समाचार
१० असोज, सल्यान । सिद्धकुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले पानी घट्ट बनाउने काम गर्न थालेको ३७ वर्ष भयो । सोह्र वर्षका उमेरदेखि पानी घट्ट बनाउन व्यस्त रेउले आजभोलि फुर्सदिलो बनेका छन् । एउटै खानीबाट ५० लाखभन्दा बढीका पानीघट्ट बिक्री गरेर आठ जनाको परिवारको खर्च टार्दै आएका सोही ठाउँका नरबहादुर रेउले पनि अहिले फुर्सदमा छन् […]
१० असोज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विज्ञापनबाट खुला प्रतिस्पर्धा हुन नदिई गुपचुप रुपमा २५ जना स्टाफ नर्स भर्ना गर्न लागेको भन्दै कर्मचारी संघले बिरोध गरेको छ । वीरकै कर्मचारीले नियम विपरीत आर्थिक चलखेल र आफन्त भर्ती गर्ने उद्देश्यले विज्ञापन नगरी कर्मचारी भर्ना नगरेको भन्दै संघका पदाधिकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत […]
१० असोज, काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । काठमाडौंसँगै देशका विभिन्न स्थानमा सटही सेवा उपलब्ध गरिएका छन् । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले सटही सुविधा असोज १० देखि १७ गतेसम्म उपलब्ध हुने जानकारी दिए । शुक्रबार दिउँसो काउन्टर बन्द गर्ने बेलासम्म ८ सय […]
माइक्रोबायोलोजी अर्थात् सूक्ष्मजीव विज्ञान यस्तो एउटा विषय हो, जसमा सूक्ष्म जीवाणुहरुको अध्ययन समेटिएको हुन्छ । नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म जीवहरुलाई सूक्ष्मदर्शकयन्त्रको प्रयोगले मात्र देख्न अनि अध्ययन गर्न सकिन्छ । सूक्ष्मजीवहरु विभिन्न प्रकारका हुन्छन् यी हुन्– ब्याक्टेरिया, भाइरस, फन्गी, पारासाइट्स आदि । प्रत्यक्ष वा अप्रत्यक्षरुपमा यस्ता सूक्ष्मजीवहरुले मानव, जनावर, वनस्पति, चराचुरुङ्गी, किराफट्याङ्ग्ररा लगायत सम्पूर्ण वातावरणमा […]
१० असोज, दमौली । नजिकिँदै गरेको दशैँलाई लक्षित गरी विगत दुई महिनाको अवधिमा आठ सहकारी संस्थाले रु ८३ लाख मूल्य बराबरको खसी बिक्री गरेका छन् । तनहुँका छ र लमजुङका दुई सहकारी संस्थाले साउन र भदौ महीनामा मात्रै रु ८३ लाख ६० हजार ३५ मूल्य बराबरको खसी बिक्री गरेका हुन् । हेफर इन्टरनेशनल नेपाल र […]
१० असोज, बैतडी । बैतडी जिल्लाको दुर्गम तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकाको पिपलकोटमा पहिलोपटक गाडी पुग्दा स्थानीय बासिन्दा हर्षित भएका छन् । शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखान हुँदै छेला–बारु–पिपलकोट सडक निर्माणको काम सम्पन्न भएपछि पिपलकोटमा पहिलोपटक गाडी पुगेको हो । पहिलोपटक गाडी पुग्दा निकै खुशी लागेको स्थानीय ६० वर्षीय वृद्ध कर्णसिंह साउदले बताए । सडक बन्ला भन्ने […]
१० असोज काठमाडौं । दशैं नजिकिएसँगै नेपालीहरुको घर-परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ । दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो । यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ । यसपालीको दशैंलाई आजैबाट नयाँ नोट वितरण सुरु गरिएको छ । धेरै व्यक्तिहरु बिहानैदेखि नयाँ […]
१० असोज, काठमाडौं । ०७४ मंसिरमा पहिलो पटक प्रदेशसभाको निर्वाचनपछि देशका सात प्रदेशमा सात संसद र सातवटा सरकार बने । पहिलो अभ्यासमा भएकाले प्रदेश संसद र सरकार काम सिक्दै गरेको अवस्थामा छन् । सुरुमा प्रदेशसभामा निर्वाचितहरुको जोस जाँगर बेग्लै थियो, धेरै काम गर्न सक्ने अपेक्षा थिए । यस्तै जोस जाँगर र अपेक्षा राख्नेमध्ये थिए गोरखा […]
१० असोज, काठमाडौं । प्राध्यापक केआर खम्बूको जीवनकथा ‘छायाँको लस्कर’ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संघर्षशील दिनहरू सम्झना गराएको उल्लेख गरे । ‘यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो,’ प्रधानमन्त्रीले अघि भने, ‘यो पुस्तकको नाम छायाँको लस्कर […]
१० असोज, चितवन । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी चितवनको पर्यटकीय नगरी पटिहानीबाट पोखरासम्म पर्यटकीय बस सेवा सञ्चालन गरिएको छ । भरतपुर महानगरपालिका वडा नं. २२ मा पर्ने पटिहानीदेखी पोखरासम्म चल्ने बस सेवाको पूर्वअर्थमन्त्री एवम् चितवन क्षेत्र नं. १ का सांसद सुरेन्द्रप्रसाद पाण्डेले उद्घाटन गरे । देशको तेस्रो पर्यटकीय गन्तब्यका रुपमा चितवन […]
१० असोज, काठमाडौं । उमेरले ८० कटेका सूर्यकुमार अधिकारी एम्बुलेन्समा बिरामी लिएर हिँडेको ८ घण्टा बढी भयो । झण्डै ६ घन्टा त नागढुंगाको जाममा परे । एम्बुलेन्स चालकले निरन्तर साइरन बजाएका छन् तर पनि बाटो पाएका छैनन् । यसो अगाडि बढ्यो कि रोकिहाल्छ । गल्छीमाथि उकालोमा घ्याच्च-घ्याच्च गर्दागर्दै रात बित्यो । ‘बिरामी निकै गलेकी छन्, […]
१० असोज, काठमाडौं । सरकारले पर्यटन व्यवसायमार्फत मुलुकलाई योगदान दिएका उत्कृष्ट कम्पनीहरुलाई पुरस्कृत गरेको छ । विश्व पर्यटन दिवसको अवसर पारी शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले पुरस्कार वितरण गरे । सबैभन्दा बढी पर्यटक भित्राउने हवाई सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ । यस कम्पनीले ३ लाख […]
१० असोज, भद्रपुर । झापाको अर्जुनधारा–५ मा साझेदारीमा कृषि फार्म खोलेका मामा भक्तबहादुर भुजेल र भाञ्जा निर्मल अधिकारी लहरे तरकारी खेती गरेरै लखपति बनेका छन् । उनीहरुले फार्मको नाम पनि ‘मामा–भाञ्जा सिर्जनशील कृषि फार्म’ राखेका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँघरमै बसेर आधुनिक खेती गर्नु उचित ठान्दै लहरे तरकारी खेतीमा होमिएको मामा भक्तबहादुर भुजेलले बताए […]
१० असोज, काठमाडौं । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)अध्यक्ष राष्ट्रका हैसियतमा नेपालले आयोजना गरेको क्षेत्रीय बैठकमा भारत र पाकिस्तानको दुश्मनी छताछुल्ल भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीले एकले अर्कोलाई बहिस्कार गरेका हुन् । न्यूयोर्कमा आयोजित बैठकमा वर्णानुक्रम अनुसार पहिले भारतका विदेशमन्त्री एस जयशंकरले बोल्ने समय पाएका थिए […]
१० असोज, काठमाडौं । सल्यानमा आज (शुक्रबार) विहान पिकअप भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका-४ किमिचौरस्थित सठकमा लु१च ४१५३ नम्बरको भ्यान दुर्घटना हुँदा किमिचौरकै ६७ वर्षीय कर्मी पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान अनियन्त्रित भइ सडकबाट २५ मिटर तल खस्दा घाइते भएकी पुनको […]
१० असोज, काठमाडौं । पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो । धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित […]
१० असोज, धरान । धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई बिहीबार साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ […]
१० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले काठमाडौंसँगै देशका विभिन्न स्थानबाट आजदेखि नयाँ नोटको सटही सेवा उपलब्ध गराएको छ । राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा भीड लागेको छ । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपलब्ध गराइएको राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र […]
१० असोज, काठमाडौं । दशैँ नजिकिएसँगै पोखरा र गोरखाको अग्रिम टिकट बुकिङ खुला भएको छ । असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला भए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको हो । बुकिङसँगै नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । सयौँ व्यक्ति एकाबिहानैदेखि पोखरा र […]
१० असोज, काठमाडौं । उपचारका लागि काठमाडौं ल्याइँदै गरिएका एक बिरामीको नौबीसेको जाममा फसेर मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । मिर्गौला रोगी साहलाई रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५३६४ नंको बसमा राखेर उपचारका लागि काठमाडौं ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२, हुलाकडाँडास्थित […]
१० असोज, काठमाडौं । गत ७ भदौमा तीनकुनेबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा एकैचोटि तीनवटा मोटरसाइकललाई ठक्कर दियो । दुर्घटना बढेपछि टिपरलाई राति मात्र ‘रिङ रोड’ प्रवेश गर्न दिने निर्णय भएयता घटेको गम्भीर र भयानक घटनामध्ये थियो यो । महानगरीय प्रहरी वृत्त, गौशालाले ठक्कर दिने ना ३ ख ४३१७ नम्बरका टिपर चालक २८ वर्षीय सोनाम […]
from समाचार – Online Khabar https://ift.tt/2mhi5P8
via IFTTT