समाचार
८ असोज, काठमाडौं । देवघाट क्षेत्रमा जलविद्युत आयोजना निर्माणको चर्चा ३५ वर्षपछि फेरि ब्युँतिएको छ । नेपाल विद्युत प्राधिकरणले धार्मिक रुपमा निकै महत्वपूर्ण मानिने यो क्षेत्रलाई कुनै नकारात्मक असर नपर्ने गरी बहुउद्देश्यीय आयोजना निर्माण गर्न सकिने सम्भावनाको खोज थालेको छ । प्राधिकरणले चितवन, तनहुँ र नवलपरासीको सिमानामा बग्ने नारायणी नदीमा सप्तगण्डकी वहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणको […]
८ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज (बुधबार) हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० तारिणिप्रसाद लम्साललाई ९ वटा गाडीको साँचो हस्तान्तरण गरेका छन् । मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौ गाडी खरिद […]
८ असोज, काठमाडौं । राष्ट्रियसभा अन्तरगत रहेको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ ले केही समय पहिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएर सोधेको थियो, ‘हाम्रा राष्ट्रिय महत्वका दस्तावेजहरु खोई ? कहाँ हराए ?’ समितिले मन्त्री ज्ञवालीलाई राष्ट्रिय महत्वका दस्तावेजहरु रेकर्डमा नभेटिनुको कारणबारे सोधखोज गर्यो । राष्ट्रियसभाको सो समितिका एक सदस्य अनलाइनखबरसँग भन्छन्, ‘नेपालसँग सुगाैली सन्धि, सन् […]
८ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । राजस्व प्रशासनमा पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले भन्सारका कर्मचारीलाई निर्देशन दिएका हुन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षणमा पुगेका अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न […]
८ असोज, काठमाडौं । अर्कै विषयमा अध्ययनका सिलसिलामा तीन हप्ताअगाडि झापाको जलथल पुग्दा वनस्पतिविद् भरतबाबु श्रेष्ठ छक्कै परे । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक श्रेष्ठले गाउँभरि नै एउटा नयाँ वनस्पति फैलिएको देखे । हुन त वनस्पतिविदका रूपमा २० वर्षभन्दा लामो समय अनुसन्धानमा संलग्न हुँदा श्रेष्ठले यस्ता नयाँ बिरुवा धेरै देखे । आखिर उनको अध्ययनको क्षेत्र नै नेपालकै […]
८ असोज, काठमाडौं । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताव नेतृत्वको टोली काठमाडौंमा दुई दिने प्रशिक्षण तथा नेकपासँगको समझदारीपत्रमा हस्ताक्षरपछि बुधवार बेइजिङ फर्किएको छ । तावलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ […]
८ असोज, गुल्मी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी रामबहादुर कुँवर ‘नवीन’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ती टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । कुँवरलाई मंगलवार दिउँसो बडीगाड गाउँपालिका–५, रेमीस्थित आफ्नै घरबाट […]
८ असोज, काठमाडौं । चिनियाँ नागरिकको समूहले नेपाली बैंकको एटीएम ह्याक गरेर करिब दुई करोड रुपैयाँ लुटेको एक महिना बित्न नपाउँदै पुनः उस्तै प्रकृतिको घटना दोहोरिएको छ । यसले नेपाली बैंकिङ क्षेत्रको फितलो साइबर सुरक्षा प्रणालीलाई उदांगो पारेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले १६ भदौमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर चोरिएको रकम बरामद […]
८ असोज, काठमाडौं । सहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण सुरु गरेको दीर्घकालीन फोहर संकलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको […]
८ असोज, काठमाडौं । दशैं आउन केही दिन अगाडि लामो दुरीमा चल्ने बसहरुले अग्रिम टिकट बुकिङ खुला गर्छन् । यसले गर्दा यात्रुलाई आफ्नो यात्रा पहिल्यै सुनिश्चित गर्न सजिलो हुन्छ भने, पछि हुलमुलमा ठगिने डर पनि हुँदैन । तर, छोटो वा मध्यम दुरीमा चल्ने साना सवारीसाधनको टिकट भने अग्रिम काट्न सकिँदैन । काठमाडौंबाट बाहिरिने यात्रुको ठूलो […]
८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालमा विद्युतको उच्च माग १ हजार ६ सय मेगावाट हुने अनुमान थियो । तर, १ हजार ३ सय २० मेगावाटमा सीमीत भयो । यसको मुख्य कारण थियो, पिक डिमान्ड (साँझ–बिहानको विद्युत माग) घट्नु । नेपालको विद्युत आपूर्तिमा सबैभन्दा चुनौती भनेकै पिक डिमान्डको व्यवस्थापन हो । बिहान […]
८ असोज, काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी […]
मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको त कुरै नगरौं । डा.सूर्यराज आचार्यले इञ्जिनियरिङमा पीएचडी गर्नुभयो । तपाईंले पढ्दै गर्दा हामीलाई लाइबेरी जाने फुर्सद थिएन । यो देशमा राष्ट्रियताको झण्डा पनि हामीले नै बोक्यौं । जनजीविकाको झण्डा पनि हामीले नै बोक्यौं । […]
८ असोज, काठमाडौं । दशैं आएपछि नेपालमा मासुको विक्री ह्वात्तै बढ्छ । थोरै उपभोग गर्ने वा आर्थिक स्थिति कमजोर भएकाहरु तौलेर मासु किन्छन् भने धेरै उपभोग गर्नेहरु खसी नै ढाल्छन् । मासु मानिसका लागि महत्वपूर्ण पौष्टिक आहार पनि हो । तर, मान्छेका लागि मात्र नभएर किटाणुका लागि पनि यो उत्तिकै पौष्टिक हुन्छ । त्यसैले मासुको […]
८ असोज, काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय समितिमा रहनेहरुमध्ये, आफ्नो भागमा परेको संख्या अनुसारको नामावली साविकको वाईसीएल नेपालले टुंगो लगाएको छ । ३३५ सदस्यीय केन्द्रीय समितिमा साविकको वाईसीएलको भागमा १५५ जना र साविकको युवासंघका भागमा १७६ जना परेको थियो । चार सदस्य पछि मनोनित गर्ने सहमति भएको छ । राष्ट्रिय युवा संघ नेपालका […]
८ असोज, काठमाडौं । बैंकिङ क्षेत्रमा पछिल्लो समय सिस्टम हृयाकिङको विषय चर्चामा छ । चिनियाँ हृयाकरहरुले एटिएम हृयाक गरेर करोडौं रकम निकालेको विषय सेलाउन नपाउदै पुनः कृषि विकास बैंक ह्याक भएको घटना सार्वजनिक भएको छ । कृषि विकास बैंकको सिस्टम हृयाक गरेर ठूलो रकम निकालिएको छ । प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख रुपैयाँ निकालिएको […]
८ असोज, काठमाडौं । वैदेशिक रोजगार व्यावसायी संघको अध्यक्षमा कांग्रेस निकट विष्णुप्रसाद गैरे विजयी भएका छन् । प्रमुख सत्तारुढ नेकपा निकट संयुक्त व्यावसायी समूहका सरोज कुमार पोखरेललाई ४७ मत अन्तरले हराउँदै गैरे अध्यक्षमा विजयी भएका हुन् । यसअघि निवर्तमान नेतृत्व वामपन्थी निकटको थियो । तर टानको निर्वाचनमा जस्तै वैदेशिक रोजगार व्यवसायी संघको चुनावमा पनि कांग्रेससँग […]
८ असोज, काठमाडौं । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे । यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो […]
८ असोज, काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६/७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना […]
८ असोज, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा एन्टोनी ग्रिजम्यान र अर्तुर भिडाले गोल गरे । यता, भिल्लारियलका लागि भने स्यान्टी क्याजोर्लाले गोल फर्काएका थिए । खेलको छैटौं मिनेटमा नै बार्सिलोनाका ग्रिजम्यानले […]
८ असोज, काठमाडौं । नेपाली युवा फुटबल टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् । साफ यू-१८ च्याम्पियनसिपमा नेपालको खराब प्रदर्शनको जिम्मेवारी लिँदै मुख्य प्रशिक्षक श्रेष्ठले राजीनामा दिएका हुन् । अखिल नेपाल फुटबल संघ -एन्फा)मा श्रेष्ठले राजीनामा पत्र बुझाएको प्रवक्ता किरण राईले जानकारी दिए । श्रेष्ठ २०७५ सालमा एन्फा एकेडेमीको यू-१८ टिमको मुख्य प्रशिक्षक […]
from समाचार – Online Khabar https://ift.tt/2kYqPJr
via IFTTT





















