समाचार
१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई एक वर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एकमात्र पार्टी हुने गरी छिट्टै अभियान सुरु गर्ने बताए । ‘अब केन्द्रीय समिति बैठक बसेर एउटै मन एउटै संकल्प बनाएर जनतामा जान्छौं । जनतामा […]
१० असोज, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्योगी र ब्यापारी नसच्चिए सरकार आफैंले खसीबोका र चामल बेच्ने चेतावनी दिएका छन् । दशैंका बेला ब्यापारीले जथाभावी मूल्य बढाएको भन्दै उनले भने उद्योगी ब्यापारी सच्चिएनन् र मूल्य बढाउन रोकेनन् भने मन्त्रालय आफैं बसेर खसीबोकादेखि चामल बेच्ने अवस्था आउला ।’ दशै बजार व्यवस्थित बनाउन […]
१० असोज, सप्तरी । समाजवादी पार्टी सप्तरीका नेताहरुबीच कुटाकुट भएको छ । पार्टीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेताहरुबीच कुटाकुट भएको बताइएको छ । दशैंको अवसरमा स्थानीय साह धर्मशालामा आयोजना गरिएको कार्यक्रमपछि मदिरा पिएका नेताहरुबीच झगडा भएको बताइएको छ । बोल्ने जति सबैलाई जिल्ला इन्चार्ज सत्यनारायण यादवले चुप लगाउने गरेको र त्यही […]
१० असोज, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सञ्चालित एक सामाजिक संस्थाबाट ११ जना बालबालिकाको शुक्रबार उद्धार गरिएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वको टोलीले सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाले जोखिमपूर्ण अवस्थामा राखेका ११ जना बालबालिकाको उद्धार गरेको हो । उद्धार गरिएका सबै बालबालिका मुगुका रहेका छन् । ६ देखि १३ […]
१० असोज, काठमाडौं । सरकारले दशैंका लागि काठमाडौंमा असोज १३ गतेदेखि खसीबोका बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ३ हजार वटा च्यांग्रा र खसीबोका घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा बिक्री गर्न लागेको उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले दशैंका बेला हरेक वर्ष खसीबोका र च्यांग्रा बिक्री गर्दै आइरहेको छ । […]
१० असोज, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । काठमाडौंसँगै देशका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएका छन् । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुने जानकारी दिए । शुक्रबार दिउँसो काउन्टर बन्द गर्ने बेलासम्म ८ सय […]
१० असोज, हेटौंडा । पाँच वर्षमा आर्थिक वृद्धिदर ११.५ प्रतिशत पुर्याउने लक्ष्यसहित प्रदेश ३ सरकारले आवधिक योजना सार्वजनिक गरेको छ । शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको २०७६/०७७ देखि २०८०/०८१ सम्मको आवधिक योजना सार्वजनिक गर्दै आर्थिक वृद्धिको महत्च्वाकांक्षी लक्ष्य प्रस्तुत गरेका हुन् । प्रदेश विकास परिषद्को पहिलो बैठकमा मुख्यमन्त्री पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा कृषि क्षेत्रको […]
१० असोज, वीरगञ्ज । प्रदेश–२ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी संघीय सरकारको कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय प्रवद्र्धन समितिको अध्यक्ष समेत रहेका मन्त्री रायले कार्यविधि र बजेट उपलब्ध नगरी समिति बनाएको भन्दै असन्तुष्टि जनाएका हुन् । नेपाल […]
१० असोज, काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् । पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका […]
१० असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेशकुमार सिलवालले नेपाल क्रिकेट संघको नेतृत्व चयन सहमतिका आधारमा गर्नुपर्नेमा जोड दिएका छन् । क्रिकेट संघको विशेष साधारणसभाको युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव सिलवालले सर्व सम्मत नेतृत्व चयन गर्न राम्रो सन्देश जाने धारणा राखे । ‘अझै पनि […]
१० असोज, काठमाडौं । सरकारले आगामी असोज १३ गते ‘नेपाललाई खुला दिसामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर नेपाललाई खुला दिशा मुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम रहेको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन् । खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मगरले सामाजिक उत्थानको […]
१० असोज, चितवन । बुधबार साँझ भरतपुर-१० मा लागिरहेको हाटबजारमा कृष्णपुरका हुतराज पन्त एक महिला ब्यापारीसँग झगडा गरिरहेको भेटिए । कारण थियो तरकारीको मूल्य । एक मुठो साग हातमा लिएका पन्तलाई ती महिला ब्यापारीले ६० रुपैयाँ भनेपछि पारो छुट्यो । उनले हातबाट सागको मुठो भुँइमा फाल्दै भने, ‘अचाक्ली गर्ने, ठग्ने ?’ कृष्णराज पन्त जस्तैं धेरै […]
१० असोज, काठमाडौं । ‘माथिबाट गाडीको लस्कर हेर्दा त रेलजस्तै देखिन्छ है ?’ जाममा फसेको बसबाट बाहिर निस्किएका विशाल थापाले पसिना पुछ्दै भने, ‘सरकार रेल ल्याउँछु भन्छ, यहाँ गाडीकै रेल बनिसक्यो ।’ राजधानी काठमाडौं छिर्ने प्रमुख नाका नागढुंगामा एक हप्तादेखि अत्यासलाग्दो जाम छ । दशैंमा घर फर्किने हजारौं यात्रुहरु ९ घन्टासम्म जाममा फसेर निसास्सिएका छन् […]
१० असोज काठमाडौं । राजेश हमालत्योबेला चलचित्र क्षेत्रमा प्रवेश गरे, जुन समय नेपाली चलचित्र क्षेत्रको अवस्था निकै नाजुक थियो । चलचित्र क्षेत्रमा काम गरेर जीवन चलाउन सक्ने कुरामा शंका नै थियो । एउटा चलचित्र बन्यो भने अर्को चलचित्र बन्नको लागि कति समय कुर्नु पर्ने हो त्यसको उत्तर कसैसँग थिएन । तर, रहर न हो । […]
१० असोज, सल्यान । सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट बनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बनेका छन् । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा छन् […]
१० असोज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विज्ञापनबाट खुला प्रतिस्पर्धा हुन नदिई गुपचुप रुपमा २५ जना स्टाफ नर्स भर्ना गर्न लागेको भन्दै कर्मचारी संघले बिरोध गरेको छ । वीरकै कर्मचारीले नियम विपरीत आर्थिक चलखेल र आफन्त भर्ती गर्ने उद्देश्यले विज्ञापन नगरी कर्मचारी भर्ना नगरेको भन्दै संघका पदाधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत […]
माइक्रोबायोलोजी अर्थात् सूक्ष्मजीव विज्ञान यस्तो एउटा विषय हो, जसमा सूक्ष्म जीवाणुहरुको अध्ययन समेटिएको हुन्छ । नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म जीवहरुलाई सूक्ष्मदर्शकयन्त्रको प्रयोगले मात्र देख्न अनि अध्ययन गर्न सकिन्छ । सूक्ष्मजीवहरु विभिन्न प्रकारका हुन्छन् यी हुन्– ब्याक्टेरिया, भाइरस, फन्गी, पारासाइट्स आदि । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यस्ता सूक्ष्मजीवहरुले मानव, जनावर, वनस्पति, चराचुरुङ्गी, किराफट्याङ्ग्ररा लगायत सम्पूर्ण वातावरणमा […]
१० असोज, दमौली । नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महिनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महीनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन् । हेफर इन्टरनेशनल नेपाल र […]
१० असोज, बैतडी । बैतडी जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो । पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृद्ध कर्णसिंह साउदले बताए । सडक बन्ला भन्ने […]
१० असोज काठमाडौं । दशैं नजिकिएसँगै नेपालीहरुको घर-परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो । यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ । यसपालीको दशैंलाई आजैबाट नयाँ नोट वितरण सुरु गरिएको छ । धेरै व्यक्तिहरु बिहानैदेखि नयाँ […]
१० असोज, काठमाडौं । ०७४ मंसिरमा पहिलो पटक प्रदेशसभाको निर्वाचनपछि देशका सात प्रदेशमा सात संसद र सातवटा सरकार बने । पहिलो अभ्यासमा भएकाले प्रदेश संसद र सरकार काम सिक्दै गरेको अवस्थामा छन् । सुरुमा प्रदेशसभामा निर्वाचितहरुको जोस जाँगर बेग्लै थियो, धेरै काम गर्न सक्ने अपेक्षा थिए । यस्तै जोस जाँगर र अपेक्षा राख्नेमध्ये थिए गोरखा […]
from समाचार – Online Khabar https://ift.tt/2lxaED8
via IFTTT