Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

विषालु च्याउ खाँदा सर्लाहीमा एकै परिवारका १२ बिरामी

१३ असोज, सर्लाही ।  विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिकाका एकै परिवारका १२ सदस्य बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ आइतबार राति पकाएर खाँदा ईश्वरपुर–११ भलुवाई बृजकुमार माझीका पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीय बुहारी सविता माझी, […]

विप्लव समूहको हतियार भण्डारमा प्रहरी छापा

१३ साउन, झापा । प्रहरीले झापाको अर्जुनधारा-१ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोरामा लुकाएर राखिएको ‘हाई एक्सप्लोसिभ’ २ सय ५ लोला बरामद भउको हो । अनारमनीका डीएसपी मोहनकुमार थापाका अनुसार विप्लव समूहका झापा सेक्रेटरी मनिष […]

बाढीले भारतमा १२९ को मृत्यु, पटना र बनारस जलमग्न

१३ असोज, काठमाडौं । मनसुनको अन्तिममा वर्षासँगै आएको बाढीले भारतमा १ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । केही बेपत्ता भएका छन् । भारतको उत्तर प्रदेश र बिहारमा अविरल वर्षापछि आएको बाढीले मानवीय तथा भौतिक क्षति भएको हो । भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार, बाढीले बिहीबारयता उत्तरप्रदेश राज्यमा मात्रै ९३ जनाको ज्यान गएको छ । बाढीले बिहारमा […]

सिफारिस समिति भंग गर्न द्वन्द्वपीडित र अधिकारकर्मीको माग

१३ असोज, काठमाडौं । द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समिति भंग गर्न माग गरेका छन् । जवाफदेहिता निगरानी समितिले सोमबार जारी गरेको विज्ञप्तिमा विधेयक बनाउनुपूर्व सरोकारबालाहरूसँगको परामर्शलाई प्रभावकारी बनाउन सिफारिस समिति भंग गर्न माग गरेका हुन् । दुवै आयोगका पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश […]

दशैंमा टेलर्सको गुनासो – रेडिमेडले खायो

१३ असोज, काठमाडौं । दशैंका धेरै विशेषताहरुमध्ये एउटा हो– नयाँ लुगा लगाउने । गाउँ होस् वा सहर, सम्पन्न होस् वा विपन्न, हरेक परिवारले दशैंका लागि नयाँ लुगाको जोहो गरेकै हुन्छन् । खासगरी गाउँघरका बालबालिकाका निम्ति दशैंको प्रमुख आकर्षण नै नयाँ लुगा हो । पाका उमेरकाहरु पनि दशैंमा नयाँ लुगामै सजिन चाहन्छन् । कतिले रेडिमेड लुगा […]

कांग्रेसलाई पर्यटन मन्त्री योगेशको सुझाव– अराजकतावादको घोडा नचढ्नुस्

१३ असोज,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसलाई सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् । सरकारी काममा क्यानाडामा रहेका मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत कांग्रेसको नाम नलिई लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न नसुहाउने टिप्पणी गरेका छन् । भट्टराईले भनेका छन्, ‘लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न […]

वीर अस्पतालमा नियमविपरीत नर्सको भागबण्डा, कसले कति पाए ?

१३ असोज, काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलसहित वीर अस्पतालका पदाधिकारीको समेत भागबण्डामा नियमविपरीत २७ जना स्टाफ नर्स नियुक्त गरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । वीर अस्पतालका कर्मचारीहरुले असोज १० गते शुक्रबार निर्देशक डा.केदार सेञ्चुरी र केही पदाधिकारीको मिलेमतोमा स्वास्थ्य मन्त्रालयको निर्देशन तथा लोकसेवा आयोगको परिपत्र विपरीत विनासूचना निवेदन जम्मा पारेर स्टाफ […]

‘पद्मश्री पुरस्कार थाप्छु, तीन महिना संशोधन मण्डल चलाउँछु’ss

१३ असोज, काठमाडौं । ‘इतिहास संशोधन मण्डल’ र यसले प्रकाशन गर्ने जर्नल ‘पूर्णिमा’ बारे चर्चा गर्दा छुटाउनै नहुने नाम हो– डा. महेशराज पन्त । विसं. २००१ सालमा काठमाडौंको ओटुमा जन्मेका पन्त निरन्तर इतिहासका त्रुटि सच्याउन क्रियाशील छन् । नयराज पन्तले विसं. २००९ सालमा स्थापना गरेको संशोधन मण्डलमा अहिले जम्मा दुई सदस्य छन्– डा. महेशराज र […]

‘नौबीसे-नागढुंगा सडकको जाम हट्यो’

१३ असोज, काठमाडौं । नौबीसे-नागढुंगा सडकको सवारी आवागमन सहज बन्न थालेको छ । लगातारको जामबाट यात्रुले सास्ती खेपेपछि प्रहरीले अप्रेसन टोली नै परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, शनिबारदेखि सुध्रँदै गएको नागढुंगा-नौबीसे सडक खण्डमा अहिले जाम छैन । सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सवारी साधनहरु सहज ढंगले गन्तव्यतर्फ अघि बढेको कार्यालयको […]

‘परिवारलाई भनेको छु, मलाई सडकमै गिराउन सक्छन्’

१३ असोज, काठमाडौं । सन्तान जन्मिने तर नबाँच्ने पीडाबाट पीडित बाबुआमाका ११ औं सन्तान हुन् उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ । उनी लमजुङको गाउँ शहरमा सामान्य राजनीतिक चेत भएको मध्यम वर्गीय परिवारमा ०२५ मंसिर १५ गते जन्मिएका हुन् । एघारौंपटक सुत्केरी हुन ज्योतिकी आमालाई माइत पठाएको थियो । उनलाई मृत्युबाट जोगाउन जन्मने बितिक्कै जोगीको झोलीमा हालेर […]

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश

१३ असोज, काठमाडौं । नेपाललाई सोमबार खुला दिसामुक्त देश घोषणा गरिँदैछ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत […]

भैंसेपाटीमा भीआईपी आवासको शिलान्यास आज

१३ असोज, काठमाडौं । प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि सरकारले बनाइदिने आवासको शिलान्यास आज हुँदै छ । ललितपुरको सैंबु भैंसेपाटीमा सोमबार बिहान १०ः४५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आवास शिलान्यास गर्न लागेका हुन् । सरकारले ललितपुरको सैंबुमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गा छुट्टाएर सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरुका […]

गोरखामा मार्वल ‘अनलोड’ गर्ने क्रममा मजदुरको मृत्यु

१३ असोज, गोरखा । ट्रकबाट मार्वल ‘अनलोड’ गर्ने क्रममा जिल्लामा आइतवार राति एक मजदुरको ज्यान गएको छ । जिल्ला अदालत गोरखाको निर्माणाधीन भवनका लागि ल्याइएको मार्वल ‘अनलोड’ गर्ने क्रममा चेपिएर सिराहा जिल्लाको लहान मोतिपुरका ३० वर्षीय नागेश्वर सदायको मृत्यु भएको प्रहरीले जनाएको छ । मार्वल झार्ने क्रममा एक्कासि अरू बन्डलहरु खसेर घाइते भएका नागेश्वरलाई मजदुर […]

दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने

नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा यथावत् […]

घट्न थाले उर्लिएका नदी, तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाए पुग्ने

१३ असोज, काठमाडौं । बर्खा सिजनमा उर्लिएका देशका अधिकांश नदीहरूको बहाव विस्तारै घट्न थालेका छन् । वर्षामा कमी आएसँगै देशका अधिकांश नदीको बहाव विस्तारै कम हुन थालेको हो । यद्यपि, केही नदीको बहाव भने अझै सतर्कता तह आसपासमै रहने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, सोमबार […]

१० खेलाडीमा सीमित लेष्टरको न्युक्यासलमाथि गोल वर्षा

१३ असोज, काठमाडौं । लेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलमा लेष्टरले न्युक्यासललाई ५-० गोलअन्तरले पराजित गरेको हो । लेष्टरको यो सिजनको चौथो जित हो । लेष्टरको जितमा जेमी भार्डीले दुई, रिकार्डो परेरा, विलफ्रेड नदिदीले समान १-१ गोल गरे । न्युक्यासलका पाउल डुम्मेटले आत्मघाती […]

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

१३ असोज, काठमाडौं । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुुँदैछ । बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, […]

सीको भ्रमणअघि सडक चम्काउने तयारी, दशैंमा विभागलाई चटारो

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सडकहरुको बेहाल छ अहिले । तर, अब दुई हप्ताभित्रै यी सडकको रुप फेर्ने गरी सरकारले काम थाल्दैछ । दशैं आउन लागेर सबै सरकारी निकाय चिसिएका बेला सडकमा सुधारमा चाहिँ किन व्यग्रता ? यसको एक मात्र कारण हो, चिनियाँ राष्ट्रपति सि जिन पिङको आसन्न भ्रमण । विशिष्ट विदेशी अतिथिलाई राजधानीको […]

काठमाडौं आइपुग्यो दशैं‌मा सरकारले बेच्ने खसीबोका

१२ असोज, काठमाडौं । सरकारले दशैंका लागि बिक्री गर्न खरिद गरेको खसी बोका काठमाडौं ल्याइएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार थोरै मात्रामा खसी र च्यांग्रा सोमबार बिहानसम्म काठमाडौं आइसक्ने छ । सोमबार बिहान मन्त्रालयमा बस्ने बैठकले खसी बोका र च्याग्रांको मूल्य तोकिने महाप्रबन्धक गौचनले बताए । हेटौंडामा किनेको जिउँदो खसीको […]

भीभीआईपीको मुटु छामेका डाक्टर

१२ असोज, काठमाडौं । नर्भिक अस्पतालको रुम नम्बर १००५ । डा. यादवदेव भट्ट बिरामी जाँचिरहेका छन् । एक हुल बिरामी ढोका बाहिर पालो पर्खिरहेका छन् । डा. भट्ट सोध्छन्, ‘के हुन्छ तपाईलाई, के समस्या आयो ?’ युवक बिरामी बोले, ‘सास फेर्न असजिलो महसुस भएको छ, मुटुमा केही खराबी आयो कि भनेर… ।’ मुख्य समस्या सुनेपछि […]

नेकपा कार्यकर्ताले तीन घन्टासम्म मिनेन्द्र रिजालको बाटो छेके

१२ असोज, तनहुँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाललाई तीन घन्टा बाटो छेकेका छन् । रिजाल ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ गएका थिए । तर नेकपाका कार्यकर्ताले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । ‘कतिपय ठाउँमा त ढुंगामुढाको प्रयास गरे’, नेता रिजालले अनलाइखबरसँग भने, ‘गाउँपालिका […]



from समाचार – Online Khabar https://ift.tt/2mhu8fC
via IFTTT
Powered by Blogger.