समाचार
१२ असोज, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्दछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन […]
१२ असोज, बाँके । बडा दशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले […]
१२ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नक्कली फेसबुक एकाउन्टबाट गलत क्रियाकलाप भएको पाइएको छ । मुख्यमन्त्रीको नाममा खोलिएको नक्कली फेसबुक एकाउन्टबाट केही व्यक्ति र सरकारी निकायका प्रमुखलाई म्यासेज गएपछि गलत क्रियाकलाप भएको थाहा भएको हो । नक्कली फेसबुक चलाएका व्यक्तिले उक्त एकाण्टबाट केही व्यक्तिहरु र सरकारी निकायका प्रमुखहरुलाई निर्देशन दिने र विभिन्न […]
१२ असोज, चितवन । साझा पार्टी चितवनले ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ । यो आक्रमणलाई साझाले ‘सत्ताधारी दलका कार्यकर्ताको शक्तिको दम्भ र गैरकानुनी’ भनेको छ । साझा पार्टी, चितवनका संयोजक भुपेन्द्र बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘ज्ञानेन्द्र शाही माथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न हामी सरकारलाई जोडदार […]
१२ असोज, सप्तरी । राजविराजस्थित मैथिली साहित्य परिषद्को अध्यक्षमा सतिशकुमार दत्तको प्यानल विजयी भएको छ । ११ सदस्यीय कार्यसमितिमा कोषाध्यक्षबाहेक सबै उम्मेदवार दत्त प्यानलबाटै विजयी भएका हुन् । शनिबार राति सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा निर्वाचित दत्तले २ सय ९७ मत पाए भने उनका प्रतिस्पर्धी रामखेलाबन यादवले १ सय ६४ मत प्राप्त गरे । उपाध्यक्षमा […]
१२ असोज, जनकपुरधाम । नेपालबाट भारत तर्फ चाँदी लैजाँदै गरेको अवस्थामा धनुषाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामस्थित ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारतको बिहार राज्य अन्तर्गत मधुवनीका धिरज ठाकुर रहेका छन् । बा.११ च. १२५० नम्बरको टाटा सुमोबाट धनुषाको जटही हुँदै भारततर्फ जाँदै गर्दा शनिबार राति चेकजाँचका क्रममा उनीहरुको […]
१२ असोज, धादिङ । धादिङकको नेत्रावती गाउँपालिका-५ मा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आइतबार बिहान साढे आठ बजे धादिङको नेत्रावती गाउँपालिका-५ केरुङ्जास्थित लापाङबाट सदरमुकाम धादिङबेशीतर्फ आउँदै गरेको बा४ख ५७९३ नम्बरको बस आफैँ अनियन्त्रित भइ सडकबाट केही मिटर तल खसेको थियो । दुर्घटनामा ३ महिला […]
१२ असोज, गुल्मी । चाडपर्वको बेला सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुन्छ । त्यही बेला अन्य समयमा भन्दा बढी दुर्घटनाहरु हुने गर्दछन् । दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमहरु पनि हुन्छन् । यही क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भने सहचालक बनेका छन् । गुल्मीबाट छुट्ने सवारी चालक र यात्रुलाई फूलमाला लगाएर बिदाई गर्ने क्रममा […]
१२ असोज, बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए आफ्नो पार्टीले संघीय सरकार छाड्ने बताएका छन् । आइतबार बुटवलमा आयोतित एक कार्यक्रममा राईले संविधान संशोधनको मुद्दामा सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाए । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान सहितको संघीयता लगायतका विषयहरु संविधान संशोधन गर्नुपर्ने उनकेा माग छ । समाजवादी पार्टीका नेता […]
१२ असोज, काठमाडौं । ज्यान मार्ने उद्योगमा सजाय सुनाइएका एकजना फरार अभियुक्त २४ वर्षपछि पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-१२ का ४९ वषर्ीय चिनवा भनिने समिम अख्तर अंसारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शनिबार राति सोही उनकै गाउँबाट पक्राउ गरेको हो । अंसारीलाई सर्वाेच्च अदालतको २०५२ जेठ २५ गतेको फैसलाले ज्यान मार्ने उद्योगमा ४ वर्ष […]
१२ असोज, काठमाडौं । हनुमानढोकास्थित दशैं घरमा धार्मिक विधिपूर्वक घटस्थापना गरिएको छ । आइतबार बिहान १०:३५ को शुभसाइतमा घटस्थापना गरिएको हो । दशैं घरमा घटनास्थापना गर्दा नेपाली सेनाको एक टुकडीले बढाइँसमेत गरेको थियो । दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको […]
१२ असोज, मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङले सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ । मनाङ जिल्ला समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालकहरुलाई सम्मान गरिएको हो । चामे गाउँपालिका वडा नम्बर ४ मा भएको कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल र प्रहरी निरीक्षक श्रवण कुमार विकले सवारी चालकहरुलाई अविर र माला […]
१२ असोज, वीरगञ्ज । चित्लाङ–थानकोट सडक खण्डको सवारी आवागमन भोलिबाट सञ्चालनमा आउने भएको छ । पीएस/किराँतेश्वर जेभी कन्स्ट्रक्सनले यो सडक खण्ड निर्माणको जिम्मा लिए पनि लामो समयदेखि अलपत्र रहँदै आएको थियो । गत जेठमा स्थानीयले सडक निर्माणको काम अवरुद्ध पारेर विरोध जनाएपछि सडक आयोजना कार्यालय, ठेकेदार पक्ष र स्थानीयबीच मंसिरभित्र निर्माण सम्पन्न गर्ने र दशैंमा […]
१२ असोज, दाङ । दाङमा १८ असोजमा एकदिने साहित्य महोत्सव हुने भएको छ । साहित्य तथा कला क्षेत्रमा क्रियाशील संस्था उदाहरण समूहले फूलपातीको अवसर पारेर महोत्सव गर्न लागेको हो । ‘समूहले विगत ५ वर्षदेखि विभिन्न साहित्य, कला र रंग क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ,’ महोत्सव संयोजक नवीन अभिलाषीले भने, ‘यस पटकको कार्यक्रम अलि फरक किसिमले […]
१२ असोज, चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१, दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । तामाङको […]
१२ असोज, पश्चिम नवलपरासी । पेप्सी कम्पनी भनेर चिनिने वरुण वेभरिज प्रालिका मजदुरहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । कम्पनीको व्यवस्थापन पक्षले मजदुरहरुले राखेका माग सम्बोधनको निर्णय कार्यान्वयन नगरेको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । श्रमिकहरुले अन्तिम पटकका लागि भन्दै यही असोज १४ गतेसम्मको समयसीमा दिएका छन् । तर पनि माग सम्बोधनमा चासो नदेखाएपछि बाध्य भएर […]
१२ असोज, काठमाडौं । उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन् । त्यसैगरी, उपाध्यक्षमा समावेशी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन […]
१२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स घाटामा गएकाले विदेश घुम्दा पनि आफ्नो मन शान्त नभएको बताएका छन् । उनले नेपाल एयरलाइन्सको समस्या समाधानको खोजी भइरहेको जानकारी पनि दिएका छन् । एनआरएनए क्यानडाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सहभागी मन्त्री भट्टराईले भने, ‘नेपाल एयरलाइन्स अहिले घाटामा गइरहेको अवस्थामा […]
१२ असोज, तम्घास । गुल्मीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-६ तल्लो कोरेङ्ग निवासी ६४ वर्षीय दुर्गादत्त ढकालको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । ढकाललाई सोही ठाउँ निवासी ४५ वर्षीय टोपबहादुर सार्कीले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ दुई […]
१२ असोज, काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्सको चुनाव आज हुँदैछ । संघको नेतृत्वका लागि २ आकांक्षी देखिएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । शर्मा हाल संघको उपाध्यक्ष रहेका […]
१२ असोज, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले अहिलेसम्म दुर्घटना नगराएका चालकलाई सम्मान गर्ने भएको छ । नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरेर ट्राफिकले थालेको दुर्घटना अभियानअन्तर्गत सवारी चालकलाई सम्मान गर्न लागिएको हो । ‘दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आज बिहान ७ जना चालकलाई सम्मान गर्दैैछौं’, महाशाखाका एसपी रविकुमार पौडेलले भने, […]
from समाचार – Online Khabar https://ift.tt/2nGAmFV
via IFTTT