समाचार
१३ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ बांदरेमोडमा सोमबार स्वराज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार सिन्धुपालचोकका २९ वर्षीय राजिब गुरुङ रहेका छन् । चितवनबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको गाडीले विपरित दिशातर्फ जाँदै गरेको बा ९५ प […]
१३ असोज , काठमाडौं । कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत रहेका छन् । तिनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । […]
१३ असोज, वीरगञ्ज । चाडपर्वलाई लक्षित गरी बारामा विशेष सुरक्षा योजना लागू गरिएको छ । आम नागरिकले विजया दशमी, दिपावली तथा छठ पर्व सहज ढंगले मनाउने वातावरण निर्माणका लागि विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । कुनै पनि प्रकारका आपराधिक घटना हुन नदिइ […]
१३ असोज, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आउन अब करिब दुई महिना छ । नेपालमै हुने यस सागमा बक्सिङतर्फ १६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर, उनीहरुको अभ्यासको अवस्था भने दयनीय छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको भवन नजिकै एउटा चमेना गृह (क्यान्टिन) छ । यसको अगाडिपट्टि रहेको खाली मैदानमा […]
१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए । खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, […]
१३ असोज, अमरगढी । डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत […]
१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाकै अवधिभित्र तीनवटा ठूला सरकारी संरचनाको शिलान्यास गरे । यी तीनवटा संरचना प्रधानमन्त्री-मन्त्री-सांसदका आवासका लागि हुन् । सिंहदरबारमा सांसद भवन र बालुवाटारमा नयाँ प्रधानमन्त्री निवासको शिलान्यास गरेका ओलीले आज पुल्चोकमा नयाँ मन्त्री निवास सिलान्याश गरेका हुन् । अहिले भएको मन्त्री निवास साँघुरो भएको भन्दै ललितपुरको भैसैंपाटीमा […]
१३ असोज, काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् । सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला […]
१३ असोज, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । सोमबार इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला […]
१३ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका-९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा हानेको थियो । साेही ठाउँबाट होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका-२ का […]
१३ असोज, काठमाडौं । घटस्थापनासँगै असन बजारमा दशैंको चहलपहल बढेको छ । असन अरुबेला पनि भीडभाड हुने बजार हो । यहाँ दैनिक उपभोग्य बस्तुदेखि लुगाफाटो, गरगहना किन्नेहरु असनमै पुग्छन् । दशैं लागेपछि यो भीड बढ्दो छ । असन बजारमा छिर्न मुस्किल हुन्छ । किनमेलका लागि कपडा, खाद्यान्न, जुत्ताचप्पल, सुनचाँदी, भाँडाकुँडा लगायतका पसलमा भीड लागेको छ […]
१३ असोज, काठमाडौं । साझा पार्टीको युवा संगठनले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिट तनहुँमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालमाथि भएको अवरोधको विरोध गरेको छ । उक्त घटनाले लोकतन्त्रको उपहास भएको भन्दै साझा युवा संगठनले सरकार सञ्चालन गर्ने दलकै नेताको आह्वानमा यस्ता घटना भएको आरोप लगाएको छ । ‘सामान्य राजनीतिक संस्कारलाई समेत ख्याल नगरी सरकार र […]
१३ असोज, गुल्मी । गुल्मीमा बाटो खन्ने क्रमममा सोमबार स्काभेटर पल्टिएको छ । इस्मा गाउँपालिका-४ कोटकोटेरीमा बाटो खन्ने क्रममा बा.२ ख. ५५५४ नम्बरको स्काभेटर सडकदेखि १ सय मिटर तल खसेर क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । श्रीकृष्ण कन्स्ट्रक्सनले इस्मा गाउँपालिका मैदानबाट कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटो बनाइ […]
१३ असोज, बुटवल । प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले चिनियाँहरुले स्वदेशमै रोजगारी र काम गरेका कारण चीनले आर्थिक विकासमा चमत्कार गरेको बताएका छन् । नेपाली जस्तै चिनियाँहरु पनि विदेशमा रोजगारीका लागि हाम फालेको भए अहिलेको चीन बन्न नसक्ने मन्त्री गिरीले औंल्याए । नेपाल–चीन मैत्री समाज लुम्बिनीले चीनको ७०औं राष्ट्रिय […]
१३ असोज, काठमाडौं । पार्किङ गरिराखेको गाडी तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३१ शंखमुलमा पार्किङ गरी राखेको बा४ख २०५६ नम्बरको माइक्रोबस (हाइस) तोडफोडमा संलग्न गोरखा मैलुङ गाउँपालिका-८ घर भइ काठमाडौं बालाजु बस्ने २२ वर्षीय निशान जंग थापा र काठमाडौं शंखमुल बस्ने उदयपुर कटारीका २२ वर्षीय हिमाल खड्का पक्राउ परेका हुन् […]
१३ असोज, काठमाडौं । जहाजमा यात्रुको चाप बढेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले क्षमता अभिवृद्धिको काम भइरहेको छ । धावनमार्गसँगै जोडिएको समानान्तर ट्याक्सी वे, स्ट्रीट लाइटसहित अन्य बाटो र संरचना पुनर्निर्माणका काम गर्न विमानस्थल दैनिक ७ घण्टा बन्द हुन्छ । खुलेको दैनिक १७ घण्टाको अवधिमा विमानस्थलले पूर्ण क्षमतामा काम गर्नुपर्छ । विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका […]
१३ असोज, काठमाडौं । तनहुँका कृष्ण गुरुङ (४६) सानैदेखि पशुपन्छीलाई माया गर्ने स्वभावका थिए । गाउँ–घरमा पशु मार हानेको देख्दा दुःखी हुन्थे । माछा-मासुमा उनलाई त्यति रुची थिएन । अन्तत २५ वर्षको भएपछि उनले घोषितरुपमै माछा-मासु खान छोडे । २७ वर्षको हुँदा पुरै ‘भेगान’ बने । कृष्ण अहिले मासुजन्य पदार्थ नखाने मात्र होइन, पशुबाट बन्ने […]
१३ असोज, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको सिमानामा पर्ने पिठौली गाउँमा एउटा चौर बनाइएको छ । चौरलाई घेरेका अग्ला-अग्ला रुखमा विभिन्न प्रजातिका करिब १५० लोपोन्मुख गिद्धहरू आगन्तुकहरूको निगरानी गर्दै बसिरहेका छन् । उनीहरू कहिले एउटा हाँगो समाउछन् त काहिले अर्को रूखतिर हानिन्छन् । एकै छिनमा सबैको ध्यान भुँइतिर केन्द्रित हुन्छ । नहोस् पनि किन ? रेस्टुरेन्टमा […]
१३ असोज, जनकपुरधाम। दुई वटा सरकारी कार्यालयको १ करोड ७८ लाख रुपैयाँ रकम किर्ते गरी कुम्ल्याउने करार सेवाका कम्प्युटर अपरेटरलाई प्रहरीले पक्राउ गरेको छ । कम्प्युटर ल्याबका निम्ति तीन वर्षअघि नियुक्त भएका महोत्तरीका प्रवीण ठाकुरले धनुषास्थित दुई वटा सरकारी कार्यालयको बैंक खाताबाट उक्त रकम निकालेर आफ्नो खातामा जम्मा गराएका थिए । यो समाचार अनलाइनखबरले २० […]
दुई साताअघि ‘ओली शासनमा राजनीतिक प्रदूषण’ शीर्षकमा यस पंक्तिकारले अनलाइनखबरमा राजनीतिक टिप्पणी लेखेको थियो । सो टिप्पणीमाथि प्रश्न उठाउँदै नेकपाका एक नेताले भने, ‘राजनीतिक प्रदूषण बढ्दैछ भनेर मात्र पुगेन पत्रकारज्यू, सरकारमा बढिरहेको ‘ब्याक्टेरिया’ कसरी हटाउने भन्ने उपचारविधिको पनि विश्लेषण गर्नुपर्यो नि । समस्या मात्र देखाएर भएन, समाधान पनि बताउनुपर्यो । सत्तारुढ नेकपाका नेताको चिन्ता स्वाभाविकै […]
१३ असोज, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति नेकपा (क्रान्तिकारी माओवादी)ले बिरोध जनाएको छ । पार्टीका महासचिव मोहन बैद्य किरणले सोमबार विज्ञप्ति प्रकाशित गरी मोदीले गौतम बुद्ध भारतमा जन्मिएको सन्देश दिने अभिव्यक्ति दिएको भन्दै बिरोध जनाएका हुन् । यही सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले भारतले विश्वलाई बुद्ध दिएको बताएका […]
from समाचार – Online Khabar https://ift.tt/2mj86Jm
via IFTTT