समाचार
१३ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलाई मातृ शोक परेको छ । पहाडकी आमा राधादेवी दाहालको ७५ बर्षको उमेरमा निधन भएको हो । आइतबार राति बिराटनगर स्थित आफ्नै निवासमा उनको निधन भएको हो । मानव अधिकार तथा शान्ति समाज उनको निधनप्रति गहिरो शोक ब्यक्त गरेको छ । उनको अमर […]
१३ असोज, काठमाडौं । सोमबार राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र बनेको घोषणा गरे । लगत्तै आतिसबाजी भयो, सहभागीहरुले खुशियाली मनाए । खानेपानी तथा सरसफाइ मन्त्रालयकाअनुसार ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएका छन् । १० असार २०६८ मा तात्कालीन प्रधानमन्त्री झलनाथ खनालले कास्की जिल्लालाई […]
१३ असोज, गुल्मी । नेपालीहरुको महान पर्व दशैं नजिकिएसँगै गुल्मीको तम्घास बजारमा भेंडा च्याङ्ग्रा भित्रिन सुरु भएको छ । प्रत्येक वर्ष झैँ यो वर्ष पनि दशैंलाई लक्षित बाग्लुङ लगायतका स्थानबाट गुल्मीमा भेंडा च्याङ्ग्रा बिक्रीका लागि भित्रिन सुरु भएको हो । वडादशैंको चहलपहल बढ्न थालेसँगै तम्घास बजारमा भेडा च्याङग्रा किन्नका लागि सर्वसाधरणको भीड लाग्न थालेको व्यपारीहरुले […]
१३ असोज, वीरगञ्ज । पर्साका स्थानीय तहका प्रमुखहरुले राष्ट्रिय प्रारम्भिक शिक्षा पढाई कार्यक्रम (ईजीआरपी) प्रभावकारी देखिएको बताएका छन् । उनीहरुले युएसआईडीले सहयोग नगरे पनि स्थानीय तहले कार्यक्रमलाई निरन्तरता दिने गरी तयारी गर्ने प्रतिबद्धता जनाएका छन् । वीरगञ्जमा सोमबार आयोजित जिल्ला स्तरीय नेतृत्व विकास तथा पैरवी कार्यक्रममा कतिपय स्थानीय तहका प्रमुखले ईजीआरपीले १-३ कक्षाकोठा व्यवस्थापनका लागि […]
१३ असोज, काठमाडौं । दशैंका लागि सरकारले सोमबारदेखि च्यांग्राको बिक्री थालेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सोमबारदेखि थापाथलीबाट च्यांग्राको बिक्री गर्न थालेको हो । जिउँदो च्यांग्रा प्रतिकिलो ३७ सय ३० रुपैयाँमा बिक्री गरेको कम्पनीले जनाएको छ । दशैंका लागि सरकारले मुस्ताङबाट च्यांग्रा ल्याएको हो । दशैंका लागि ल्याएको खसीबोका आइतबारदेखि नै बिक्री भइरहेको […]
१३ असोज, काठमाडौं । सोमबारबाट नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जेल बस्ताको चर्पी सम्झिए । ‘म बसेको एउटा सानो कोठा थियो । त्यसकै छेउमा एउटा शौचालय थियो । लाइनै बस्नुपर्थ्यो शौच गर्न । त्यस्तो अवस्थाबाट हामीले एउटा कोठा खाली गरेर शौचालय बनायौं’ सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा उनले भने । […]
१३ असोज, काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश हुन निजी तथा संस्थागत विद्यालयहरु तयार भएका छन् । सरकारले निजी तथा संस्थागत विद्यालयसँग पटक–पटक छलफल गरी यस विषयमा सहमति जुटाएको हो । यो कोषमा आवद्ध हुन सरकारले सबै रोजगारमुलक प्रतिष्ठानहरुलाई असोज मसान्तसम्मको समयसीमा दिएको छ । तर, निजी विद्यालयहरु यसमा जोडिनका लागि तत्पर देखिएका […]
१३ असोज, चितवन । सहमतिअनुसार बढी लिएको शुल्क फिर्ता गर्न २४ घण्टे अल्मिमेटम दिएका चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गर्ने तयारी स्थगित गरेका छन् । बडादशैं नजिक आएको र हरेक विद्यार्थीहरु घर जानुपर्ने भएकाले हाललाई आन्दोलन स्थगित गरिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए । ‘दशैंलाई लक्षित गरी हामीले आन्दोलन स्थगित गर्यौं’, […]
१३ असोज, काठमाडौं । मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) का कार्यक्रम कार्यान्वयनका लागि नेपाल र अमेरिकी सरकारबीच सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा उक्त कार्यक्रम कार्यान्वयनका लागि अर्थमन्त्री डा. युवराज खतिवडा र मिलेनियम च्यालेन्ज कोअपरेसन कार्यान्वयन महाशाखाका उपाध्यक्ष एन्थोनी वेल्चरले हस्ताक्षर गरेका छन् । यो कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई ५ सय मिलियन अमेरिकी डलर (५० […]
१३ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताबाट विपक्षी दलका नेता कार्यकर्तामाथि आक्रमण प्रयास भएकोप्रति मानवअधिकार तथा शान्ति समाजले निन्दा गरेको छ । शान्ति समाजका सभापति उत्तम पुडासैनीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाका कार्यकर्ताले श्रृंखलाबद्धरुपमै आक्रमण गर्नुले सरकारको असहिष्णु चरित्रको पर्दाफास भएको उल्लेख गरेका छन् । फरक विचार राख्नेहरुमाथि आक्रमणमै उत्रिनुले लोकतन्त्रको मर्ममाथि […]
१३ असोज, काठमाडौं । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको छ । कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । सोमबार एक किलो प्याजको खुद्रा मुल्य १३५ रुपैयाँ (औसतमा) पुगेको छ । जुन अघिल्लो दिन आइतबार मात्र १०५ रुपैयाँ मात्र थियो । पछिल्लो दुई दिनमा अरु तरकारीको मूल्यमा […]
१३ असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका-५ बांदरेमोडमा सोमबार स्वराज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार सिन्धुपालचोकका २९ वर्षीय राजिब गुरुङ रहेका छन् । चितवनबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा ३ ख ८३१९ नम्बरको गाडीले विपरित दिशातर्फ जाँदै गरेको बा ९५ प […]
१३ असोज , काठमाडौं । कपनमा एक महिलाको हत्यामा संलग्नताको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कपनको तेन्जिङ चोक नजिकै खाजा पसल सञ्चालन गर्ने ५५ वर्षकी कमला कार्कीको हत्यामा संलग्नताको आरोपमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, पासाङ शेर्पा, रामकृष्ण कार्कीलगायत रहेका छन् । तिनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ । […]
१३ असोज, वीरगञ्ज । चाडपर्वलाई लक्षित गरी बारामा विशेष सुरक्षा योजना लागू गरिएको छ । आम नागरिकले विजया दशमी, दिपावली तथा छठ पर्व सहज ढंगले मनाउने वातावरण निर्माणका लागि विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । कुनै पनि प्रकारका आपराधिक घटना हुन नदिइ […]
१३ असोज, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता आउन अब करिब दुई महिना छ । नेपालमै हुने यस सागमा बक्सिङतर्फ १६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । तर, उनीहरुको अभ्यासको अवस्था भने दयनीय छ । ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको भवन नजिकै एउटा चमेना गृह (क्यान्टिन) छ । यसको अगाडिपट्टि रहेको खाली मैदानमा […]
१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई छिट्टै सडक मानवमुक्त घोषणा गरिने बताएका छन् । सडकमा कोही अलपत्र परेको देखे सामाजिक संघसस्थासँग मिलेर सरकारले उद्दार गर्ने उनले बताए । खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘जनताप्रति उत्तरदायी हुने, जनतालाई अमानवीय अवस्थामा रहन नदिन सरकार छ । अब छिट्टै सडक मानवमुक्त, […]
१३ असोज, अमरगढी । डडेल्धुरा जिल्लाका करीब ३१ प्रतिशत जनता आधारभूत खोपानीबाट वञ्चितीकरण हुनुपरेको छ । जिल्लामा हाल कायम रहेको सात वटा स्थानीय तहमध्ये पाँच गाउँपालिका र दुई नगरपालिकाको तथ्याङ्कले गत आर्थिक वर्षसम्म ३१ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीबाट वञ्चित रहेको देखाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराका अनुसार जिल्लाका ७९ दशमलव १७ प्रतिशत […]
१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाकै अवधिभित्र तीनवटा ठूला सरकारी संरचनाको शिलान्यास गरे । यी तीनवटा संरचना प्रधानमन्त्री-मन्त्री-सांसदका आवासका लागि हुन् । सिंहदरबारमा सांसद भवन र बालुवाटारमा नयाँ प्रधानमन्त्री निवासको शिलान्यास गरेका ओलीले आज पुल्चोकमा नयाँ मन्त्री निवास सिलान्याश गरेका हुन् । अहिले भएको मन्त्री निवास साँघुरो भएको भन्दै ललितपुरको भैसैंपाटीमा […]
१३ असोज, काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको घोषणा गरेका हुन् । सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला […]
१३ असोज, इलाम । पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । सोमबार इलामको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि बेला […]
१३ असोज, कैलाली । जिल्ला प्रहरी कार्यालय बाजुराले जुवातास खेलिरहेको अवस्थामा नेकपा बाजुराका नगर कमिटी सचिव चन्द्र थापासहित ६ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका-९ मार्तडी बजारमा रहेको रोयल होटेलममा जुवातास खेलिरहेको सूचना पाएलगत्तै सोमबार ११ बजे बिहान प्रहरीले होटलमा छापा हानेको थियो । साेही ठाउँबाट होटल संचालक अन्तिम शाह, स्वामी कात्तिक गाउँपालिका-२ का […]
from समाचार – Online Khabar https://ift.tt/2oAyDCH
via IFTTT