Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

आइकाओ सम्मेलनमा पर्यटनमन्त्रीले भने- नेपालमा हवाई दुर्घटना घटेको छ

९ असोज, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालको विशिष्टिकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका बाबजुद पनि केही वर्षदेखि हवाई दुर्घटना हुने दर कम हुँदै गएको बताएका छन् । क्यानडाको शहर मड्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभालाई बुधबार सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपालमा हवाई दुर्घटना हुने दर घट्दै […]

इ-पासपोर्ट प्रणालीमा कमिसनको चक्कर, राज्यकोषमा एक अर्ब भार

९ असोज, काठमाडौं । आज प्रकाशित पत्रिकाहरुमा ह्याकरहरुले कृषि विकास बैंकको रकम लुटेको र मेडिकल कलेज चलाउन नसक्ने सञ्चालकको धम्कीसँग सम्बन्धित समाचार प्राथमिकतामा छ । एक आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने मेडिकल कलेज सञ्चालकले शुल्क घटाउन थालिएकाले अब कलेज चलाउन नसक्ने धम्की दिएको समाचार कान्तिपुर दैनिकको मुख्य प्राथमिकतामा परेको छ । यसैगरी […]

उप भनेको चुप लाग्ने पद होइन : उपसभामुख

८ असोज, काठमाडौं । सातवटै प्रदेश संसदले डेढ बर्ष बिताएका छन् । यो अवधिमा प्रदेश संसदहरुले के–कस्ता काम गरे ? यसबारे समीक्षा हुन बाँकी नै छ । तर, प्रदेश र संघीय संसदका उपसभामुख एवं राष्ट्रिसभाका उपाध्यक्षले काठमाडौंमा जम्मा भएर आफ्नो कार्यकालको आफैं समीक्षा गरेका छन् । मंगलबार काठमाडौंमा तीनवटा प्रदेशका उपसभामुख, संघीय संसदका उपसभामुख र […]

सांसद चौधरीलाई कारबाही गर्ने कांग्रेस सप्तरीको चेतावनी

८ असोज, सप्तरी । नेपाली कांग्रेस सप्तरीले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन राजविराजमा भएको घटनाबारे बोलेको छ । र, पार्टी सांसद तेजुलाल चौधरीलाई अनुशासनको कारबाही गर्ने बताएको छ । मंगलबार राजविराजमा आयोजित कार्यक्रममा मर्यादाक्रमलाई लिएर जिल्ला सभापति दिनेश यादव र सांसद तेजुलाल चौधरी पक्षबीच विवाद भएको थियो । त्यसक्रममा यादव पक्षका कार्यकर्ताले चौधरीलाई […]

अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग

८ असोज, विराटनगर । बुधबार दिउँसो विराटनगरको गुद्री बजारमा माछा–मासु पसल सञ्चालकहरुको भागाभाग भएको छ । स्थानीय प्रशासनले गर्ने गोप्य अनुगमनको सूचना चुहावट भएपछि गुद्री बजारका मासु पसल सञ्चालकहरुको भागाभाग भएको हो । गुद्री बजारमा अधिकांश मासु पसल मापदण्ड विपरीत छन् । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । […]

बैंक कर्मचारीको पासवर्ड प्रयोग गरेर ५ करोड लुट

८ असोज, काठमाडौं । चिनियाँ ह्याकरहरुले एटीएम प्रणाली ह्याक गरेर झण्डै २ करोड चोरी भएको महिना नपुग्दै नेपाली बैंकिङ प्रणालीमा अर्को आक्रमण भएको छ । र, सरकारी बैंक कृषि विकासबाटै झण्डै ५ करोड रुपैयाँ चोरी भएको छ । यो घटनामा भने भारतको मुम्बई बस्ने अफ्रिकी मुलका नागरिकलाई योजनाकार मानिएको छ । उनका सहयोगीका रुपमा नेपालमा […]

सरकारलाई निजी मेडिकल कलेज राष्ट्रियकरण गर्ने अवसर

टिप्पणी ८ असोज, काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूको संस्था एसोसिएशन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले सम्पूर्ण निजी कलेजहरू बन्द गर्नुपर्ने अवस्थामा पुगेको निश्कर्ष निकालेको छ । र, प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर साँचो बुझाएको बताएका छन् । एसोसियसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले मंगलबार प्रधानमन्त्री, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, स्वास्थ्य […]

नेताको बारीमा ठूलो गोलभेंडा फल्नुपर्छ : प्रधानमन्त्री

८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् । आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे राम्रैसँग जानकार रहेको प्रधानमन्त्री ओलीको दाबी छ । ‘यहाँहरुलाई थाहा छ, म आफैं हलो जोतेर, कोदालो खनेर, खेती गरेर आएको मान्छे भएको हुनाले कृषिसम्बन्धी मलाई […]

गण्डकी प्रदेशले अब आफ्नै विश्वविद्यालय खोल्न बाटो खुल्यो

८ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार सम्हालेदेखि निरन्तर भन्दै आएको विषय हो, ‘गण्डकी प्रदेशको आफ्नै विश्वविद्यालय हुन्छ ।’ गण्डकी प्रदेशले आफूलाई चाहिने दक्ष जनशक्ति आफ्नै विश्वविद्यालयबाट उत्पादन गर्ने मुख्यमन्त्रीको उद्घोष छ । प्रदेशलाई आफ्नै विश्वविद्यालय खोल्न पाउने अधिकार संविधानमै व्यवस्था छ । अब गण्डकी प्रदेशलाई विश्वविद्यालय खोल्न बाटो खुलेको छ । […]

जब भारतीय कलाकार फेवा किनारमा उभिए….

८ असोज, पोखरा । अघिल्तिर सुन्दर फेवातालको विशाल आँगनजस्तो फैलावट । वर्षायाम सकिइसकेको भएपनि बादल बर्सिन छाडेको छैन । बुधबार बिहानसम्मै पानी पर्‍यो । त्यसको शीतल हावाको झोंक्का चलिरहेकै थियो । आकाश खुल्ला छ तर मौसम न जाडो न गर्मी । भारतको आगरा कलेज, आगराका असिस्टेन्ट प्रोफेसर डा दिनेशकुमार मौर्य यही मौसममा पहिलोपटक नेपाल आएका […]

तिलोत्तमा लगानी सम्मेलन : २२ परियोजना प्रस्ताव, १० वटामा सम्झौता हुँदै

८ असोज, बुटवल । प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाले गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा भएको छ । करिब ५० अर्ब लगानी भित्र्याउने उद्देश्यसहित यो काठमाडौं बाहिर हुन लागेको पहिलो लगानी सम्मेलन हो । कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टमा बिहीबार विहान सम्मेलन उद्घाटन हुंदैछ । सम्मेलनको पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । सम्मेलनमा […]

केएमसी अस्पतालमा खगित्राले जन्माइन् एकैपटक ३ छोरा र एक छोरी !

८ असोज, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा एक महिलाले एकैपटक चार शिशु  जन्म दिएकी छन् । २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको अस्पतालले पुष्टि गरेको छ । चार मध्ये तीनजना छोरा र एकजना छोरी रहेका छन् ।  चम्ल्याहा बच्चाहरु मध्ये तीन जना स्वस्थ्व रहेको अस्पतालले बताएको छ। यसरी चम्ल्यहा बच्चा हुनु […]

‘हाम्रो पुस्ताले नेपाल क्रिकेटलाई दिने दिइसक्यौं, अब युवाको पालो’

हामीले वर्ल्ड क्रिकेट लिगमा जति पनि प्रतियोगिता खेल्यौं, त्यसमा नयाँ प्रयोग गर्ने अवसर नै पाएनौं । किनकी हरेक खेल जित्नैपर्ने दबाब हुन्थ्यो । त्यसैले हामीसँग भएको उत्कृष्ट टिमलाई खेलाउँथ्यौं । एकदिवसीय टिम भएपछि नयाँ क्रिकेटिङ साइकलमा प्रवेश गरेका छौं । त्यसको पूर्वसन्ध्यामा ओमान र सिंगापुर टूर पाएका छौं । ओमानको भ्रमण पहिल्यै तय भएको थियो […]

दशैंमा मागभन्दा एक हजार बढी खसीबोका आपूर्ति हुने

८ असोज, काठमाडौं । यो वर्षको दशै तिहारमा मासु र मासुजन्य पदार्थको अभाव नहुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । काठमाडौंमा मागभन्दा एक हजार बढी खसीबोका आपूर्ति हुने पनि मन्त्रालयको दावी छ । सरकारले भारतबाट खसीबोका ल्याउन कडाई गरेपछि नेपालमा अभाव सिर्जना हुने आशंका थियो । केही समयदेखि निरोगिताको प्रमाण पत्रबिना खसीबोका आयात […]

चितवनमा बाघको छालासहित ३ जना पक्राउ  

८ असोज, चितवन । दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी गाउँपालिका–२ सहलकोट निवासी ३३ वर्षीय चुमबहादुर राना र वाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका–९ निवासी २६ वर्षीय हिम साङ्वो गौचन रहेका छन् । जिल्ला प्रहरी कार्यालय […]

गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा प्रतिवेदन पेश  

८ असोज, काठमाडौं ।  नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका अनुसार छानबिन समितिले उक्त घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै बुधबार गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले […]

८ वटा बालीको मूल्य निर्धारण गर्न आयोग गठन गरिने

८ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवले बालीको मूल्य निर्धारण गर्न मूल्य निर्धारण आयोग गठन गरिने बताएका छन् । बुधबार चितवनका कुखुरा व्यवसायीहरुसँगको छलफलमा बोल्दै मन्त्री खनालले बालीको मूल्य निर्धारण गर्नका लागि आफूले आयोग गठन गर्ने तयारी गरिहेको बताएका हुन् । तर यो आयोगले सबै बस्तुको मूल्य निर्धारण भने नगर्ने उनलेब […]

काठमाडौंका सीडीओलाई नै चित्त बुझेन दशैंको बजार अनुगमन

८ असोज, काठमाडौं । दशैंतिहारमा मात्रै बजार अनुगमन गर्ने परिपाटीका कारण सरकारले चाडपर्वका बेला आलोचना खेप्दै आएको छ । तर, चाडबाडका बेलामा हुने अनुगमन झनै नाममात्रको हुने गरेको गुनासो सुनिने गरेको छ । चाडबाडका बेलामा हुने कालोबजारी एवं महंगी नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको गुनासो नागरिकहरुले गरिरहेका बेला स्वयं नियामक निकायमा रहेका प्रशासकहरु […]

षडानन्द नगरपालिकाका प्रशासकीय अधिकृत र लेखा अधिकृतविरुद्ध भ्रष्टचारको मुद्धा

८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर कार्की र तत्कालीन लेखा अधिकृत राजेश काफ्लेविरुद्ध बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । कार्कीले भ्रमण प्रतिवेदन समेत पेश नगरेको र कार्यालयमा प्राप्त नभएको मालसामानहरूलाई कार्यालयको जिन्सी आम्दानी खाताहरूमा समेत प्रविष्ट नगराई खरिद आदेश र दाखिलाको […]

कांग्रेस नेताहरुले अनावश्यक हल्ला गरेः पौडेल

८ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको साक्षात्कारमा नेकपा स्कुल विभागका सहसंयोजक पौडेलले भने, ‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होइन, हुने छैन ।’ दुई पार्टीबीच […]

यातायात कार्यालय जगातीका ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

८ असोज, काठमाडौं । नक्कली भारतीय लाइसेन्सलाई घुस लिएर नेपालीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कार्यालयका शाखा अधिकृत अनोजराज घिमिरे, कोमलराज निरौला र नायब सुब्बा हेमकुमार बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले सेवाग्राही सुन्दर अधिकारीद्वारा नक्कली […]



from समाचार – Online Khabar https://ift.tt/2mJOQ7K
via IFTTT
Powered by Blogger.