समाचार
११ असोज, काठमाडौं । सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका […]
११ असोज काठमाडौं । काठमाडौँ उपत्यकाभित्र नै भूकम्पपछिको पुनःनिर्माणको कामले गति लिन नसकेको पाइएको छ । भूकम्प प्रभावित अन्य जिल्लामा पुनःनिर्माणले गति लिएको र ८५ प्रतिशतको हाराहारीमा प्रगति हुन लागेका बेला उपत्यका भने पुनःनिर्माणको अवस्था दुरुहपूर्ण नै रहेको छ । प्राधिकरणका अनुसार उपत्यकाको पुनः निर्माण ३४ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार […]
११ असोज सप्तरी । सप्तरीको डाकनेश्वरी गाउँपालिका–५ पातोकी २८ वर्षीया उर्मिलादेबी खङ्ग मण्डललाई जन्मकैद भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले भतिजाको हत्या अभियोगमा कारागारमा थुनामा रहेकी मण्डललाई ३१ महीनापछि जन्मकैद सजायको फैसला सुनाइएको जिल्ला अदालतका तहसिलदार हरि पराजुलीले जानकारी दिए । जिल्ला अदालतको आदेशमा आरोपित मण्डल २०७३ फागुन १२ गतेदेखि राजविराज […]
११ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जालमा सबैभन्दा आलोचना खेप्ने नेता मध्येमा एक पर्छन् । गल्ती कमजोरी गर्दा नेतृत्वले आलोचना खेप्नु त स्वभाविक हो तर कहिले काँही विना गल्ती गाली खनुपर्छ । शनिबार एक कार्यक्रममा पूर्वप्रधामन्त्री समेत रहेका प्रचण्डले त्यस्तै गुनासो पोखे । ‘यसो फेसबुक हेरौं भन्यो […]
११ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिष्ट पार्टी -नेकपा)लाई ‘कपाल नभएको मान्छेलाई काइँयो बेच्ने पार्टी’ भनेर टिप्पणी गरेका छन् । उनले नेकपा सरकारविरुद्ध लड्न तयारी गर्नुपर्ने पनि बताएका छन् । काठमाडौंमा शनिबार आयोजित दशैंको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले भने, ‘मार्कस् भन्यो, माओ भन्यो, लेनिन भन्यो, अहिले चीनको कम्युनिष्ट पार्टीको विचार […]
११ असोज, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम विथालेको छ । अभियानले चिवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो, जसमा अधिवक्ता सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायत सहभागी हुने कार्यक्रम थियो । तर नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको […]
११ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढ रहेको बताए । ‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो […]
११ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबरको तोस्रो सातातिर नेपाल भ्रमणमा आउँदैछन् । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालमा सरगर्मी बढेको छ । तर, सरकारीस्तरको तयारी हेर्दा भने भ्रमणबाट नेपालले ठूलै उपलब्धी हात पार्ला भन्ने अहिलेसम्म छाँटकाँट देखिँदैन । भ्रमणमा नेपाल र चीनबीच रेल सम्झौता हुने चर्चा भए पनि नेपालको […]
११ असोज, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा असफल सरकार भएको दावी गरेका छन् । दशैं खर्चसमेत धान्न नसकिने गरी सरकारले महँगी बढाएको उनले बताए । दशैंको अवसरमा पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले भने, ‘ओली सरकार नेपालमा सबैभन्दा असफल […]
११ असोज, विराटनगर । हात्तीसार वरपर मान्छे देख्नै हुँदैन, कुदेर आउँछ । नथाकेसम्म ओल्लो सार, पल्लो सार कुदिरहन्छ । गलेपछि आमाको छेउमा पुगेर थचक्क बस्छ । भोक लागे दूध चुसेर फेरि उही दैनिकीमा फर्कन्छ । यो दौडधुप कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको हात्तीसारमा हुर्कदै गरेकी छावा कुसाहाकलीको हो । तीन महिनाअघि जन्मिएकी कुसाहाकलीले हातिसारका लागि नयाँ […]
११ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नौबिसे-नागढुंगाको सवारी जाम पनि खुलाउन नसकेको भनेर सरकारको आलोचना गरेका छन् । जाममा परेर विरामीको मृत्यु हुँदासम्म पनि दुई तिहाइ बहुमतको सरकारले सहजरुपमा यात्रा गर्ने वातावरण बनाउन नसकेको भन्दै नेता सिंहले आलोचना गरे । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार बिहान आयोजना गरेको चियापान […]
११ असोज, काठमाडौं । डा. सञ्जीव उप्रेती सामान्य मानिसका लागि दुरह लाग्छन् । उनी चरासँग कुरा गर्छन् । रुखहरुलाई अंगालो हाल्छन् । घन्टौं एकान्तमा बस्छन् र एक्लै-एक्लै मुस्कुराउँछन् । उनी सुल्झिन नसकेको घटना जस्तै प्रतीत हुने गर्छन् । डा. उप्रेती आजको एक हजार वर्षपछि नेपालीले दालभात र तरकारीको साटो गँगटो खाएको देख्छन् र त्यसको सजीव […]
११ असोज, बैतडी । बैतडीमा शनिबार बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया सीतादेवी चन्द, ६६ वर्षीय किसन दयाल, १२ वर्षीय साजन दयाल, १५ वर्षीय नरेश सेरला, ३१ वर्षीया दिवानी ओड रहेका छन् । यस्तै गाडीका […]
११ असोज, पोखरा । अघिल्लो आर्थिक वर्षको बजेट खर्चबारे प्रदेश सरकारको समीक्षाको निश्कर्ष थियो, ‘जग्गा प्राप्ति नै नहुँदा बजेट खर्च नै प्रभावित भयो । जसका कारण करोडौं रुपैयाँ बजेट खर्च हुनै सकेन ।’ गत साल साउन १६ गतेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रादेशिक संरचना व्यवस्थापनका लागि प्रस्तावित जग्गाहरुको स्वामित्व दिन पत्राचार गर्ने […]
११ असोज, नवलपरासी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना विद्यार्थी नेतालाई प्रहरीले नवलपरासीको सुनवलबाट पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्वविद्यार्थी संयोजक नयनसिंह खड्का ‘नवीन’ पक्राउ परेका हुन् । उनीहरुलाई सुनवलको रमवापुरबाट शुक्रबार साँझ […]
११ असोज, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हरेक वर्ष बिरामीको संख्या बढ्दो छ । उपचार गर्न आउने धेरैजसो विरामी फोक्सोको क्यान्सरबाट पीडित भएको पाइएको छ । १५ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा अस्पतालको २० औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरिएको तथ्यांकले गत वर्ष भरतपुर क्यान्सर अस्पतालको बहिरंग विभागमा आएर एकलाख ३७ […]
११ असोज, काठमाडौं । ब्ल्याकहोल अन्तरीक्षको त्यो हिस्सा हो, जहाँ भौतिक विज्ञानको कुनै पनि नियमले काम गर्दैन । यसको गुरुत्वाकर्षणबाट केही पनि बच्न सक्दैन । यहाँसम्म कि प्रकाश पनि यहाँ प्रवेश गरेपछि बाहिर निस्कन सक्दैन । यसले आफूमाथि पर्ने सबै प्रकाशलाई सोस्छ । त्यसैले यसलाई ब्ल्याकहोल भनिएको हो । यसै वर्ष अपि्रलमा वैज्ञानिकहरुले ब्ल्याकहोलको एक […]
११ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्हृवासँग भेटवार्ता गरेका छन् । कजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा शुक्रबार सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो । बेइजिङमा बिहीबार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष लिउ सिनछङसँग भेटवार्ता गरेका […]
११ असोज, काठमाडौं । आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । यसैगरी मध्य तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि मौसमविले औंल्याएका छन् । जल तथा मौसम विज्ञान विज्ञानको मौसम […]
११ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरु नानकको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का शुक्रबार साँझ आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका हुन् । गुरु […]
१० असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतका फैसला वा आदेशहरु असम्वद्ध व्यक्ति, निकाय वा प्रकृयाबाट परीक्षण गर्नु स्वतन्त्र न्यायपालिका खिलाफ हुने बताएका छन् । एनसेलबारे सर्वोच्च अदालतले गरेको फैसलाबाट संसदमा प्रश्न उठेको थियो भने सर्वोच्चको फैसला अध्ययन गर्न नेपाल बार एशोसिएसनले समिति बनाएको छ । कतिपयले प्रधानन्यायाधीश जबराको शुक्रबारको सम्बोधन त्यसतर्फ लक्षित हुनसक्ने अनुमान […]
from समाचार – Online Khabar https://ift.tt/2o6q5Dl
via IFTTT