समाचार
१२ असोज, काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हवाई सम्झौता भएको छ । सम्झौता क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरानमा भएको हो । सम्झौतामा नेपालका तर्फबाट पर्यटन मन्त्री योगेश भट्टराई र यूएईएका तर्फबाट त्यहाँका अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गरे । यी दुई मुलुकबीच यसअघि नै प्रारम्भिक द्विपक्षीय हवाई सेवा […]
१२ असोज, मनाङ । जिल्ला प्रहरी कार्यालय मनाङले सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ । मनाङ जिल्ला समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सवारी दुर्घटना न्यूनीकरणमा सघाएका चालकहरुलाई सम्मान गरिएको हो । चामे गाउँपालिका वडा नम्बर ४ मा भएको कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल र प्रहरी निरीक्षक श्रवण कुमार विकले सवारी चालकहरुलाई अविर र माला […]
१२ असोज, वीरगञ्ज । चित्लाङ–थानकोट सडक खण्डको सवारी आवागमन भोलिबाट सञ्चालनमा आउने भएको छ । पीएस/किराँतेश्वर जेभी कन्स्ट्रक्सनले यो सडक खण्ड निर्माणको जिम्मा लिए पनि लामो समयदेखि अलपत्र रहँदै आएको थियो । गत जेठमा स्थानीयले सडक निर्माणको काम अवरुद्ध पारेर विरोध जनाएपछि सडक आयोजना कार्यालय, ठेकेदार पक्ष र स्थानीयबीच मंसिरभित्र निर्माण सम्पन्न गर्ने र दशैंमा […]
१२ असोज, दाङ । दाङमा १८ असोजमा एकदिने साहित्य महोत्सव हुने भएको छ । साहित्य तथा कला क्षेत्रमा क्रियाशील संस्था उदाहरण समूहले फूलपातीको अवसर पारेर महोत्सव गर्न लागेको हो । ‘समूहले विगत ५ वर्षदेखि विभिन्न साहित्य, कला र रंग क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ,’ महोत्सव संयोजक नवीन अभिलाषीले भने, ‘यस पटकको कार्यक्रम अलि फरक किसिमले […]
१२ असोज, चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनमा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१, दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शनिबार राति ९ः४५ बजे घर नजिकै बाटोमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनस्थलमै मृत्यु भएको हो । तामाङको […]
१२ असोज, पश्चिम नवलपरासी । पेप्सी कम्पनी भनेर चिनिने वरुण वेभरिज प्रालिका मजदुरहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । कम्पनीको व्यवस्थापन पक्षले मजदुरहरुले राखेका माग सम्बोधनको निर्णय कार्यान्वयन नगरेको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । श्रमिकहरुले अन्तिम पटकका लागि भन्दै यही असोज १४ गतेसम्मको समयसीमा दिएका छन् । तर पनि माग सम्बोधनमा चासो नदेखाएपछि बाध्य भएर […]
१२ असोज, काठमाडौं । उद्योग वाणिज्य संघ इनरुवाको अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन् । त्यसैगरी, उपाध्यक्षमा समावेशी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन […]
१२ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स घाटामा गएकाले विदेश घुम्दा पनि आफ्नो मन शान्त नभएको बताएका छन् । उनले नेपाल एयरलाइन्सको समस्या समाधानको खोजी भइरहेको जानकारी पनि दिएका छन् । एनआरएनए क्यानडाले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सहभागी मन्त्री भट्टराईले भने, ‘नेपाल एयरलाइन्स अहिले घाटामा गइरहेको अवस्थामा […]
१२ असोज, तम्घास । गुल्मीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका-६ तल्लो कोरेङ्ग निवासी ६४ वर्षीय दुर्गादत्त ढकालको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । ढकाललाई सोही ठाउँ निवासी ४५ वर्षीय टोपबहादुर सार्कीले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार साँझ दुई […]
१२ असोज, काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्सको चुनाव आज हुँदैछ । संघको नेतृत्वका लागि २ आकांक्षी देखिएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । शर्मा हाल संघको उपाध्यक्ष रहेका […]
१२ असोज, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले अहिलेसम्म दुर्घटना नगराएका चालकलाई सम्मान गर्ने भएको छ । नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरेर ट्राफिकले थालेको दुर्घटना अभियानअन्तर्गत सवारी चालकलाई सम्मान गर्न लागिएको हो । ‘दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आज बिहान ७ जना चालकलाई सम्मान गर्दैैछौं’, महाशाखाका एसपी रविकुमार पौडेलले भने, […]
१२ असोज, काठमाडौं । कांग्रेस नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन् । मन्त्रिपरिषदको यसअघि बसेको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो । तर, पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारको यो निर्णयमाथि प्रश्न उठाएका छन् । विदेशको उपचार खर्च व्यहोर्ने […]
१२ असोज, काठमाडौं । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा […]
१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बोर्डुअक्सलाई पराजित गरेको छ । शनिबार राति पीएसजीले बोर्डूअक्सलाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । दुवै टिमले खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा भने पीएसजीले गोल गर्दै […]
१२ असोज, खोटाङ । बाढीले बगाएर खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका […]
१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ । शनिबार राति गेटाफेलाई उसैको भूमिमा बार्सिलोनाले २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज र जुनियर फिर्पोले गोल गरे । खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता […]
१२ असोज, काठमाडौं । साविक विजेता युभेन्टसले इटालियन सिरी ए फुटबलमा एसपीएएललाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई २-० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र मिरालिम पिजानिकले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो […]
१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा एभर्टनलाई उसैको घरेलु मैदानमा सिटीले ३-१ गोलन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले गोल गरे । एभर्टनका लागि डोमिनिक लेविनले गोल गरे । जिससले खेलको २४ औं […]
१२ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान १०ः३५ मा शुभ […]
१२ असोज, काठमाडौं । टुरिष्ट बसमार्फत भन्सार छलेर ल्याइएको ५५ लाख रुपैयाँ बराबरको कपडा महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठले बरामद गरेको छ । प्रभागका प्रहरी निरीक्षक भुपेन्द्र गिरी नेतृत्वको टोलीले विष्णुमतीमा रोकि राखिएको बा ५ ख ६९३९ नम्बरको टुरिस्ट बसबाट अवैध कपडा बरामद गरेको हो । प्रहरीका अनुसार बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो […]
१२ असोज, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनलाई सहज रुपमा पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई आफ्नै घरेलु मैदानमा २-० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोर्गिन्हो र विलियनले गोल गरे । पहिलो हाफमा दुई टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको ५०औं मिनेटमा चेल्सीका लागि जोर्गिन्होले […]
from समाचार – Online Khabar https://ift.tt/2mMVEl8
via IFTTT