Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

लघुवित्त बैंकर्स संघको चुनाव आज, अध्यक्षमा शर्मा र लम्साल भिड्दै

१२ असोज, काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था लघुवित्त बैंकर्सको चुनाव आज हुँदैछ । संघको नेतृत्वका लागि २ आकांक्षी देखिएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र विजय लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले अध्यक्षमा उम्मेद्वारी दिने भएका छन् । शर्मा हाल संघको उपाध्यक्ष रहेका […]

दुर्घटना नगराउने चालकलाई सम्मान गर्दै ट्राफिक

१२ असोज, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, काठमाडौंले अहिलेसम्म दुर्घटना नगराएका चालकलाई सम्मान गर्ने भएको छ । नजिकिँदै गरेको वडादशैं, तिहार तथा छठजस्ता पर्वलाई लक्षित गरेर ट्राफिकले थालेको दुर्घटना अभियानअन्तर्गत सवारी चालकलाई सम्मान गर्न लागिएको हो । ‘दुर्घटना न्यूनीकरणका लागि सन्देश दिने हिसाबले आज बिहान ७ जना चालकलाई सम्मान गर्दैैछौं’, महाशाखाका एसपी रविकुमार पौडेलले भने, […]

गगनको प्रश्न– पूर्वराष्ट्रपतिको उपचार खर्च के आधारमा व्यहोरियो ?

१२ असोज, काठमाडौं । कांग्रेस नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन् । मन्त्रिपरिषदको यसअघि बसेको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार व्यहोर्ने निर्णय गरेको थियो । तर, पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले सरकारको यो निर्णयमाथि प्रश्न उठाएका छन् । विदेशको उपचार खर्च व्यहोर्ने […]

‘सोमबारबाट मौसममा सुधार, दशैंमा आत्तिनुपर्ने अवस्था छैन’

१२ असोज, काठमाडौं । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा […]

टुरिष्ट बसमा फल्स बटम बनाएर कपडा तस्करी

१२ असोज, काठमाडौं । टुरिष्ट बसमार्फत भन्सार छलेर ल्याइएको ५५ लाख रुपैयाँ बराबरको कपडा महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठले बरामद गरेको छ । प्रभागका प्रहरी निरीक्षक भुपेन्द्र गिरी नेतृत्वको टोलीले विष्णुमतीमा रोकि राखिएको बा ५ ख ६९३९ नम्बरको टुरिस्ट बसबाट अवैध कपडा बरामद गरेको हो । प्रहरीका अनुसार बसको छतमुनि फल्स बटम बनाएर ४१ वटा सेतो […]

नेयमारको निर्णायक गोलमा पीएसजीको जित

१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा बोर्डुअक्सलाई पराजित गरेको छ । शनिबार राति पीएसजीले बोर्डूअक्सलाई उसैको मैदानमा १–० गोलअन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमारले निर्णायक गोल गरे । दुवै टिमले खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा भने पीएसजीले गोल गर्दै […]

खोटाङमा बाढीले बगाउँदा एकको मृत्यु

१२ असोज, खोटाङ । बाढीले बगाएर खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ । केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो । खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् । घटनाका […]

१० खेलाडीमा सीमित बार्सिलोनाको सहज जित

१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ । शनिबार राति गेटाफेलाई उसैको भूमिमा बार्सिलोनाले २-० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेज र जुनियर फिर्पोले गोल गरे । खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता […]

चेल्सीले ब्राइटनलाई २-० ले हरायो, अर्को खेलमा टोटनहृयाम विजयी

१२ असोज, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनलाई सहज रुपमा पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई आफ्नै घरेलु मैदानमा २-० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा जोर्गिन्हो र विलियनले गोल गरे । पहिलो हाफमा दुई टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको ५०औं मिनेटमा चेल्सीका लागि जोर्गिन्होले […]

रोनाल्डोको गोलमा युभेन्टसको जित

१२ असोज, काठमाडौं । साविक विजेता युभेन्टसले इटालियन सिरी ए फुटबलमा एसपीएएललाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई २-० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र मिरालिम पिजानिकले गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो […]

एभर्टनमाथि म्यानचेस्टर सिटीको जित

१२ असोज, काठमाडौं । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा एभर्टनलाई उसैको घरेलु मैदानमा सिटीले ३-१ गोलन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले गोल गरे । एभर्टनका लागि डोमिनिक लेविनले गोल गरे । जिससले खेलको २४ औं […]

पारसको कीर्तिमानी शतकसँगै नेपालको शानदार जित

११ असोज, काठमाडौं । पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर […]

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

११ असोज, चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । अभियानले भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्न लागेको थियो । सभालाई शाही, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका अभियान्ताहरुले सम्बोधन गर्ने बताइएको थियो । मध्यान्ह १२ बजेतिर कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेका बेला सत्तारुढ नेपाल […]

‘चिनियाँ राष्ट्रपति आउँदा माग्ने मात्रै काम नगरौं’

११ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबरको तोस्रो सातातिर नेपाल भ्रमणमा आउँदैछन् । २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालमा सरगर्मी बढेको छ । तर, सरकारीस्तरको तयारी हेर्दा भने भ्रमणबाट नेपालले ठूलै उपलब्धी हात पार्ला भन्ने अहिलेसम्म छाँटकाँट देखिँदैन । भ्रमणमा नेपाल र चीनबीच रेल सम्झौता हुने चर्चा भए पनि नेपालको […]

दौड जिते एकदिने राजा बन्न पाइने !

११ असोज, गोरखा । दशौं लिगलिगे दौड प्रतियोगिता १६ असोजमा हुने भएको छ । पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा हुने दौडमा सहभागीले चेपे र मर्स्याङ्दी नदिको दोभान चेपेघाटदेखि लिगलिगकोट दरबारसम्म १३.८ किलोमिटरको दुरी पार गर्नुपर्नेछ । प्रतियोगीताको उपाधि बिजेतालाई लिगलिगे राजा घोषित गरिने छ । श्रीपेच र पगरीसहित राजा बनाएर […]

सिद्धबाबामा गुडिरहेको बसमाथि ढुंगा खस्यो, पाँच यात्रु घाइते

११ असोज, बुटवल । रुपन्देही र पाल्पाको सीमा नजिकै रहेकोे दोभान-सिद्धबाबा सडकखण्डमा गुडिरहेको बसमा ढुंगा खस्दा पाँच जना यात्रु घाइते भएका छन् । तानसेनबाट बुटवल आउँदै गरेको लु १ ख ६१८० नम्बरको बसमाथि ढुङ्गा खसेको हो । ढुंगा खस्दा बस चालक तिलोत्तमा नगरपालिका-४ का वषर्ीय कमल राउतसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरुमा […]

बौद्धनाथको क्षमा पूजामा झडप

११ असोज, काठमाडौं । चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच बौद्धमा झडप भएको छ । बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमापूजा तथा दीप प्रज्वलन कार्यक्रम बिथोल्न पुगेका गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएपछि बौद्ध क्षेत्र तनावग्रस्त भएको छ । प्रहरी घटनास्थलमा पुगेको छ । तर, पूजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरेका […]

थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार

११ असोज, काठमाडौं । नेपाल पर्वतारोहण संघले पत्रकार भरतबन्धु थापालाई दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेका छ । नेपाल पर्वतारोहण संघले थापालाई नेपालको पर्यटन क्षेत्रमा शब्द, चित्र तथा भिडियोबाट योगदान पुर्‍याएको भन्दै नगदसहित सम्मान गरेको हो । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नगद १८ हजार ७ सय ५० रुपैयाँसहित सम्मानपत्र प्रदान गरे । […]

क्यान अध्यक्षको प्रतिवद्धताः आर्थिक पारदर्शीताको प्रश्न उठ्न दिन्नँ

११ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आर्थिक पारदर्शीता र सुशासनको प्रश्न उठाउने मौका नदिने बताएका छन् । शनिबार भएको विशेष साधारणसभाबाट चन्द भारी मतका साथ अध्यक्षमा चुनिएका हुन् । उनले अध्यक्षमा पूर्व अध्यक्ष विनयराज पाण्डेलाई हराउँदा उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित केन्द्रीय सदस्यहरु पनि उनकै प्यानलका आएका छन् । अध्यक्ष […]

विद्यालयमा सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई   

११ असोज,    काठमाडौं ।  सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययरत छात्रालाई प्याड निःशुल्क उपलब्ध गराउने सरकारको निर्णय कार्यन्वयन गराउन निर्देशन दिएको मन्त्रालयका […]

राजधानीमै पुनर्निर्माणको गति कमजोर, ३४ प्रतिशतले मात्रै बनाए आवास   

११ असोज काठमाडौं  । काठमाडौँ उपत्यकाभित्र नै भूकम्पपछिको पुनःनिर्माणको कामले गति लिन नसकेको पाइएको छ । भूकम्प प्रभावित अन्य जिल्लामा पुनःनिर्माणले गति लिएको र ८५ प्रतिशतको हाराहारीमा प्रगति हुन लागेका बेला उपत्यका भने पुनःनिर्माणको अवस्था दुरुहपूर्ण नै रहेको छ । प्राधिकरणका अनुसार उपत्यकाको पुनः निर्माण ३४ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार […]



from समाचार – Online Khabar https://ift.tt/2nuMycV
via IFTTT
Powered by Blogger.