Sponsered Ads

Web hosting
Breaking News
recent

समाचार

घट्न थाले उर्लिएका नदी, तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाए पुग्ने

१३ असोज, काठमाडौं । बर्खा सिजनमा उर्लिएका देशका अधिकांश नदीहरूको बहाव विस्तारै घट्न थालेका छन् । वर्षामा कमी आएसँगै देशका अधिकांश नदीको बहाव विस्तारै कम हुन थालेको हो । यद्यपि, केही नदीको बहाव भने अझै सतर्कता तह आसपासमै रहने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, सोमबार […]

नेपाल दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त देश

१३ असोज, काठमाडौं । नेपाललाई सोमबार खुला दिसामुक्त देश घोषणा गरिँदैछ । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । प्रत्येक घरधुरीलाई चर्पीको पहुँचमा पुर्‍याउने मानक पूरा गरेपछि खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो । खुला दिसामुक्त देश घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्वपूर्ण राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत […]

गोरखामा मार्वल ‘अनलोड’ गर्ने क्रममा मजदुरको मृत्यु

१३ असोज, गोरखा । ट्रकबाट मार्वल ‘अनलोड’ गर्ने क्रममा जिल्लामा आइतवार राति एक मजदुरको ज्यान गएको छ । जिल्ला अदालत गोरखाको निर्माणाधीन भवनका लागि ल्याइएको मार्वल ‘अनलोड’ गर्ने क्रममा चेपिएर सिराहा जिल्लाको लहान मोतिपुरका ३० वर्षीय नागेश्वर सदायको मृत्यु भएको प्रहरीले जनाएको छ । मार्वल झार्ने क्रममा एक्कासि अरू बन्डलहरु खसेर घाइते भएका नागेश्वरलाई मजदुर […]

दशैं–तिहारमा सरकारी स्वास्थ्य संस्था खुल्लै रहने

नेपालीको पर्व दशैँ, तिहारमा सरकारी स्वास्थ्य संस्थाहरूले सेवा प्रवाह गर्ने भएका छन् । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदाका समयमा पनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई अनुरोध गरेको छ । मन्त्रालयका शाखा अधिकृत जगतप्रसाद भुसालद्वारा जारी विज्ञप्तिमा स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा यथावत् […]

१० खेलाडीमा सीमित लेष्टरको न्युक्यासलमाथि गोल वर्षा

१३ असोज, काठमाडौं । लेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलमा लेष्टरले न्युक्यासललाई ५-० गोलअन्तरले पराजित गरेको हो । लेष्टरको यो सिजनको चौथो जित हो । लेष्टरको जितमा जेमी भार्डीले दुई, रिकार्डो परेरा, विलफ्रेड नदिदीले समान १-१ गोल गरे । न्युक्यासलका पाउल डुम्मेटले आत्मघाती […]

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

१३ असोज, काठमाडौं । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुुँदैछ । बडादशैंअन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, […]

कर्मचारीको कर मिनाहा गराउन परराष्ट्रले गरायो लेखा समितिका सदस्यलाई विदेश शयर

१३ असोज, काठमाडौं । आजका पत्रिकाहरुमा फरक फरक समाचारले प्राथमिकता पाएका छन् । कर मिनाह प्रकरणमा परराष्ट्र मन्त्रालयले सार्वजनिक लेखा समितिलाई प्रभावमा पारेको, सरकारी कामकारबाहीप्रति प्रधानमन्त्री स्वयं असन्तुष्ट रहेको, करोडौंका आयोजना अलपत्र परेको लगायतका समाचार आजका पत्रिकाहरुमा छापिएका छन् । परराष्ट्र मन्त्रालयले वैदेशिक भत्ताको आयमा लाग्ने कर मिनाहा गराउन संसदको सार्वजनिक लेखा समितिलाई दुरुपयोग गरेको […]

‘३० वर्ष खेर गयो, अर्को ३० वर्ष पनि खेर गयो’

संसदमा विश्वासको मत पाएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलिरहँदा नेपाल कम्युनिस्ट पार्टीका साथीहरुले टेबल ठोक्दा निस्केको आवाजले कांग्रेसका साथीहरुको मुटुको धड्कन बढ्ने अवस्था थियो । एकातिर भयको वातावरण थियो, अर्कोतिर प्रधानमन्त्रीप्रतिको चरम विश्वास पनि थियो । त्यही दिन प्रधानमन्त्रीलाई सुझावका रुपमा केही कुरा राखिसकेपछि हलबाट बाहिर निस्कँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट भयो । मैले […]

सीको भ्रमणअघि सडक चम्काउने तयारी, दशैंमा विभागलाई चटारो

१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकाको सडकहरुको बेहाल छ अहिले । तर, अब दुई हप्ताभित्रै यी सडकको रुप फेर्ने गरी सरकारले काम थाल्दैछ । दशैं आउन लागेर सबै सरकारी निकाय चिसिएका बेला सडकमा सुधारमा चाहिँ किन व्यग्रता ? यसको एक मात्र कारण हो, चिनियाँ राष्ट्रपति सि जिन पिङको आसन्न भ्रमण । विशिष्ट विदेशी अतिथिलाई राजधानीको […]

काठमाडौं आइपुग्यो दशैं‌मा सरकारले बेच्ने खसीबोका

१२ असोज, काठमाडौं । सरकारले दशैंका लागि बिक्री गर्न खरिद गरेको खसी बोका काठमाडौं ल्याइएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका महाप्रबन्धक योगेन्द्र गौचनका अनुसार थोरै मात्रामा खसी र च्यांग्रा सोमबार बिहानसम्म काठमाडौं आइसक्ने छ । सोमबार बिहान मन्त्रालयमा बस्ने बैठकले खसी बोका र च्याग्रांको मूल्य तोकिने महाप्रबन्धक गौचनले बताए । हेटौंडामा किनेको जिउँदो खसीको […]

भीभीआईपीको मुटु छामेका डाक्टर

१२ असोज, काठमाडौं । नर्भिक अस्पतालको रुम नम्बर १००५ । डा. यादवदेव भट्ट बिरामी जाँचिरहेका छन् । एक हुल बिरामी ढोका बाहिर पालो पर्खिरहेका छन् । डा. भट्ट सोध्छन्, ‘के हुन्छ तपाईलाई, के समस्या आयो ?’ युवक बिरामी बोले, ‘सास फेर्न असजिलो महसुस भएको छ, मुटुमा केही खराबी आयो कि भनेर… ।’ मुख्य समस्या सुनेपछि […]

नेकपा कार्यकर्ताले तीन घन्टासम्म मिनेन्द्र रिजालको बाटो छेके

१२ असोज, तनहुँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले नेपाली कांग्रेस नेता मिनेन्द्र रिजाललाई तीन घन्टा बाटो छेकेका छन् । रिजाल ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्न तनहुँ गएका थिए । तर नेकपाका कार्यकर्ताले ठाउँठाउँमा रुख ढालेर सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । ‘कतिपय ठाउँमा त ढुंगामुढाको प्रयास गरे’, नेता रिजालले अनलाइखबरसँग भने, ‘गाउँपालिका […]

नागढुङ्गामा अब त्यस्तो जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस् : ट्राफिक प्रहरी  

१२ असोज,  काठमाडौं । केही दिनअघि काठमाडौंको नागढङु्गादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए । यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए । यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुङ्गा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाइन् । सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए । अस्तव्यस्त भएपछि […]

वीरगञ्जमा नङ पालिस उद्योगमा आगलागी, ५ लाखको क्षति

१२ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ रानीघाट स्थित कलर्स कष्टमेटिक उद्योगमा आगलागी भएको छ । स्थानीय लक्ष्मीदेवी तुराहाको घरमा छोरा उमाशंकर साह तुराहाले सञ्चालन गरेको उद्योगमा आगलागी भएको हो । आगलागीबाट ५ लाख मुल्य बराबरको क्षति भएको दाबी उद्योगका सञ्चालकले गरेका छन् । घरको तल्लो तलामा नङ पालिस बनाउने उद्योग सञ्चालनमा थियो । अन्य तलामा […]

तलव वृद्धिको माग गर्दै भरतपुर अस्पताल विकास समितिका कर्मचारी आन्दोलित

१२, असोज, चितवन । सरकारले बढाएको २० प्रतिशत तलब समायोजन हुनुपर्नेलगायतका ११ बुँदे माग गर्दै भरतपुर अस्पताल विकास समितिका कर्मचारी पुनः आन्दोलित भएका छन् । कर्मचारीको आन्दोलनका कारणले अस्पतालको सेवा प्रवाह आइतवार प्रभावित भयो । विहान ७.३० बजेबाट नै ओपिडीको निकै लामो लाइनमा बसेर टिकट लिएका कतिपय बिरामीले उपचार नै पाएनन् । विहान १०.३० बजेदेखि […]

पोखराका मेयरको प्रस्ताव– महानगरलाई शहरी विकास मन्त्रालय मातहत राखौं

१२ असोज, पोखरा । संघीयता कार्यान्वयनमा अझै पनि कुहिरोको काग भइरहेको अनुभव पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको छ । अन्तरआत्मादेखि अहिले पनि संघीयता अभ्यास गर्न नसकिएको उनको समीक्षा छ । यसको एउटा कारण स्थानीय तहहरुलाई हेर्ने छुट्टै नीति पनि नभएको उनको निष्कर्ष छ । गत साता गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका प्रमुख पोखरामा जम्मा […]

रेनु दाहाललाई फेसबुकमा जथाभावी लेख्नेविरुद्ध प्रहरीमा उजुरी

१२ असोज, चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी फेसबुकमा अश्लील पोष्ट गर्ने, श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको छ । महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी आइतबार दिउँसो दर्ता गराएको हो । विभिन्न समूह र व्यक्तिका नाममा मेयर रेनु दाहालको […]

मेडिकल काउन्सिलको छानविनमा ग्राण्डी अस्पताल दोषी ठहर

१२ असोज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्जीव न्यौपाने र एकता घिमिरेको शिशुको उपचारमा ग्रान्डी इन्टरनेशनल अस्पतालले गल्ती गरेको बताएको छ ।  छानविनका क्रममा उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनको कमजोरी भेटिएको काउन्सिलको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७५ असार १२ गते एकताको शल्यक्रिया गरी बच्चा जन्मिएको थियो । बच्चा जन्मेको आधा घन्टामै एनआईसीयूमा राखिएको […]

नेकपालाई कांग्रेसको चेतावनी : हामीलाई नजिस्क्याऊ

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेता मिनेन्द्र रिजाल लगायतमाथि भएको आक्रमण प्रयासको विरोध गरेको छ । तनहुँको रिसिङ गाउँपालिकामा गाउँपालिकाको भवन शिलान्यास गर्न जाने क्रममा नेता रिजाल, कांग्रेस तनहुँका कार्यवाहक सभापतिलगायतलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले अवरोध गरेका थिए । रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै लाठी, ढुंगा, वियरका बोतलसहित बाटो छेकेका […]

बस चालकलाई प्रहरी महानिरीक्षकको फूलमाला

१२ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बसका चालकहरुलाई आइतबार फूलमाला लगाई सुरक्षित यात्राका लागि बिदाइ गरेका छन् । प्रहरी महानिरीक्षक खनालले चाडपर्वको अवसरमा यात्रा गर्ने यात्रुहरु सवार बिभिन्न सवारी साधनका ७ जना चालकलाई प्रमाणपत्र तथा नगद पुरस्कार समेत प्रदान गर्दै चालकहरुको मनोवल उच्च राख्ने काम गरेका थिए । यात्राको समयमा सवारी चालकको सबैभन्दा […]

मोरङमा टिपरको ठक्करबाट बालकको मृत्यु

१२ असोज, काठमाडौं । मोरङमा टिपरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका-६ स्थिति भित्री सडक खण्डमा उत्तर-दक्षिणतर्फबाट आउँदै गरेको को१ख ६२७३ नम्बरको टिपरले सोही ठाउँका ९ वषर्ीय लुकाश थपलियालाई आइतबार दिउँसो ठक्कर दिएको थियो । टिपरको ठक्करबाट थपलियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



from समाचार – Online Khabar https://ift.tt/2meZ0gK
via IFTTT
Powered by Blogger.