Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

सुरक्षित गर्भपतन कहाँ गर्ने ? ५२ प्रतिशत महिलालाई थाहै छैन

काठमाडौं । नेपालमा ५२ प्रतिशत महिलालाई सुरक्षित गर्भपतनको सेवा कहाँ पाइन्छ भन्नेसमेत जानकारी नरहेको पाइएको छ । राजधानीमा आइतबार र सोमबार दुई दिन आयोजित स्वास्थ्य सम्बन्धी एक छलफलम यस्तो तथ्यांक पेश भएको हो । युथ एक्सन नेपालको आयोजनामा भएको छलफल कार्यक्रममा आइतबार ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने सोमबार ५० भन्दा बढी संघसंस्था, […]

दशैंलगत्तै राष्ट्रपति म्यानमार र जापान भ्रमणमा निस्कदै

१३ असोज,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकैपटक म्यानमार र जापानको भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म्यानमारको औपचारिक भ्रमणपछि राष्ट्रपति जापान जाने गरी भ्रमण तालिका बन्दैछ । म्यानमारका राष्ट्रपति विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी अक्टोबर तेस्रो साताअघिनै औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति […]

वर्तमान सरकार पूर्वराजा शासनकालको मण्डले जस्तो : खाँड

१३ असोज, जनकपुरधाम । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले वर्तमान सरकार निरंकुशताको पराकाष्ठा नाघ्दै गएको बताएका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्वराजाहरुभन्दा पनि ठूलो निरंकुश बनिसकेको बताए । राजाहरुको शाषण र अहिलेको नेकपाको शाषणमा कुनै फरक छैन्’ नेता खाँडले सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भने, “चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमण र […]

प्रदेश ५ सरकारद्वारा अस्थायी कर्मचारी दरबन्दी स्वीकृत

१३ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेश योजना आयोगको सचिवालयका लागि अस्थायी संगठन संरचना तथा दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले आयोगको सचिवालयका लागि ९औं र १०औं तहका कर्मचारीसहित १० जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । प्रदेश ५ को सोमबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका डिभिजन […]

लालबाबुले भने – रेडियो मेकानिकले पनि अनलाइन चलाए

१३ असोज, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारिताकोे विश्वसनीयतामा कमी आएको बताएका छन् । स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न सोमबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले रेडियो मेकानिकले पनि अनलाइन चलाएका कारण विश्वसनीयता कमी आएको बताएका हुन् । भेडा च्याङ्ग्रा भनेर नेपाली र विदेशी नेताको फोटो छापिएको […]

१५ हजार घुससहित प्रहरी नायव निरीक्षक पक्राउ

१३ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित एक जना प्रहरी नायव निरीक्षकलाई रुपन्देहीबाट सोमबार नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मंगलापुर रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जिसीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा बुटवलबाट खटेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । बिमा रकमका लागि सिफारिस […]

डाक्टरहरुले भने – अस्पतालमा हुलहुज्जत गर्नेलाई कारबाही होस्

१३ असोज, काठमाडौं । काठमाडौंको ओम अस्पतालका चिकित्सक प्रा.डा. भोलाराज जोशीमाति सांघातिक आक्रमणको धम्की दिएको प्रति चिकित्सा क्षेत्रका विभिन्न संघ संस्थाले विरोध जनाएका छन् । उक्त घटनाचले समस्त चिकित्सा जगतलाई नै दुरुत्साहित बनाएको उनीहरुले बताएका छन् । नेपाल चिकित्सक संघ, नेपाल दन्त चिकित्सक संघ, युवा चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, डक्टर्स सोसाइटी अफ नेपाल, महाराज […]

महोत्तरीबाट चाँदीसहित २ जना भारतीय नागरिक पक्राउ

१३ असोज, जनकपुरधाम । सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी नगरपालिकाबाट चाँदीसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढीका रोहित साह र सुनिल ठाकुर रहेका छन् । उनीहरुको साथबाट डेढ किलो चाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बीआर ३० एम ७९९० नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउने क्रममा चेकजाँच गर्दा सशस्त्र प्रहरीको […]

महाकाली नगरपालिकाका ४ वडाको एउटै कार्यालय

१३ डोटी, असोज । पुरानो भवनमाथि तला थपिँदैछ । भवनको बीचमा पर्ने गरी छतमा सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको साईबोर्ड राखिएको छ । साइनबोर्डमा लेखिएको छ ‘महाकाली नगरपालिका वडा नं. ६, ७, ८, ९ र १० को कार्यालय ।’ नेपाल-भारत सीमामा बग्ने महाकाली नदी पारी पर्ने महाकाली नगरपालिका कञ्चनपुर जिल्लामा पर्छ । १० वडा रहेको […]

कृष्ण पहाडीलाई मातृ शोक

१३ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलाई मातृ शोक परेको छ । पहाडकी आमा राधादेवी दाहालको ७५ बर्षको उमेरमा निधन भएको हो । आइतबार राति बिराटनगर स्थित आफ्नै निवासमा उनको निधन भएको हो । मानव अधिकार तथा शान्ति समाज उनको निधनप्रति गहिरो शोक ब्यक्त गरेको छ । उनको अमर […]

५६ लाख ६० हजार घरघुरीमा शौचालय !

१३ असोज, काठमाडौं । सोमबार राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र बनेको घोषणा गरे । लगत्तै आतिसबाजी भयो, सहभागीहरुले खुशियाली मनाए । खानेपानी तथा सरसफाइ मन्त्रालयकाअनुसार ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएका छन् । १० असार २०६८ मा तात्कालीन प्रधानमन्त्री झलनाथ खनालले कास्की जिल्लालाई […]

दशैंलाई लक्षित गरी गुल्मीमा भेंडा च्याङ्ग्रा भित्रिँदै

१३ असोज, गुल्मी । नेपालीहरुको महान पर्व दशैं नजिकिएसँगै गुल्मीको तम्घास बजारमा भेंडा च्याङ्ग्रा भित्रिन सुरु भएको छ । प्रत्येक वर्ष झैँ यो वर्ष पनि दशैंलाई लक्षित बाग्लुङ लगायतका स्थानबाट गुल्मीमा भेंडा च्याङ्ग्रा बिक्रीका लागि भित्रिन सुरु भएको हो । वडादशैंको चहलपहल बढ्न थालेसँगै तम्घास बजारमा भेडा च्याङग्रा किन्नका लागि सर्वसाधरणको भीड लाग्न थालेको व्यपारीहरुले […]

ईजीआरपीलाई निरन्तरता दिने स्थानीय तहका प्रमुखको प्रतिबद्धता

१३ असोज, वीरगञ्ज । पर्साका स्थानीय तहका प्रमुखहरुले राष्ट्रिय प्रारम्भिक शिक्षा पढाई कार्यक्रम (ईजीआरपी) प्रभावकारी देखिएको बताएका छन् । उनीहरुले युएसआईडीले सहयोग नगरे पनि स्थानीय तहले कार्यक्रमलाई निरन्तरता दिने गरी तयारी गर्ने प्रतिबद्धता जनाएका छन् । वीरगञ्जमा सोमबार आयोजित जिल्ला स्तरीय नेतृत्व विकास तथा पैरवी कार्यक्रममा कतिपय स्थानीय तहका प्रमुखले ईजीआरपीले १-३ कक्षाकोठा व्यवस्थापनका लागि […]

सुरु भयो दशैंको च्यांग्रा बिक्री (फोटो फिचर)

१३ असोज, काठमाडौं । दशैंका लागि सरकारले सोमबारदेखि च्यांग्राको बिक्री थालेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सोमबारदेखि थापाथलीबाट च्यांग्राको बिक्री गर्न थालेको हो । जिउँदो च्यांग्रा प्रतिकिलो ७ सय ३० रुपैयाँमा बिक्री गरेको कम्पनीले जनाएको छ । दशैंका लागि सरकारले मुस्ताङबाट च्यांग्रा ल्याएको हो । दशैंका लागि ल्याएको खसीबोका आइतबारदेखि नै बिक्री भइरहेको […]

खुला दिसामुक्त देश घोषणामा प्रधानमन्त्रीले सम्झिए जेलको चर्पी

१३ असोज, काठमाडौं । सोमबारबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जेल बस्ताको चर्पी सम्झिए । ‘म बसेको एउटा सानो कोठा थियो । त्यसकै छेउमा एउटा शौचालय थियो । लाइनै बस्नुपर्थ्यो शौच गर्न । त्यस्तो अवस्थाबाट हामीले एउटा कोठा खाली गरेर शौचालय बनायौं’ सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले भने । […]

निजी विद्यालयहरु सामाजिक सुरक्षा योजनामा आउन तयार

१३ असोज, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश हुन निजी तथा संस्थागत विद्यालयहरु तयार भएका छन् । सरकारले निजी तथा संस्थागत विद्यालयसँग पटक–पटक छलफल गरी यस विषयमा सहमति जुटाएको हो । यो कोषमा आवद्ध हुन सरकारले सबै रोजगारमुलक प्रतिष्ठानहरुलाई असोज मसान्तसम्मको समयसीमा दिएको छ । तर, निजी विद्यालयहरु यसमा जोडिनका लागि तत्पर देखिएका […]

चितवन मेडिकल कलेजका विद्यार्थीको आन्दोलन स्थगित

१३ असोज, चितवन । सहमतिअनुसार बढी लिएको शुल्क फिर्ता गर्न २४ घण्टे अल्मिमेटम दिएका चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गर्ने तयारी स्थगित गरेका छन् । बडादशैं नजिक आएको र हरेक विद्यार्थीहरु घर जानुपर्ने भएकाले हाललाई आन्दोलन स्थगित गरिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए । ‘दशैंलाई लक्षित गरी हामीले आन्दोलन स्थगित गर्‍यौं’, […]

मिलेनियम च्यालेन्ज कोअपरेसनमा नेपाल र अमेरिकाबीच सम्झौता

१३ असोज, काठमाडौं । मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) का कार्यक्रम कार्यान्वयनका लागि नेपाल र अमेरिकी सरकारबीच सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा उक्त कार्यक्रम कार्यान्वयनका लागि अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले हस्ताक्षर गरेका छन् । यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई ५ सय मिलियन अमेरिकी डलर (५० […]

शान्ति समाजले भन्यो – सत्तापक्षबाटै आक्रमण हुनु लोकतन्त्रको मर्ममाथि प्रहार

१३ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबाट विपक्षी दलका नेता कार्यकर्तामाथि आक्रमण प्रयास भएकोप्रति मानवअधिकार तथा शान्ति समाजले निन्दा गरेको छ । शान्ति समाजका सभापति उत्तम पुडासैनीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाका कार्यकर्ताले श्रृंखलाबद्धरुपमै आक्रमण गर्नुले सरकारको असहिष्णु चरित्रको पर्दाफास भएको उल्लेख गरेका छन् । फरक विचार राख्नेहरुमाथि आक्रमणमै उत्रिनुले लोकतन्त्रको मर्ममाथि […]

दशैंमा प्याजले रुवायो, एकै दिन ३० रुपैयाँ मूल्य बढ्यो

१३ असोज, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ । कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ (औसतमा) पुगेको छ । जुन अघिल्लो दिन आइतबार मात्र १०५ रुपैयाँ मात्र थियो । पछिल्लो दुई दिनमा अरु तरकारीको मूल्यमा […]

स्वराज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

१३ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ बांदरेमोडमा सोमबार स्वराज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार सिन्धुपालचोकका २९ वर्षीय राजिब गुरुङ रहेका छन् । चितवनबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख  ८३१९ नम्बरको गाडीले विपरित दिशातर्फ जाँदै गरेको बा ९५ प […]



from समाचार – Online Khabar https://ift.tt/2ox9ubT
via IFTTT
Powered by Blogger.