समाचार
१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए । खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, […]
१३ असोज, अमरगढी । डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत […]
१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाकै अवधिभित्र तीनवटा ठूला सरकारी संरचनाको शिलान्यास गरे । यी तीनवटा संरचना प्रधानमन्त्री-मन्त्री-सांसदका आवासका लागि हुन् । सिंहदरबारमा सांसद भवन र बालुवाटारमा नयाँ प्रधानमन्त्री निवासको शिलान्यास गरेका ओलीले आज पुल्चोकमा नयाँ मन्त्री निवास सिलान्याश गरेका हुन् । अहिले भएको मन्त्री निवास साँघुरो भएको भन्दै ललितपुरको भैसैंपाटीमा […]
१३ असोज, काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् । सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला […]
१३ असोज, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । सोमबार इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला […]
१३ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका-९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा हानेको थियो । साेही ठाउँबाट होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका-२ का […]
१३ असोज, काठमाडौं । घटस्थापनासँगै असन बजारमा दशैंको चहलपहल बढेको छ । असन अरुबेला पनि भीडभाड हुने बजार हो । यहाँ दैनिक उपभोग्य बस्तुदेखि लुगाफाटो, गरगहना किन्नेहरु असनमै पुग्छन् । दशैं लागेपछि यो भीड बढ्दो छ । असन बजारमा छिर्न मुस्किल हुन्छ । किनमेलका लागि कपडा, खाद्यान्न, जुत्ताचप्पल, सुनचाँदी, भाँडाकुँडा लगायतका पसलमा भीड लागेको छ […]
१३ असोज, काठमाडौं । साझा पार्टीको युवा संगठनले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिट तनहुँमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि भएको अवरोधको विरोध गरेको छ । उक्त घटनाले लोकतन्त्रको उपहास भएको भन्दै साझा युवा संगठनले सरकार सञ्चालन गर्ने दलकै नेताको आह्वानमा यस्ता घटना भएको आरोप लगाएको छ । ‘सामान्य राजनीतिक संस्कारलाई समेत ख्याल नगरी सरकार र […]
१३ असोज, गुल्मी । गुल्मीमा बाटो खन्ने क्रमममा सोमबार स्काभेटर पल्टिएको छ । इस्मा गाउँपालिका-४ कोटकोटेरीमा बाटो खन्ने क्रममा बा.२ ख. ५५५४ नम्बरको स्काभेटर सडकदेखि १ सय मिटर तल खसेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । श्रीकृष्ण कन्स्ट्रक्सनले इस्मा गाउँपालिका मैदानबाट कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटो बनाइ […]
१३ असोज, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आउन अब करिब दुई महिना छ । नेपालमै हुने यस सागमा बक्सिङतर्फ १६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर, उनीहरुको अभ्यासको अवस्था भने दयनीय छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको भवन नजिकै एउटा चमेना गृह (क्यान्टिन) छ । यसको अगाडिपट्टि रहेको खाली मैदानमा […]
१३ असोज, बुटवल । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चिनियाँहरुले स्वदेशमै रोजगारी र काम गरेका कारण चीनले आर्थिक विकासमा चमत्कार गरेको बताएका छन् । नेपाली जस्तै चिनियाँहरु पनि विदेशमा रोजगारीका लागि हाम फालेको भए अहिलेको चीन बन्न नसक्ने मन्त्री गिरीले औंल्याए । नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनको ७०औं राष्ट्रिय […]
१३ असोज, काठमाडौं । पार्किङ गरिराखेको गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरी राखेको बा४ख २०५६ नम्बरको माइक्रोबस (हाइस) तोडफोडमा संलग्न गोरखा मैलुङ गाउँपालिका-८ घर भइ काठमाडौं बालाजु बस्ने २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारीका २२ वर्षीय हिमाल खड्का पक्राउ परेका हुन् […]
१३ असोज, काठमाडौं । जहाजमा यात्रुको चाप बढेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले क्षमता अभिवृद्धिको काम भइरहेको छ । धावनमार्गसँगै जोडिएको समानान्तर ट्याक्सी वे, स्ट्रीट लाइटसहित अन्य बाटो र संरचना पुनर्निर्माणका काम गर्न विमानस्थल दैनिक ७ घण्टा बन्द हुन्छ । खुलेको दैनिक १७ घण्टाको अवधिमा विमानस्थलले पूर्ण क्षमतामा काम गर्नुपर्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका […]
१३ असोज, काठमाडौं । तनहुँका कृष्ण गुरुङ (४६) सानैदेखि पशुपन्छीलाई माया गर्ने स्वभावका थिए । गाउँ–घरमा पशु मार हानेको देख्दा दुःखी हुन्थे । माछा-मासुमा उनलाई त्यति रुची थिएन । अन्तत २५ वर्षको भएपछि उनले घोषितरुपमै माछा-मासु खान छोडे । २७ वर्षको हुँदा पुरै ‘भेगान’ बने । कृष्ण अहिले मासुजन्य पदार्थ नखाने मात्र होइन, पशुबाट बन्ने […]
१३ असोज, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने पिठौली गाउँमा एउटा चौर बनाइएको छ । चौरलाई घेरेका अग्ला-अग्ला रुखमा विभिन्न प्रजातिका करिब १५० लोपोन्मुख गिद्धहरू आगन्तुकहरूको निगरानी गर्दै बसिरहेका छन् । उनीहरू कहिले एउटा हाँगो समाउछन् त काहिले अर्को रूखतिर हानिन्छन् । एकै छिनमा सबैको ध्यान भुँइतिर केन्द्रित हुन्छ । नहोस् पनि किन ? रेस्टुरेन्टमा […]
१३ असोज, जनकपुरधाम। दुई वटा सरकारी कार्यालयको १ करोड ७८ लाख रुपैयाँ रकम किर्ते गरी कुम्ल्याउने करार सेवाका कम्प्युटर अपरेटरलाई प्रहरीले पक्राउ गरेको छ । कम्प्युटर ल्याबका निम्ति तीन वर्षअघि नियुक्त भएका महोत्तरीका प्रवीण ठाकुरले धनुषास्थित दुई वटा सरकारी कार्यालयको बैंक खाताबाट उक्त रकम निकालेर आफ्नो खातामा जम्मा गराएका थिए । यो समाचार अनलाइनखबरले २० […]
१३ असोज, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति नेकपा (क्रान्तिकारी माओवादी)ले बिरोध जनाएको छ । पार्टीका महासचिव मोहन बैद्य किरणले सोमबार विज्ञप्ति प्रकाशित गरी मोदीले गौतम बुद्ध भारतमा जन्मिएको सन्देश दिने अभिव्यक्ति दिएको भन्दै बिरोध जनाएका हुन् । यही सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले भारतले विश्वलाई बुद्ध दिएको बताएका […]
१३ असोज, सर्लाही । विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, […]
१३ साउन, झापा । प्रहरीले झापाको अर्जुनधारा-१ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोरामा लुकाएर राखिएको ‘हाई एक्सप्लोसिभ’ २ सय ५ लोला बरामद भउको हो । अनारमनीका डीएसपी मोहनकुमार थापाका अनुसार विप्लव समूहका झापा सेक्रेटरी मनिष […]
१३ असोज, काठमाडौं । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको ज्यान गएको छ । बाढीले बिहारमा […]
१३ असोज, काठमाडौं । द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समिति भंग गर्न माग गरेका छन् । जवाफदेहिता निगरानी समितिले सोमबार जारी गरेको विज्ञप्तिमा विधेयक बनाउनुपूर्व सरोकारबालाहरूसँगको परामर्शलाई प्रभावकारी बनाउन सिफारिस समिति भंग गर्न माग गरेका हुन् । दुवै आयोगका पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश […]
from समाचार – Online Khabar https://ift.tt/2oypyuh
via IFTTT