समाचार
११ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरु नानकको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का शुक्रबार साँझ आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका हुन् । गुरु […]
११ असोज, काठमाडौं । ब्ल्याकहोल अन्तरीक्षको त्यो हिस्सा हो, जहाँ भौतिक विज्ञानको कुनै पनि नियमले काम गर्दैन । यसको गुरुत्वाकर्षणबाट केही पनि बच्न सक्दैन । यहाँसम्म कि प्रकाश पनि यहाँ प्रवेश गरेपछि बाहिर निस्कन सक्दैन । यसले आफूमाथि पर्ने सबै प्रकाशलाई सोस्छ । त्यसैले यसलाई ब्ल्याकहोल भनिएको हो । यसै वर्ष अपि्रलमा वैज्ञानिकहरुले ब्ल्याकहोलको एक […]
११ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभइ बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको दाबी गरे । ‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको […]
११ असोज, काठमाडौं । सभामुख कृष्णबहादुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्हृवासँग भेटवार्ता गरेका छन् । कजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा शुक्रबार सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो । बेइजिङमा बिहीबार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी)का उपाध्यक्ष लिउ सिनछङसँग भेटवार्ता गरेका […]
११ असोज, काठमाडौं । आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । यसैगरी मध्य तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि मौसमविले औंल्याएका छन् । जल तथा मौसम विज्ञान विज्ञानको मौसम […]
११ असोज, काठमाडौं । राजधानीबाट प्रकाशित आजका पत्रिकाहरुमा नौबिसे नागढुंगा सडकखण्डको जाम र जाममा परेर विरामीको मृत्यु भएको समाचार प्राथमिकतामा परेको छ । कान्तिपुरले ‘काखमै गुम्यो छोरा’ शीर्षकमा र अन्नपूर्ण पोष्टले ‘जाममै गयो ज्यान’ शीर्षकमा मुख्य समाचार छापेका छन् । नागरिक दैनिकमा ‘जामले लियो ज्यान’ र राजधानी दैनिकमा ‘कहिलेसम्म ज्यानमारा जाम ?’ शीर्षकमा समाचार प्रकाशित […]
१० असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतका फैसला वा आदेशहरु असम्वद्ध व्यक्ति, निकाय वा प्रकृयाबाट परीक्षण गर्नु स्वतन्त्र न्यायपालिका खिलाफ हुने बताएका छन् । एनसेलबारे सर्वोच्च अदालतले गरेको फैसलाबाट संसदमा प्रश्न उठेको थियो भने सर्वोच्चको फैसला अध्ययन गर्न नेपाल बार एशोसिएसनले समिति बनाएको छ । कतिपयले प्रधानन्यायाधीश जबराको शुक्रबारको सम्बोधन त्यसतर्फ लक्षित हुनसक्ने अनुमान […]
१० असोज, काठमाडौं । उमेरले ८० कटेका सूर्यकुमार अधिकारी एम्बुलेन्समा बिरामी लिएर हिँडेको ८ घण्टा बढी भयो । झण्डै ६ घन्टा त नागढुंगाको जाममा परे । एम्बुलेन्स चालकले निरन्तर साइरन बजाएका छन् तर पनि बाटो पाएका छैनन् । यसो अगाडि बढ्यो कि रोकिहाल्छ । गल्छीमाथि उकालोमा घ्याच्च-घ्याच्च गर्दागर्दै रात बित्यो । ‘बिरामी निकै गलेकी छन्, […]
१० असोज, काठमाडौं । ‘माथिबाट गाडीको लस्कर हेर्दा त रेलजस्तै देखिन्छ है ?’ जाममा फसेको बसबाट बाहिर निस्किएका विशाल थापाले पसिना पुछ्दै भने, ‘सरकार रेल ल्याउँछु भन्छ, यहाँ गाडीकै रेल बनिसक्यो ।’ राजधानी काठमाडौं छिर्ने प्रमुख नाका नागढुंगामा एक हप्तादेखि अत्यासलाग्दो जाम छ । दशैंमा घर फर्किने हजारौं यात्रुहरु ९ घन्टासम्म जाममा फसेर निसास्सिएका छन् […]
१० असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टी एकतामा आएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन टुंगो लगाएको छ । उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको प्रस्तावलाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको छ । निर्णयअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाउनेछ । साथै केन्द्रीय कार्यसम्पादन समितिको गठन […]
१० असोज, वीरगञ्ज । वीरगञ्जमा सडक पेटीमा खुुल्ला भइरहेको पशुपंक्षी वध र मासु बिक्रीमा रोक लगाउन उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सर्वसाधारणको स्वास्थ्यमा असर पार्ने तथा वातावरण प्रदुषण हुने गरी पशुपंक्षीको बध गर्न र मासु बिक्री गर्ने कार्य रोक्न भनेको हो । उपभोक्ता हित संरक्षण मञ्च वीरगञ्जको तर्फबाट […]
१० असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफ्ना कार्यकर्तालाई आन्तरिक लोकतन्त्रको भरपुर उपयोग गर्न आग्रह गरे । शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीले काठमाडौंका गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकर्तालाई पार्टीको नीति र नेतृत्वको आलोचना गर्ने छुट भएको बताए । ‘कस्तो नीति अवलम्बन गरेर पार्टीलाई अगाडि बढाउन सकिन्छ ? […]
१० असोज, काठमाडौं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न […]
१० असोज, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले इण्डो-प्यासिफिक स्ट्राटेजी (भारत प्रशान्त रणनीति) चीन वा अन्य कुनै देशको विरोधी नभएको बताएका छन् । आलोचकहरूले इण्डो-प्यासिफिकलाई सैन्य गठबन्धनको रुपमा अथ्र्याइरहेका बेला अमेरिकी राजदुतको यस्तो धारणा आएको हो । राजधानीमा शुक्रबार आयोजित ‘नेपालमा अमेरिकी विदेश नीति’ शीर्षकको कार्यक्रममा बोल्दै बेरीले भने, ‘इण्डो-प्यासिफिक स्ट्राटेजी चीन, भारत […]
१० असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणकालीन न्याय निरुपणका सन्दर्भमा पहिलो पटक प्रमुख राजनीतिक दलका शीर्ष नेता र द्वन्द्वपीडितलाई एकै ठाउँमा राखेर कुरा सुन्ने र सुनाउने अवसर जुटाएको थियो । सोही अवसरमा बिगतमा फरक पक्षबाट पीडित भएकाहरुले व्यक्त गरेका विचार प्रस्तुत गरिएको छ । बेस्सरी बोलेर पनि कसलाई सुनाउँ ? रिता कार्की, द्वन्द्वपीडित […]
१० असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नवलपरासीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानेन्द्र मौर्यलाई प्रतापपुरबाट घुस रकमसहित पक्राउ गरेको छ । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत सशस्त्र प्रहरी बेश क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार मौर्यलाई सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । मौर्यले सामान […]
१० असोज, काठमाडौं । चाडपर्वमा उपभोक्तामाथि ठगी गर्ने १७४ व्यावसायीलाई वाणिज्य विभागले जरिवाना गरेको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै जरीवाना वापत विभागले २४ लाख ४७ हजार रुपैयाँ संकलन गरेको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी थिए । विभागले साउनदेखि बिहीबारसम्म ४०१ वटा व्यवसायमा अनुगमन गरेको थियो । जसमध्ये १ सय ७४ पसललाई जरिवाना, […]
१० असोज, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-१० सोमबारे बस्ने ४६ वर्षीय बिमल न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । को.२ त २८३२ नम्बरको ट्याक्टररले न्यौपाने सवार को.२६ प ४४६४ नम्बरको मोटरसाइकललाई […]
१० असोज, काठमाडौं । सरकारले खाना पकाउने ग्यासमा न्यून आय भएका नागरिकलाई थप छुट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शुक्रबार आयोजित पत्रकार भेटघाटमा यसको जानकारी दिए । भर्खरै घटाइएको ग्यासको मूल्य धनी र गरीबलाई बराबर भएको बताउँदै उनले यस्तो परिपाटी बदल्न लागिएको बताए । ‘इन्धनको मूल्य एकमुष्ट समायोजना गर्दा न्यून […]
१० असोज, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार स्वदेशी कपडा उद्योगलाई बैंकबाट लिने कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवाडले दशैं अगाडी नै अनुदानको कार्यविधि मन्त्रीपरिषदबाट स्वीकृत हुने जानकारी दिएका छन् । ‘निश्चित रकमसम्म कपडा उद्योगीले बैंकबाट लिएको ऋणको निश्चित अवधिको ब्याजमा ५ […]
१० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आगामी असोज २९ गते काठमाडौंमा चियापान गर्ने भएको छ । पार्टीका महासचिव विष्णु पौडेलको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज २९ गते चावपर्ड लक्षित चियापन कार्यक्रम हुने भन्दै नेता/कार्यक्रतालाई निम्तो गरेका छन् । नेकपाले चियापानको लागि स्थान भने छनोट गरिसकेको […]
from समाचार – Online Khabar https://ift.tt/2mjNGjy
via IFTTT