांकमा पर्यटक वृद्धिदर ९ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको वृद्धिदर २५ प्रतिशत थियो । नेपाल पर्यटन बोर्डका अनुसार गत जनवरीदेखि अगस्टसम्मको अवधिमा ७ लाख ४२ हजार ६ सय जना पर्यटक […]

अझै तातेन दशैं बजार, व्यापारी भन्छन्- चहलपहल आधी

९ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं संघारमै आइसक्यो । नयाँ लुगा लगाउने, मीठो खाने चाडका रुपमासमेत परिचित दशैं व्यापार-व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो । खसी-बोकादेखि लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधनसम्मको विक्रीमा बहार आउने गर्छ हरेक दशैंमा । त्यसैले अरु बिदाको मुडमा हुँदा व्यापारीहरु चाहिँ झन् बढी व्यस्त हुनुपर्छ । दशैंको अघिल्लो दिनसम्म पनि […]

द्वन्द्व पीडितसँग माफी माग्दै प्रचण्डले भने : मैले पनि न्याय माग्नुछ

९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायका विषय टुंग्याउन ढिला भएको स्वीकार गर्दै क्षमायाचना गरेका छन् । राजनीतिक नेतृत्व र दलहरुकै कारण यो अहिलेसम्म लम्बिएको स्वीकार गर्दै उनले अब कमजोरी सच्याएर अघि बढ्ने बताए । १२ वर्षपछि परिस्थिति भिन्न बनेको भन्दै उनले छिट्टै दुबै आयोग बन्ने र कानून पनि […]

गुल्मीको सत्यवतीमा ५ जनालाई डेगुं

९ असोज, गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा ५ जना डेगुंका बिरामी देखा परेका छन् । गाउँपालिकाको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डक्टर शिला ढकालका अनुसार ५ जनामा डेगुंका बिरामीहरु देखा परेको बताइन् । बिरामी ५ जना मध्ये तीन जनाको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको र अन्य २ जनाको बुटवलमा उपचार भइरहेको ढकालले जानकारी दिइन् ।  

खेलकुदमन्त्री भन्छन् : साग तोकिएकै मितिमा हुन्छ

९ असोज, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तोकिएकै मितिमा हुने प्रतिबद्धता दिए । बिहीबार सिंहदरबारमा १३ औं साग समितिको गठनअघि मन्त्री विश्वकर्माले साग हुन्छ या हुदैन भनेर शंका नगर्न पनि आग्रह गरे । उनले भने, ‘मन्त्रिपरिषदबाट साग कार्यविधि पारित भइसकेको छ । बजेट पनि निकासा भइसकेको छ […]

स्पेनका लागि राजदूतमा शेर्पा नियुक्त

९ असोज, काठमाडौं । स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पा नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले शेर्पालाई राजदूत नियुक्त गरेकी हुन् । शेर्पा पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाकी छोरी एवं हेलिकप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन् ।

वीरगञ्जबाट नक्कली लाइसेन्स बनाउने २ जना पक्राउ

९ असोज, काठमाडौं । वीरगञ्जबाट नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-११ का ५१ वर्षीय मोहनलाल राउत कुर्मी र सोही स्थानका ४२ वर्षीय घनश्याम भण्डारी रहेका छन् । बाराको कोल्हवी नगरपालिका-४ प्रगति नगरका २१ वर्षीय रमेश चौधरीको बी श्रेणीको नक्कली सवारी चालक अनुमति पत्र […]

एसिड आक्रमणमा परेकी जेनी र मुस्कानलाई सरकारको ३ लाख सहयोग

९ असोज, काठमाडाैं । एसिड आक्रमणमा परेकी काठमाडाैं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो । काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड […]



from समाचार – Online Khabar https://ift.tt/2n106wE
via IFTTT
Powered by Blogger.