Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

घुम्न आउने निम्तो दिन गण्डकीका मन्त्री वीरगञ्जमा

एक मानेमा के छ के छ दुई मानेमा दही छ घुम्नै पर्ने ठाउँ जति गण्डकीमा रहेछ आउनुस हजुर एकचोटी, विन्ती कोटी कोटी, पोखरा आउनुस एकचोटी लोकगायक प्रजापति पराजुलीले वीरगञ्जमा आइतबार यस्तो गीत गुन्गुनाए । आन्तरिक पर्यटन प्रर्द्धनका लागि गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा पराजुलीले गीतमार्फत घुम्न आउन निम्तो दिएका हुन् । गण्डकी प्रदेश सरकारले सन् […]

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् : ट्राफिक प्रहरी  

१२ असोज,  काठमाडौं । केही दिनअघि काठमाडौंको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाइन् । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि […]

सीको भ्रमणअघि सडक चम्काउने तयारी, दशैंमा विभागलाई चटारो

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सडकहरुको बेहाल छ अहिले । तर, अब दुई हप्ताभित्रै यी सडकको रुप फेर्ने गरी सरकारले काम थाल्दैछ । दशैं आउन लागेर सबै सरकारी निकाय चिसिएका बेला सडकमा सुधारमा चाहिँ किन व्यग्रता ? यसको एक मात्र कारण हो, चिनियाँ राष्ट्रपति सि जिन पिङको आसन्न भ्रमण । विशिष्ट विदेशी अतिथिलाई राजधानीको […]

बसपार्कको मलमा अनुगमन टोलीलाई ब्यापारीको घेराबन्दी

१२ भदौ, काठमाडौं । नयाँ बसपार्कको बिजी मलमा अनुगमनमा गएको सरकारी टोली ब्यापारीको घेराबन्दीमा परेको छ । दशैंको बेलाममा दुःख दिने नियतका साथ अनुगमन गरिएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका टोलीलाई ब्यापारीले मलभित्रै घेरेका हुन् । मलमा अनुगमन गरेर कारवाही कारवाही प्रक्रिया थालेलगत्तै सबै सटर बन्द गरेर ब्यापारी प्रदर्शनमा उत्रिएका थिए । […]

नेकपाको चियापानमा एक लाखलाई निम्ता

१२ असोज,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालीहरुका मुख्यपर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि एक लाख जनालाई निम्ता गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको चियापान तयारी बैठकले सोमबारदेखिनै निमन्त्रणा कार्ड वितरण गर्ने निर्णय गरेको हो । महासचिव विष्णु पौडेलको उपस्थितिमा बसेको बैठकले एक लाख कार्ड प्रकाशन गरी वितरण […]

कैलालीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

१२ असोज, कैलाली । धनगढी उपमहानगरपालिका –३ चटकपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-५ गेटाका २२ वर्षीय सन्तोष भट्ट, वडा-१ अत्तरियाका २८ वर्षीय गोविन्द चौधरी र वडा-१३ कैलाली गाउँका ३० वर्षीय सहदेव राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले शनिबार चटकपुर सडकखण्डमा चेकजांज गर्ने […]

बेइजिङमा नेपाली एयरलाइन्सले पायो स्लट

१२ असोज, काठमाडौं । संसारकै ठूला विमानस्थलमध्ये एक बेइजिङको डाक्सिङ विमानस्थलमा उडान गर्न नेपालको हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । चीनका विभिन्न शहरमा उडानको तयारी गरिरहेको उक्त एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा स्लट प्राप्त गरिसकेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । विमानस्थलले वायुसेवा कम्पनीलाई उडान तथा अवतरणका लागि उपलब्ध गराउने समयलाई स्लट भनिन्छ । […]

लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन : पौडेल   

१२ असोज, भक्तपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आइतबार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले […]

गोरखा दरबारमा राखियो जमरा

१२ असोज, गोरखा । वडा दशैंको पहिलो दिन आइतबार गोरखा दरबारमा घटस्थापना गरिएको छ । विहान १०ः३५ बजेको साइतमा कालिका मन्दिरमा वडाइका साथ घटस्थापना गरिएको मूल पुजारी लिला बहादुर बोहराले बताए । सँगै जमरा पनि राखिएको छ । कालिका मन्दिरको जमरा कोठामा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको बिज राखिएको उनले बताए । […]

पर्यटन प्रवर्द्धनका लागि आँधीखोलामा र्‍याफ्टिङ   

१२ असोज, स्याङ्जा । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवर्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत र्‍याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् । नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने […]

पोखराका मेयरको प्रस्ताव– महानगरलाई शहरी विकास मन्त्रालय मातहत राखौं

१२ असोज, पोखरा । संघीयता कार्यान्वयनमा अझै पनि कुहिरोको काग भइरहेको अनुभव पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको छ । अन्तरआत्मादेखि अहिले पनि संघीयता अभ्यास गर्न नसकिएको उनको समीक्षा छ । यसको एउटा कारण स्थानीय तहहरुलाई हेर्ने छुट्टै नीति पनि नभएको उनको निष्कर्ष छ । गत साता गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख पोखरामा जम्मा […]

हिमालय एयरलाइन्समा चिनियाँ लगानीकर्ता परिवर्तन

१२ असोज, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको स्वामित्व परिवर्तन हुने भएको छ । उक्त कम्पनीमा रहेको चिनियाँ लगानीकर्ताको स्वामित्व परिवर्तन हुन लागेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । तिब्बत एयरलाइन्सको ४८.९९ प्रतिशत स्वामित्व यस कम्पनीमा रहेकोमा अब उक्त कम्पनीको स्थानमा तिब्बत सिभिल एभिएसन डेभलपमेण्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले लगानी […]

नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन   

१२ असोज, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नौविसे–नागढुङ्गा सडक खण्ड मर्मत सम्भारमा निकै कठिनाइ हुँदै आएको छ । सो सडक खण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुङ्गा सडक खण्डको दुई किलोमिटर डिभिजन सडक कार्यालय काठमाडौंले हेर्ने गर्दछ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी सो सडक खण्ड मर्मतसम्भार गर्न निकै कठिन […]

दशैंका लागि बाँके र बर्दियाबाटै ५ हजार खसीबोका

१२ असोज, बाँके । बडा दशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले […]

मुख्यमन्त्रीको नक्कली फेसबुकबाट कार्यालय प्रमुखलाई निर्देशन

१२ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नक्कली फेसबुक एकाउन्टबाट गलत क्रियाकलाप भएको पाइएको छ । मुख्यमन्त्रीको नाममा खोलिएको नक्कली फेसबुक एकाउन्टबाट केही व्यक्ति र सरकारी निकायका प्रमुखलाई म्यासेज गएपछि गलत क्रियाकलाप भएको थाहा भएको हो । नक्कली फेसबुक चलाएका व्यक्तिले उक्त एकाण्टबाट केही व्यक्तिहरु र सरकारी निकायका प्रमुखहरुलाई निर्देशन दिने र विभिन्न […]

ज्ञानेन्द्र शाही कुटिएको घटनालाई साझाले भन्यो- सत्ताधारी दलका कार्यकर्ताको दम्भ

१२ असोज, चितवन । साझा पार्टी चितवनले ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग गरेको छ । यो आक्रमणलाई साझाले ‘सत्ताधारी दलका कार्यकर्ताको शक्तिको दम्भ र गैरकानुनी’ भनेको छ । साझा पार्टी, चितवनका संयोजक भुपेन्द्र बस्नेतले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘ज्ञानेन्द्र शाही माथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न हामी सरकारलाई जोडदार […]

मैथिली साहित्य परिषदमा दत्त निर्वाचित

१२ असोज, सप्तरी । राजविराजस्थित मैथिली साहित्य परिषद्को अध्यक्षमा सतिशकुमार दत्तको प्यानल विजयी भएको छ । ११ सदस्यीय कार्यसमितिमा कोषाध्यक्षबाहेक सबै उम्मेदवार दत्त प्यानलबाटै विजयी भएका हुन् । शनिबार राति सम्पन्न मतगणना अनुसार अध्यक्ष पदमा निर्वाचित दत्तले २ सय ९७ मत पाए भने उनका प्रतिस्पर्धी रामखेलाबन यादवले १ सय ६४ मत प्राप्त गरे । उपाध्यक्षमा […]

धनुषाबाट चाँदीसहित २ जना पक्राउ

१२ असोज, जनकपुरधाम । नेपालबाट भारत तर्फ चाँदी लैजाँदै गरेको अवस्थामा धनुषाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामस्थित ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारतको बिहार राज्य अन्तर्गत मधुवनीका धिरज ठाकुर रहेका छन् । बा.११ च. १२५० नम्बरको टाटा सुमोबाट धनुषाको जटही हुँदै भारततर्फ जाँदै गर्दा शनिबार राति चेकजाँचका क्रममा उनीहरुको […]

धादिङमा बस दुर्घटना हुँदा पाँच जना घाइते

१२ असोज, धादिङ । धादिङकको नेत्रावती गाउँपालिका-५ मा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आइतबार बिहान साढे आठ बजे धादिङको नेत्रावती गाउँपालिका-५ केरुङ्जास्थित लापाङबाट सदरमुकाम धादिङबेशीतर्फ आउँदै गरेको बा४ख ५७९३ नम्बरको बस आफैँ अनियन्त्रित भइ  सडकबाट केही मिटर तल खसेको थियो । दुर्घटनामा ३ महिला […]

भीभीआईपीको मुटु छामेका डाक्टर

१२ असोज, काठमाडौं । नर्भिक अस्पतालको रुम नम्बर १००५ । डा. यादवदेव भट्ट बिरामी जाँचिरहेका छन् । एक हुल बिरामी ढोका बाहिर पालो पर्खिरहेका छन् । डा. भट्ट सोध्छन्, ‘के हुन्छ तपाईलाई, के समस्या आयो ?’ युवक बिरामी बोले, ‘सास फेर्न असजिलो महसुस भएको छ, मुटुमा केही खराबी आयो कि भनेर… ।’ मुख्य समस्या सुनेपछि […]

गुल्मीका सीडीओ सहचालक बनेपछि ….

१२ असोज, गुल्मी । चाडपर्वको बेला सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुन्छ । त्यही बेला अन्य समयमा भन्दा बढी दुर्घटनाहरु हुने गर्दछन् । दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमहरु पनि हुन्छन् । यही क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भने सहचालक बनेका छन् । गुल्मीबाट छुट्ने सवारी चालक र यात्रुलाई फूलमाला लगाएर बिदाई गर्ने क्रममा […]



from समाचार – Online Khabar https://ift.tt/2okMKvP
via IFTTT
Powered by Blogger.