Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

प्रदेश १ मा वर्षे अधिबेशनमा १४ कानून निर्माण

८ असोज, विराटनगर । जेठ १३ गतेदेखि सुरु भएको प्रदेश १ को वर्षे अधिबेशन बुधबार अन्त्य भएको छ । बजेट तथा वर्षे अधिबेशन १४ वटा विधेयक पारित गर्दै अन्त्य भएको हो । योसँगै प्रदेश १ मा जम्मा ३९ कानून निर्माण भएका छन् । वर्षे अधिबेशनले प्रदेश लोक सेवा आयोग, जाँचबुझ तथा अनुसन्धान आयोग, भवन निर्माण, […]

उप भनेको चुप लाग्ने पद होइन : उपसभामुख

८ असोज, काठमाडौं । सातवटै प्रदेश संसदले डेढ बर्ष बिताएका छन् । यो अवधिमा प्रदेश संसदहरुले के–कस्ता काम गरे ? यसबारे समीक्षा हुन बाँकी नै छ । तर, प्रदेश र संघीय संसदका उपसभामुख एवं राष्ट्रिसभाका उपाध्यक्षले काठमाडौंमा जम्मा भएर आफ्नो कार्यकालको आफैं समीक्षा गरेका छन् । मंगलबार काठमाडौंमा तीनवटा प्रदेशका उपसभामुख, संघीय संसदका उपसभामुख र […]

बुबाले आमाको हत्या गरेपछि छोराछोरीको बिचल्ली   

८ असोज, डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । हत्या अभियोगमा कारागार […]

काठमाडौंबाट पेस्तोलसहित ४ जना पक्राउ

८ असोज, काठमाडौं  । प्रहरीले काठमाडौंबाट पेस्तोलसहित ४ जनालाई पक्राउ गरेको  छ । बुधबार विहान साढे ११ बजे  काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थितएभरेष्ट होलिडे इन होटलको कोठा नम्बर ४०४ बाट चार जनालाई पक्राउ  गरेको महानगरीय  प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको  छ । पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु […]

सरकार छाडे समाजवादीसँग एकता हुनसक्छः महतो  

८ असोज, धनुषा ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् । जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताए । नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँदै जनताको भावनालाई […]

चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य हुँदैन : नेता खाँण 

८ असोज, चितवन । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले चीनको जस्तो सत्ता नेपालमा स्वीकार्य नहुने बताएका छन् । प्रेस युनियन चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाली जनताले कम्युनिष्ट शासन ल्याउन भोट नहालेको बताए । नेपालको संविधानमा बहुल पार्टी हुने उल्लेख भएको भन्दै नेता खाँणले चीनमा जनताले मतदान गर्न नपाउने बताए । सरकारले […]

सिंगापुरमा नेपाली भिक्षुलाई ५ महिना जेल सजाय

८ असोज, काठमाडौं । सिंगापुरको अदालतले यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय सुनाएको छ । ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । दावा ताइवानमा ध्यान गर्न जाने उद्देश्यले ट्राभल भिसामा असार २१ गते सिंगापुर पुगेका थिए । तर त्यसको […]

दशैंमा तम्घास बजारभित्र पार्किङ गर्न नपाइने

८ असोज, गुल्मी । दशैंको बेला गुल्मीको तम्घास बजारभित्र पार्किङ निषेध गरिने भएको छ । चाडपर्वमा भीडभाड बढ्ने भएकोले सरोकारवालासँग छलफल गरी बजार क्षेत्रमा पार्किङ निधेष गर्ने निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका सई प्रविन आचार्यले जानकारी दिए । ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुकी ३ बजेदेखि ५ बजेसम्म […]

प्लास्टिकको चामल भेटिएको भन्दै दुई दर्जन उजुरी

८ असोज, काठमाडौं । सोमबार बिहान नेपाल प्रहरीको आपत्कालीन हेल्पलाइन १०० मा फोन गरेर एक व्यक्तिले रेष्टुरेन्टमा खाएको खानामा ‘प्लास्टिकको चामल भेटिएको’ दावी गरे । काठमाडौं पेप्सीकोलाबाट आएको फोनपछि प्रहरीले घटनास्थल नजिकको आफ्नो प्रभाग काँडाघारीलाई गुनासोबारे जानकारी गरायो । सूचना लगत्तै प्रभागका इन्सपेक्टर सुधीर राईको टोली प्रहरीलाई खबर गर्ने युवक भएको ठाउँ काठमाडौं महानगरपालिका-३२ स्थित […]

झापामा खोलाले बगाएर एक जना बेपत्ता   

८ असोज, भद्रपुर । झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । बुधबार १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय […]

जुम्लामा शिक्षक पाल्न स्याउ बगैंँचा  

८ असोज, सुर्खेत । “मेरो एउटै सपना छ, विद्यालय बनाउने । जसका लागि मैले आफ्नो जीवनलाई विद्यालयको भविष्य निर्माणमा समर्पित गरिसकेको छु”, देउराली आधारभूत विद्यालय गोठीचौर–३ दामदासे हरिचाँगा जुम्लाका प्रधानाध्यापक जग्गुलाल प्याकुरेलले भने । यहाँका बालबालिकाको शिक्षा अवस्थाले अहिले पनि आफूलाई बस्न नदिएको प्रधानाध्यापक प्याकुरेलले भनाइ छ । सो विद्यालयमा रहेको एक जनाको दरबन्दीमा उनी […]

जामुने गाउँ त नमूना बन्यो !

८ असोज, गोरखा । न मोटर न बाटो । मोटरबाटो देख्न १५ मिनेट पैदल हिँड्न पर्ने । रोजगारी शून्य । खेतीपाती वा मजदुरीको बिकल्प थिएन । केही घरधुरी जनजाति तर दलित समुदायको बाहुल्यता रहेको आरुघाट गाउँपालिका-४ थुमीको जामुने गाउँको भूकम्पअघिको अवस्था यस्तै थियो । ढुङ्गा र खरले छाएका घरहरु २०७२ सालको भूकम्पले सङ्लो राखेन । […]

कृषि विकास बैंक हृयाकिङका योजनाकार काले !

८ असोज, काठमाडौं । कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी प्रकरणको योजनाकार काले भनिने पिटर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनी भारतमा बस्छन् । उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ । पिटरले  नेपाली नागरिकलाई […]

कृषि विकास बैंकबाट ४ करोड ७३ लाख चोरी भएको पुष्टि

८ असोज, काठमाडौं । कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको पुष्टि भएको छ । सुरुमा चोरी भएको रकम डेढ करोड भनिएको थियो । तर बैंकका उपप्रबन्धक दीर्घ अर्यालले ४ करोड ७३ लाख रकम निकालिएको पुष्टि गरे । ‘यो सबै रकम शाखाको ब्याज आम्दानी हो’ उनले भने ।

सी जिनपिङ नेपाल आउनुअघि गर्नुपर्ने ‘होमवर्क’

सुरु भएको झन्डै ६ वर्षपछि बल्ल नेपालमा बीआरआईसम्बन्धी बहस सुरु भएको छ । तर, यी बहसहरु बीआरआईलाई कसरी कार्यान्वयन गर्ने, नेपालका प्राथमिकता के–के हुन्, नेपालको समृद्धिको अभियानलाई बीआरआईमा कसरी जोड्ने, जस्ता कुरामा भन्दा भूराजनीतिक शक्तिका तिकडमसँग दाँजेर हेर्ने हिसाबले भएका देखिन्छन् । विगत ७० वर्षदेखि नेपालमा चलाइएको पश्चिमा विकासे अभियान र विशेष गरी विगत ३० […]

मेडिकल कलेजले अतिरिक्त रकम फिर्ता नगरे डा. केसीले आन्दोलन गर्ने

८ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले मेडिकल कलेजहरुले विद्यार्थीसँग लिएको अतिरिक्त रकम फिर्ता नगरे जुनसुकै बेला आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गरी उनले मेडिकल कलेजले अवैध रुपमा उठाएको रकम फिर्ता गर्न आग्रह गरेका हुन् । केसीकै अनसनपछि सरकारले एमबीबीएस र बीडीएसको शुल्क तोकेको थियो । […]

सिन्धुपाल्चोकमा अलैंचीको उत्पादन घट्यो, किसान चिन्तित

८ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा अलैंचीको उत्पादन घट्न थालेपछि किसानहरु चिन्तित भएका छन् । अलैंची उत्पादनका लागि प्रख्यात सिन्धुपाल्चोकको पाचँपोखरी थाङपाल गाउँपालिकाको थाङपालकोट, भोताङलगायतका ठाउँमा हाल उत्पादन घट्न थालेको हो । ४ वर्षअघि अलैंचीका लागि पकेट क्षेत्र घोषणा गरेको उक्त गाउँपालिकामा यसअघि ५ क्वीन्टल उत्पादन हुने गथ्र्यो तर दुई वर्षयता अलैंची उत्पादन घटेको छ । […]

पोखराको ‘पप्पु’ : न ठेक्का समयमा सक्छ, न भवनको भाडा बुझाउँछ

८ साउन, पोखरा । सिर्जना चोकमा रहेको पोखरा महानगरपालिकाको तीन तले भवन २०७३ सालदेखि जस्ट इन टाइम नामक कम्पनीले भाडामा लिएको छ । पाँच वर्षका लागि भाडा सम्झौता गरेको उसले महानगरलाई भाडा भने तिरेको छैन । भाडा नतिरेको भन्दै महानगरले एक करोड बैंक ग्यारेन्टी जफत गरिसकेको छ । तर महानगरपालिकाले भाडा र जरिवाना गरी एक […]

काठमाडौंमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु   

८ असोज, काठमाडौं । काठमाडौंको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा बुधबार बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको […]

तीन एआईजीको सरुवा, अपराध अनुसन्धानमा कार्की

८ असोज, काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो । यसअघि एआईजीहरु […]

नेकपाको श्रृंखलावद्ध हार : म्यानपावरमा पनि पत्तासाफ !

८ असोज, काठमाडौं । सत्तारुढ नेकपाप्रति जनताको मत कस्तो छ भनेर बुझ्न मंसिर १४ को उपनिर्वाचन पर्खिनुपर्ला । तर, निर्माण व्यवसायी संघदेखि यातायात, बैदेशिक रोजगार र पर्यटन व्यवसायी संगठनहरुका चुनावमा लगातार पराजयले दुईतिहाई जनमतप्राप्त नेकपाका नेताहरुलाई झस्काइ दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा सम्वद्ध प्यानल नै पराजित भएपछि सोही […]



from समाचार – Online Khabar https://ift.tt/2mFrEri
via IFTTT
Powered by Blogger.