समाचार
१० असोज, काठमाडौं । सिंगापुरमा आजबाट सुरु हुने टी–२० त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । इण्डियन एसोसिएसन क्रिकेट मैदानमा आज साझँ नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा जिम्बाब्वेसँग नेपालले खेल्न लागेको हो । टेष्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गर्ने लक्ष्यमा नेपाली टिम रहेको छ । डबल राउण्ड रोविनको आधारमा सञ्चालन सिरिजमा नेपालले […]
काठमाडौं । नेपालीहरुको ७२ वर्षे औसत आयु पार गरेर सत्यमोहन जोशी सय वर्ष कटिसकेका छन् । हामी नेपालीका निम्ति सय वर्ष बाँच्नु एक दूर्लभ अवसर हो । संस्कृतिविद् जोशी सय वर्षको उमेरमा पनि निरोगी छन् । यस्तो लाग्छ, उनमा अझैसम्म युवा जोश, उर्जा र जाँगर ज्यूँको त्यूँ छ । आखिर यत्तिका उमेरसम्म उनी कसरी स्वस्थ […]
१० असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबल च्याम्पियन बार्सिलोनालाई एन्टोनी ग्रिजम्यान भित्र्याउँदा नियम तोडेको भन्दै कारबाही गरिएको छ । स्पेनिस फुटबल फेडेरेसनले नियमविपरीत ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना गरेको हो । बार्सिलोनाले एथ्लेटिको मड्रिडबाट १२० मिलियन युरोमा गत जुलाईमा अनुबन्ध गरेको थियो । उता, एथ्लेटिको मड्रिडले भने रिलिज क्लोउजभन्दा कम […]
१० असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आजबाट सुरु हुँदैछ । नक्सालस्थित एक होटलमा आज दिउँसोदेखि सुरु हुने क्यानअधिवेशनमा निर्वाचन भने शनिबार हुनेछ । लामो समयदेखि क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनमा छ । यो निर्वाचनबाट क्यान निलम्बन फुकुवाको बाटो खुल्ने ठानिएकाे छ । निर्वाचनमा विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच अध्यक्ष पदका […]
१० असोज, धनगढी । सुदूरपश्चिम क्षेत्रकै ‘ड्रिम प्रोजेक्ट’ का रुपमा लिइएको धनगढीमा निर्माणाधीन गेटा मेडिकल कलेजको काम ८० प्रतिशत सकिएको कलेज पूर्वाधार निर्माण विकास समितिले जनाएको छ । ६ सय शैयाको उक्त मेडिकल कलेज बनेपछि सुदुरपश्चिमका जनता लाभान्वित हुनेछन् । नेपाल सरकारले आर्थिक वर्ष २०६६/०६७ मा मेडिकल कलेज निर्माणको घोषणा गरे पनि निर्माण कार्य ढिलो […]
१० असोज, काठमाडौं । मन्त्री र सचिवलाई प्रधानमन्त्रीले नतिजा निकाल्ने गरी काम गर्न दिएको निर्देशन आजका अधिकांश दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । त्यस्तै, अमेरिकी राजदूतको पछिल्लो सक्रियता, द्वन्द्वका गल्तीको जिम्मा लिने प्रचण्डको अभिव्यक्ति र अपराधलगायतका विषयलाई पनि आजका पत्रपत्रिकाहरूले प्राथमिकतापूर्वक ‘कभरेज’ गरेका छन् । अमेरिकी राजदूत र्यान्डी बेरीको सक्रियताबारे अन्नपूर्णले मुख्य समाचार बनाएको छ […]
९ असोज, काठमाडौं । संक्रमणकालीन न्याय निरुपण गर्ने विधिका सन्दर्भमा सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एक ठाउँमा उभिँदा सशस्त्र द्वन्द्वकालमा राज्यपीडित र माओवादी पीडितको स्वर पनि एउटै बनेको छ । शान्ति सम्झौताको १३ वर्ष पुग्न करीव दुई महिना बाँकी रहँदा राष्ट्रिय मानवअधिकार आयोगले विहीबार १० वर्षे सशस्त्र युद्धका दुवै पक्ष र […]
९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका सदस्यहरुसँग गत साउनमा गरेको कार्यसम्पादन सम्झौताको समीक्षा सुरु गरेका छन् । तर, विहीबारको बैठकमा प्रधानमन्त्री ओली मन्त्रीहरुको कामबाट सन्तुष्ट देखिएनन् । कार्यसम्पादन सम्झौतामा मन्त्रीहरुले उल्लेख गरेअनुसारका काम भएको वा नभएको सम्बन्धमा प्रधानमन्त्रीले विहीबार छलफल सुरु गरेका हुन् । मन्त्रालयहरुले गरेको कामको मूल्यांकन गर्न प्रधानमन्त्री तथा […]
९ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले जम्मु–कास्मिरको विषय भारतको आन्तरिक मामिला भएको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘भारतको आन्तरिक मामिलामा कुनै पनि देशको टाउको दुख्नुपर्ने कारण छैन ।’ नीति अनुसन्धान प्रतिष्ठान र नेसनल ल कलेजद्वारा आयोजित ‘आर्टीकल ३७० अफ दि कन्सिच्युसन अफ इन्डियाः परसेप्सन एण्ड रियालिटी’ […]
९ असोज, काठमाडौं । चितवन मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनबाट पुन चर्चामा आएको ‘निजी मेडिकल कलेज भर्सेज सरकारको लडाइँ’ उत्कर्षमा पुगेको छ । निजी मेडिकल कलेजको छाता संगठनले एसोसिएशन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले संस्था चलाउन सक्ने अवस्था नरहेको बताइसकेको छ । त्यसको तीन दिनअघि विद्यार्थीबाट असुलेको अतिरिक्त शुल्क फिर्ता नगरे निजी मेडिकल कलेज […]
९ असोज, काठमाडौं । दमौली जान काठमाडौंबाट विहान ६ बजे गाडी चढेका डोरबहादुर थापा बेलुकी चार बजे मात्रै गन्तब्यमा पुगे । कारण हो, पृथ्वीराजमार्गको अत्यासलाग्दो जाम सास्तीपूर्ण जाम । १० बजे कार्यालय भ्याउने गरी हिँडेका उनी कार्यालय समय सकिने समयमा मात्रै दमौली पुगे । ‘यस्तो जाम मैले जिन्दगीमा कहिल्यै भोगेको थिइनँ,’ दमौलीबाट टेलिफोन सम्वादमा उनले […]
९ असोज, काठमाडौं । राष्ट्रिय योजना आयोगले तल्ला सरकारहरुबाट समपुरक तथा विशेष अनुदानका लागि कार्यक्रमहरु माग गरेको छ । आयोगका अनुसार समपुरक अनुदानका लागि माग गरिने आयोजनाको पूर्वतयारी सम्पन्न भएको हुनुपर्छ । संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारलाई कुनै पूर्वाधार विकास सम्बन्धी आयोजना कार्यान्वयन गर्न दिने रकम समपुरक अनुदान हो । यस्तो अनुदान कूल लागतको […]
९ असोज, काठमाडौं । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका उपरथी प्रभुराम शर्माको पदावधि थप गर्ने निर्णय गरेको छ । यससँगैसेनाको भावी नेतृत्वको दौडमा शर्मा अगाडि आएका छन् । जंगीअड्डाबाट भएको सिफारिसका आधारमा एक वर्ष दुई महिना १५ दिनका लागि पदावधि थप गर्ने निर्णय गरिएको हो । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदावधि थप […]
९ असोज, काठमाडौं । बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले बताएको छ ।
९ असोज, काठमाडौं । २०७६ वैशाख १ गते गुल्मीको मुसीकोट नगरपालिकास्थित बडीगाढ खोलामा बनिरहेको पक्की पुल भाँचियो र ५ जना घाइते भए । ५ करोड १७ लाखको ठेक्कामा बनाउन सुरु गरिएको ५८ मिटर लामो पक्की पुल ढलान गर्ने क्रममै भाँचिएको थियो । ठेकेदार वाइपी जनबुद्ध निर्माण सेवा, काठमाडौंले ठेक्का पाएको पुल समयमै निर्माण गर्न नसकेको […]
९ असोज, काठमाडौं । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग बिहीबार भएको छलफलमा त्यस्तो समझदारी भएको हो । मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच […]
९ असोज, नवलपरासी । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संविधान संशोधन नगरे सरकारमा बसिरहनुको औचित्य नहुने बताएका छन् । विहीबार कावासोतीमा समाजवादी पार्टी नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा भट्टराईले तत्कालीन संघीय समाजवादी फोरम सरकारमा सामेल हुँदा भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए । ‘गरिँदैन र सहमतिअनुसार संशोधन भएन […]
९ असोज, पोखरा । सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्ष घोषणा गरेको गण्डकी प्रदेश सरकारको यसमा तयारी भने निकै सुस्त देखिएको छ । गत फागुन ९ गते नै आन्तरिक भ्रमण वर्षको घोषणा गरेको सरकारले त्यसको ६ महिनापछि असार १५ गते ‘भ्रमण वर्ष मूल समारोह समिति गठन’ गर्यो । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री […]
९ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिल काठमाडौंका प्रधानाध्यापकसहित ३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । विद्यालयका प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरत बिक्रम बिसी र लेखापाल बद्रीप्रसाद पराजुलीले विद्यालयमा निर्माण भएको क्यान्टिनको रकम निकासाको क्रममा सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको प्रमाणित भएपछि मुद्धा […]
९ असोज, काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउन भ्रमण वर्षको जोडतोडले तयारी गरिरहँदा पर्यटक आगमनको वृद्धिदर भने घटेको छ । पछिल्लो ८ महिनाको तथ्यांकमा पर्यटक वृद्धिदर ९ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको वृद्धिदर २५ प्रतिशत थियो । नेपाल पर्यटन बोर्डका अनुसार गत जनवरीदेखि अगस्टसम्मको अवधिमा ७ लाख ४२ हजार ६ सय जना पर्यटक […]
९ असोज, काठमाडौं । नेपालीहरुको महान चाड दशैं संघारमै आइसक्यो । नयाँ लुगा लगाउने, मीठो खाने चाडका रुपमासमेत परिचित दशैं व्यापार-व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो । खसी-बोकादेखि लत्ताकपडा, खाद्यान्नदेखि सवारीसाधनसम्मको विक्रीमा बहार आउने गर्छ हरेक दशैंमा । त्यसैले अरु बिदाको मुडमा हुँदा व्यापारीहरु चाहिँ झन् बढी व्यस्त हुनुपर्छ । दशैंको अघिल्लो दिनसम्म पनि […]
from समाचार – Online Khabar https://ift.tt/2n2YeU0
via IFTTT