समाचार
९ असोज, बुटवल । रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजित लगानी सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरे । सम्मेलन उदघाटन समारोहमा बोल्दै प्रचण्डसहित विभिन्न दलका नेताहरुले रुपन्देहीमा गरिने लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने बताएका छन् । करिब ५० अर्ब लगानी भित्र्याउने […]
९ असोज, पाल्पा । पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी रहेका छन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई/तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । गएराति ११ बजेतिर उनको मृत्य भएको हो । तानसेन नगरपालिका–१ […]
९ असोज, दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको बताएका छन् । आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलले आरोप लगाए । दाङमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले भने, ‘कम्युनिष्टहरु हिँजोसम्म मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के-के हुँदै अहिले सी […]
९ असोज, रामेछाप । लिखु तामाकोसी गाउँपालका सर्वसाधारणले स्थानीय सरकारले दिने सेवा सहजरुपमा नपाएको गुनासो गरेका छन् । गाउँपालिको वडानम्बर १ र २ मा स्थानीयको समस्याबारे जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको कार्यक्रममा उनीहरुले प्रमुख जिल्ला अधिकारीसमक्ष यस्तो गुनासो गरेका हुन् । कार्यक्रमा लिखु तामाकोसी-१ दुरागाउँका स्थानीय बासिन्दाले वडा सचिव नभेटिने, पशु सेवा कार्यालयमा कर्मचारी […]
९ असोज, काठमाडौं । मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा सुरुगरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरेपनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको छ । एक […]
९ असोज, बाँके । मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर नराखेर कानूनविपरीत व्यवसाय सञ्चालन गरेको पाएपछि संयुक्त बजार अनुगमन टोलीले बुधबार तत्कालका लागि रु ५० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण […]
९ असोज, विराटनगर । डुबान तथा कटानको क्षतिपूर्ति माग गर्दै आएका कोसी पीडितहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । कोसी पीडित संघर्ष समितिका अध्यक्ष महिदेवप्रसाद चौधरीले दशैं नजिकिएकाले आन्दोलन स्थगित गरेको जानकारी दिए । कोसी सम्झौताअनुसार राहत र क्षतिपूर्ती नपाएको भन्दै कोसी नदी कटान डुबान, पीडित संघर्ष समितिका नामबाट साउन ३२ गतेदेखि उदयपुर, सुनसरी र […]
९ असोज, रामेछाप । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस अरुका कारण नभइ आन्तरिक गुटबन्दीकै कारण सकिएको बताएका छन् । सदरमुकाम मन्थलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले अधिवेशनको बेलामा गुट हुनु स्वाभाविक भए पनि त्यसलाई निरन्तरता दिनु कांग्रेसका लागि दुर्भाग्य भएको बताए । ‘कांग्रेसलाई कसैले हराएको छ भने त्यो आफू भित्रको गुटबन्दीले हराएको छ’, […]
९ असोज, सप्तरी । सप्तरीबाट लागूऔषधसहित एक प्रहरी कर्मचारी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत कार्यालय सहयोगी अरुण राउत लागूऔषध नाइट्राभेटसहित जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिकाबाट पक्राउ परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उनकाे साथबाट नाइट्राभेट ७५ थान फेला परेको प्रहरीले जनाएको छ । उनी राजविराज नगरपालिका-६ […]
९ असोज, काठमाडौं । थाइल्यान्डको मल्टिनेसनल हस्पिटालिटी कम्पनी दुसित इन्टरनेशनल कम्पनीले काठमाडौंको लाजिम्पाटमा सुविधासम्पन्न होटल निर्माण गर्ने भएको छ । विश्वका विभिन्न देशमा सुविधासम्पन्न होटल सञ्चालन गर्दै आएको दुसितले होटल ल्हासा इन्टरनेसनल प्रालिसँगको सहकार्यमा ‘दुसित प्रिन्सेस होटल’ सञ्चालन गर्न लागेको हो । दुईबीच थाइ विशेषताको सुविधासम्पन्न ब्रान्डेड होटल सञ्चालनका लागि सहमति भएको दुसित इन्टरनेशलले जनाएको […]
९ असोज, काठमाडौं । यस वर्षको मनसुन दशैंसम्म नै यथावत रहने भएको छ । मनसुन दशैंसम्म रहने भएपछि मौसमविदहरूले दशैं घमाइलो नहुने अनुमान गरेका छन् । यस वर्षको दशैं असोज १२ देखि सुरु हुँदैछ । घटनास्थापना १२ गते र टीका २१ असोजमा परेको छ । तर, यस वर्षको दशैं गतिविधिलाई मौसमले प्रभाव पार्ने देखिएको छ […]
९ असोज, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आहृवान गरेको हो । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यको नीति नियममा बसेर […]
९ असोज, काठमाडौं । ०६८ सालपछि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको मर्जरको बहस अझै सकिएको छैन । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय क्षेत्रहरुको संख्या घटाउने उद्देश्य अनुरुप ३ वर्षअघि ल्याएको पुँजी वृद्धिको योजनापछि धेरै संस्था मर्जरमा गएका छन् । राष्ट्र बैंकले पूँजी वृद्धिको जुन अस्त्र प्रहार गर्याे, त्यसले ‘क’ […]
९ असोज, काठमाडौं । नेकपा केन्द्रीय कार्यालयको रेकर्ड हेर्ने हो भने वर्षमा कम्तिमा एक दर्जन साना–ठूला प्रतिनिधिमण्डल चीन गएको भेटिन्छ । चीनमा ७० वर्षदेखि शासन गरिरहेको कम्युनिस्ट पार्टी र ७० वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीबीच त्यहीबेलादेखि नै भाइचारा सम्बन्ध रहँदै आएको छ । नेकपा स्थापनाको चार वर्षपछि नै तत्कालीन महासचिव मनमोहन अधिकारीले चिनियाँ कम्युनिस्ट […]
९ असोज, काठमाडौं । २०७६ वैशाख १ गते गुल्मीको मुसीकोट नगरपालिकास्थित बडीगाढ खोलामा बनिरहेको पक्की पुल भाँचियो र ५ जना घाइते भए । ५ करोड १७ लाखको ठेक्कामा बनाउन सुरु गरिएको ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममै भाँचिएको थियो । ठेकेदार वाइपी जनबुद्ध निर्माण सेवा, काठमाडौंले ठेक्का पाएको पुल समयमै निर्माण गर्न नसकेको […]
९ असोज, जनकपुरधाम । जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा […]
९ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री ज्ञवालीले बुधबार ट्रम्पसँग भेटवार्ता गरेका हुन् । अमेरिकाले उच्चस्तरीय सम्बोधन गरेपछि विभिन्न देशको नेतृत्व गरेर आएकाहरूलाई रात्रिभोज दिने प्रचलन छ । यही परम्पराअनुसार, बुधबार आयोजना गरिएको रात्रिभोजमा ज्ञवालीले सहभागी […]
९ असोज, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि केही वर्षदेखि हवाई दुर्घटना हुने दर कम हुँदै गएको बताएका छन् । क्यानडाको शहर मड्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभालाई बुधबार सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालमा हवाई दुर्घटना हुने दर घट्दै […]
हामीले वर्ल्ड क्रिकेट लिगमा जति पनि प्रतियोगिता खेल्यौं, त्यसमा नयाँ प्रयोग गर्ने अवसर नै पाएनौं । किनकी हरेक खेल जित्नैपर्ने दबाब हुन्थ्यो । त्यसैले हामीसँग भएको उत्कृष्ट टिमलाई खेलाउँथ्यौं । एकदिवसीय टिम भएपछि नयाँ क्रिकेटिङ साइकलमा प्रवेश गरेका छौं । त्यसको पूर्वसन्ध्यामा ओमान र सिंगापुर टूर पाएका छौं । ओमानको भ्रमण पहिल्यै तय भएको थियो […]
८ असोज, काठमाडौं । सातवटै प्रदेश संसदले डेढ बर्ष बिताएका छन् । यो अवधिमा प्रदेश संसदहरुले के–कस्ता काम गरे ? यसबारे समीक्षा हुन बाँकी नै छ । तर, प्रदेश र संघीय संसदका उपसभामुख एवं राष्ट्रिसभाका उपाध्यक्षले काठमाडौंमा जम्मा भएर आफ्नो कार्यकालको आफैं समीक्षा गरेका छन् । मंगलबार काठमाडौंमा तीनवटा प्रदेशका उपसभामुख, संघीय संसदका उपसभामुख र […]
८ असोज, सप्तरी । नेपाली कांग्रेस सप्तरीले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन राजविराजमा भएको घटनाबारे बोलेको छ । र, पार्टी सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारबाही गर्ने बताएको छ । मंगलबार राजविराजमा आयोजित कार्यक्रममा मर्यादाक्रमलाई लिएर जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरी पक्षबीच विवाद भएको थियो । त्यसक्रममा यादव पक्षका कार्यकर्ताले चौधरीलाई […]
from समाचार – Online Khabar https://ift.tt/2mT5W2N
via IFTTT






















