Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

मेडिकल कलेजले अतिरिक्त रकम फिर्ता नगरे डा. केसीले आन्दोलन गर्ने

८ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । […]

सिन्धुपाल्चोकमा अलैंचीको उत्पादन घट्यो, किसान चिन्तित

८ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा अलैंचीको उत्पादन घट्न थालेपछि किसानहरु चिन्तित भएका छन् । अलैंची उत्पादनका लागि प्रख्यात सिन्धुपाल्चोकको पाचँपोखरी थाङपाल गाउँपालिकाको थाङपालकोट, भोताङलगायतका ठाउँमा हाल उत्पादन घट्न थालेको हो । ४ वर्षअघि अलैंचीका लागि पकेट क्षेत्र घोषणा गरेको उक्त गाउँपालिकामा यसअघि ५ क्वीन्टल उत्पादन हुने गथ्र्यो तर दुई वर्षयता अलैंची उत्पादन घटेको छ । […]

पोखराको ‘पप्पु’ : न ठेक्का समयमा सक्छ, न भवनको भाडा बुझाउँछ

८ साउन, पोखरा । सिर्जना चोकमा रहेको पोखरा महानगरपालिकाको तीन तले भवन २०७३ सालदेखि जस्ट इन टाइम नामक कम्पनीले भाडामा लिएको छ । पाँच वर्षका लागि भाडा सम्झौता गरेको उसले महानगरलाई भाडा भने तिरेको छैन । भाडा नतिरेको भन्दै महानगरले एक करोड बैंक ग्यारेन्टी जफत गरिसकेको छ । तर महानगरपालिकाले भाडा र जरिवाना गरी एक […]

काठमाडौंमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु   

८ असोज, काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा बुधबार बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको […]

तीन एआईजीको सरुवा, अपराध अनुसन्धानमा कार्की

८ असोज, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो । यसअघि एआईजीहरु […]

नेकपाको श्रृंखलावद्ध हार : म्यानपावरमा पनि पत्तासाफ !

८ असोज, काठमाडौं । सत्तारुढ नेकपाप्रति जनताको मत कस्तो छ भनेर बुझ्न मंसिर १४ को उपनिर्वाचन पर्खिनुपर्ला । तर, निर्माण व्यवसायी संघदेखि यातायात, बैदेशिक रोजगार र पर्यटन व्यवसायी संगठनहरुका चुनावमा लगातार पराजयले दुईतिहाई जनमतप्राप्त नेकपाका नेताहरुलाई झस्काइ दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा सम्वद्ध प्यानल नै पराजित भएपछि सोही […]

नेमकिपा नेतृत्वमा पुरुषै पुरुष

८ असोज, काठमाडौं । नेपाल मजुदर किसान पार्टी (नेमकिपा) को सचिवालय, केन्द्रीय पदाधिकारी र प्रदेश इन्चार्ज महिलाविहीन भएको छ । २०३१ सालदेखि पार्टी अध्यक्ष रहँदै आएका नारायणमान बिजुक्छेको अध्यक्षतामा गठित सचिवालयमा पाँचै जना पुरुष छन् । विजुक्छेको अध्यक्षतामा गठित सचिवालयमा प्रेम सुवाल, सुनिल प्रजापति, नन्दबहादुर शाही र मोहनप्रसाद प्रजापति सदस्य छन् । केन्द्रीय कमिटी बैठकले […]

पर्वतारोहीको उद्दार अगाडि विभागमा खबर नगरे कारबाही

८ असोज, काठमाडौं । ‘फेक रेस्क्यू’ निरुत्साहित गर्न सरकारले बनाएको कार्यविधि विपरित उच्च हिमाली भेगबाट उद्दार सम्बन्धी काम भइरहेको पाइएको छ । पर्यटक खोज, उद्दार, उपचार तथा अनुमगन सम्बन्धी कार्यविधि २०७५ अनुसार पर्वतारोहीको उद्दार गर्नु अगाडि पर्यटन विभागलाई अनिवार्य जानकारी गराउनु पर्ने प्रावधान छ । यो प्रावधान सन् २०१८ को शरद ऋतुबाट थालनी भएको थियो […]

करेन्ट लागेर श्रीमानश्रीमतीसहित ३ जनाको मृत्यु

८ असोज, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् । महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको […]

देवघाट जोगाएर नारायणीमा बहुउद्देश्यीय जलाशयुक्त आयोजना !

८ असोज, काठमाडौं । देवघाट क्षेत्रमा जलविद्युत आयोजना निर्माणको चर्चा ३५ वर्षपछि फेरि ब्युँतिएको छ । नेपाल विद्युत प्राधिकरणले धार्मिक रुपमा निकै महत्वपूर्ण मानिने यो क्षेत्रलाई कुनै नकारात्मक असर नपर्ने गरी बहुउद्देश्यीय आयोजना निर्माण गर्न सकिने सम्भावनाको खोज थालेको छ । प्राधिकरणले चितवन, तनहुँ र नवलपरासीको सिमानामा बग्ने नारायणी नदीमा सप्तगण्डकी वहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणको […]

कानून मन्त्रालयमा थन्किएका ९ वटा गाडी प्रहरीलाई हस्तान्तरण

८ असोज, कैलाली । सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रहरीको लागि खरिद गरेको गाडी आज (बुधबार)  हस्तान्तरण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० तारिणिप्रसाद लम्साललाई ९ वटा गाडीको साँचो हस्तान्तरण गरेका छन् । मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौ गाडी खरिद […]

नेपालका ऐतिहासिक दस्तावेज पूर्वराजाले लगेको सरकारको आरोप

८ असोज, काठमाडौं । राष्ट्रियसभा अन्तरगत रहेको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ ले केही समय पहिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएर सोधेको थियो, ‘हाम्रा राष्ट्रिय महत्वका दस्तावेजहरु खोई ? कहाँ हराए ?’ समितिले मन्त्री ज्ञवालीलाई राष्ट्रिय महत्वका दस्तावेजहरु रेकर्डमा नभेटिनुको कारणबारे सोधखोज गर्‍यो । राष्ट्रियसभाको सो समितिका एक सदस्य अनलाइनखबरसँग भन्छन्, ‘नेपालसँग सुगाैली सन्धि, सन् […]

राजस्व प्रशासन स्वच्छ राख्नुस् : अर्थमन्त्री

८ असोज, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । राजस्व प्रशासनमा पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले भन्सारका कर्मचारीलाई निर्देशन दिएका हुन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षणमा पुगेका अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न […]

पहाडतिर उक्लन थाले मिचाहा वनस्पति

८ असोज, काठमाडौं । अर्कै विषयमा अध्ययनका सिलसिलामा तीन हप्ताअगाडि झापाको जलथल पुग्दा वनस्पतिविद् भरतबाबु श्रेष्ठ छक्कै परे । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक श्रेष्ठले गाउँभरि नै एउटा नयाँ वनस्पति फैलिएको देखे । हुन त वनस्पतिविदका रूपमा २० वर्षभन्दा लामो समय अनुसन्धानमा संलग्न हुँदा श्रेष्ठले यस्ता नयाँ बिरुवा धेरै देखे । आखिर उनको अध्ययनको क्षेत्र नै नेपालकै […]

चीनका कम्युनिस्ट नेता फर्किए, विचारको छलफल शिक्षाप्रद रहेको नेकपाको ठहर

८ असोज, काठमाडौं । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताव नेतृत्वको टोली काठमाडौंमा दुई दिने प्रशिक्षण तथा नेकपासँगको समझदारीपत्रमा हस्ताक्षरपछि बुधवार बेइजिङ फर्किएको छ । तावलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ […]

विप्लव समूहका बागलुङ सेक्रेटरी पक्राउ

८ असोज, गुल्मी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बागलुङका जिल्ला सेक्रेटरी रामबहादुर कुँवर ‘नवीन’ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी खर्वाङको संयुक्त गस्ती टोलीले कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । कुँवरलाई मंगलवार दिउँसो बडीगाड गाउँपालिका–५, रेमीस्थित आफ्नै घरबाट […]

‘स्लिपर सेल’ को शैलीमा नेपाली बैंकमा लुट

८ असोज, काठमाडौं । चिनियाँ नागरिकको समूहले नेपाली बैंकको एटीएम ह्याक गरेर करिब दुई करोड रुपैयाँ लुटेको एक महिना बित्न नपाउँदै पुनः उस्तै प्रकृतिको घटना दोहोरिएको छ । यसले नेपाली बैंकिङ क्षेत्रको फितलो साइबर सुरक्षा प्रणालीलाई उदांगो पारेको छ । काठमाडौं प्रहरी परिसर, टेकुले १६ भदौमा ६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेर चोरिएको रकम बरामद […]

बञ्चरेडाँडाको फोहर व्यवस्थापनस्थलको निर्माण कार्य रोकियो

८ असोज, काठमाडौं । सहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा निर्माण सुरु गरेको दीर्घकालीन फोहर संकलनस्थल निर्माणको काम दुई सातादेखि रोकिएको छ । बञ्चरेडाँडा जाने बाटो सिसडोलमा पहिरो गएपछि नुवाकोट र धादिङको सिमानामा निर्माण भइरहेको दीर्घकालीन फोहर व्यवस्थापनको काममा समस्या आएको मन्त्रालयले जनाएको छ । लगातारको वर्षाका कारण निर्माणस्थलसम्म जाने बाटोमा पहिरो गएपछि निर्माणको काममा समस्या आएको […]

दशैंलाई अग्रिम टिकट नदिने साना सवारीले यसरी ठग्छन् यात्रु

८ असोज, काठमाडौं । दशैं आउन केही दिन अगाडि लामो दुरीमा चल्ने बसहरुले अग्रिम टिकट बुकिङ खुला गर्छन् । यसले गर्दा यात्रुलाई आफ्नो यात्रा पहिल्यै सुनिश्चित गर्न सजिलो हुन्छ भने, पछि हुलमुलमा ठगिने डर पनि हुँदैन । तर, छोटो वा मध्यम दुरीमा चल्ने साना सवारीसाधनको टिकट भने अग्रिम काट्न सकिँदैन । काठमाडौंबाट बाहिरिने यात्रुको ठूलो […]

विद्युत् खपत बढ्दा ‘पिक डिमान्ड’ भने घट्यो

८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालमा विद्युतको उच्च माग १ हजार ६ सय मेगावाट हुने अनुमान थियो । तर, १ हजार ३ सय २० मेगावाटमा सीमीत भयो । यसको मुख्य कारण थियो, पिक डिमान्ड (साँझ–बिहानको विद्युत माग) घट्नु । नेपालको विद्युत आपूर्तिमा सबैभन्दा चुनौती भनेकै पिक डिमान्डको व्यवस्थापन हो । बिहान […]

थानकोट–नागढुङ्गा सडकखण्डमा ओभरटेक गर्न नपाइने

८ असोज, काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो । महानगरीय ट्राफिक प्रहरी […]



from समाचार – Online Khabar https://ift.tt/2mxZjmw
via IFTTT
Powered by Blogger.