समाचार
टिप्पणी १२ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नवनिर्वाचित कार्यसमितिले निलम्बन फुकुवाका लागि प्रक्रिया अगाडि बढाउने पहिलो निर्णय गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो टाउकोदुखाई बनेको विषयलाई क्यानले पहिलो प्राथमिकतामा राख्नु स्वाभाविक पनि हो । शनिबार भएको विशेष अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चुनेको थियो । लगत्तै बसेको बैठकले अन्तर्राष्ट्रिय […]
१२ असोज, वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रवर्द्धन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताएकी छन् । आइतबारदेखि सुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध गढीमाई मेलाले यहाँको मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपति […]
१२ असोज बुटवल । बुटवलमा १९ औं संस्करणको दशैं सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग बाणिज्य संघले आफ्नै सचिवालय परिसर बालमन्दिरमा बजार सञ्चालन गरेकोहो । आइतबार दशैं सस्तो बजारको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले उद्घाटन गर्दै सस्तो बजारमा बिक्री वितरण गरिने बस्तुको गुणस्तरमा कायम आग्रह गरे । बुटवल नगरपालिकाले आगामी तीन वर्षभित्रमा बेरोजगार […]
१२ असोज, तनहुँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाललाई तीन घन्टा बाटो छेकेका छन् । रिजाल ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ गएका थिए । तर नेकपाका कार्यकर्ताले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । ‘कतिपय ठाउँमा त ढुंगामुढाको प्रयास गरे’, नेता रिजालले अनलाइखबरसँग भने, ‘गाउँपालिका […]
१२ असोज, काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी/एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् । १. फोरजी/एलटीई […]
१२ असोज, चितवन । अतिरिक्त शुल्क सहमति अनुसार फिर्ता नगरेको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी र अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका छन् । गत असोज ४ गते जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सहमति अनुसार असोज १० गतेसम्म कलेजले लिएको भनिएको अतिरिक्त शुल्कको भर्पाइ रसिद दिने र सोबारेको प्रतिवेदन बनाउने भन्ने उल्लेख छ । तर, […]
१२ असोज, काठमाडौं । भारतको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यहाँको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । भारत सरकारको निर्णयको प्रत्यक्ष असर नेपालको बजारमा पर्ने देखिएको छ । निर्यातका कारण स्थानीय बजार मूल्य बढेर प्रतिकिलो ८० रुपैयाँ भारु पुग्न थाले पछि निर्यात रोकिएको भारत […]
१२ असोज, सुनसरी । बर्जु गाउँपालिका-३ अमडुवाबाट प्रहरीले आइतबार पेस्तोल र लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहवीको टोलीले मोरङ सुन्दरहरैचा नगरपालिका-५ मगर टोल बस्ने २७ वर्षीय करणकुमार चौधरी र सोही ठाउँका १ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरेको हेा । उनीहरुको साथबाट […]
१२ असोज विराटनगर । गत असार ४ गते विराटनगरबाट सीमावर्ती क्षेत्र बुधनगर लैजादै गरेको अवस्थामा ३० बोरा मरिचसहित प्रहरीले दुईवटा अटो नियन्त्रणमा लियो । सीमावर्ती क्षेत्र रानीबाट नियन्त्रणमा लिएको मरिच कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएपनि कार्यालयले सप्लायर्सलाई नै फिर्ता दियो । २० दिन अनुसन्धानका लागि राखेको राजस्व कार्यालयले २१ असारमा खरिदकर्ता कञ्चन खरिद […]
१२ असोज, काठमडौं । वडाध्यक्षहरुले सर्लाहीको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवलाई तत्काल कारबाही गर्न माग गरेका छन् । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मा अध्यक्ष यादवले आर्थिक हिनामिना गरेको दावी गर्दै गाउँपालिकाका पाँचजना वडाध्यक्षहरुले कारबाही गर्न माग गरेका हुन् । आइतबार रिपोर्टस् क्लब काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले सम्बन्धित निकायले गाउँपालिकाका अध्यक्ष यादवमाथि कारबाही नगरे न्यायका लागि अदालत […]
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताए । ‘को व्यक्ति को पात्र नहेरौं । तर अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिन […]
एक मानेमा के छ के छ दुई मानेमा दही छ घुम्नै पर्ने ठाउँ जति गण्डकीमा रहेछ आउनुस हजुर एकचोटी, विन्ती कोटी कोटी, पोखरा आउनुस एकचोटी लोकगायक प्रजापति पराजुलीले वीरगञ्जमा आइतबार यस्तो गीत गुन्गुनाए । आन्तरिक पर्यटन प्रर्द्धनका लागि गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा पराजुलीले गीतमार्फत घुम्न आउन निम्तो दिएका हुन् । गण्डकी प्रदेश सरकारले सन् […]
१२ असोज, काठमाडौं । कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो ।
१२ असोज, काठमाडौं । केही दिनअघि काठमाडौंको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाइन् । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि […]
१२ असोज, काठमाडौं । नेपाली साहित्यका जिउँदा इतिहास हुन् कविवर माधव घिमिरे । उनले गत असोज ७ गते आफ्नो १०१ औं जन्मदिन मनाए । उमेरले दोस्रो शताब्दीमा हिँडिरहेका घिमिरे अहिले पनि मानसिकरुपमा उत्तिकै स्फुर्त छन्, उत्साही छन् । शारीरिकरुपमा भने अवश्य केही गलेका छन् । घिमिरेले यो उमेरमा पनि लेख्न छाडेका छैनन् । अहिले उनको […]
१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सडकहरुको बेहाल छ अहिले । तर, अब दुई हप्ताभित्रै यी सडकको रुप फेर्ने गरी सरकारले काम थाल्दैछ । दशैं आउन लागेर सबै सरकारी निकाय चिसिएका बेला सडकमा सुधारमा चाहिँ किन व्यग्रता ? यसको एक मात्र कारण हो, चिनियाँ राष्ट्रपति सि जिन पिङको आसन्न भ्रमण । विशिष्ट विदेशी अतिथिलाई राजधानीको […]
१२ भदौ, काठमाडौं । नयाँ बसपार्कको बिजी मलमा अनुगमनमा गएको सरकारी टोली ब्यापारीको घेराबन्दीमा परेको छ । दशैंको बेलाममा दुःख दिने नियतका साथ अनुगमन गरिएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका टोलीलाई ब्यापारीले मलभित्रै घेरेका हुन् । मलमा अनुगमन गरेर कारवाही कारवाही प्रक्रिया थालेलगत्तै सबै सटर बन्द गरेर ब्यापारी प्रदर्शनमा उत्रिएका थिए । […]
१२ असोज,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालीहरुका मुख्यपर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि एक लाख जनालाई निम्ता गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको चियापान तयारी बैठकले सोमबारदेखिनै निमन्त्रणा कार्ड वितरण गर्ने निर्णय गरेको हो । महासचिव विष्णु पौडेलको उपस्थितिमा बसेको बैठकले एक लाख कार्ड प्रकाशन गरी वितरण […]
१२ असोज, कैलाली । धनगढी उपमहानगरपालिका –३ चटकपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका-५ गेटाका २२ वर्षीय सन्तोष भट्ट, वडा-१ अत्तरियाका २८ वर्षीय गोविन्द चौधरी र वडा-१३ कैलाली गाउँका ३० वर्षीय सहदेव राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले शनिबार चटकपुर सडकखण्डमा चेकजांज गर्ने […]
१२ असोज, काठमाडौं । संसारकै ठूला विमानस्थलमध्ये एक बेइजिङको डाक्सिङ विमानस्थलमा उडान गर्न नेपालको हिमालय एयरलाइन्सले स्लट प्राप्त गरेको छ । चीनका विभिन्न शहरमा उडानको तयारी गरिरहेको उक्त एयरलाइन्सले बेइजिङको नयाँ विमानस्थलमा स्लट प्राप्त गरिसकेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । विमानस्थलले वायुसेवा कम्पनीलाई उडान तथा अवतरणका लागि उपलब्ध गराउने समयलाई स्लट भनिन्छ । […]
१२ असोज, भक्तपुर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ ले आइतबार दुवाकोटमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व. जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले […]
from समाचार – Online Khabar https://ift.tt/2mQXuS2
via IFTTT